म्याग्दी : म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ। जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ। बेनी अस्पतालका निमित्त प्रमुख डा अञ्जु थापाले आइतवारदेखि फिजियोथेरापी सेवा सञ्चालन भएको जानकारी दिइन्। फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार हुन्छ। अस्पतालको निर्माणाधीन…
काठमाडौं : हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा…
काठमाडौं : आइतवार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनको सूचना सुनाइयो। सभामुख देवराज घिमिरेले कोइरी निलम्बनको सूचना सुनाएका थिए। एक साताअघि मात्र संसद् सचिवालयलाई प्रहरीले कोइरी फरार सूचीमा रहेकोबारे जानकारी गराएको थियो। २०७२ भदौमा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरी फरार रहेकै अवस्थामा निर्वाचनमा सहभागी भएर विजयी भएका थिए। कोइरी भारत पुगेको प्रहरीको आशंका रहेको…
काठमाडौं : नेपाली कांग्रेसले चार चरण गरी सरकार सहभागी भएको छ। तर संस्थापनको पेलानका कारण संस्थापनइतरले मागेजति कोटा पाएन। कांग्रेसले ९ मन्त्रालय पाउँदा संस्थापनइतरले २ मन्त्रालयमात्र पायो। आइतवार कांग्रेसका सुरेन्द्र आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रुपमा शपथ लिएका छन्। आचार्य राष्ट्रपति रामचन्द्र पौडेल निकट नेता हुन्। यो मन्त्रिपरिषद्मा महामन्त्री गगन थापाले पनि आफ्नो कोटाबाट एक जना मन्त्री बनाउने चाहना राखेका थिए।…
काठमाडौंः अर्थमन्त्री डा. प्रकाशसरण महतले बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा पेश गरेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा बजेटले मुख्य प्राथमिकता दिने महतले जनाएका छन्। लगानीमैत्री वातावरण निर्माण, कोभिडपछिको पर्यटन क्षेत्रलाई प्रोत्साहन, निजी क्षेत्रको लगानी बढाउन सरलीकृत कानुनी व्यवस्थालाई सरकारले प्राथमिकतामा राखेको महतले बताएका छन्। दिगो र समावेशी आर्थिक विकास सरकारको सिद्धान्त रहेको छ। सामाजिक न्याय र सामाजिक क्षेत्रको विकासलाई…
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बनको सूचना सुनाइएको छ। सभामुख देवराज घिमिरेले आइतबारको संसदमा कोइरी निलम्बनको सूचना सुनाएका हुन्। वर्षे अधिवेशनको पहिलो दिन आज सांसदहरुले विभिन्न विषयमा संसदमा आवाज उठाए। नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक प्रकरणमा सांसदहरुले आआफ्नो धारणा राखे। बजेट अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेको प्राथमिकता र सिद्धान्त प्रस्तुत गरे। बैठक…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतवार सम्पन्न खेलमा मछिन्द्र क्लबले एपीएफ फुटबल क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा साविक विजेता मछिन्द्रले एपीएफलाई २-१ गोलअन्तरले हराएको हो। खेलको ३७ औँ मिनेटमा एपीएफले खेलमा अग्रता बनाएको थियो। एपीएफका लागि बिके तामाङको प्रहार गोलकिपर विशाल श्रेष्ठले बचाउने क्रममा अर्माण्ड बिएडोमले गोल गरेका थिए। तर, पहिलो हाफको इन्ज्युरी समयमा मछिन्द्र…
हेटौंडा : वाग्मती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को नीति योजना कार्यक्रमको छलफलको लागि सोमवार सर्वदलीय बैठक बस्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमवार सर्वदलीय छलफलको आह्वान गरेको हो। आउँदो आर्थिक वर्षको बजेट निर्माणको लागि मुख्यमन्त्री कार्यालयले सर्वदलीय बैठक बोलाएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलका निजी सचिव वीरेन्द्रजंग थापाले बताए। बैठकमा वाग्मती प्रदेशसभामा सहभागी रहेका सबै दलका प्रतिनिधिहरूको सहभागिता हुने उनले बताए।
हेटौंडा : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल अहिलेको अवस्थामा मात्रै नभई सँधै संकटमा भएको बताएका छन्। उनले आइतवार हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै विश्वको सबैभन्दा गरिब, विश्वकै कम आर्थिक वृद्धिदर भएको, सबैभन्दा बढी श्रम पलायन भएको देशमा नेपाल पर्ने भएकाले संकट लामो समयदेखि भएको बताएका हुन्। ‘सबैभन्दा बढी परनिर्भर अर्थतन्त्रमध्येमा हामी छौं। यो लामो समयदेखिको छ, यसको समाधान गर्नेगरी अब…
काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाले आफ्नो नाम जोडेर अनेकन प्रश्न उठ्न थालेकोमा गुनासो गरेकी छिन्। सांसदमा सम्बोधन गर्दै नेतृ राणाले आफ्नो नाम जोडेर अनेकथरी आरोप लागे पनि आफू नडराउने चुनौति दिइन्। 'मेरो नाम जोडेर अनेकथरी प्रश्न उठेका छन्। एउटा नारीले आफ्नो हैसियतमा उभिएर राजनीति गरेको यो देशमा सह्य नहुने रहेछ,' आरजुले भनिन्, 'पुरुषले भनेको मात्र मान्नुपर्ने। आफ्नो…
काठमाडौं : शंखमुलमा सात तले घर छ भरतप्रसाद गुप्ताको। पाँच वर्ष अगाडि करौडौं रुपैयाँ लगाएर घर किनेका हुन् गुप्ताले। आफ्नै घरमा 'विकानील' नामको मिठाई पसल सञ्चालन गर्दै आएका छन्। त्यस्तै घर बैंकदेखि अन्य प्रयोजनको लागि भाडामा पनि दिएका छन्। श्रीमती र एक सन्तानसहित उनी यहाँ बस्न थालेको लामो समय भइसकेको छ। तर भरतको परिवार केही दिनदेखि प्रहरी हिरासतमा छन्। कारण - दोहोरो नागरिकता। भारतको…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवनका व्यवसायी शंकर कंडेलको आत्महत्या प्रकरणमा निष्पक्ष छानबिनका लागि आफूले पहल थालेको बताएका छन्। आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति लामिछानेले आफू निरन्तर खबरदारीमासमेत लागेको जनाएका छन्। आफू पीडितको पक्षमा रहेको लामिछानेको भनाई छ। 'चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवारसँग निरन्तर संवादमा छु, प्रशासनसँग निरन्तर समन्वयमा छु,' उनले भनेका छन्,…
काठमाडौं : प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जाने बताएका छन्। आज यहाँ आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनमा उनले अर्थतन्त्र थप बिग्रन नदिन राजनीतिक चरित्र सुध्रन आवश्यक रहेको बताए। ‘अर्थतन्त्रको यस गम्भीर अवस्थामा पनि हाम्रो राजनीति सत्ताको भागबण्डा, प्रशासनिक हेरफेर र आफन्तको नियुक्तिबाट बाहिर निस्कन सकेको छैन। अर्थतन्त्रलाई राजनीतिको केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठको पहिलो साता सांसदका प्रश्नको जवाफ दिने भएका छन्। आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रश्नोत्तर गर्ने सहमति जुटेको छ। प्रतिनिधि सभा नियमावली २०७९ मा भएको व्यवस्था अनुसार प्रचण्ड सांसदसँग सवाल जवाफ गर्न तयार भएका हुन्। यसअघि सांसदलहरुले प्रधानमन्त्री सांसदका प्रश्नको जवाफ नदिएर भागिरहेको आरोप लगाएका थिए। वैशाख २२ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले…
गलकोट : निसीखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। बागलुङको निसिखोला गाउँपालिका-६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए। घरभन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको झापामा तय भएको बैठक काठमाडौंमै बस्ने भएको छ। बैठक वैशाख २८ देखि ३० सम्म झपामा बस्ने तय भएको थियो। उक्त बैठक संसदको बजेट अधिवेशन सुरु भएको भन्दै काठमाडौंमै सारिएको हो। आम निर्वाचन र २ महिने मिसन ग्रासरुट अभियानको समीक्षाका लागि बैठक बोलाइएको एमालेले जनाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
सिबी अधिकारी- काठमाडौं : यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा आरोहीहरु प्रतिक्षारत छन्। तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन। सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्। तर झण्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन। आइसफल डाक्टरले…
काठमाडौं : उप निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार नराम्ररी पराजित भएपछि कार्यकर्ताको सामाजिक सञ्जालमा प्रश्न थियो - सक्किने कि सच्चिने? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले पाएको लोभलाग्दो लोकप्रियता र कांग्रेस-एमालेको पराजय ठूला दलका नेता/कार्यकर्ताले बिर्सिसके। अहिले चर्चा नक्कली शरणार्थी प्रकरणमा को नेता जोडिए? कसले कसलाई जोगाउँदै छ? भन्नेमै छ। ठूला दलमाथि प्रश्न उठाएर धावा बोलेको रास्वपा विवाद रहित…
मधुकर अधिकारी- वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गरेका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति बाइडेनले सम्मान गरेका हुन्। साइनसिक्सलाई अमेरिकाको ‘स्मल विजनेश एड्मिनिस्ट्रेशन’ले ‘एक्सपोर्टर अफ दि इयर २०२३’ अवार्डबाट सम्मानित…
काठमाडौं : नेपाली कांग्रेसका सुरेन्द्र आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा आचार्यलाई पद तथा गोपनियताको शपथ लिएका हुन्। आचार्यलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन्। उक्त मन्त्रालय यसअघि नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले खानेपानी मन्त्रालय सम्हालेका थिए। आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट…