काठमाडौं: नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’ को आज पोखरास्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाङ्कन सुरु गरिएको छ। पोखराबाट छायाकंन सुरु गरेको यो सिरिज आठ घण्टा लामो हुनेछ। कान्तिपुर फिल्म एकेडेमीले काठमाडौँ र टोपी स्टुडियोज पोखरासँग सहकार्यमा यो सिरिज बनाउन लागेको हो। ८ एपिसोडमा निर्माण हुने सिरिजलाई रियाज नाटक्कारले निर्देशन गरिरहेका छन। सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, अर्पन थापा, राजन खतिवडा, सरिता गिरी,…
काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत नेपालले मलेशियालाई हराउँदै सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न समूह 'ए' को खेलमा नेपालले मलेशियामाथि ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको मलेशियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो। सुरुवाती ब्याटिङ गरेको…
काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले सिंगापुरलाई हराएको छ। समूह 'बी' अन्तर्गतको पहिलो खेलमा बाबर हायतले सानदार शतक प्रहार गर्दा सिंगापुरमाथि हङकङले ८ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको सिंगापुरले ४२.१ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हङकङले ३४ औँ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको…
काठमाडौं : निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गरेका छन्। राष्ट्रिय गौरवको सो परियोजना प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा नेपाली सेनालाई जिम्मेवारी दिइएको थियो। हाल सो आयोजनाको निर्माण जारी छ। प्रधानमन्त्री प्रचण्डलगायत नेपाल सरकारका उच्च अधिकारी सम्मिलित टोलीले निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगी अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर…
काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा जारी खेलमा मलेशियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको मलेशियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको हो। पहिलो विकेटका लागि विरनदीप सिंहसँग २२ रनको साझेदारी बनाएर मोहम्मद अमिर १७ रन बनाउँदै ५.५ ओभरमा आउट भए। दोस्रो विकेटका लागि सिंह र कप्तान अहमेद फइजले ११६…
काठमाडौं : सुनको मूल्य दुई दिनयता स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य सामान्य उतारचढाव भए पनि नेपालमा मंगलवार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। साताको पहिलो दिन तोलाको ८ सय रुपैयाँ घट्दा कारोबार उक्त मूल्यमा आएको हो। सोमवार र मंगलवार यसमा घटबढ छैन। सुनको मूल्य यसपटक निकै उच्च भएको छ। लगातार बढेको मूल्य घट्न सकेको छैन। चाँदी भने घटेको…
काठमाडौं : प्रत्येक दिन तीव्र गतिमा सवारी चलाएकोमा कारबाही हुनेहरुको सङ्ख्या बढ्दै गएको छ। दिनहुँ साढे २ सय भन्दाबढी सवारी चालकलाई तीव्र गतिमा सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमवार बैशाख ४ गते काठमाडौंका तीन जिल्लामा २ सय ५३ जना चालकलाई कारबाही गरेको थियो। त्यस्तै, बैशाख ३ गते पनि सोही सङ्ख्यामा चालक कारबाहीमा…
सिन्धुपाल्चोक : तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबिच द्विपक्षीय बैठक सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमवार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबिच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको जानकारी दिए। सो बैठकमा यही १८ बैशाखबाट तातोपानी…
वासुदेव पौडेल- पटना (भारत) : पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा गरिएको छ। नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तर्क्रिया गरिएको हो। कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले पोखरा प्राकृतिक एवं सांस्कृतिकरूपमा घुम्नैपर्ने गन्तव्य भएको बताउँदै गर्दा पटनाका…
काठमाडौँ: एसीसी प्रिमियर कपको पहिलो दिन मंगलवार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा नेपाली क्रिकेट टोलीले मलेशियासँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान साढे ९ बजे सुरु हुनेछ। त्यस्तै मुलपानी क्रिकेट मैदानमा सोही समय हङकङ र सिंगापुरबीच खेल सुरु हुनेछ। मुलपानीमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुन लागेको हो। एसीसी प्रिमियर कपमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।…
तुलसीपुर : तुलसीपुर उपमहागरपालिका-१५ मा पर्ने डुरुवा-कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण सुरु भएको करिब सात वर्ष भयो। तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ। पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ। विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याटबाहेक १० करोड ५०…
हेटौंडा : निर्माणाधीन काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को अनुगमनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मकवानपुर आउने भएका छन्। प्रधानमन्त्री प्रचण्ड बिहान १० बजे भीमफेदी गाउँपालिका-८ महादेवटार आइपुग्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। नेपाली सेनाको हेलिकप्टरमार्फत अनुगमनमा आउन लागेका उनले महादेवटारसँगै फास्ट ट्र्याक अन्तरर्गत लेनडाँडा र बकैया गाउँपालिका-५ राजदमारको अनुगमन गर्नेछन्।
काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको…
राजु आचार्य- ‘दु:ख पनि अलि अलि हो र, द्वन्द्वकालमा भन्दा पनि बढी दुःख पाइयो,’ जङ्गबहादुर रोकायाले कुरा सक्न पाएका थिएनन्। उनको फोनको घण्टी बज्यो। उनी कसैसँग कुरा गर्न थाले। हाउभाउले लाग्थ्यो, गाउँमा ठूलै नोक्सान भएको थियो। उनले फोनमै गाडी खोजेर तुरुन्तै अस्पताल लैजान भने। उनले अगाडिको प्रसङ्गलाई फेरी जोडे, ‘दु:ख पोख्दै थिए, अर्कोलाई पनि आक्रमण गरेछ।’ अरु कुरा सोध्न नपाउँदै…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि फराकिलो जित निकालेको छ। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली लिड्समाथि ६-१ गोलको फराकिलो जित निकालेको हो। लिभरपुलको जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान २ गोल गर्दा कोडी गाक्पो र डार्विन नुनेजले समान १ गोल गरे। खेलको ३५ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गाक्पोले गोल गर्दै लिभरपुललाई…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमवार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै चेन्नइ सुपरकिंग्स तेस्रो स्थानमा उक्लिएको छ। बेङ्ग्लुरुस्थित चिन्नस्वामी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले चेन्नइसँग ८ रनको हार ब्यहोरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२६ रनको विशाल लक्ष्य खडा गरेको थियो। जसका लागि ओपनर डेभोन कोन्वेले ४५ बलमा सर्वाधिक ८३ रन…
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ गते दोस्रोपटक विश्वासको मत लिने भएका छन्। माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेबाट मुख्यमन्त्री बनेका गिरीले पुनः विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए। ८७ सांसद…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना चालक घरको छतबाट खसी घाइते भएको विषयमा प्रारम्भिक प्रतिक्रिया दिएका छन्। चितवनस्थित उनको घरमा बिहान ४ बज्नु अघि लामिछानेका चालक दिलबहादुर थापा छतबाट खसेका थिए। अहिले उनी चितवन मेडकिल कलेजमा उपचाररत छन्। चालक थापाको अवस्था सुधारिएको उल्लेख गर्दै लामिछानेले यस्तोबेला नुनचुक नलगाउनसमेत आग्रह गरेका छन्। चुनावी प्रचारमा रहेका उनले यस विषयलाई…
काठमाडौं : दक्षिण भारतीय अभिनेता अजित कुमार नेपाल आएका छन्। उनी बाइक हाँक्दै नेपाल आइपुगेका हुन्। मोटर साइकल हुँदै झापाबाट नेपाल पसेका उनी मुस्ताङ पुग्ने बताइएको छ। साउथ स्टार अजित बाइक राइडिङका सोखिन हुन्।
काठमाडौंः काठमाडौंको गोठाटारमा एक युवती मृत अबस्थामा फेला परेकी छिन्। कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका घर भएकी २७ वर्षीया मनिका लामा आफ्नै कोठामा मृत भेटिएकी हुन्। आइतबार दिउँसो कोठामा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।