PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

  • ओलीको नयाँ वर्ष सन्देश : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ

    ओलीको नयाँ वर्ष सन्देश : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्। नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गरे। बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुष्प्रयासलाई…

    विस्तृतमा पढ्नुस्

  • पार्टी कार्यालय पेरिसडाँडा पुगे प्रधानमन्त्री प्रचण्ड

    पार्टी कार्यालय पेरिसडाँडा पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ। त्यही अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्। प्रधानमन्त्री दाहालले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उनको सचिवालयले जनाएको छ। दाहाल आज बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पुगेर…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

    सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

    काठमाडौं : सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ। हरेक वर्ष बिसुमा मीठामीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ। यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने…

    विस्तृतमा पढ्नुस्

  • 'शाही शैली' कटाउँदै राष्ट्रपति रामचन्द्र पौडैल, यसरी बित्यो महिना दिन

    'शाही शैली' कटाउँदै राष्ट्रपति रामचन्द्र पौडैल, यसरी बित्यो महिना दिन

    काठमाडौं : यसपटक राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भए। निर्वाचित भएयता पौडेल राष्ट्रपति संस्थामाथि लागेको 'दाग' मेटाउन लागिपरेका छन्। यसअघि राष्ट्रपति संस्था शाही शैलीको सवारीका कारण बदनाम थियो। संयोग भनौ यसपटक राष्ट्रपति निर्वाचनताका आफ्नो दोस्रो कार्यकाल पुरा गरेर शितलनिवासबाट बिदाई लिन लाग्दा पनि विद्यादेवी भण्डारी विवादमा तानिइन्। भण्डारी संसद भवनमा सम्बोधन गर्न पुग्दा सवारीको शाही शैलीले सडक ठप्प…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षमा घुम्न जाँदै हुनुहुन्छ ? यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

    नयाँ वर्षमा घुम्न जाँदै हुनुहुन्छ ? यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

    आज नयाँ वर्ष २०८० सालको पहिलो दिन। साथी र परिवारबिच नयाँ वर्ष शुभकामना आदानप्रसाद गरि वर्षको सुरुवात गरिँदैछ। आज नयाँ वर्षको विदा र भोलि शनिवार। त्यसैले पनि दुई दिनको छुट्टीमा धेरैजना घुम्न निस्किँदैछन्। नयाँ वर्षको उल्लासमा देशभरको मौसम कस्तो रह्ला ? वैशाख १ गतेको बिहान देशभर स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक…

    विस्तृतमा पढ्नुस्

  • वैशाख १ मा तीनवटा फिल्महरु रिलिज : दयाहाङकै दुई फिल्म एकआपासमा भिड्दा चेपुवामा 'बुलाकी'

    वैशाख १ मा तीनवटा फिल्महरु रिलिज : दयाहाङकै दुई फिल्म एकआपासमा भिड्दा चेपुवामा 'बुलाकी'

    काठमाडौं : आज नयाँ वर्ष २०८० को पहिलो दिन। आज नेपाली सिनेमाहलमा तीन फिल्महरु प्रदर्शन भएका छन्। ‘जारी’,‘बिहे पास’ र ‘बुलाकी’रिलिज भएका हुन्। यो वर्षको सुरुवातदेखि नेपाली फिल्महरुबिचको प्रतिस्पर्धा कडा हुने देखिएको छ। आज हलमा दयाहाङ राईको मुख्य भूमिका रहेको दुई फिल्म ‘बिहे पास’ र ‘जारी’ एकआपसमा भिड्दैछन्।   त्यसैगरि, आजै रिलिज भएका दुई फिल्महरु एकै विषयवस्तुमाथि बनेका समेत परेका…

    विस्तृतमा पढ्नुस्

  • ‘हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन’

    ‘हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन’

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ। राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ।’ उनले…

    विस्तृतमा पढ्नुस्

  • देशभर २०८० सालको स्वागत गरिँदै, पशुपतिमा भक्तजनको घुइँचो

    देशभर २०८० सालको स्वागत गरिँदै, पशुपतिमा भक्तजनको घुइँचो

    काठमाडौं : आज विक्रम संवत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ नयाँ वर्ष मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षमा उपराष्ट्रपति यादवले भने : सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने काम अझै चुनौतिपूर्ण

    नयाँ वर्षमा उपराष्ट्रपति यादवले भने : सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने काम अझै चुनौतिपूर्ण

    काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले नयाँ वर्षमा उमङ्गका साथ समाजमा विद्यमान सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न तथा शान्ति…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेलको नयाँ वर्ष सन्देश : राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने

    राष्ट्रपति पौडेलको नयाँ वर्ष सन्देश : राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्। नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका हुन्। उनले भने, ‘सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट…

    विस्तृतमा पढ्नुस्

  • अन्त्य होस् अराजकता, फेरियोस चोला : स्वागतम् २०८०

    अन्त्य होस् अराजकता, फेरियोस चोला : स्वागतम् २०८०

    आजदेखि क्यालेन्डर फेरिएको छ। वर्षमात्र होइन, नयाँ दशक प्रवेश आफैँमा अर्को अध्याय। आजको सूर्योदयसँगै प्रारम्भ भएको ८० को दशकमा तपाईँलाई हार्दिक स्वागत छ। नयाँ वर्ष र दशक दुवैले तपाईँको स्वास्थ्य, परिवार तथा सिंगो सामाजिक उपस्थितिमा नयाँ इट्टा थपोस्। तपाईँको प्रगतिले मुलुकले गर्व गर्न सकोस्। नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना। असङ्ख्य अपेक्षा र सीमित उपलब्धिका बिच ७० को दशकबाट हामी…

    विस्तृतमा पढ्नुस्

  • महालेखा कार्यालयको प्रतिवेदन सार्वजनिक: बेरुजू एक खर्ब १९ अर्ब रुपैयाँ पुग्यो

    महालेखा कार्यालयको प्रतिवेदन सार्वजनिक: बेरुजू एक खर्ब १९ अर्ब रुपैयाँ पुग्यो

    काठमाडौं सरकारको अनुदानबाट चलेको सहुलियतपूर्ण कर्जाको सदूपयोगितामाथि महालेखा परीक्षकको कार्यालयले कैफियत निकालेको छ। महालेखाले बिहीबार राष्ट्रपतिलाई बुझाएको प्रतिबेदनले सहुलियतपूर्ण कर्जाको उपयोग सम्बन्धमा अनुगमन गर्ने, अनुदान रकमलाई बीउपुँजीको रुपमा अभिलेखाङ्कन गरेर निष्चित अवधिपछि फिर्ता लिने ब्यवस्था मिलाउन भनेको छ। महालेखाले मर्जर तथा प्राप्ति गर्दा सृजना भएको रकमका बारेमा पनि पुन: प्रश्न उठाएको छ। मर्जर गर्दा भएको लाभलाई प्राप्ति गर्ने कम्पनीले सोझै…

    विस्तृतमा पढ्नुस्

  • लघु चलचित्र प्रतियोगितामा प्रथम भएको फिल्म 'कस्तुरी' को विशेष शो

     लघु चलचित्र प्रतियोगितामा प्रथम भएको फिल्म 'कस्तुरी' को विशेष शो

    काठमाडौं : लघु चलचित्र प्रतियोगितामा पुरस्कृत फिल्महरुको विशेष शो सम्पन्न भएको छ। बिहीवार रातोपूल स्थित ओजस थिएटरमा गरिएको विशेष शोमा कस्तुरी’, ‘डोल्मा’ र ‘सेनाको सन्तति’ देखाइएको हो। नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता (२०२३) मा ‘कस्तुरी’ प्रथम भएको थियो। ‘सेनाको सन्तती’ चौथो हुँदा ‘डोल्मा’ २०२२ लघु चलचित्र प्रतियोगितामा तेस्रो बनेको थियो। यी तीनै लघुफिल्म ओजस थिएटर एन्ड फिल्म स्टुडियोले निर्माण…

    विस्तृतमा पढ्नुस्

  • तस्विरमा २०७९ सालका १३ घटना : निर्वाचनदेखि सुकुम्बासी र मिटर ब्याज पीडितको आन्दोलनसम्म

    तस्विरमा २०७९ सालका १३ घटना : निर्वाचनदेखि सुकुम्बासी र मिटर ब्याज पीडितको आन्दोलनसम्म

    काठमाडौं : २०७९ साल आजबाट बिदा हुँदैछ। नयाँ वर्ष २०८० सालको स्वागतको तयारी देशभर भइरहेको छ। अन्य वर्षमा झै यो वर्षमा पनि राजनीतिक अस्थितरता कायम भयो। खेल क्षेत्र पनि सदा झै अस्थिर ने रह्यो तर क्रिकेट विश्वकपको छनोटमा पुगेर नेपालले केही आशा जगायो। वर्ष २०७९ का १३ घटना स्थानीय तह निर्वाचन वर्षको सुरुवात स्थानीय तह निर्वाचनबाट भयो। वैशाख ३० गते…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्रीको टोलीको कोरिया भ्रमण स्विकृतदेखि जुगल हिमश्रृंखला आरोहण खुलासम्म, यी हुन् मन्त्रिपरिषद्का पछिल्ला १४ निर्णय

    अर्थमन्त्रीको टोलीको कोरिया भ्रमण स्विकृतदेखि जुगल हिमश्रृंखला आरोहण खुलासम्म, यी हुन् मन्त्रिपरिषद्का पछिल्ला १४ निर्णय

    काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महत १९ गते कोरिया भ्रमणमा जाने भएका छन्। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरियाको आयोजनामा हुन लागेको एसियाली विकास बैंकको बैठकमा भाग लिन अर्थमन्त्री महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्विकृत दिने निर्णय गरेको हो। त्यसैगरी सरकारले सिन्धुपाल्चोकको जुगल हिमश्रृंखला अन्तर्गगतका हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने निर्णय गरेको छ।   यी हुन् पछिल्लो मन्त्रिपरिषद्ले गरेका १४ निर्णय  

    विस्तृतमा पढ्नुस्

  • 'हल्कारा' को ट्रेलरमा वैदेशिक रोजगारीको प्रभावको कथा

    'हल्कारा' को ट्रेलरमा वैदेशिक रोजगारीको प्रभावको कथा

    काठमाडौं : महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको फिल्म ‘हल्कारा’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरले वैदेशिक रोजगारीको कथा समेटेको छ। २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलरले हुलाक सेवाको सरकारी जागिरदेखि विदेशिएको एक पुरुषको कथा देखाइएको छ। गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देख्न सकिन्छ। फिल्म ‘हल्कारा’ महेश…

    विस्तृतमा पढ्नुस्

  • २०७९ सालभर नेतृत्वबिहीन सर्वोच्च, कायममुकायमकै भरमा न्यायालय

    २०७९ सालभर नेतृत्वबिहीन सर्वोच्च, कायममुकायमकै भरमा न्यायालय

    काठमाडौं : न्यायालयको इतिहासमा २०७९ साल कायम मुकायमकै भरमा बितेको छ। विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायीशका रूपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले अहिलेसम्म कार्यभार सम्हाल्दै आएको छ। लामो समयसम्म न्यायालयलाई नेतृत्वविहीन राख्न नहुनेमा चौतर्फी आवाज उठ्दा पनि प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्नसकेको छैन। कानुन व्यवसायीले प्रधानमन्त्री तथा सभामुखसँग भेट…

    विस्तृतमा पढ्नुस्

  • थपिए १०६ जना कोरोना संक्रमित

    थपिए १०६ जना कोरोना संक्रमित

    काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६४ जनामा आरटी पीसीआर परीक्षणका क्रममा र ४२ जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो। हाल देशभर ४३५ जना कोरोनाका सक्रिय कोरोना संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा हाल २७ जना संक्रमित संस्थागत आइसोलेसनमा, आइसीयुमा १२ जना र भेन्टिलेटरमामा ३ जना उपचाररत् छन्।

    विस्तृतमा पढ्नुस्

  • सर्वसम्मतीबाट चुनियो युवा संघको नेतृत्व : अध्यक्षमा क्षितिज थेबे, महासचिवमा सुमन पुरी

    सर्वसम्मतीबाट चुनियो युवा संघको नेतृत्व : अध्यक्षमा क्षितिज थेबे, महासचिवमा सुमन पुरी

    बुटवल : नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। बाँकेको नेपालगञ्जमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले थेबेलाई अध्यक्षमा चयन गरेको हो। थेबे झापाका हुन्। निवर्तमान उपाध्यक्ष सन्तोष रावलले पनि अध्यक्षमा दाबी गरेपछि युवा संघको महाधिवेशन लम्बिएको थियो। तर, अहिले थेबेलाई सर्वसम्मत अध्यक्ष चुनिएको हो। त्यस्तै, महासचिवमा रुपन्देहीका सुमन पुरी निर्वाचित भएका छन्। महासचिवमा अञ्जना अधिकारीको…

    विस्तृतमा पढ्नुस्

  • डढेलोका कारण वायु प्रदूषण बढ्दो, कुन कुन ठाउँको हावा अस्वस्थकर?

    डढेलोका कारण वायु प्रदूषण बढ्दो, कुन कुन ठाउँको हावा अस्वस्थकर?

    काठमाडौं : पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ। डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ। पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा यहाँको मौसम खासै खुल्न सकेको छैन। विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बारा, पर्सा, चितवनलगायत देशभरका एक सय ४० स्थानमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell