PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • आज घुम्न निस्किँदा छाता बोक्न पर्छ कि पर्दैन?

    आज घुम्न निस्किँदा छाता बोक्न पर्छ कि पर्दैन?

    काठमाडौं : हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • रेलिगेशनको संघर्ष: संकटामाथिको जितले पुलिसलाई राहत, दुई गोलको अग्रता बनाएर पनि खुमलटार न्युरोडसँग पराजित

    रेलिगेशनको संघर्ष: संकटामाथिको जितले पुलिसलाई राहत, दुई गोलको अग्रता बनाएर पनि खुमलटार न्युरोडसँग पराजित

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शुक्रवार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लिगमा रेलिगेशन क्षेत्रमा संघर्ष गरेको पुलिसले संकटा क्लबलाई २-१ गोलअन्तरले हराउँदै राहत महसुस गरेको हो। खेलको ८ औँ मिनेटमा मोसेस ट्वुमको गोलमा पुलिसले अग्रता बनाएको थियो। तर, २३ औँ मिनेटमा निशान खड्काले गोल फर्काउँदै संकटा क्लबलाई बराबरीमा फर्काए।…

    विस्तृतमा पढ्नुस्

  • सवारी लाइसेन्सको म्याद दश वर्ष बनाउने सरकारको प्रस्ताव

    सवारी लाइसेन्सको म्याद दश वर्ष बनाउने सरकारको प्रस्ताव

    काठमाडौंः सरकारले सवारी साधन सञ्चालन इजाजतपत्र (लाइसेन्स) को अवधि दश वर्ष बनाउने प्रस्ताव गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको प्रस्ताव गर्दै सरकारले यो व्यवस्था प्रस्ताव गरेको हो।  सरकारले केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गरेको हो।  लाइसेन्सको अवधि पाँच वर्षको अवधिलाई संशोधन विधेयकले दश वर्ष बनाउन प्रस्ताव गरेको हो। नवीकरणको हकमा पनि दश वर्ष नै अवधि राख्न…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त चार मन्त्रीले लिए सपथ

    गण्डकीमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त चार मन्त्रीले लिए सपथ

    पोखरा : गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा बनेको सरकारमा शुक्रवार चार मन्त्री थपिएका हुन्। यसअघि सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा र उर्जा तथा जलस्रोतमा सरस्वती अर्याल तिवारी मन्त्री नियुक्त भएका थिए। शुक्रवार कृषिमन्त्रीमा महेन्द्रध्वज जिसी, पर्यटनमन्त्रीमा बागलुङका दिपेन्द्र बहादुर थापा, आर्थिक मामिलामन्त्रीमा जीतप्रकाश आले मगर र भौतिक पूर्वाधार विकासमन्त्रीमा रेशम बहादुर जुग्जाजलि नियुक्त भएका छन्। गण्डकीका…

    विस्तृतमा पढ्नुस्

  • राक्सिराङको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई

    राक्सिराङको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई

    हेटौंडा : मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिका-३ स्थित पलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ। पलासेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको हो। शुक्रबार एक कार्यक्रमकाबीच वाग्मती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको उपस्थितिमा अंग्रेजी माध्यमको पढाई सुरुवात गरिएको हो। अंग्रेजी माध्यमबाट पढाईको उदघाटन गर्दै बानियाँले गणतन्त्र, समावेशिता र…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक निस्क्रिय भइसकेको कमल थापाको दाबी, 'राष्ट्रपतिको सक्रियता संविधानविपरित'

    नागरिकता विधेयक निस्क्रिय भइसकेको कमल थापाको दाबी, 'राष्ट्रपतिको सक्रियता संविधानविपरित'

    काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित रहेको दाबी गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेकोले उक्त विधेयक निस्क्रिय भैसकेकोसमेत दाबी गरेका छन्। 'तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक…

    विस्तृतमा पढ्नुस्

  • हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

    हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

    काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेशको ढाकामा यही बैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन्। ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नारासहित हुन लागेको उक्त सम्मेलनमा उनले यही बैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बङ्गलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीको रेसुंगा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु

    गुल्मीको रेसुंगा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु

    बुटवल : गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रवारदेखि व्यावसायिक उडान सुरु भएको छ। रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण भएको विमानस्थलमा लामो समयपछि नेपाल एयरलाइन्सको जहाजले व्यावसायिक उडान सुरु गरेको हो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रवार बिहान साढे ६ बजे उडेको निगमको जहाज बिहान साढे ७ बजे रेसुंगा विमानस्थलमा अवतरण भएको थियो। चालक दलका सदस्य बाहेक १४ यात्रु बोकेर रेसुंगा विमानस्थलमा अवतरण भएको जहाज…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

    यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ

    काठमाडौंः कृषि विज्ञ मदन राई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले आज विहान उनलाई पक्राउ गरेको हो। आफ्नो विद्यालयमा यौन दुर्व्यवहार गरेको समाचार बाहिरिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। यौन दुर्व्यवहारको विषयलाई लिएर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटङले जनाएको छ। 'आफ्नै फाउन्डेसनमा मदन राईले बालिकाहरू माथि गरेको यौन दुर्व्यवहार' शीर्षकमा सेतोपाटी अनलाइनले समाचार लेखेको थियो। ७५ वर्षीय मदनले शुभद्रा मदन…

    विस्तृतमा पढ्नुस्

  • चार सातामा 'जारी' ले कमायो १७ करोड

    चार सातामा 'जारी' ले कमायो १७ करोड

    काठमाडौं : उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ ले नेपालभरि १७ करोडको व्यापार गरेको छ। वैशाख १ गतेबाट रिलिज भएको फिल्मले चारसातामा १७ करोड 'कलेक्सन' गरेको वितरक मनोज राठीले जानकारी दिए। ‘जारीले घरेलु बक्सअफिसमा १७ करोड कमाएको छ। अझै पनि धेरै मल्टिप्लेक्सहरुले यस फिल्मलाई शो उपलब्ध गराएका छन्,’ राठीले भने। दयाहाङ राई र मिरुना मगर अभिनित ‘जारी’ आजबाट पाँचौं…

    विस्तृतमा पढ्नुस्

  • बजार मन्दीतर्फ गएपछि राष्ट्र बैंकले घटायो बैंक दर, ऋणीलाई पनि सहुलियत (पूर्णपाठ)

    बजार मन्दीतर्फ गएपछि राष्ट्र बैंकले  घटायो बैंक दर, ऋणीलाई पनि सहुलियत (पूर्णपाठ)

    काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीति समीक्षा गर्दै बैंक दर घटाएको छ। बजारको ब्याजदर घटोस् भनेर राष्ट्र बैंकले विद्यमान बैंक दरलाई एक प्रतिशत विन्दुले घटाएको छ। अब बैंक दर ७.५ प्रतिशत कायम भएको छ। यसले निक्षेप तथा ऋणको ब्याज घटाउन सहयोग पुग्छ। बैंक तथा वित्तीय संस्थाले ऋणपत्र गणनाका कारण ऋण लगानी रोकिरहेकोमा यसमा राष्ट्र बैंकले बाटो खोलिदिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • विगतमा गल्ती भयो, अब नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ : उपेन्द्र यादव

    विगतमा गल्ती भयो, अब नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ : उपेन्द्र यादव

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन्। जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सार्वभौम संसद्ले पारित गरेको कानुनलाई अड्काउन नपाइने भए पनि विगतमा गलत अभ्यास भएको आरोप लगाएका हुन्। 'संसद्बाट पारित कानुनलाई राष्ट्रपतिले पहिलो पटक फिर्ता पठाउने…

    विस्तृतमा पढ्नुस्

  • फेरि बढ्यो वायु प्रदूषण

    फेरि बढ्यो वायु प्रदूषण

    काठमाडौं : पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ। हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ १७६, काठमाडौंको कीर्तिपुरको १६३, रत्नपार्कको एक सय ६३, नारायणीको १७१ र धनकुटाको १५५ रहेको छ। एक्यूआइ शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ। एक्यूआइ एक सय ५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ। पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरणबारे छानबिनमा प्रहरीलाई सहयोग गरौं : प्रकाशमान सिंह

    नक्कली शरणार्थी प्रकरणबारे छानबिनमा प्रहरीलाई सहयोग गरौं : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। उनले यो प्रकरणले राजनीतिमाथि नै थुप्रै प्रश्न उठेकोले छानबिनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास हुन नहुने बताएका छन्। 'कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून्। कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दोष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी…

    विस्तृतमा पढ्नुस्

  • संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

    संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

    काठमाडौं : नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधन भएको छ। तत्कालीन संविधानसभा सदस्य समेत रहेका बस्नेतको शुक्रवार निधन भएको हो। कांग्रेसको ईतिहाससमेत लेखेका उनको सिफलस्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनायो। २००२ मंसिर २१ मा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेत गिरिजाप्रसाद कोइरालाका प्रेस प्रमुख भएरसमेत काम गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • ट्वीटरको सिईओ बन्ने ‘फुलिस’ व्यक्ति भेटाए मस्कले

    ट्वीटरको सिईओ बन्ने ‘फुलिस’ व्यक्ति भेटाए मस्कले

    इलन मस्क ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट हट्ने भएका छन्। अब ट्वीटरको सिईओमा एक महिला हुने र उनले आउने ६ हप्ताका कार्यभार सम्हाल्ने मस्कले बताएका छन्। यद्यपि, मस्कले ती महिलाको नाम भने खुलाएका छैनन्। Excited to announce that I’ve hired a new CEO for X/Twitter. She will be starting in ~6 weeks! My role will transition to being exec chair…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा ट्रयाक्टर दुर्घटना : एकजनाको मृत्यु, सातजना घाइते

    रोल्पामा ट्रयाक्टर दुर्घटना : एकजनाको मृत्यु, सातजना घाइते

    काठमाडौं : रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनमा परि मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको थियो। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • बराह ताल बन्दै पर्यटकीय गन्तव्य, होमस्टेमा 'लोकल' परिकारले स्वागत

    बराह ताल बन्दै पर्यटकीय गन्तव्य, होमस्टेमा 'लोकल' परिकारले स्वागत

    ढोरपाटन : वरपर जङ्गल र बस्ती। बीचमा छ बराह ताल। शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ। बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। एक हजार तीन सय २६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो। ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ। दिनप्रतिदिन…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं : आज बिहान देशभर  स्थानीय वायुको सामान्य प्रभाव रहेको र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो  कोशी प्रदेश र मधेश प्रदेशका साथै वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका साथै वाग्मती र  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : बलिउड र हलिउडको फिल्मसँग भिड्दै 'हल्कारा'

    फ्राइडे रिलिज : बलिउड र हलिउडको फिल्मसँग भिड्दै 'हल्कारा'

    काठमाडौं : आजनेपाली सिनेमाहलमा एक नेपाली र दुई विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘हल्कारा’ का साथै बलिउड फिल्म ‘छत्रपति’ र हलिउड फिल्म ‘एस्टेरिक्स एण्ड ओबेलिक्स: द मिडिल किङडम’ रिलिज भएका छन्। विक्रम सापकोटाको लेखन र निर्देशन रहेको ‘हल्कारा’ मा महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा छन्। यस फिल्मले गाउँमा चिठ्ठी पुर्‍याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell