अष्ट्रेलियाका एक व्यक्तिले एक घण्टामा ३ हजार २०६ पटक 'पुस अप' गरी नयाँ रेकर्ड कायम गरेका छन्। उनले एकै मिनेटमा ५३ पटक पुसअप गरेका हुन्। लुकास हेलम्के नाम गरेका ३३ वर्षीयले स्थानीय जिमखानामा पुसअप गर्दै नयाँ रेकर्ड कायम गरेका हुन्। यसअघि अष्ट्रेलियाकै दानियल स्कालीले गत अप्रिल २०२२ मा एक घण्टामा ३ हजार १८२ पटक पुसअप गरेर रेकर्ड कायम गरेका थिए।…
बुटवल : रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर नजिकै कुकर बम फेला परेको छ। शनिवार सियारी गाउँपालिका-४ स्थित अध्यक्ष घिमिरेको घर पछाडीको गेट नजिकै कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। सिमेन्टको बोराभित्र शंकास्पद बस्तु देखेपछि अध्यक्ष घिमिरेले प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान भएको भेटवार्ता केही बेरअघि सकिएको छ। भेटमा सरकार विस्तार, देशको पछिल्लो आर्थिक अवस्था र उपचुनावबारे चर्चा भएको बताइएको छ। यद्यपि कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने आज उपचुनावबारेमात्र छलफल भएको बताए। 'बैठक केहीबेरअघि…
जापानका प्रधानमन्त्री फुमियो किसिदा सहभागी कार्यक्रममा एक व्यक्तिले बम प्रहार गरेका छन्। पश्चिमी जापानको भ्रमणमा रहेका किसिदामाथि शनिवार 'स्मोक बम' प्रहार गरेको बताइएको छ। बम प्रहारपछि मानिसहरु तितरवितर भएका थिए। बमको आवाज सुन्नसाथ प्रहरीले किसिदालाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए। घटना लगत्तै उक्त स्थलमा फायर ट्रक पुगेका थिए। घटनामा कुनै व्यक्ति घाइते भएको सूचना अहिलेसम्म प्राप्त भएको छैन। घटनामा संलग्न २४…
चितवन : चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ। हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो। जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजय बहादुर घलेले जानकारी दिए। भरतपुर महानगरपालिका-२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो। यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन्।…
पाटन : शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ। सय वर्ष पुगेकी राधादेवीको शनिवार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिए। जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो। यसअघि असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन्। नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रवार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए। उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम…
इण्डियन प्रिमियर लिग (आइपीएल)मा शनिवार दुई खेल हुँदैछ। पहिलो खेल अपराह्न ३:४५ बजे चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्सबिच हुनेछ भने ७:४५ बजे अतल बिहारी वाजपायी एकना क्रिकेट स्टेडियममा लखनउ सुपर जायन्ट्स र पञ्जाव सुपर किङ्ग्स भिड्ने छन्। बेङ्ग्लोर फाफ डु प्लेसिस र दिल्ली डेभिड वार्नरको कप्तानीमा तथा लखनउ केएल राहुल र पञ्जाव शिखर धवनको कप्तानीमा मैदानमा उत्रिनेछन्।…
इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। इडेन गार्डेन स्टेडियममा भएको खेलमा हैदरावादले कोलकातालाई २३ रनले हराएको हो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनायो। हैदरावादका लागि ह्यारी ब्रुकले अविजित रहँदै शतक प्रहार गर्दा एडेन मार्क्रमले ५० अभिषेक शर्माले ३२ तथा हेनरिच क्लासेनले…
सुशीला रेग्मी- रामपुर (पाल्पा) : पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ। रामपुर नगरपालिका-६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमूना र सफल मौरीपालन व्यवसायी हुन्। घर वरिपरिका फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमै रमाउने न्यौपाने यस क्षेत्रकै मौरीपालन व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छन्। उनको घरमा…
काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन थालेको बताएका छन्। नयाँ वर्षको अवसरमा प्रवासी नेपालीहरुलाई भर्चुअल सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले तीन महिनायता अर्थतन्त्रमा सकारात्मक सुधार देखिन थालेको बताएका हुन। माओवादी केन्द्रको प्रवास समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले अर्थतन्त्र सुधारका तीन संकेत प्रस्तुत गरे। त्यसैगरी प्रधानमन्त्रीले अर्थतन्त्र अफ्ट्यारोमा पर्नुका तीन कारणसमेत खुलाए। अर्थतन्त्र अफ्ट्यारोमा पर्नुको तीन…
काठमाडौं : शुक्रवारदेखि नयाँवर्ष २०८० सुरुआत भएको छ। नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउँछन्। प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको पाण्डेय बताउँछन्। नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उनले बताए। 'यस्ता…
काठमाडौं : शुक्रवार शितल निवासमा विभिन्न मानपदवी वितरणका लागि विशेष समारोह आयोजना गरिएको थियो। मानपदवी प्रदानका लागि विशेष मञ्च तयार थिए। पदक पाउनेहरुलाई धमाधम सम्मान गर्दै थिए राष्ट्रपति रामचन्द्र पौडेल। त्यही क्रममा कोही भने मञ्चसम्म उक्लन सकिरहेका थिएनन्। ती मध्ये थिए एक वृद्ध। शारीरिक रुपमा अशक्त ती वृद्ध अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिए। तर सकिरहेका थिएनन्। यो…
वसन्तराज उप्रेती र उन्नत सापकोटा- काठमाडौं : घर जग्गा र सेयर बजार कारोबारमा देखिएको मन्दीको असर अन्य व्यवसायमा देखिन थालेको छ। रेस्टुराँ व्यवसायमा ५० प्रतिशतले गिरावट आएको छ। तारे होटल र पर्यटकीय क्षेत्रमा रहेका रेस्टुराँबाहेक काठमाडौंका फास्टफुड, चेन रेस्टुराँमा ग्राहकको चहलपहल निकै घटेको छ। सेयर बजार र घरजग्गा कारोबारमा मनग्य फाइदा हुँदा कारोबारीले रेस्टुराँमा राम्रै खर्च गरिआएका हुन्। अहिले त्यो…
काठमाडौं : नयाँ वर्षको अवसरमा फिल्म ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसहित आगामी भदौ १ गतेका लागि फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटालाई देख्न सकिन्छ। सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। राजु गिरी निर्माता रहेको फिल्ममा नारायण खाती निर्माताका रुपमा रहेका…
काठमाडौं: आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ। नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलर मुख्य अभिनेता धिरज मगर वरिपरि ट्रेलर घुमेको छ। धिरजलाई हिपहप डान्सर बन्ने सपना हुन्छ। तर, उनका बुवालाई भने छोरालाई लाहुरे बनाउने चाहना हुन्छ। परिवारको सपना विपरित जाँदा धिरजले भोग्नुपरेको संघर्ष ट्रेलरमा समेटिएको छ।…
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी ,सनातन हिन्दुवादी पक्षधर शक्तिहरु केही मतभिन्नता र असमझदारीलाई थाँती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन्। नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउदै एकतामा आउनुपर्नेमा जोड दिए। …
बुटवल : पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सा नजिकै भूतखोलामा डुबेर शुक्रवार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ बेलहियाका २० वर्षीय शिवम जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। नयाँ वर्षमा साथीहरुसँग घुम्न आएका उनी पोखरी हेर्ने क्रममा अचानक चिप्लिएर खोलामा खसेका थिए। प्रहरी र स्थानीयको सहयोगमा तत्काल…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष विक्रम संवत् २०८० को शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक दलहरु बिच हार्दिक एकता कायम गर्दै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्नुपर्ने बताएका छन्। ‘नेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र…