PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

  • नवनियुक्त परराष्ट्रमन्त्री साउद र भौतिक पूर्वाधार राज्यमन्त्री चपाईँले लिए शपथ

    नवनियुक्त परराष्ट्रमन्त्री साउद र भौतिक पूर्वाधार राज्यमन्त्री चपाईँले लिए शपथ

    काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा साउदले पद तथा गोपनियताको शपथ लिएका हुन्। यसअघि नेपाली कांग्रेसले चैत १७ गते उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चार जनालाई सरकारमा पठाएको थियो। सरकारमा उपप्रधानसहित रक्षामा खड्का, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, उद्योग वाणिज्यमा रमेश रिजाल र सहरी विकासमा सिता गुरुङ छन्। साउदलाई…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

    भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

    भक्तपुर : नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का। भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि बैशाख ५ गतेसम्म बिस्का जात्रा मनाउँदै आएका छन्। चैत २७ गते र बैशाख ५ गते भैरवको रथ तान्नु, चैत मसान्तको दिन ल्यासिंखेलमा लिङ्गो उठाउनु र बैशाख १ गते दिनभर जात्रा गरेर साँझ…

    विस्तृतमा पढ्नुस्

  • २०७९ मा देशको प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

    २०७९ मा देशको प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

    काठमाडौं : आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ। वर्ष २०७९ हालै सकिएको छ। वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ। यही अवस्था कायम…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री बनेपछि पहिलोपटक वीरगंज पुगेका रमेश रिजाललाई भव्य स्वागत 

    मन्त्री बनेपछि पहिलोपटक वीरगंज पुगेका रमेश रिजाललाई भव्य स्वागत 

    वीरगंज : उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई वीरगंजमा भव्य स्वागत गरिएको छ। मन्त्री भएपछि पहिलोचोटी वीरगंज आएका रिजाललाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले सिमरा विमानस्थलमा फूलमालासहित स्वागत गरेका थिए।  काठमाडौंबाट बुद्ध एयरको विमानबाट १२:३० मा उनी सिमरा अवतरण गरेका थिए। उनको स्वागतमा पर्सा-बाराका कांग्रेसका नेता कार्यकर्ताको गाडीको जुलुससमेत निस्केको थियो। रिजाल चैत १७ गते उद्योगमन्त्रीमा नियुक्त भएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • बाँदर आतंकबारे सांसदमा रामहरि खतिवडाको प्रश्न : चीनलाई बेच्ने कि मार्ने? 

    बाँदर आतंकबारे सांसदमा रामहरि खतिवडाको प्रश्न : चीनलाई बेच्ने कि मार्ने? 

    काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक बढेकोले यसको समाधान खोज्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो धारणा राख्ने क्रममा खतिवडाले यसको समाधान खोज्न आग्रह गरेका हुन्। श्रीलंकाले चीनलाई बाँदर बेचेको खबर आफूले सुनेको उल्लेख गर्दै नेपालले पनि त्यसै गर्नुपर्ने सुझावसमेत उनको रह्यो। 'देशमा बाँदर आतंक छ। मैले एउटा समाचार पढेको थिएँ। श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभा बैठक मंगलवारसम्म स्थगित

    प्रतिनिधि सभा बैठक मंगलवारसम्म स्थगित

    काठमाडौं : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बैठक मंगलवारसम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए। अर्को बैठक मंगलवार दिनको १ बजे घिमिरेले जनाए।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड हराएकोले खोज्न रघुजी पन्तको आग्रह, शितल निवासमा दौरासुरुवाल लगाएर गए भेटिने रामहरिको सुझाव

    प्रधानमन्त्री प्रचण्ड हराएकोले खोज्न रघुजी पन्तको आग्रह, शितल निवासमा दौरासुरुवाल लगाएर गए भेटिने रामहरिको सुझाव

    काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लोपटक संसदमा देखिनै छाडेको बताएका छन्। आइतवार प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो धारणा राख्दै प्रचण्ड संसदमा झलकझुलुकमात्र देखिने गरेको बताएका हुन्।  पन्तले प्रधानमन्त्री प्रचण्ड अन्तिमपटक बालुवाटारकको छेउछाउ देखिएकोले संसदमा बुझाउनसमेत आग्रह गरे। 'सभामुख महोदय, नागरिकताको नाम पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण्ड स्थायी टिकट फेरि नै राख्ने। अस्थायी ठेगाना कहिले बालुवाटार…

    विस्तृतमा पढ्नुस्

  • 'जारी'को क्लिप्स टिकटकमा छ्यापछ्याप्ती भेटिएपछि निर्माता पुगे साइबर ब्युरो

    'जारी'को क्लिप्स टिकटकमा छ्यापछ्याप्ती भेटिएपछि निर्माता पुगे साइबर ब्युरो

    काठमाडौं : प्रदर्शनरत फिल्म ‘जारी’ को भिडियो क्लिपहरु टिकटमा छ्यापछ्यापी भेटिन थालेका छन्। बक्सअफिसमा राम्रो कमाई गरिरहेको फिल्मको सामाजिक सञ्जालमा पाइरेसी हुन थालेपछि निर्माण टिम साइबर ब्युरोमा उजुरी दिन पुगेको छ।   निर्माता मणिराम पोखरेलले आइतबार साइबर ब्युरो पुगेर उजुरी दिएका हुन्। पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध साइबर ब्युरोमा उजुरी दिइएको हो। हलमा खिचेर फिल्मका दृश्य हाल्दा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसप्रति जनताको आशा बढी छ, भरोसायोग्य बनाउनुपर्छ : प्रकाशमान सिंह

    कांग्रेसप्रति जनताको आशा बढी छ, भरोसायोग्य बनाउनुपर्छ : प्रकाशमान सिंह

    झापा : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।  परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताए। आज नेपाली कांग्रेस झापाले जिल्ला आयोजना गरेको कार्यकर्ता भेटघाट   कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए।  जनताले कांग्रेसका अहिलेका…

    विस्तृतमा पढ्नुस्

  • ३० दिनमै सकियो फिल्म 'जय हो' को छायाङ्कन

    ३० दिनमै सकियो फिल्म 'जय हो' को छायाङ्कन

    काठमाडौं : सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ को छायाङ्कन सकिएको छ। मुस्ताङको मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० दिनमा छायाङ्कन सकिएको निर्माण टिमले जनायो। शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको छायाङ्कन मुस्ताङ र कास्कीको विभिन्न स्थानमा गरिएको हो। टेक पौरखी राईको निर्देशन रहेको फिल्ममा सलोनका साथै अर्पण थापा, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि…

    विस्तृतमा पढ्नुस्

  • 'बुलाकी' हलबाट उत्रियो, चोकचौतारोमा प्रोजेक्टरबाट देखाउने चेतावनी

    'बुलाकी' हलबाट उत्रियो, चोकचौतारोमा प्रोजेक्टरबाट देखाउने चेतावनी

    काठमाडौं : सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'बुलाकी' को प्रदर्शन रोकिएको छ। हलले शो नदिएको भन्दै गत शुक्रवारदेखि प्रदर्शन भएको फिल्म आइतवारबाट रोक्ने निर्णय गरिएको हो। फिल्मका कलाकार तथा निर्माता विराज विष्टले आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको फेसबुकमार्फत जानकारी दिए। फिल्मले राम्रो प्रतिक्रिया पाएपनि हलले शो नदिएर निर्माता डुबाउने खेल खेलेको उनको आरोप छ। ‘सम्पूर्ण दर्शकहरूबाट राम्रो…

    विस्तृतमा पढ्नुस्

  • बागमती खोला सफाइ गर्दा भेटियो पेस्तोल

    बागमती खोला सफाइ गर्दा भेटियो पेस्तोल

    काठमाडौं : काठमाडौंको बागमती खोलामा पेस्तोल भेटिएको छ। बागमती सरसफाइ गर्ने क्रममा पेस्तोल र म्याग्जिन फेला पारेको हो। काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित पहेँलो पुलमुनिबाट एक थान पुरानो पेस्तोल र उक्त पेस्तोलमा लाग्ने २ थान खाली म्याग्जिन बरामद भएको हो। बागमती सरसफाइ गर्ने क्रममा उक्त पेस्तोल र म्याग्जिन फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। पेस्तोल…

    विस्तृतमा पढ्नुस्

  • सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

    धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आइतवार मृत्यु भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगी महिलाको पीसीआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मैदानमा पञ्जावसँग हार्‍यो लखनउ

    घरेलु मैदानमा पञ्जावसँग हार्‍यो लखनउ

    इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाव किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ। एकना क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जावले लखनउलाई २ विकेटले हराएको हो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो। लखनउका लागि कप्तान केएल राहुलले ७४ रन बनाउँदा कायल मेयर्सले २९, क्रुणाल पाण्ड्याले १८ तथा मार्कस स्टोइनिसले १५…

    विस्तृतमा पढ्नुस्

  • दाङमा मिनिबस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

    दाङमा मिनिबस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

    बुटवल : दाङमा मिनिबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका ६ की ३० वर्षीया यमी घर्ती मगर रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी मगरको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए। घोराहीबाट बुटवलतर्फ आउँदै गरेको ना…

    विस्तृतमा पढ्नुस्

  • पहाडी भू-भागमा पानी पर्ने र तराईका केही स्थानमा हावाहुरीको सम्भावना

    पहाडी भू-भागमा पानी पर्ने र तराईका केही स्थानमा हावाहुरीको सम्भावना

    काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आइतवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ।…

    विस्तृतमा पढ्नुस्

  • रौतहटमा जग्गाको बिषयमा विवाद हुँदा गोली चल्योः एक जनाको मृत्यु, तीन घाइते

    रौतहटमा जग्गाको बिषयमा विवाद हुँदा गोली चल्योः एक जनाको मृत्यु, तीन घाइते

    जनकपुरधामः  रौतहटको गढीमाईमा नगरपालिकामा जग्गा विवादलाई लिएर दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।  धनगढीमाई नगरपालिका वडा नम्बर ८ धोबिनियामा जग्गा विवादलाई लिएर दुई समूहबिच विवाद भएपछि गोली चल्दा एक जनाको मृत्यु भएको हो। त्यस्तै तीन जना घाइते भएको हो ।  अवैध हतियारबाट गोली हानाहान हुँदा धनगढीमाई नगरपालिका ८का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले एनपी साउदलाई सरकारमा पठाउँदै

    कांग्रेसले एनपी साउदलाई सरकारमा पठाउँदै

    काठमाडौं : नेपाली कांग्रेसले एनपी साउदलाई सरकारमा पठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालय सम्हाल्ने गरी साउदलाई सरकारमा पठाउन लागिएको कांग्रेस स्रोतले जनायो। साउदको शपथ आइतवार दिउँसो ३ बजे तय भएको बालुवाटार स्रोतले जनायो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसलाई ८ वटा मन्त्रालय दिने सहमति भएको बताइएको छ। पहिलोचोटि कांग्रेसले चैत १७ गते उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चार जनालाई सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • बुवाको निरन्तरता तोड्दै सुजनले छेडाए पहिलो पटक जिब्रो

    बुवाको निरन्तरता तोड्दै सुजनले छेडाए पहिलो पटक जिब्रो

    भक्तपुर : मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। बिस्का जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना भएको मौलिक शैलीको जात्रामा उनले पहिलोपटक जिब्रो छेडेका हुन्। सुजन ९ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएको थियो। त्यसपछि उनले २०६५ सालसम्म लगातार…

    विस्तृतमा पढ्नुस्

  • वर्षमान पुनकी आमालाई गोली हान्ने प्रहरीले पक्राउपछि भने : त्रुटि हुँदा चल्यो

    वर्षमान पुनकी आमालाई गोली हान्ने प्रहरीले पक्राउपछि भने : त्रुटि हुँदा चल्यो

    काठमाडौं : पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीरथमाली गोली लागेर घाइते भएकी छिन्। शुक्रवार राति बालुवाटार घरमा तीर्थमालीलाई प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट गोली लागेको थियो। देब्रे खट्टामा गोली लागेपछि उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। उनी खतरामुक्त छिन्। प्रहरीले अनुसन्धानका लागि हवल्दार पुनलाई नियन्त्रणमा लिएको छ। प्रहरीसँगको बयानमा अभियुक्त पुनले गोली नियतबस नचलाएको जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell