भारतमा बेलायती संचारमाध्यम बीबीसीविरुद्ध मुद्दा दर्ता भएको छ। भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले विदेशी लगानीमा अनियमितता गरेको भन्दै फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट अनुसार मुद्दा दर्ता गरेको हो। भारतस्थित बीबीसीको कार्यालयमा आयकर विभागले गत फेब्रुअरी मा छापासमेत हानेको थियो। बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे निर्माण गरेको डकुमेन्ट्री 'इन्डिया : द मोदी क्वेश्चन' लाई लिएर यो कदम चालिएको हो। सो डकुमेन्ट्रीमा नरेन्द्र मोदीको…
काठमाडौं : हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपाल आएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल बिग माउण्टेन ट्राभलमार्फत बिहीवार बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो। नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत…
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय राजधानी काठमाडौं अन्यत्र सार्दा फरक नपर्ने बताएका छन्। सामाजिक संजालबाट उनले काठमाडौंको हितमा काम नगर्ने हो भने सिंहदरबार अन्य पालिकामा सार्न पनि भनेका छन्। 'हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस,' उनले लेखेका छन्। उनले आफूहरुलाई राजनीति नभइ काठमाडौंको सम्पदा, संस्कृति, कला, सभ्यता चाहिएकोसमेत बताएका छन्।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गरेका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए। तीन वटा मुद्दा…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताएका हुन्। गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प…
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेका हुन्। दोस्रो चरणको निर्वाचनमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रवेश गरेका छन्। रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन्। अन्जनको प्यानलबाट एक जनाले पनि उपाध्यक्ष…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए। छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखेर प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका…
भक्तपुर : नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ। नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्का जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार यस वर्ष चैत ३० देखि बैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्यरूपमा बिस्का…
बिजीशा बुढाथोकी- काठमाडौं : वि सं २०७९ लाई बिदा गर्दै नयाँ वर्ष २०८० को स्वागतको तयारीमा पूरै नेपाल छ। नयाँ वर्ष संघारमा आइपुग्दा मानिसहरु ‘सेलिब्रेसन’को ‘मुड’मा छन्। परिवार र साथीसँग हाइकिङ जाने, नयाँ गन्तव्यमा घुम्न जानेदेखि ‘फेमिलि डिनर’सम्मका योजनाहरु बनिरहेका छन्। व्यस्तोमा बाहिर जान नसक्नेहरु पनि थुप्रै हुन्छन्। त्यसैले काठमाडौंमै म:म र पिज्जासँगै नयाँ वर्षको स्वागतका लागि कहाँ-कहाँ पुग्न सकिन्छ…
इण्डियन प्रिमियर लिग (आइपीएल)मा बिहीवार पञ्जाव किङ्ग्स र गुजरात टाइटान्स भिड्दै छन्। पञ्जाव शिखर धवन र गुजरात हार्दिक पाण्ड्याको कप्तानीमा मोहालीस्थित बिन्द्रा स्टेडियममा साँझ ७:४५ बजे मैदानमा उत्रिनेछन्। तीन खेल खेलेको पञ्जावले दुईमा जित निकालेको छ भने एक खेलमा हार व्यहोर्दै अंकतालिकाको छैटौँ स्थानमा छ। पञ्जावले पहिलो खेलमा कोलकाता र दोस्रो खेलमा राजस्थानलाई हराएको थियो भने तेस्रो खेलमा हैदरावादसँग पराजित…
काठमाडौं : सरकारका प्रतितिनिधि, नागरिक समाज र संविधानविद्ले मुलुकका तीन तहका सरकारबिच समन्वय र सहकार्यका लागि सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधारको खाँचो औँल्याएका छन्। नेपाल कानुन समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था तथा भावी रणनीति विषयक कार्यक्रममा सहभागी वक्ताले सङ्घीयता कार्यान्वयनमा राजनीतिक इच्छाशक्ति नभए अन्य पहल र प्रयास निरर्थक हुने प्रतिक्रिया दिए। पूर्व…
सुभाषचन्द्र देवकोटा- वन जंगलमा लाग्ने अनियन्त्रित आगो नै वन डढेलो हो। नेपालमा हरेक वर्ष विशेषगरि गर्मी याम लागेपछि वन डढेलोबारे खुबै चर्चा हुनेगर्दछ, ठूला-ठूला बैठक र गोष्ठीहरु गरिन्छन्। वन डढेलोबाट मृत्यु भएका र घाइते हुनेहरुप्रति गोहीको आँसु चुहाइन्छ। जैविक सम्पदामा र वातावरणीय क्षेत्रमा परेको क्षतिहरुबारे परियोजनाहरुका पैसामा गफ चुटिन्छ। एक हिसाबले वन डढेलो व्यवस्थापन र यसका चुनौतीहरुका विषयमा कर्मकाण्ड सम्पन्न…
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। उनी वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघई प्यानलबाट उपाध्यक्षमा लडेका थिए। वैद्यले ४३ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी अजयराज सुमार्गीले ३७ मत पाएका छन्। सुमार्गी अन्जन श्रेष्ठको समूहबाट चुनाव लडेका थिए। उमेशलाल समूहबाट उपाध्यक्ष लडेका दिनेश श्रेष्ठले ३४ मत पाएका छन्। दिनेश यसअघि पनि जिल्लानगर उपाध्यक्ष हुन्।…
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएकी छिन्। उनी ८ सय ४६ मत पाएर निर्वाचित भएकी हुन्। श्रेष्ठ वरिष्ठ उपाध्यक्षको उम्मेदवार रामचन्द्र संघई प्यानलबाट चुनाव लडेकी थिइन्। उनको प्रतिस्पर्धी भरत आचार्यले ७ सय ८१ मत पाएका छन्। अर्का एशोसिएट उपाध्यक्ष भरत उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठका साझा उम्मेद्वार हुन्। एशोसिएटको कार्यसमिति सदस्यमा अम्बिकाप्रसाद पौडेल, अविनाश…
उदयपुर : उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिवारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन्। त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ। मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन्। त्रियुगा नगपालिका-१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा…
इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ। चेन्नईको चिदमबरम स्टेडियममा भएको खेलमा राजस्थानले ३ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ५२ रन बनाए। त्यस्तै, देवदूत पाडिक्कलले ३८ तथा रविचन्द्रन आश्विन र शिमरोन हेटमायेरले ३०/३०…
सांघाई: चीनले २० वाह्य शक्तिको सैन्य हस्तक्षेपले अफगानिस्तानलाई ठूलो क्षती पुगेको भन्दै त्यहाँ बाह्य हस्तक्षेप र घुसपैठको विरोध गर्ने जनाएको छ। चिनियाँ विदेश मन्त्रालयले अफगान मामिलामा श्वेतपत्र जारी गर्दै यस्तो बताएको हो। बिहीबार उज्वेकिस्तानको राजधानी समरकन्डमा अफगानिस्तानका छिमेकी राष्ट्रहरुको चौँथो उच्चस्तरीय बैठक आयोजना हुँदै छ। बैठकमा चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिङ काङ सहभागी हुँदैछन्। बैठकको अघिल्लो दिन चीनले अफगान मामिलासम्बन्धी श्वेतपत्र…
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अडिओ प्रकरणमा अन्य जोसुकै संलग्न देखिए पनि कारबाही गर्ने बताएका छन्। सो प्रकरणमा केन्द्रीय सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी दलले कारबाही गरेको छ। अडिओमा श्रेष्ठले लामिछानेको कोर टिमका सदस्यहरुको संलग्नता खुलाएका थिए। तर केन्द्रीय समितिको बैठकले कोर टिमको बारेमा कुनै पनि जानकारी दिएन। सभापति लामिछानेले यस प्रकरणमा कसैले…
वीरगंज : रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन्। झडपमा प्रहरीको गोली लागेर गरुडा -५ का गजेन्द्र यादव घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। घाइतेको उपचार नारायणी अस्पतालमा भइरहेको छ। उनको अवस्था गम्भीर छ। मेयरमा उम्मेदवार रहेका दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद…
काठमाडौंः राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधि सभामा गणपुरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन। प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा (एमाले) का सचेतक महेश बर्तोलाले गणपुरक सङ्ख्याको यकिन गर्न सभामुख समक्ष माग गरे। त्यसलगत्तै सभामुख देवराज घिमिरेले तीन मिनेटको घण्टी बजाएर गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिए।…