PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • आमाको मुख हेर्ने दिन : चन्द्रागिरिको मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

    आमाको मुख हेर्ने दिन : चन्द्रागिरिको मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

    काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ। प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ। भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज…

    विस्तृतमा पढ्नुस्

  • तनहुँका स्थानीय तहहरुले सुरु गरे वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन

    तनहुँका स्थानीय तहहरुले सुरु गरे वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन

    दमौली : तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो। जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ। बन्दीपुर गाउँपालिकाले बुधवारदेखि यो काम सुरु गरेको छ। गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको हो। वैदेशिक…

    विस्तृतमा पढ्नुस्

  • नमूना सदरमुकाम : नक्साङ्कनमै बित्यो शिलान्यासको चार वर्ष

    नमूना सदरमुकाम : नक्साङ्कनमै बित्यो शिलान्यासको चार वर्ष

    त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ बैशाख ७ गते शिलान्यास भयो। नवलपुरको कावासोती-३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण गर्ने उद्देश्यले शिलान्यास भयो। आज शिलान्यासको चार वर्ष पूरा भएको छ। तर शिलान्यासको चारवर्षमा जिल्लाको नमूना सदरमुकाम बनाउने परियोजनाको नक्साङ्कनमा बितेको छ। नमूना सदरमुकाम निर्माण स्थलमा बनाउने भनिएका सरकारी…

    विस्तृतमा पढ्नुस्

  • देशका पहाडी भू-भागमा आज दिउँसो र राति पानी पर्ने सम्भावना

    देशका पहाडी भू-भागमा आज दिउँसो र राति पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया…

    विस्तृतमा पढ्नुस्

  • ओली, प्रचण्ड र देउवा आज बारा आउँदै : शीर्ष नेताको भाषणबाट मतदाता आकर्षित गर्ने रणनीति होला सफल?

    ओली, प्रचण्ड र देउवा आज बारा आउँदै : शीर्ष नेताको भाषणबाट मतदाता आकर्षित गर्ने रणनीति होला सफल?

    वीरगंज : बारा २ मा हुने बैशाख १० गतेको उपनिर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरुले पार्टीका शीर्ष नेतालाई जिल्लाका कार्यक्रममा सम्बोधन गर्न आमन्त्रण गरेका छन्। मतदाता आकर्षित गर्ने लक्ष्यका साथ निर्वाचनमा सहभागी पार्टीहरुले आफ्ना शीर्ष नेतालाई बाराका चुनावी कार्यक्रममा सहभागी गराइरहेका छन्। चैत ७ गते पनि बाराको २ नम्बर क्षेत्रमा विशाल आमसभा आयोजना हुने भएको छ। बारा २ को उपनिर्वाचनमा नेकपा…

    विस्तृतमा पढ्नुस्

  • शीर्षस्थानको राजस्थान दोस्रो स्थानको लखनउसँग पराजित

    शीर्षस्थानको राजस्थान दोस्रो स्थानको लखनउसँग पराजित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्टले राजस्थान रोयल्सलाई हराएको छ। जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा सम्पन्न खेलमा लखनउले राजस्थानलाई १० रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान ६ विकेट गुमाएर १४४ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको लखनउका लागि ओपनरद्वय केएल…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पहिलोपटक फिल्म ‘पासाङ’ प्रिमियर, वैशाख १० गतेदेखि हलमा प्रदर्शन हुने

    नेपालमा पहिलोपटक फिल्म ‘पासाङ’ प्रिमियर, वैशाख १० गतेदेखि हलमा प्रदर्शन हुने

    काठमाडौं: फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ प्रिमियर शो भएको छ। पासाङ ल्हामु फाउन्डेशनले बुधबार काठमाडौंमा नेपालमा पहिलो पटक फिल्मको प्रिमियर गरेको हो। प्रिमियर शोमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायत चलचित्रकर्मीहरुको उपस्थिति थियो।  साथै वैशाख १० गतेबाट देशभरका क्युएफएक्स हलहरुमा फिल्म प्रर्दशन हुने फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिइन। २०२२ मार्चमा अमेरिकाको ‘सान्ता बार्बरा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा प्रिमियर भएको यो…

    विस्तृतमा पढ्नुस्

  • संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग

    संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग

    काठमाडौंः संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको छ। सञ्जालले पत्रकार सम्मेलन गरी सञ्जालले देश सङ्घीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासनलाई व्यवस्थापन एवं मार्गदर्शन गर्ने छाता कानुनको रुपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र…

    विस्तृतमा पढ्नुस्

  • मछिन्द्र क्लब एपीएफसँग पराजित, पुलिसमाथि आधा दर्जन गोलको जित निकालेर जावलाखेल शीर्षस्थानमा

    मछिन्द्र क्लब एपीएफसँग पराजित, पुलिसमाथि आधा दर्जन गोलको जित निकालेर जावलाखेल शीर्षस्थानमा

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मछिन्द्र क्लब एपीएफ क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले साविक विजेता मछिन्द्र क्लबमाथि १-० गोलको कठिन जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रलाई हराउन एपीएफका अर्माण्ड बेडोउमले ३९ औँ मिनेटमा निर्णायक गोल गरे। त्यस्तै आज भएको अर्को खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबमाथि ६-१ गोलको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेलको उपचार एम्सको आइसियूमा शुरु

    राष्ट्रपति पौडेलको उपचार एम्सको आइसियूमा शुरु

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको भारतस्थित नयाँ दिल्लीमा रहेको एम्स अस्पतालको आइसियूमा उपचार शुरु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल श्री एयरको जहाजमार्फत बुधवार बिहान १० बजे एम्सतर्फ प्रस्थान गरेका थिए। राष्ट्रपतिका निजी चिकित्सकका डा निरज बम पौडेलसँगै एम्स पुगेका छन्। उनका अनुसार उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र…

    विस्तृतमा पढ्नुस्

  • भीमफेदी कारागारका एकजना कैदीको मृत्यु

    भीमफेदी कारागारका एकजना कैदीको मृत्यु

    हेटौंडा : मकवानपुरको भीमफेदी कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा सजाय खेपिरहेका ३५ वर्षीय समिर परीयारको बुधवार मृत्यु भएको हो। मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बस्ने एक्कासी बहोस भई ढलेपछि उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो। अस्पताल पुगेपछि जाँच गर्दा परियारलाई डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • डुम्रेमा विकासका पोका फुकाउँदै प्रचण्डले स्वर्णिमलाई भने : खहरे खोला सुक्नेवाला छ, राष्ट्रपति भारत जानुको खुलाए कारण

    डुम्रेमा विकासका पोका फुकाउँदै प्रचण्डले स्वर्णिमलाई भने : खहरे खोला सुक्नेवाला छ, राष्ट्रपति भारत जानुको खुलाए कारण

    काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तनहुँको विकासका लागि गोविन्द भट्टराईलाई जिताउन अपिल गरेका छन्। बुधवार तनहुँ १ स्थित डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रामचन्द्र पौडेललाई झैं गोविन्दलाई जिताएर पठाउन आग्रह गरेका हुन्। जिते मन्त्री पक्का! प्रधानमन्त्री प्रचण्डले गोविन्दले जितेमा मन्त्री पक्का हुने वचनसमेत दिए। सम्बोधनकै क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले जितेर आएमा…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा झुटो समाचार पर्‍यो महँगो : मानहानी मुद्दामा फक्स न्युज १ खर्ब भन्दा धेरै रुपैयाँ तिर्न तयार

    चुनावमा झुटो समाचार पर्‍यो महँगो : मानहानी मुद्दामा फक्स न्युज १ खर्ब भन्दा धेरै रुपैयाँ तिर्न तयार

    मतदान गर्ने विद्युतीय मेसिनको विषयमा प्रकाशित भएको समाचारलाई लिएर फक्स न्युजले झन्डै १ खर्ब रुपैयाँ जरिवाना तिर्न परेको छ। सन् २०२० भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनको समयमा प्रकाशित सामग्रीलाई लिएर डोमिनियोन कम्पनीले डेफमेसन (मानहानी)को मुद्दा दायर गरेको थियो। अदालतको सुनुवाई प्रकृयामा जानु जानुभन्दा केही समय अघिमात्रै फक्सले ७८७.५ मिलियन अमेरिकी डलर अर्थात् १ खर्ब ३ अर्ब ६० लाख ६१ हजार रुपैयाँभन्दा धेरै…

    विस्तृतमा पढ्नुस्

  • डुम्रे पुगेर देउवाले भने : जिताएर पठाउनुहोला, गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु

    डुम्रे पुगेर देउवाले भने : जिताएर पठाउनुहोला, गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गरेका छन्। तनहुँको निर्वाचन क्षेत्र १ स्थित डुम्रे पुगेर देउवाले उक्त आग्रह गरेका हुन्। देउवाले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका गोविन्दलाई जिताएर पठाए मन्त्री बनाएर पठाउने वाचासमेत गरे। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू देउवाको साथमा रहेको वचन दिए। 'शेरबहादुरजीले गोविन्दजीलाई मन्त्री हुनुहुन्छ भन्नुभयो, म…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

    महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

    जनकपुरधामः महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बुधबार दिउँसो करिब १२ बजेको समयमा गौशाला नगरपालिका १ रामनगरमा निर्माणाधीन रहेको रेल्वे ट्याकको २ सय मिटर उत्तरपट्टी बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गौशाला रोडबाट गौशाला जाने क्रममा मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम आउँदै गरेको बा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर कप: यूएईले कुवेतलाई हरायो, कतारमाथि ओमनको जित

    प्रिमियर कप: यूएईले कुवेतलाई हरायो, कतारमाथि ओमनको जित

    काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत बिहीवार सम्पन्न खेलमा यूएई र ओमन विजयी भएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा बृत्य अरबिन्दको उत्कृष्ट ब्याटिङको सहायतमा यूएईले कुवेतमाथि १४३ रनको जित निकाल्न सफल भयो। एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कुवेतले ३६.३ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • बाइकलाई बसको ठक्कर : एकै परिवारका तीनजनाको मृत्यु

    बाइकलाई बसको ठक्कर : एकै परिवारका तीनजनाको मृत्यु

    जनकपुरधाम :  महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीजनाको मृत्यु भएको छ। बुधबार दिउँसो करिब १२ बजेको समयमा गौशाला नगरपालिका १ रामनगरमा निर्माणाधिन रहेको रेल्वे ट्रयाकको २ सय मिटर उत्तरपट्टी बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कर्याालय महोत्तरीले जनाएको छ।  गौशाला रोड हुँदै गौशाला जाने क्रममा मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द भट्टराईलाई मत माग्न तनहुँ पुगे देउवा, प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल पनि साथमा

    गोविन्द भट्टराईलाई मत माग्न तनहुँ पुगे देउवा, प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल पनि साथमा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न तनहुँको डुम्रे पुगेका छन्। त्यहाँ कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार रहेका छन्। देउवासँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुगेका हुन्। यसअघि मंगलवार दमौलीमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासँगै माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्बोधन गरेका थिए। यस क्षेत्रमा हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी…

    विस्तृतमा पढ्नुस्

  • बाख्रा चराउन गएका दुई जनामाथि बाघको आक्रमण

    बाख्रा चराउन गएका दुई जनामाथि बाघको आक्रमण

    हेटौंडा : मकवानपुरको हेटौंडा १५ सएफुटस्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएका दुई जना बाघको आक्रमणमा परेर घाइते भएका छन्। बुधबार बिहान ८:१५ बजे घर नजिकै वनमा बाख्रा चराउन गएका स्थानीय ६५ वषीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान घाइते भएका हुन्। थिङको घाँटीमा गहिरो चोट भएको कारण उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। यसैगरी, घलानको दाहिने कुम,…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको ट्रिबेका फिल्म फेस्टिभलमा प्रभासको ‘आदिपुरुष’को वर्ल्ड प्रिमियर हुने

    अमेरिकाको ट्रिबेका फिल्म फेस्टिभलमा प्रभासको ‘आदिपुरुष’को वर्ल्ड प्रिमियर हुने

    प्रभास अभिनित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बहुप्रतिक्षित फिल्ममध्येको एक हो। टिजर सार्वजनिक भएदेखि नै चर्चामा रहेको यो फिल्म आगामी जुन १६ बाट रिलिज हुँदैछ। यसैबिच, यो फिल्म विदेशमा प्रिमियर हुने खबर बाहिरिएको छ। निर्माण टिमले फिल्मको वर्ल्ड प्रिमियरको मिति पनि घोषणा गरेको छ। न्यूयोर्कमा हुने ट्रिबेका फिल्म फेस्टिभलमा जुन १३ गते फिल्मको वर्ल्ड प्रिमियर गरिनेछ। ट्रिबेका फिल्म फेस्टिभल जुन ७ देखि १८ सम्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell