PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • अनुसन्धान नसकिएका भन्दै बालकृष्णबारे कांग्रेसले निर्णय गरेन

    अनुसन्धान नसकिएका भन्दै बालकृष्णबारे कांग्रेसले निर्णय गरेन

    काठमाडौं : बिहीवार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो। कांग्रेस नेता बालकृष्ण खाण यही…

    विस्तृतमा पढ्नुस्

  • दैलेख डढेलोमा एकको मृत्यु, चारलाई थप उपचारका लागि काठमाडौँ लगियो

    दैलेख डढेलोमा एकको मृत्यु, चारलाई थप उपचारका लागि काठमाडौँ लगियो

    दैलेख : आठबीस नगरपालिका-६, माल्या बुडा पहाडा सामुदायिक वनमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका चार जनालाई बाँकेमा उपचारका लागि ल्याइएको थियो। तर उनीहरूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बिहीबार दिउँसो काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए।  काठमाडौं रिफर गरिएकामध्ये नवीन विक, नैनी विक, बसुन्धरा विक र जैकला विक छन्। बुधबार आगलागीमा परेका १० जनामध्ये आठ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइएकामध्ये भैरव…

    विस्तृतमा पढ्नुस्

  • सुशीला कार्कीविरुद्धको महाभियोगमा ६ वर्षपछि फैसलाः सर्वोच्चले भन्यो, ‘महाभियोग प्रतिशोधपूर्ण र प्रस्ताव दर्ताले निलम्बन हुन्न’

    सुशीला कार्कीविरुद्धको महाभियोगमा ६ वर्षपछि फैसलाः सर्वोच्चले भन्यो, ‘महाभियोग प्रतिशोधपूर्ण र प्रस्ताव दर्ताले निलम्बन हुन्न’

    काठमाडौंः संवैधानिक निकायका पदाधिकारी संसदमा महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै निलम्बन गर्न नमिल्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ। २०७४ को तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि परेको मुद्दामा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। संवैधानिक इजलासले प्रतिनिधि सभाले प्रस्तावको स्वामित्व लिएर महाभियोग सिफारिस समितिमा नपठाएसम्म प्रक्रिया सुरु नहुने मानेको छ। प्रस्तावका प्रक्रिया सुरु नहुँदासम्म निलम्बनको प्रक्रिया अघि बढाउन नमिल्ने पनि फैसलामा भनिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • इमरानलाई पक्राउ गर्नु गैरकानुनी भएको सर्वोच्चको ठहर : पाहुनाका रुपमा प्रहरीको गेस्ट हाउसमा बस्ने, सुरक्षाको जिम्मेवारी सरकारको

    इमरानलाई पक्राउ गर्नु गैरकानुनी भएको सर्वोच्चको ठहर : पाहुनाका रुपमा प्रहरीको गेस्ट हाउसमा बस्ने, सुरक्षाको जिम्मेवारी सरकारको

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावादस्थित अदालत परिसरबाट पक्राउ गरिनुलाई त्यहाँका सर्वोच्च अदालतले ‘गैरकानुनी’ भनेको छ। आज भएको सुनुवाइमा पाकिस्तान तेहरिक ए इन्साफका अध्यक्ष रहेका खानलाई शुक्रवार इस्लामावाद उच्च अदालतमा उपस्थित गराउन आदेश दिइएको छ। सर्वोच्चले खानलाई पुलिस लाइन्स गेस्ट हाउसमा राख्न पनि भनेको छ। अदालतले सुरक्षासहित प्रहरी निगरानीमा राख्न भने पनि खानलाई थुनुवाका रुपमा मान्यता नदिन पनि भनेको छ।…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्ड्स क्लबलाई हराउँदै जावलाखेल शीर्षस्थानमा

    फ्रेन्ड्स क्लबलाई हराउँदै जावलाखेल शीर्षस्थानमा

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बिहीवार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ। च्यासल स्टेडियममा सम्पन्न खेलमा जावलाखेलले ४-१ गोलको जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो। खेलको २० औँ मिनेटमा राहुल राहुलको गोलमा जावलाखेलले अग्रता बनाएको थियो। त्यस्तै २६ औँ मिनेटमा एनकोटो मसोआबीले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफमा २-० ले अघि रहेको जावलाखेललाई पाएको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा महिलामैत्री वातावरण छैनः आरजु राणा

    नेपालमा महिलामैत्री वातावरण छैनः आरजु राणा

    हेटौंडाः कांग्रेस नेतृ आरजु राणाले नेपालमा महिलामैत्री वातावरण नभएको बताएकी छिन्। हेटौंडामा बिहीबार प्रदेश नीति तथा योजना आयोगले गरेको कार्यक्रममा राणाले कुनै पनि ठाउँमा महिलामैत्री वातावरण नभएको बताएकी हुन्।  ‘काहीँ पनि महिलामैत्री वातावरण छैन। चाहे त्यो राजनीतिमा होस्, चाहे त्यो सामाजिक क्षेत्रमा होस् जहाँ पनि। यो भन्दैमा महिलाहरु डराएर आफूलाई लुकाएर राख्ने होइन,’ उनले भनिन्। प्रदेश सरकारले युवा लक्षित कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • फुङ्लिङ फाइबर केबल जलेर क्षति भएपछि मोबाइल र इन्टरनेट सेवा प्रभावित

     फुङ्लिङ फाइबर केबल जलेर क्षति भएपछि  मोबाइल र इन्टरनेट सेवा प्रभावित

    ताप्लेजुङ : आगलागीका कारण जिल्लामा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएको छ। गएराति फुङ्लिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले जडान गरेको फाइबर केबल जलेपछि मोबाईल फोन र इन्टरनेट दुवै सेवा प्रभावित बनेको हो। टेकमाइन्डस्को फाइबर केबल नेपाल टेलिकमलेसमेत प्रयोग गरिरहेकाले मोबाइल सेवासमेत प्रभावित भएको नेपाल टेलिकम ताप्लेजुङले जनाएको छ। रेडियो लिङ्कबाट ‘व्यान्डविथ न्युन’ भएकाले टेलिकमको बसेवा…

    विस्तृतमा पढ्नुस्

  • नेपालीलाई नक्कली शरणार्थी बनाउनु राज्यविरुद्धकै अपराध, दोषी सबैलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

    नेपालीलाई नक्कली शरणार्थी बनाउनु राज्यविरुद्धकै अपराध, दोषी सबैलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताएका छन्। आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरि सरकार अगाडि बढेको बताएका हुन्। 'निर्दोष कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • बजारमा छ्यापछ्याप्ती नक्कली पेय पदार्थ, देख्दा उस्तै तर नाम-दाम र चिज फरक

    बजारमा छ्यापछ्याप्ती नक्कली पेय पदार्थ, देख्दा उस्तै तर नाम-दाम र चिज फरक

    - बिजीशा बुढाथोकी काठमाडौं : कोकाकोला माग्दा पलपलकोला, स्प्राइट माग्दा स्ट्राइक र माउन्टेन ड्यु मागे पसलेले मेन्टेन ड्यु दिए ग्राहकले के गर्ने? बजारमा कोकाकोला, पेप्सी र उनीहरुका विभिन्न नामका पेय पदार्थसँग मिल्दोजुल्दो डिजाइनमा नक्कली थुप्रै छन्। यसले ग्राहकलाई अलमल त पारेकै छ, बहुराष्ट्रिय कम्पनीहरु पनि हैरान छन्। संसारका कुनै पनि मुलुकमा कोकाकोला खोज्नुस् की पेप्सी, उही उस्तै हुन्छन्। बहुराष्ट्रिय कम्पनीले देशपिच्छे…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी

    उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी

    काठमाडौं : उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आगालागी भएको छ। आगो लाग्दा कृषि फार्मसहित ४ वटा गोठ र दुईवटा घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो। आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा 'ड्रयागन बोट रेस फेस्टिबल' आयोजना हुने

    पोखरामा 'ड्रयागन बोट रेस फेस्टिबल' आयोजना हुने

    काठमाडौं : पोखरामा ‘ड्रयागन बोट रेस फेस्टिबल’ आयोजना गर्न लागिएको छ। पोखरा महानगरपालिका र काठमाडौंस्थित चिनियाँ दूतावासको सहकार्यमा उक्त महोत्सव हुन लागेको हो। महोत्सव आगामी असार ८ गतेदेखि दुई दिनसम्म संचालन हुनेछ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ शिनले आ–आफ्नो संस्थाको तर्फबाट महोत्सव आयोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • टोपबहादुर रायमाझी हिजै प्रहरीसमक्ष हाजिर हुनुहुन्छ भन्ने सुनेको थिएँ : ओली

    टोपबहादुर रायमाझी हिजै प्रहरीसमक्ष हाजिर हुनुहुन्छ भन्ने सुनेको थिएँ : ओली

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीले हिजै प्रहरीसमक्ष उपस्थित हुने बताएको दाबी गरेका छन्। सरकारी स्रोतले नै रायमाझी हिजो हाजिर हुने जानकारी पाएको ओलीले बताए। ‘हिजो उहाँ आउनुहुन्छ भन्ने सुनेको थिएँ सरकारी स्रोतबाटै तर उहाँ किन आउनु भएन थाहा छैन,’ ओलीले भने। केन्द्रीय कमिटीको बैठकलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले सुरुमा प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भुटानी शरणार्थी प्रकरणबारे ओली : जबरजस्ती फसाउन खोजियो

    नक्कली भुटानी शरणार्थी प्रकरणबारे ओली : जबरजस्ती फसाउन खोजियो

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरु आरोपी मात्रै भएको बताएका छन्। उनले आरोप लाग्दैमा दोषी भन्न नमिल्ने बताए। पार्टी कार्यालय च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले उक्त प्रकरणमा नाम जोडिएकाहरुमाथि आशंका मात्रै गर्न मिल्ने बताए। ‘जबसम्म मानिस दोषी करार हुँदैन दोषी रहेछ कि भनेर आशंका गर्न सकिन्छ। दोषी नै भनेर…

    विस्तृतमा पढ्नुस्

  • 'डिलिट' गरिएको मोबाइल डेटा 'रिकभर' भएसँगै हाइप्रोफाइलको कठालोमा प्रहरीको हात

    'डिलिट' गरिएको मोबाइल डेटा 'रिकभर' भएसँगै हाइप्रोफाइलको कठालोमा प्रहरीको हात

    काठमाडौं : चैत ११ गते प्रहरीले सानु भण्डारी, केशव तिवारी र टंककुमार गुरुङलाई पक्राउ गरेपछि नै फर्जी भुटानी शरणार्थीको प्रकरणमा 'हाइप्रोफाइल' व्यक्तिका नाम आउन थालेका थिए। पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्व सांसद इन्द्रजीत राई त तिनै सूचीमा परिहाले जो यतिखेर हिरासतमा छन्। पछिल्लो समय जो जो पक्राउ भए सुरुमा प्रहरीसँग उनीहरुलाई समाउने प्रमाण नै थिएन। इन्द्रजीत र उनका छोरा निरजको नाम…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्ड खेती, ‘कानुनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न समस्या छैन’

    कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्ड खेती, ‘कानुनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न समस्या छैन’

    महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन्। उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन्। विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन्। ‘कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार…

    विस्तृतमा पढ्नुस्

  • अमृतसरको स्वर्ण मन्दिर नजिकै फेरि विस्फोट, पाँचजना पक्राउ

    अमृतसरको स्वर्ण मन्दिर नजिकै फेरि विस्फोट, पाँचजना पक्राउ

    भारतको अमृतसरस्थित स्वर्ण मन्दिर नजिकै विस्फोट भएको छ। गएको ६ दिनमा तेस्रोपटक विस्फोट भएको हो। बुधवार राति भएको विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पंजाब प्रहरीले मध्यम खालको विस्फोट भएको जनाएको छ। यसअघि मे ६ र मे ८ मा पनि यहाँ विस्फोट भएको थियो। प्रहरीले विस्फोटका घटनाहरुबारेमा अनुसन्धान भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • ‘हल्कारा’को प्रिमियरमा कलाकारदेखि नेतासम्म

    ‘हल्कारा’को प्रिमियरमा कलाकारदेखि नेतासम्म

    काठमाडौं : महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको फिल्म ‘हल्कारा’को बुधवार प्रिमियर भएको छ। प्रिमियरमा सिनेमाकर्मीदेखि राजनीतिक दलका नेतासम्मको सहभागिता थियो। फिल्ममा महेश र बिनिताका साथै उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ। विक्रम सापकोटाको लेखन, निर्देशन तथा सम्पादन रहेको यो फिल्म वैशाख २९ गतेबाट प्रदर्शन हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • तनावमा पाकिस्तान : इमरान खान पक्राउपछि चर्को झडप, ८ जनाले गुमाइसके ज्यान

    तनावमा पाकिस्तान : इमरान खान पक्राउपछि चर्को झडप, ८ जनाले गुमाइसके ज्यान

    पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा अवस्था तनावग्रस्त बनेको छ। प्रहरी र खान समर्थकहरुबिच झडप हुँदा हालसम्म कम्तीमा आठ जनाको मृत्यु भएको छ भने २९० जना घाइते भएको डनले उल्लेख गरेको छ। प्रहरीले १ हजार ९०० भन्दा बढी आक्रोशित प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ। इस्लामावादको ‘एकाउन्टेबिलिटी कोर्ट’ले बुधवार आठ दिनको लागि खानको हिरासत ‘नेशनल एकाउन्टेबिलिटी ब्युरो’लाई सुम्पिएको छ। खानको स्वामित्वमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

    बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं : बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीवार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही बैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर…

    विस्तृतमा पढ्नुस्

  • यी दुई प्रदेशमा आज दिउँसो पानी पर्ने सम्भावना

    यी दुई प्रदेशमा आज दिउँसो पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो कर्णाली प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell