काठमाडौँ : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न खेलमा थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। त्यस्तै च्यासल मैदानमा सम्पन्न खेलमा संकटा क्लबले सातदोबाटो युथ क्लबलाई २-० गोलले हरायो। संकटाको जितमा दुबै गोल युसुफ एट्रिसले गरे। खेलको १४ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर…
काठमाडौं : मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयामा बैठक बसिरहेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काभ्रे गएर फर्किएपछि बैठक बसेको हो।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन्। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताएका हुन्। दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए। 'यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको…
बुटवल : अर्घाखाँचीमा जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि जलेर ५ जना घाइते भएका छन्। भूमिकास्थान नगरपालिका वडा नम्बर २ तिरतिरे खोला किनारको जंगलमा मंगलबार बिहानदेखि लागेको डढेलो बस्तीमा पसेको हो। जंगलबाट लागेको डढेलो स्थानीय पदम बेलबासेको घरमा सल्किएको थियो। सोही घरमा सल्किएको आगो निभाउने क्रममा घरधनी ५५ वर्षीय पदम बेलबासेसँगै उनका ४ जना छिमेकी घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका…
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामावाद उच्च अदालतमा सुनुवाइको लागि उपस्थित भएका खानलाई अदालत परिसरबाटै पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको डन डट कमले उल्लेख गरेको छ। खान अध्यक्ष रहेको दल पीटीआइले भने उनलाई नियन्तत्रणमा लिनुलाई 'अपहरण'को संज्ञा दिएको छ। पीटीआइका वकिल फइसाल चौधरीले भने इमरानलाई पक्राउ गर्नुको कारणबारे अदालतले प्रहरीसँग सोधेको जनाएको छ। उनका अनुसार उच्च अदालतका प्रमुख न्यायाधीश…
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ। प्रभास र कृति सेननको मुख्य भूमिका रहेको यो फिल्म राम र सीताको कथामा आधारित छ। सैफ अली खानलाई फिल्ममा रावणको भूमिकामा देखिनेछन्। पौराणिक कथामा आधारित यो फिल्म मा करिब ५०० करोड रुपैयाँ लगानी रहेको निर्माण पक्षले जनाएको छ। ओम राउत निर्देशित यो फिल्म टी-सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको हो। यो फिल्म थ्रिडी…
काठमाडौं : प्रहरीको खोजी सूचीमा रहेका नेकपा एमालेका सचिव एवम् पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। ६ दिनदेखि खोज्दा पनि उनी नभेटिए पछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज ललितपुरस्थित सातदोवाटोमा रहेको रायमाझीको घरमा छापा मारेको हो। तर, प्रहरीले रायमाझीको बारेमा खासै जानकारी पाउने सकेन। 'उहाँको बारेमा जानकारी लिनको लागि गएका थियौं। तर अहिलेसम्म खासै केही भेटिएन,' एक प्रहरीले भने।…
सन् २०२२ को नोभेम्बरमा ट्रिजर रिलिज भएयता नै विवादले घेरिएको थियो फिल्म 'द केरला स्टोरी'। केरलाका युवतीहरु इस्लामिक स्टेटमा संलग्न भएको कथा समेटिएको यो फिल्मको रिलिज रोक्न सुरु देखि नै पहल भएको थियो। तर, अदालतले आदेश नदिएसँगै गत शुक्रवार यो फिल्म रिलिज भयो। अहिले राजनीतिदेखि न्यायालयसम्म यही फिल्ममा केन्द्रीत भएको छ। केरलामा सुरुवातदेखि नै यो फिल्मको विरोध भएको थियो। राज्यमा फिल्म प्रदर्शन रोक्ने प्रयास गरिए…
शरद शर्मा- काठमाडौं : के तपाईँलाई निद्रामा घुर्ने समस्या छ? घुराइका कारण सँगै सुत्नेलाई पनि तपाईँ ठूलै समस्या बन्नु भएको होला। अब काठमाडौंको वीर अस्पतालमा सञ्चालन गरिएको स्लिप ल्याब (निद्रा प्रयोगशाला)मा राखेर तपाईँको उपचार गर्न सकिने भएको छ। मानिसमा आएको पछिल्लो जीवनशैलीका कारणले घुर्ने समस्या देखिने गरेको छ। मोटोपन, खानपिन र फेरिएको जीवनशैलीले मानिसमा राति सुत्दा घुर्ने समस्या हुने गरेको…
अहिले भारतमा एक जोडीको निकै चर्चा छ। बलिउड र भारतीय राजनीतिमा यो जोडीको चर्चा निकै छ। बलिउड अभिनेत्री परिणिती चोपडा र भारतको आम आदमी पार्टीका नेता राघव चड्डाबिच विवाह हुने हल्ला यतिखेर चलेको छ। भारतीय संचारमाध्यमहरुका अनुसार आउने शनिवार (मे १३) मा उनीहरुले दिल्लीमा 'इन्गेजमेन्ट' गर्ने तय भएको छ। पछिल्लोसमय राज्यसभा सदस्यसमेत रहेका चड्डा र परिणितीको तस्विरहरु सामाजिक संजालमा भाइरल भइरहेका…
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मातृभूमिप्रतिको माया सबैभन्दा बलियो हुने बताएका छन्। 'भिक्टोरी डे' (विजयी दिवस) मनाइरहेको रसियाको रेड स्क्वायरमा सम्बोधन गर्दै पुटिनले आफूहरुले शान्तिपूर्ण भविष्य देखिरहेको बताएका छन्। 'वास्तविक युद्ध हाम्रो मातृभूमि विरुद्ध छेडिएको छ। मातृभूमिप्रतिको हाम्रो मायाभन्दा बलियो कुनै शक्ति संसारमा छैन,' उनले भने। पुटिनले पश्चिमा राष्ट्रहरुलाई निशाना बनाउँदै उनीहरुले रसियाको पतन चाहेको आरोप लगाएका छन्। 'उनीहरुको उद्देश्य अरु…
काठमाडौं : खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) को लेखन र निर्देशन रहेको फिल्म ‘डाकिनी’ नेपालमा प्रदर्शन हुने भएको छ। ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ को नाममा विभिन्न फेस्टिभलमा प्रदर्शन भइसकेको यस फिल्मलाई निर्माता कम्पनी षट्कोण आर्टस्ले जेठ ५ गतेबाट हलमा रिलिज गर्न लागेको हो। षट्कोण आर्ट्सका नेपाली निर्माताहरु रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्रीले फिल्मलाई सीमित नेपाली मल्टिप्लेक्स हलमा…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको १५ वर्षमा नेपालीको अवस्था कस्तो हुनुपर्छ भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आइसकेको बताएका छन्। मंगलवारको संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतलाई सुझाव पेश गर्दै महामन्त्री शर्माले यस्तो भनाई राखेका हुन्। शर्माले अबको बजेट आउँदा बितेको १० वर्षको समीक्षा हुनेपर्ने र भिजन ९५ बनाउनुपर्ने सुझाव दिए। 'वितेको दश वर्षको समीक्षा हुनुपर्छ। प्रधानमन्त्री हुँदा बीपी कोइरालाले…
हेटौंडा : राष्ट्रिय भूमि आयोग मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१३ वनस्पतिमा बस्दै आएका ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको छ। २०५० सालको साउनमा आएको बाढीपहिरोले घरबिहीन भएकाहरुलाई २०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका-१३ वनस्पतिमा ताइवानी सरकारको सहयोगमा बाढीपीडितहरुका लागि ४०२ वटा घर बनेको थियो। वनस्पतिमा निर्माण गरेको ४०२ घरमध्ये ७४ घरधुरीले लालपूर्जा पाएका थिएनन्। अहिले राष्ट्रिय भूमि आयोग…
काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको छ। बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ। एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि ३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने तय भएको छ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले नक्कली शरणार्थी प्रकरणमा राज्यले फायर खोल्नुपर्ने बताएका छन्। मंगलबार संसदको विशेष समयमा सम्बोधन गर्दै शर्माले यो प्रकरणमा राज्यले फाइलमात्र खोलेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुर्याउन फायर खोल्नुपर्ने बताएका हुन्। 'भुटानी शरणार्थीको सन्दर्भ फाइल खोलेको छ। यसलाई निष्कर्णमा पुर्याउनुपर्छ। राज्यले यसविरुद्ध फायर खोल्नुपर्छ,' शर्माले संसदमा भने, 'निर्दोष कोही बच्नुहुन्न। दोषी बच्नुहुन्न।'
बेलायतमा अध्ययनरत एक भारतीय विद्यार्थीले बलिउड स्टार सलमान खानलाई हत्याको धम्की दिएका छन्। इमेलबाट सलमानको ज्यान लिने धम्की दिएका विद्यार्थीविरुद्ध भारतीय प्रहरीले 'लुकआउट सर्कुलर' जारी गरेको छ। गत मार्चमा खानले ग्याङस्टार गोल्डी ब्रारको नाममा इमेल आएको थियो। गोल्डी पन्जाबी गायक सिन्धु मोसवालाको हत्यामा संलग्न भएको व्यक्ति भएको आरोप लगाइएको छ। सलमानलाई ज्यान लिने धम्की दिने विद्यार्थी भने चिकित्साशास्त्रमा तेस्रो वर्षमा…
मिला दरै- डुम्रे : तनहुँको व्यास नगरपालिका-५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन्। उनी भन्छिन्, ‘कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ।’ विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र बजार पाउन पनि मुस्किल…
भारतको मध्यप्रदेशस्थित खारगोनमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। बस पुलबाट रेलिङ भत्किएर खस्दा २४ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ। इन्डोरतर्फ जाँदै गरेको बस पुलमा ठोक्किएपछि रेलिङ भत्किएर खोलामा खसेको बताइएको छ। उक्त खोलामा पानी भने थिएन। घटना मंगलवार बिहान सवा ९ बजे भएको बताइएको छ।
गाजापट्टीमा इजरायलले हवाई आक्रमण गरेको छ। अलजजिराका अनुसार सो 'एयर रेड'का कारण १२ जना मारिएका छन्। इजरायलले सो आक्रमण प्यालेस्टाइनको इस्लामिक जिहाद मुभमेन्टप्रति लक्षित रहेको जनाएको छ। स्थानीय समय अनुसार बिहान २ बजेकै आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो। इजरायलको आक्रमणका कारण घाइते हुनेको संख्या २० जना भन्दा माथि रहेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको। मारिने १२ जनामा इस्लामिक जिहादका तीनजना…