PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

  • सुनको मूल्य फेरी बढ्यो, तोलाको १ लाख १० हजार ८ सय

    सुनको मूल्य फेरी बढ्यो, तोलाको १ लाख १० हजार ८ सय

    काठमाडौंः सुनचाँदीको मूल्य फेरि बढेको छ। बुधबार सुन तोलामा एक हजार रुपैयाँ र चाँदीमा १५ रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य तोलाको १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा ५ सय रुपैयाँ बढ्दा मंगलबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी १५ रुपैयाँ बढ्दा बुधबार प्रतितोला…

    विस्तृतमा पढ्नुस्

  • बीबीसीसँग अप्रत्याशित अन्तर्वातामा इलोन मस्कले भने : ट्वीटर किने पछि पीडा महसुस भएको छ

    बीबीसीसँग अप्रत्याशित अन्तर्वातामा इलोन मस्कले भने : ट्वीटर किने पछि पीडा महसुस भएको छ

    इलोन मस्कले ट्वीटर किनेपछि आफूलाई पीडा महसुस गरेको बताएका छन्। बीबीसीसँगको अप्रत्याशितअन्तर्वार्तामा विश्वकै धनाढ्यमध्येका एक मस्कले आफूले ट्वीटर किने पछि पीडा महसुस गरे पनि ट्वीटर राम्रो गन्तव्यतिर गइरहेको बताएका छन्। बीबीसीका उत्तर अमेरिकी प्रविधि संवाददातासँग ट्वीटरको कार्यालयमा भएको अन्तर्वार्तामा मस्कले आफूले किन्नै पर्ने भएर मात्रै ट्वीटर किनेको बताएका छन्। उनले कम्पनी चलाउन निकै ‘पीडादायी’ भएको भन्दै ‘उतारचढाव’को अवस्था रहेको बताए। मस्कले यसै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको प्युखाबाट स्रोत नखुलेको रकम सहित एक जना समातिए

    काठमाडौंको प्युखाबाट स्रोत नखुलेको रकम सहित एक जना समातिए

    काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित प्युखाबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई रकम सहित फेला पारेको हो। रकम हुन्डीको लागि प्रयोग हुनसक्ने अनुसन्धानमा देखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • के कारणले हुन सकेन थानकोट-चित्लाङ सडक खण्डको स्तरोन्नति?

    के कारणले हुन सकेन थानकोट-चित्लाङ सडक खण्डको स्तरोन्नति?

    काठमाडौं : काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डमा सडक स्तरोन्नति हुन सकेको छैन। काठमाडौंतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन। बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ। काठमाडौँबाट जाने सडक…

    विस्तृतमा पढ्नुस्

  • पंजाबको मिलिटिरी स्टेशनमा गोली चल्दा चारजनाको मृत्यु

    पंजाबको मिलिटिरी स्टेशनमा गोली चल्दा चारजनाको मृत्यु

    भारतको पंजाबस्थित भटिन्डा मिलिटिरी स्टेशनमा गोली चल्न चारजनाको मृत्यु भएको छ। बुधवार बिहान भएको गोलीकाण्डमा कुनै पनि आतंकवादी संगठनको संलग्न नभएको बताइएको छ। केही दिन अघि सो स्टेशनबाट राइफल हराएको र गोली चल्नुमा यही कारण हुन सक्ने अनुमान गरिएको छ। गोली चल्ने बित्तिकै सैनिक क्याम्पभित्र रहेको 'स्टेशन क्विक रिएक्सन टिम्स्'लाई परिचालन भएको थियो। हाल सो सैन्य इलाकालाई 'हाइ अलर्ट'मा राखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • दमौली पुगेर प्रकाशमानले भने : जनताको सुख दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ

    दमौली पुगेर प्रकाशमानले भने : जनताको सुख दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्। आज बन्दीपुरमा कांग्रेसको गाउँ कार्यसमितिले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको बताएका हुन्। 'भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्। वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो पहिरोले चर्किएका घरमा लिपपोत नगर्दै अर्को पहिरोको चिन्ता

    अघिल्लो पहिरोले चर्किएका घरमा लिपपोत नगर्दै अर्को पहिरोको चिन्ता

    बलेवा : आठ महिना पहिले गाउँमाथिबाट आएको पहिरोले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन। पहिरोको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन। छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन। घर वरपरको जमिन चर्केको छ, घर छेउको बारीमा चिरा परेको छ। हिउँदका महिना पहिरो बढ्ला कि भन्ने त्रास भएन। बागलुङ नगरपालिका-११ रायडाँडाको तल्लो रामतोला बस्तीमा पहिरोले फेरो हालेका घरमै बसेका सर्वसाधारणलाई…

    विस्तृतमा पढ्नुस्

  • ढाकाकुमारबारे निर्णय लिन रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    ढाकाकुमारबारे निर्णय लिन रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो। केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले गरेको भनिएको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति रवि लामिछानेलाई बुझाएको थियो। सोही प्रतिवेदनलाई आधार बनाएर निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो। समितिसँगको बयानमा सांसद श्रेष्ठले दुर्गा…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलमा आज राजस्थानले गर्नेछ चेन्नईको सामना

    आइपीएलमा आज राजस्थानले गर्नेछ चेन्नईको सामना

    इण्डियन प्रिमियर लिग (आइपीएल)मा बुधवार चेन्नई सुपर किङ्ग्स र राजस्थान रोयल्स भिड्दै छन्। चेन्नई महेन्द्र सिंह धोनी र राजस्थान सन्जु सामसनको कप्तानीमा चिदमबरम स्टेडियममा साँझ ७:४५ बजे मैदानमा उत्रिनेछन्। तीन खेल खेलेको चेन्नईले दुईमा जित निकालेको छ भने एक खेलमा हार व्यहोर्दै अंकतालिकाको पाँचौ स्थानमा छ। चेन्नई पहिलो खेलमा गुजरातसँग पराजित भएको थियो भने दोस्रो खेलमा लखनउ र तेस्रो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • खोटाङमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    खोटाङमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    खोटाङ : खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। यस प्रतियोगिताबाट आगामी बैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन्। जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकका विद्यार्थी सहभागी छन्। तीन दिनसम्म…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

    सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

    सिन्धुली : गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२:३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि…

    विस्तृतमा पढ्नुस्

  • मुम्बईले निकाल्यो पहिलो जित, दिल्लीको लगातार चौथो हार

    मुम्बईले निकाल्यो पहिलो जित, दिल्लीको लगातार चौथो हार

    इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै जारी सिजनमा पहिलो जित निकालेको छ। अरुन जेट्ली स्टेडियममा भएको खेलमा दिल्लीले जारी सिजनको चौथो हार व्यहोर्‍यो। टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १७२ रन बनाएको थियो। दिल्लीका लागि अक्षर पटेलले सर्वाधिक ५४ रन बनाउँदा डेभिड वार्नरले ५१, मनिश पाण्डेले २६ र…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा जिप दुर्घटना : बझाङको एकै गाउँका ६ जनाको मृत्यु

    बैतडीमा जिप दुर्घटना : बझाङको एकै गाउँका ६ जनाको मृत्यु

    बैतडी : जयपृथ्वी राजमार्गको खोडपे-बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेक मोडमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको ज्यान गएको हो। मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका-५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४०…

    विस्तृतमा पढ्नुस्

  • विश्वकै ठूलो ‘फन्डिङ फेस्टिबल’ भनिएको ‘डब्लुएससी’ घोटाला मात्रै! ठगिए स्टार्टअपहरु

    विश्वकै ठूलो ‘फन्डिङ फेस्टिबल’ भनिएको ‘डब्लुएससी’ घोटाला मात्रै! ठगिए स्टार्टअपहरु

    काठमाडौं : विश्वको सबैभन्दा ठूलो फन्डिङ फेस्टिबलका रुपमा दाबी गर्दै भारतमा आयोजित वर्ल्ड स्टार्टअप कन्भेन्सन (डब्लुएससी) एक स्क्याम मात्र भएको आशंका गरिएको छ। उक्त कार्यक्रममा सहभागी उद्यमीहरूले प्रहरीमा गरेको उजुरीले आयोजकहरूलाई १२ अर्ब डलर घोटाला गरेको आरोप लगाएका छन्। गत मार्चमा भएको यस स्टार्टअप गालामा भाग लिन सयौं उदीयमान उद्यमीहरू भारतको राजधानी नयाँ दिल्लीस्थित नोयडा पुगेका थिए। सन् २०२१ र…

    विस्तृतमा पढ्नुस्

  • नक्कली वकिल बनेर ठगी, ७० लाख रुपैयाँभन्दा बढीका चेक बरामद

    नक्कली वकिल बनेर ठगी, ७० लाख रुपैयाँभन्दा बढीका चेक बरामद

    काठमाडौंः एक व्यक्तिले नक्कली वकिल बनेर ठूलो रकम ठगी गरेका छन्। जाजरकोटको छेडागाड नगरपालिका १२ का ४९ वर्षीय मानबहादुर सिंहले आफू कानुन व्यवसायी हुँ भन्दै ठूलो रकम ठगी गरेको पाइएको हो। उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। उनले मुद्दाको पुनरावलोकन गरिदिने र कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक आस्थाको 'ट्याग'बारे गर्भनर अधिकारीको प्रष्टीकरण, 'ब्याज राष्ट्र बैंकले तोक्ने होइन'

    राजनीतिक आस्थाको 'ट्याग'बारे गर्भनर अधिकारीको प्रष्टीकरण, 'ब्याज राष्ट्र बैंकले तोक्ने होइन'

    काठमाडौं : राजनीतिक आस्थाका आधारमा नेपाल राष्ट्र बैंकले नीति नियम बनाएर कार्यान्वयन गरिरहेको आरोपको गभर्नर महाप्रसाद अधिकारीले खण्डन गरेका छन्। अधिकारीले मंगलबार पत्रकार सम्मेलन गर्दै राजनीतिक आस्थाका आधारमा नीति नियम बन्ने गरेको र त्यसले बजारलाई जटिल बनाएको आरोपको खण्डन गरेका हुन्। उनले कुनै पनि नीति निर्माण तत्कालीन आर्थिक अवस्था हेरेर गरिने अभ्यास रहेको बताए। ‘कुनै एउटा नीति बन्नुपर्दा २० जनाभन्दा बढीसँग परामर्श…

    विस्तृतमा पढ्नुस्

  • विदेशी मुद्राको सञ्चिति २४ महिनायताकै उच्च

    विदेशी मुद्राको सञ्चिति २४ महिनायताकै उच्च

    काठमाडौं : विदेशी मुद्राको सञ्चिति २०७७ चैत महिनायताकै उच्च विन्दुमा पुगेको छ। त्यसबेला १४ खर्ब ३३ अर्ब २७ करोडको सञ्चिति क्रमश: घटेर ११ खर्ब ४६ अर्ब ८८ करोडमा आएको थियो। २०७९ वैशाखमा न्यूनतम विन्दुमा आएको सञ्चिति त्यसपछि क्रमश: बढेर दुई वर्षयताकै उच्चतम विन्दुमा पुगेको हो। नेपाल राष्ट्र बैंकले मंगलबार फागुन मसान्तसम्मको विवरण सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिति १४ खर्ब एक अर्ब…

    विस्तृतमा पढ्नुस्

  • थपिए १०६ जना कोरोना संक्रमित, एकजनाको मृत्यु

    थपिए १०६ जना कोरोना संक्रमित, एकजनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आरटी पीसीआरबाट ७४ जना र एन्टीजेन परीक्षणबाट ३२ जनामा संक्रमण देखिएको छ। हाल देशभर ४३९ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमणबाट एकजनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा २४ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् भने आइसीयुमा १३ जना र भेन्टिलेटरमा राखेर ५ जनाको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट पक्राउ परे न्यायाधीश भुवन गिरी, कपिलवस्तु लगिँदै

    काठमाडौंबाट पक्राउ परे न्यायाधीश भुवन गिरी, कपिलवस्तु लगिँदै

    काठमाडौं : न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारको अभियोग लागेका न्यायाधीश गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले गत साता पक्राउ पूर्जी जारी गरेको थियो। आज काठमाडौंबाट उनी पक्राउ परेका हुन्। उनलाई आजै कपिलवस्तु लगिँदैछ। न्यायधीश गिरीविरुद्ध उनकी श्रीमतीले जबरजस्ती करणको अभियोग लगाउँदै गत मंसिरमा नै प्रहरीमा उजुरी दिन पुगेकी थिइन्। तर केही समय प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन। यो घटना बाहिरिएपछि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा महंगी बढ्यो, रेस्टुरेन्टको मेनुमा १४ प्रतिशत वृद्धि

    काठमाडौं उपत्यकामा महंगी बढ्यो, रेस्टुरेन्टको मेनुमा १४ प्रतिशत वृद्धि

    काठमाडौं : गत वर्षको फागुनको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा मुद्रास्फीति बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको फागुनमा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.९५ प्रतिशत छ। अघिल्लो वर्षको फागुनमा मूल्यवृद्धि ६.३१ प्रतिशत थियो। यस्तै, फागुनमा तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ फागुनमा तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell