PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • एमाले केन्द्रीय कमिटीको चौथो बैठक आजबाट, १० वटा कार्यसूचीमा छलफल हुने

    एमाले केन्द्रीय कमिटीको चौथो बैठक आजबाट, १० वटा कार्यसूचीमा छलफल हुने

    काठमाडौं : नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक बिहीवार बस्दैछ। बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुने बताइएको छ। तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ। केन्द्रीय कमिटीमा ३३५ सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र दुई गैरभौगोलिकसहित ९ जना प्रदेश कमिटी अध्यक्षहरु सहभागी हुने एमालेले बताएको छ। बैठकमा अध्यक्ष केपी…

    विस्तृतमा पढ्नुस्

  • आइएफआरसीको महासचिवमा दोस्रो कार्यकालका लागि चापागाईं चयन

    आइएफआरसीको महासचिवमा दोस्रो कार्यकालका लागि चापागाईं चयन

    काठमाडौं : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन्। सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन्। चापागाईंले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हालेका थिए। स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस पदाधिकारी बैठकमा बालकृष्ण खाणबारे के भयो छलफल?

    कांग्रेस पदाधिकारी बैठकमा बालकृष्ण खाणबारे के भयो छलफल?

    काठमाडौं: नेपाली कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउबारे पदाधिकारी बैठकमा छलफल गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार साँझ बसेको पदाधिकारीको बैठकमा खाण पक्राउ प्रकरणबारे छलफल भएको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका खाण बिहान पक्राउ परेसँगै कांग्रेसले पदाधिकारी तथा पूर्वपधिकारीको आकस्मिक बैठक बोलाएको थियो। बैठकमा राजधानीमा उपलब्ध पदाधिकारी उपस्थित भएको थियो। यस प्रकरणमा खाणले सरकारलाई…

    विस्तृतमा पढ्नुस्

  • मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा, आर्मी एपीएफसँग पराजित

    मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा, आर्मी एपीएफसँग पराजित

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा मछिन्द्र क्लबलाई हराउँदै चर्च ब्वाइज क्लब शीर्षस्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चर्च ब्वाइजले मछिन्द्र क्लबमाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको ४० औँ मिनेटमा चर्चले अञ्जन बिस्टको गोलमा अग्रता बनाएको थियो। दोस्रो हाफमा मछिन्द्र खेलमा फर्कियो। ६६ औँ मिनेटमा ओमेलाजा करीमले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • विद्‍या भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयकमा रामचन्द्रको शृङ्खलावद्ध परामर्श, के भने कानुनका जानकारले?

    विद्‍या भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयकमा रामचन्द्रको शृङ्खलावद्ध परामर्श, के भने कानुनका जानकारले?

    काठमाडौंः संघीय संसदको पहिलो कार्यकालमा तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण नगरेको नागरिकता सम्बन्धी विधेयकबारे राष्ट्रपति रामचन्द्र पौडेलले शृङ्खलावद्ध परामर्श जारी राखेका छन्। सत्तारुढ गठबन्धनले विधेयक प्रमाणीकरण गराउन चाहेपछि पौडेलले परामर्श थालेका हुन्। यसअघि नेपाल बार र सर्वोच्‍च अदालत बार एशोसिएशनका अध्यक्षसँग परामर्श गरेका पौडेलले बुधबार अन्य कानुन विज्ञसँग छलफल गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पौडेलले तीन कानुन व्यवसायीसँग…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले 'डिस्टर्ब' नगर्ने सहमति : प्रधानमन्त्री प्रचण्ड

    नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले 'डिस्टर्ब' नगर्ने सहमति : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा शीर्ष नेताले बाधा नपुर्‍याउने सहमति भएको दाबी गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रचण्डले कसैले पनि प्रहरीलाई दबाब दिन नुहने निचोडमा पुगेको बताएका हुन्। 'प्रहरीले यो विषयमा जसरी अनुसन्धान गरिरहेको त्यसमा कसैले पनि डिस्टर्ब गर्नुहुन्न भन्ने हाम्रो सहमति छ,' सिंहदरवारको भेटपछि…

    विस्तृतमा पढ्नुस्

  • किसानलाई उत्पादनमा आकर्षित गर्न वाग्मतीमा ‘दूधजोन’ को माग

    किसानलाई उत्पादनमा आकर्षित गर्न वाग्मतीमा ‘दूधजोन’ को माग

    हेटौंडा : वाग्मती प्रदेशका दुग्ध सहकारीले दूध उत्पादनको अवस्थाबारे हेरेर ‘दूधजोन’ घोषणा गरि उत्पादन अभिवृद्धि कार्यक्रम ल्याउन सुझाव दिएका छन्। गाईभैंसी पाल्ने किसानलाई उत्पादनमा उकास्ने खालका कार्यक्रम ल्याउनेदेखि गोठमै पुगेर गाईवस्तुको उपचार गर्ने कार्यक्रम र खाद्यवस्तुको मूल्य निर्धारण गर्नसमेत उनीहरुको आग्रह छ। प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाद्वारा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि योजना तर्जुमा सम्बन्धि छलफलमा यस्तो सुझाव आएको हो। बुधबार कृषि…

    विस्तृतमा पढ्नुस्

  • पूर्व गृहमन्त्री खाण चार दिनसम्म हिरासतमा बस्ने

    पूर्व गृहमन्त्री खाण चार दिनसम्म हिरासतमा बस्ने

    काठमाडौं : बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चारदिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आज जिल्ला अदालत काठमाडौंले खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। नक्कली भुटानी शरणनार्थी प्रकरणमा खाणलाई आज चुप्चेपाटीस्थित घरबाट प्रहरीले नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंमा खाणसँग पाँच घण्टासम्म सोधपुछ गरेको थियो। यस प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरिसकेको छ। बहालवाला सचिव टेकनारायण पाण्डे लगायत १२ जना…

    विस्तृतमा पढ्नुस्

  • देउवाले डाके पदाधिकारी बैठक 

    देउवाले डाके पदाधिकारी बैठक 

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन्। बैठक अहिले केहीबेरपछि देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले बताए।  बैठकमा समसमायिक विषयमा छलफल हुने बताइएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बालकृष्ण खाण पक्राउपछि देउवाले बैठक डाकेका हुन्। यसअघि देउवाले खाण निकट नेताहरुसँग धुम्बाराहीमै छलफल गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • अडियो छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै साइबर ब्यूरोमा आरजु देउवाको उजुरी

    अडियो छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै साइबर ब्यूरोमा आरजु देउवाको उजुरी

    काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छिन्। नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणमा आफ्नो नाम जोडर आएको अडियोको सत्यतथ्य छानबिन गर्न माग गर्दै देउवाले साइबर ब्युरोमा उजुरी दिएकी हुन्। 'विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीने नभएको नक्कली भूटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ,…

    विस्तृतमा पढ्नुस्

  • के विषयमा भयो प्रचण्ड, देउवा र ओलीबिच सिंहदरबारमा छलफल?

    के विषयमा भयो प्रचण्ड, देउवा र ओलीबिच सिंहदरबारमा छलफल?

    काठमाडौं : प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल भएको छ। पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि उनीहरुबिच छलफल भएको छ। यसअघि मंगलवार पनि तीन नेताबिच छलफल भएको थियो। आजको छलफलमा संसद प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • के प्रचण्डको 'नेक्स्ट टार्गेट' आरजु राणा होलिन्?

    के प्रचण्डको 'नेक्स्ट टार्गेट' आरजु राणा होलिन्?

    जयप्रकाश गुप्ता - नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित अपराधमा नेपालका राजनीतिक दलहरु मुछिएका छन्। पछिल्लो समयका गिरफ्तारीहरु हेर्दा यस प्रकरणमा सरकार र प्रहरी दुवै तार्किक अनुसन्धान सहित अघि बढेको देखिन्छ। देशको इज्जत र प्रतिष्ठालाई नै समाप्त पार्ने विषयमा यसरी अनुसन्धान बढ्नु राम्रो मान्नुपर्छ। यद्यपि, अन्तर्राष्ट्रिय समुदायमा नेपालका राजनीतिक दल र प्रशासन संयन्त्र बदनाम भइरहेको छ। प्रधानमन्त्री पुष्पकमल…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा पेस्तोलसहित एकजना पक्राउ, साथमा भेटियो ''मेडइन युएसए' गोली

    बाँकेमा पेस्तोलसहित एकजना पक्राउ, साथमा भेटियो ''मेडइन युएसए' गोली

    काठमाडौं : बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्स बारबाट निस्किँदै गर्दा बर्दिया बाँसगढी नगरपालिका-८ का २८ वर्षीय सुमन रिजाललाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ। उनको साथबाट 'मेडइन युएसए' लेखिएको एक राउण्ड गोली समेत बरामत भएको छ। रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबिच छलफल

    सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबिच छलफल

    काठमाडौं : तीन ठूला दलका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो। भेटमा संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाकारी दिए। 'शीर्ष नेताहरु हिजो पनि छलफलमा हुनुहुन्थ्यो, आज सोही छलफलको निरन्तरता…

    विस्तृतमा पढ्नुस्

  • बयानका लागि सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाण

    बयानका लागि सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाण

    काठमाडौंः नक्कली शरणार्थी बनाउने कार्यमा संलग्नता देखिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको छ। परिसरमा करिब ५ घण्टाको सोधपुछपछि पूर्वमन्त्री खाणलाई बबरमहलस्थित काठमाडौं सरकारी वकिल कार्यालय लगिएको हो। परिसरबाट उनलाई प्रहरीको भ्यानमा लगिएको थियो। सरकारी वकिल कार्यालयमा बयानपछि उनलाई म्याद थपको लागि जिल्ला अदालतमा उपस्थित गराइनेछ। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा प्रहरीले बधबार…

    विस्तृतमा पढ्नुस्

  • फरार टोपबहादुर रायमाझीले संसद्लाई पठाए पत्र, भने : म बिरामी छु

    फरार टोपबहादुर रायमाझीले संसद्लाई पठाए पत्र, भने : म बिरामी छु

    काठमाडौं : नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीले संसद् सचिवालयलाई पत्र पठाएका छन्। आफू बिरामी भएर अस्पतालमा भर्ना भएको जानकारीसहितको पत्र रायमाझीले संसद्मा पठाएको संसद् सचिवालयका एक सदस्यले जानकारी दिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका एमालेका सांसद समेत रहेका रायमाझीलाई आजै एमालेले पार्टी सचिवबाट निलम्बन गरेको छ। आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी गृहजिल्ला आर्घाखाँचीबाटै फरार भएका थिए। रायमाझीले इमेलमार्फत संसद्…

    विस्तृतमा पढ्नुस्

  • ट्वीटरमा अब भ्वाइस र भिडियो च्याटको फिचर थप्ने मस्कको घोषणा

    ट्वीटरमा अब भ्वाइस र भिडियो च्याटको फिचर थप्ने मस्कको घोषणा

    काठमाडौं : इलन मस्कले ट्वीटरमा कल र इन्क्रिप्टेड म्यासेजिङको फिचर समावेश गर्ने घोषणा गरेका छन्। मस्कले गत वर्ष एन्क्रिप्टेड डाइरेक्ट म्यासेज (डीएम्स), लामो ट्‍वीटहरू र भुक्तानी गर्न मिल्ने सेवा सामेल हुने ‘ट्‍वीटर २.० द एभरीथिङ एप’को योजना सार्वजनिक गरेका थिए।  ‘छिट्टै तपाईंले आफ्नो ट्‍वीटर ह्यान्डलबाट यस प्लाटफर्ममा जो कोहीसँग पनि भ्वाइस र भिडियो च्याट गर्न सक्नुहुनेछ। तपाईं संसारको जुनसुकै ठाउँमा मानिसहरूलाई आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता पक्रेपछि दबावमा एमाले : फरार टोपबहादुर पदबाट निलम्बित

    कांग्रेस नेता पक्रेपछि दबावमा एमाले : फरार टोपबहादुर पदबाट निलम्बित

    काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि नेकपा एमालेलाई आफ्ना सचिव जोगाउन मुश्किल परेको छ। यसअघि प्रहरीको सम्पर्कमा आउन चाहेका एमाले सचिव टोपबहादुर रायमाझी अध्यक्ष केपी शर्मा ‌ओलीले प्रधानमन्त्रीलाई भेटेसँगै फरार भएका थिए। रायमाझीलाई ओलीकै निर्देशनमा भारत पुर्‍याइएको आरोपसमेत लागेको अवस्थामा एमालेले सचिवालय बैठक राख्यो। मंगलवारको बैठकमा टोपबहादुरबारे कुरा उठेको बताए पनि सचिवालय बैठकपछि कुनै…

    विस्तृतमा पढ्नुस्

  • चैत महिनामा भित्रियो ऐतिहासिक रेमिटेन्स, शोधनान्तर बचतमा हुँदा बाह्य क्षेत्र मजबुत

    चैत महिनामा भित्रियो ऐतिहासिक रेमिटेन्स, शोधनान्तर बचतमा हुँदा बाह्य क्षेत्र मजबुत

    काठमाडौं : चैत महिनामा ऐतिहासिक रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैतमा मात्रै १ खर्ब ९ अर्ब विप्रेषण मुलुकमा आएको हो। चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको तथ्यांकअनुसार महिनैपच्छे औसत एक खर्ब रुपैयाँ रेमिट्यान्स आइरहेको छ। पछिल्लो नौ महिनामा ९ खर्ब ३ अर्ब रेमिटेन्स भित्रिएको छ। विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स बढेको कारण शोधनान्तर पनि उल्लेख्य बचतमा गएको…

    विस्तृतमा पढ्नुस्

  • बालकृष्ण खाण पक्राउपछि कांग्रेसका नेताहरु भन्छन् : भ्रष्टलाई जेल पुर्‍याउन दबाब दिउँ

    बालकृष्ण खाण पक्राउपछि कांग्रेसका नेताहरु भन्छन् : भ्रष्टलाई जेल पुर्‍याउन दबाब दिउँ

    काठमाडौं : पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना नेता पक्राउपछि नेपाली कांग्रेसका नेताहरु खुल्न थालेका छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा खाण बुधवार बिहान पक्राउ परेका हुन्। खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले अहिलेसम्म यो प्रकरणमा १२ जनालाई नियन्त्रणमा लिइसक्दा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्। प्रहरीले अनुसन्धानका लागि आफ्नै पार्टीका 'हेभीवेट' नेताहरु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell