PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • २० जना प्रहरीले लगाए एसएसपीको फूली

    २० जना प्रहरीले लगाए एसएसपीको फूली

    काठमाडौं : प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूले दर्ज्यानी चिह्न लगाएका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमवार आयोजित एक समारोहबिच दर्ज्यानी चिह्न लगाएका हुन्। प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर…

    विस्तृतमा पढ्नुस्

  • दार्चुला हिम पहिरो : थप एक जनाको शव फेला

    दार्चुला हिम पहिरो : थप एक जनाको शव फेला

    काठमाडौं : बैशाख १९ गते दार्चुलाको व्याँस गाउँपालिकामा गएको हिम पहिरोमा हराएकामध्ये सोमवार थप एक जनाको शव फेला परेको छ। डोटीको जोरायल गाउँपालिका-२ की २८ वर्षीया ईश्वरी थापाको शव सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छङ्रुको टोलीले फेला पारेको हो। यसअघि तीन जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो। योसँगै चार जनाको शव फेला परेको छ। त्यस्तै हराएकी…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री महतका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित

    अर्थमन्त्री महतका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित

    काठमाडौं : प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रतिपक्षी दलका सांसदले अर्थमन्त्री डा प्रकाशशरण महत बैठकमा अनुपस्थित भएको भन्दै आपत्ति जनाएका छन्। प्रि बजेटमा छलफल चलिरहँदा मन्त्री नै अनुपस्थित भएको भन्दै एमालेका सांसद रघुजी पन्तले प्रश्न गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)का सांसदहरुले पनि उठेर आपत्ति जनाएपछि उपसभामुख इन्दिरा रानाले बैठकमा मन्त्रीलाई उपस्थित गराउन भन्दै संसद् सचिवालयका कर्मचारीसँग कानेखुसी गरेकी थिइन्। बैठकमा बोल्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • ‘अगस्त्य’मा भित्रिए विजयदेखि प्रमोदसम्म, फिल्मको छायाङ्कन नेपाल र भारतमा हुने

    ‘अगस्त्य’मा भित्रिए विजयदेखि प्रमोदसम्म, फिल्मको छायाङ्कन नेपाल र भारतमा हुने

    काठमाडौं : फिल्म ‘अगस्त्य च्याप्टर १’मा कलाकारहरु प्रमोद अग्रहरी, विजय बराल र रविन्द्र झा अनुबन्धित भएका छन्। सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्ममा यी तीनै कलाकारहरु महत्वपूर्ण भूमिकामा देखिनेछन्। यसअघि सौगात मल्ल, नाजिर हुसेन र मलिका महत मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। कलाकारहरुको टिमअप बलियो भएसँगै फिल्मको छायाङ्कन अगामी जेठ १२ गतेबाट सुरु हुने बताएको छ। काठमाडौं र नवलपरासी,…

    विस्तृतमा पढ्नुस्

  • मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा २५, पश्चिम खण्डमा छ प्रतिशत मात्रै प्रगति

    मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा २५, पश्चिम खण्डमा छ प्रतिशत मात्रै प्रगति

    दमौली : पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा २५ र पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत प्रगति हासिल भएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ भने जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत भौतिक प्रगति भएको छ। पूर्वीखण्डको काम केही सन्तोषजनक देखिए…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा बढाइयो सतर्कता

    भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा बढाइयो सतर्कता

    नेपालगञ्ज : नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिकजसो कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ। भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा परीक्षण गरी सङ्क्रमण पुष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ। सुरुमा कोरोना महामारी फैलिँदा नेपालगञ्जस्थित जमुनाह नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो। हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत छन्। गत चैत ३ गतेदेखि आइतवारसम्म नाकामा परीक्षण गर्दा एक सय एक…

    विस्तृतमा पढ्नुस्

  • नीति तथा कार्यक्रमबारे छलफलका लागि वाग्मती प्रदेशसभामा सर्वदलीय बैठक सुरू

    नीति तथा कार्यक्रमबारे छलफलका लागि वाग्मती प्रदेशसभामा सर्वदलीय बैठक सुरू

    हेटौंडा : वाग्मती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को नीति योजना कार्यक्रमको छलफलको लागि सर्वदलीय बैठक सुरू भएको छ। सोमवार दिउँसो प्रदेशसभा भवनमा बैठक सुरू भएको हो। बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामालगायत वाग्मती प्रदेशसभामा रहेका सबै दलका प्रतिनिधिहरु उपस्थित रहेका छन्। बैठकमा आउँदो आर्थिक वर्षको…

    विस्तृतमा पढ्नुस्

  • सरकारका प्राथमिकताबाट विश्वस्त हुन सकिएन : रवि लामिछाने

    सरकारका प्राथमिकताबाट विश्वस्त हुन सकिएन : रवि लामिछाने

    काठमाडौं : प्रतिनिधि सभा सदस्य रवि लामिछानेले पहिलाको भन्दा फरक नभएको सरकारको प्राथमिकता तथा सिद्धान्त सरकारले ल्याएको आरोप लगाएका छन्। संसदको सोमवारको बैठकमा लामिछानेले विगतको ३ दशकको भन्दा आर्थिक वृद्धिदर कम हुने उनको भनाइ छ। 'आशाका पुलिन्दा पस्किने कि व्यवहारिक कुरा गर्ने,' लामिछानेले प्रश्न गरे।  राजनीतिक नेतृत्वले गरिरहेको भ्रष्टाचारको कारण आर्थिक संकट भएको उनको भनाइ छ। उनले बाह्य कारण देखाएर…

    विस्तृतमा पढ्नुस्

  • जनताको आँखामा यो व्यवस्था नांगिसकेको छ : धवलशम्शेर राणा

    जनताको आँखामा यो व्यवस्था नांगिसकेको छ : धवलशम्शेर राणा

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवल शम्शेर राणाले अहिलेको राजनीतिक व्यवस्था नांगिसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमवारको प्रि बजेटको छलफलमा भाग लिँदै उनले सरकारको आलोचना गरेका हुन्। सांसद अमरेश सिंहले अर्धनग्न भएर गरेको विरोध अस्वभाविक भए पनि अहिलेको व्यवस्था पनि त्यस्तै भएको उनले बताए। 'एक जना माननीयले आफ्नो कमिजै फुकाले। यो गलत हो। जनताको आँखामा यो व्यवस्था नांगिसकेको…

    विस्तृतमा पढ्नुस्

  • अमरेश कुमारविरुद्ध अख्तियारमा उजुरी

    अमरेश कुमारविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले उनको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा सोमवार उजुरी दिएका हुन्।  संसदको सदस्य हुनुपूर्व स्पेन्डर बाइकमात्र भएका अमरेशको ३० करोड मुल्यबराबरको बंगला, २० करोड बराबरको जग्गा रहेको, मिटर ब्याजमा लगानी रहेकोजस्ता आरोप लगाइएको छ। अमरेशले देशका विभिन्न शहरमा करोडौं मुल्य पर्ने घरजग्गा परिवारको अर्को…

    विस्तृतमा पढ्नुस्

  • संसदमा कपडा खोलेर अर्धनग्न हुनेलाई के हुन्छ कारबाही, अमरेशले नियमावली उल्लंघन गरेका हुन्?

    संसदमा कपडा खोलेर अर्धनग्न हुनेलाई के हुन्छ कारबाही, अमरेशले नियमावली उल्लंघन गरेका हुन्?

    काठमाडौं : प्रतिनिधि सभा सदस्य अमेरशकुमार सिंहले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेका छन्। बजेट अधिवेशनको सोमवारको दोस्रो बैठकमा सिंह अर्धनग्न भएका हुन्। उनले नियमावलीको नियम २१ को घ मा भएको व्यवस्थालाई उल्लंघन गरेको सभामुख देवराज घिमिरेले बैठकमा बताएका थिए। बैठक सुरु भएको सूचना घिमिरेले सार्वजनिक गर्नासाथ स्वतन्त्र सांसद सिंहले बोल्नका लागि समय मागेका थिए। उनी उठिरहेपछि घिमिरेले बस्न पटक पटक अनुरोध…

    विस्तृतमा पढ्नुस्

  • भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बिचबाटै फर्कियो

    भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बिचबाटै फर्कियो

    बुटवल : भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बिचबाटै भैरहवा फर्किएको छ। सोमवार बिहान ९:४० मा काठमाडौंका लागि उडेको जहाज केहीबेरमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएर आकस्मिक अवतरण गरेको हो। उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको उक्त जहाजमा समस्या देखिएपछि भैरहवा नै फर्किएको गौतमबुद्ध विमानस्थलका जनरल म्यानेजर हंशराज पाण्डेले जानकारी दिए। विमानमा रहेका यात्रु र चालक दलका…

    विस्तृतमा पढ्नुस्

  • त्यसपछि सांसद अमरेश कुमार सिंह संसद्मा अर्धनग्न भए...

    त्यसपछि सांसद अमरेश कुमार सिंह संसद्मा अर्धनग्न भए...

    काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभाको बैठकमै अर्धनग्न बनेका छन्। सोमवार बजेट अधिवेशनको दोस्रो बैठकमा सांसद सिंहले विरोध जनाउँदै लुगा फुकालेका थिए। सभाभुखले आफूलाई बोल्न समय नदिएपछि उनले विरोध गर्दै आफ्नो सर्ट र गञ्जी खोलेका थिए। सभामुखले त्यसपछि कपडा नखोल्न र बस्न अनुरोध गरेका थिए। सभामुखले असभ्य व्यबहार गरेकाले चेतावनी समेत दिएका थिए।

    विस्तृतमा पढ्नुस्

  • भारतको केरलामा डुंगा दुर्घटना : २१ जनाको मृत्यु

    भारतको केरलामा डुंगा दुर्घटना : २१ जनाको मृत्यु

    भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। आइतवार राति भएको दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। हाल उद्धार कार्य जारी रहेको छ। डुंगामा करिब ५० जना वा क्षमताभन्दा दोब्बर यात्रु रहेको हुनसक्ने अधिकारीहरुले बताएका छन्। जसकारण कतिजना यात्रु बेपत्ता छन् भन्ने तथ्यांक यकिन हुनसकेको छैन। केही यात्रुलाई उद्धार गरि अस्पताल लगिएको छ। चारजनाको अवस्था गम्भीर रहेको…

    विस्तृतमा पढ्नुस्

  • मुगु हिउँ पहिरो अपडेट : हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

    मुगु हिउँ पहिरो अपडेट : हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

    मुगु : च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि सोमवार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थानका छन्। हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्तसहित २० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। यही बैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे…

    विस्तृतमा पढ्नुस्

  • किन चिन्तित छन् थाइल्यान्डका गाँजा बिक्रेता?

    किन चिन्तित छन् थाइल्यान्डका गाँजा बिक्रेता?

    सन् २०२२ को जुनमा थाइल्यान्डले गाँजाको उत्पादन र बिक्री खुला गर्‍यो। प्रतिबन्धित सूचीबाट गाँजालाई हटाउँदै त्यसबेला स्वास्थ्य मन्त्री अनुतिन चर्बिरकुलले थाइल्यान्डलाई गाँजाको ‘हब’ बनाउने घोषणा गरे। तर, त्यस्तो 'हब' भने स्वास्थ्य प्रयोजनका लागिमात्र हुने उनले बताएका थिए। यद्यपि, थाइल्यान्डको संसदले गाँजासम्बन्धी विधेयक पारित गर्न भने बाँकी छ। जसकारण गाँजा व्यवसाय अहिले अस्तव्यस्त अवस्थामा छ। हाल थाइल्यान्डमा स्थानीय गाँजाभन्दा अमेरिकाबाट गैरकानुनी…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षपछि सिरियाले पुन: प्राप्त गर्‍यो अरब लिगको सदस्यता

    १२ वर्षपछि सिरियाले पुन: प्राप्त गर्‍यो अरब लिगको सदस्यता

    अरब लिगका विदेश मन्त्रीहरुको बैठकले सिरियाको सदस्यता फेरि कायम गर्ने निर्णय गरेको छ। काइरोस्थित लिगको मुख्यालयमा भएको मतदानमा उनीहरुले सिरियालाई फेरि अरब लिगको सदस्यता दिने निर्णय गरेका हुन्। मे १९ मा साउदी अरेबियामा अरब लिगको सम्मेलन हुँदैछ। त्यसअघि नै सिरियालाई फेरि सदस्य राष्ट्र बनाइएको हो। सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल असदले त्यहाँ भएको आन्दोलन दमन गर्न आदेश दिएपछि अरब लिगले…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र र क्यानभासबिच के छ सम्बन्ध? यस्तो छ कलाकारहरुको धारणा

    चलचित्र र क्यानभासबिच के छ सम्बन्ध? यस्तो छ कलाकारहरुको धारणा

    काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतवार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा फिल्म र कलाक्षेत्रका व्यक्तिहरुले चलचित्र र क्यानभासबिच गहिरो सम्बन्ध रहेको प्रष्ट पारे। कलाकार नीर शाहले क्यानभास आफैमा अनेकथरी अर्थ बोकेको बस्तु भएको बताए। उनले भने, ‘क्यानभासको प्रारम्भिक स्वरुप सेतो हुन्छ। त्यहाँ जसले जे गर्दा पनि हुन्छ। जुन पेन्टिङलाई तपाईहरु अमूर्त भन्नुहुन्छ त्यसको पराकाष्टा…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड वेस्टहमसँग पराजित, न्युक्यासलमाथिको जितले आर्सनललाई राहत

    म्यानचेस्टर युनाइटेड वेस्टहमसँग पराजित, न्युक्यासलमाथिको जितले आर्सनललाई राहत

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वेस्टहम युनाइटेडसँग पराजित भएको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा म्यानचेस्टर घरेलु टोलीसँग १-० गोलअन्तरले पराजित भएको हो। घरेलु टोलीलाई जित दिलाउन सइद बेनरम्माले निर्णायक गोल गरे। उनले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए। वेस्टहमसँगको पराजयले म्यानचेस्टरले तेस्रो स्थानमा उक्लने अवसरबाट चुकेको छ। साथै चौथो स्थान पनि जोखिममा पर्ने देखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ जलविद्युत् आयोजना : धमाधम हुँदैछ टावर जडानको काम

    तनहुँ जलविद्युत् आयोजना : धमाधम हुँदैछ टावर जडानको काम

    दमौली : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन्। आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो। हालसम्म ५१  टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। प्रसारण लाइन निर्माणका लागि ९४  टावर जडान गरिनेछ। त्यसमध्ये आठ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell