PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

  • रास्वपाले ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने

    रास्वपाले ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने

    काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक विन्दवासिनी कंसाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। सांसद ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गरेसँगै कंसकारलाई सांसद बनाउने निर्णय गरेको हो। पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै…

    विस्तृतमा पढ्नुस्

  • घुस मागेको अडिओ प्रकरणमा ढाकाकुमार रास्वपाको साधारण सदस्यबाटै निष्कासित

    घुस मागेको अडिओ प्रकरणमा ढाकाकुमार रास्वपाको साधारण सदस्यबाटै निष्कासित

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी जिम्मेवारी मुक्त गरेको हो। पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै…

    विस्तृतमा पढ्नुस्

  • अडियो प्रकरण रास्वपा सांसद श्रेष्ठको साधारण सदस्य समेत खारेज गर्ने निर्णय

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गरेको छ। पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो। समितिले साधरण सदस्य समेत…

    विस्तृतमा पढ्नुस्

  • १३ जना एसएसपी डिआइजी बढुवा सिफरिसः पहिलो नम्बरमा कडायत अन्तिममा खनाल

    १३ जना एसएसपी डिआइजी बढुवा सिफरिसः पहिलो नम्बरमा कडायत अन्तिममा खनाल

    काठमाडौँः नेपाल प्रहरीका १३ जना एसएसपी डिआइजी बढुवाका लागि सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको  बैठकले बढुवाका लागि सिफारिस गरेको हो। सिफारिसको पहिलो नम्बरमा कुबेरबहादुर कठायत रहेका छन्। यस्तै बढुवा सिफारिस भएकामा क्रमशः केदार ढकाल, बिष्णुकुमार केसी,भरतबहादुर बोहरा,रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रबहादुर खापुर, जनक भट्टराइ,लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकासराज खनाल  रहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • ढाकाकुमारको अडियो प्रकरणबारे निर्णय लिन रास्वपा बैठक जारी

    ढाकाकुमारको अडियो प्रकरणबारे निर्णय लिन रास्वपा बैठक जारी

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ। रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय गर्ने जानकारी दिए। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो। बैठकपछि आज नै पत्रकारसम्मेलन गरि सांसद…

    विस्तृतमा पढ्नुस्

  • सेनाले सुरु गर्‍यो गोरखा-जितगढी पदयात्रा सुरु

    सेनाले सुरु गर्‍यो गोरखा-जितगढी पदयात्रा सुरु

    काठमाडौं : नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा-जितगढी पदयात्रा सुरु गरेको छ। मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वद्र्धन र प्रवद्र्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ। पश्चिम पृतनापति उपरथी दीपककुमार बाँनियाले शुभारम्भ गर्नुभएको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँचवटा गण…

    विस्तृतमा पढ्नुस्

  • १२१ जनामा देखियो कोरोना, थप एकजना संक्रमितको मृत्यु

    १२१ जनामा देखियो कोरोना, थप एकजना संक्रमितको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना संक्रमण देखिएको छ। आरटी पीसीआरबाट ५८ जना र एन्टीजेन परीक्षणबाट ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। हिजो १०६ जना संक्रमित थपिँदा करिब ३ महिनापछि एक संक्रमितको मृत्यु भएको थियो। हाल देशभर ४४५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा २५ जना संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक

    ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक

    काठमाडौं : सनम कुमार बैराग निर्देशित फिल्म ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ४७ सेकेण्डको ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध समेटिएको छ। एक युवककको वरिपरिका सम्बन्धित व्यक्तिहरु र प्रेमसम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ। निर्देशक बैरागले नै फिल्मको कथा तथा संवाद लेखेका हुन। फिल्ममा कुनाल विश्व, बेलायती अभिनेत्री म्याडिशन लाजारसयसका साथै सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठलगायतका नेपाली तथा…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबिच भेट, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल

    उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबिच भेट, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल

    काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन्। भेटवार्तामा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ। नेपालगंज-रुपेडिया, भैरहवा-सुनौली तथा दोधारा-चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमासमेत उनीहरुबिच छलफल भएको थियो। सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम छिट्टै…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती सरकारमार्फत निर्माण हुने भनिएको एकीकृत बस्ती निर्माणको कार्य प्रगती शून्य

    वाग्मती सरकारमार्फत निर्माण हुने भनिएको एकीकृत बस्ती निर्माणको कार्य प्रगती शून्य

    हेटौंडा : चालु आर्थिक वर्षको ३ महिनामात्रै बाँकी रहँदा संघीय लगानीमा वाग्मती प्रदेश सरकारमार्फत निर्माण हुने भनेको एकीकृत बस्ती आवस निर्माणको कार्य प्रगती शून्य रहेको छ। चालु आर्थिक वर्षमा तोकिएको लक्षित वर्गको आवास निर्माणको लागि छुट्याइएको ५ करोड बजेटको खर्च प्रगती शून्य रहेको हो। संघिय सरकारको विशेष अनुदान तर्फको सार्वजनिक निर्माण अन्तर्गत चेपाङ, वनकरिया, माझी, बोटे, थामीहरुको लागि एकिकृत वस्ती…

    विस्तृतमा पढ्नुस्

  • सरुवामा राजनीतिक हस्तक्षेप भइरहेको मन्त्री मोदीको स्वीकारोक्ति, 'मेयर आउँछन्, मलाई यो कर्मचारी चाहियो भन्छन्'

    सरुवामा राजनीतिक हस्तक्षेप भइरहेको मन्त्री मोदीको स्वीकारोक्ति, 'मेयर आउँछन्, मलाई यो कर्मचारी चाहियो भन्छन्'

    काठमाडौं :  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय सरकारअन्तर्गतका कर्मचारी खटनपटनमा चर्को राजनीतिक हस्तक्षेप हुने गरेको बताएका छन्। सङ्घीय निजामती सेवा ऐन, कर्मचारी व्यवस्थापन र स्थानीय तहमा देखिएका समस्याबारे बुधवार प्रतिनिधिसभाको बैठकमा मन्त्री मोदीले सङ्घ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले आफू अनुकूलका कर्मचारी खोज्ने र कर्मचारीले सुगम रोज्ने प्रवृत्ति बढेको बताएका हुन्। कर्मचारी सरुवा र खटनपटनमा विभिन्न दलबाट…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीबाट नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीबाट नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

    भक्तपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबिच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन्। भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा उनले यस्तो बताएका हुन्। नवआयुक्तहरुलाई निर्देशन दिँदै उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • आजबाट सकियो एसईई, चार लाख ८४ हजार २२७ परीक्षार्थी सहभागी

    आजबाट सकियो एसईई, चार लाख ८४ हजार २२७ परीक्षार्थी सहभागी

    भक्तपुर : यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बुधवारबाट सकिएको छ। यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसईईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए। देशका ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रसहित जापानमा एक गरी दुई हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको उनले बताए। ‘छिटफुट घटनाबाहेक सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • सांसद तोसिमा कार्कीको माग : ठूला भवन, होटल र अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्

    सांसद तोसिमा कार्कीको माग : ठूला भवन, होटल र अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्

    काठमाडौं : निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ। प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसद डा तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गरेकी हुन्। ‘देशव्यापीरुपमा ठाउँ-ठाउँमा निर्माण हुँदै गरेका ठूला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्। ती भवनको नक्सापास, वातावरणीय प्रभाव मूल्याङ्कन र सम्बन्धित निकायबाट लिइनुपर्ने स्वीकृतिलगायतका…

    विस्तृतमा पढ्नुस्

  • ठेक्का प्रक्रिया सुरु भएर रोकिएका सडक निर्माण अघि बढाउन सांसदहरुको माग

    ठेक्का प्रक्रिया सुरु भएर रोकिएका सडक निर्माण अघि बढाउन सांसदहरुको माग

    काठमाडौं : ठेक्का प्रक्रिया सुरु भएर समयमा सम्पन्न हुन नसकेका र ठेक्का प्रक्रियामै अल्झिएका विभिन्न सडकखण्डको काम अघि बढाउन सांसदहरुले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकको शून्य समयमा बोल्दै सांसद ठाकुर प्रसाद गैरे र तेजुलाल चौधरीले अपलत्र परेका सडकको कामअघि बढाउन सम्बन्धित मन्त्रालयलाई संसद्मार्फत् निर्देशन दिइनुपर्ने बताएका हुन्। ‘रुपन्देही, पाल्पा र गुल्मी जिल्ला जोड्ने सडक सालझण्डी-सुन्दरढुङ्गा सडक कालोपत्र…

    विस्तृतमा पढ्नुस्

  • मायादेवी मन्दिर पुगे चिनियाँ राजदूत सोङ

    मायादेवी मन्दिर पुगे चिनियाँ राजदूत सोङ

    काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत चेन सोङ लुम्बिनी पुगेका छन्। तिलौराकोट पुगेका उनले त्यहाँस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीसँग लुम्बिनी पुगेका उनले मन्दिर क्षेत्रको अवलोकनसमेत गरेका छन्। मन्दिर भ्रमणपश्चात उनले नेपाल र चीनबिच लुम्बिनीमा संस्कृति, धर्म र पर्यटन प्रवर्द्धनमा सहकार्यका सम्भावनाहरु धेरै रहेको बताएका छन्।

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीमा कार दुर्घटना : मृत्यु हुने सबै भारतीय नागरिकको पहिचान

    सिन्धुलीमा कार दुर्घटना : मृत्यु हुने सबै भारतीय नागरिकको पहिचान

    काठमाडौं : सिन्धुलीमा गएराति भएको कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ। भारतीय नम्बर प्लेटको कार दुर्घटनामा मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन्। कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन्। दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा पठाइएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई धुलिखेल…

    विस्तृतमा पढ्नुस्

  • कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : अस्पतालहरु तयारी अवस्थामा रहनु

    कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो : अस्पतालहरु तयारी अवस्थामा रहनु

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो। भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ। मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.…

    विस्तृतमा पढ्नुस्

  • बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना बिलायो झौलेक भिरमै

    बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना बिलायो झौलेक भिरमै

    बैतडी : मंगलवार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो। भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए। बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए। परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो। जयपृथ्वी राजमार्गको खोडपे-बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा से १ ज ७६४ नम्बरको जिप दुर्घटना…

    विस्तृतमा पढ्नुस्

  • महिलालाई भारतमा यौन व्यवसायमा लगाउने कोठी सञ्चालक सोनाम पक्राउ

    महिलालाई भारतमा यौन व्यवसायमा लगाउने कोठी सञ्चालक सोनाम पक्राउ

    त्रिशूली : आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पुर्‍याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। नेपालबाट महिलालाई ललाइफकाई भारतमा पुर्‍याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो। नुवाकोटको शिवपुरी गाउँपालिका-१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौंबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell