काठमाडौं : काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा प्रहरी र मिटरब्याजी पीडितबिच झडप भएको छ। शान्तिवाटिकाभित्र प्रदर्शन गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि दुई पक्षबिच झडप भएको हो। प्रहरीले पानीको फोहोरा र लाठ्ठी चार्ज गरेको थियो। तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरु आन्दोलनमा छन्। सरकारसँगको वार्ता पनि सफल हुनसकेको छैन।
बुटवल : दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन गौतमका अनुसार सोमवार बिहान घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले सोही दिशातर्फ गईरहेको लु ७३…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका छन्। राष्ट्रपति पौडेल नियमित फलोअपका लागि अस्पताल पुगेको निजी चिकित्सक डा निरज बमले जानकारी दिए। पेटमा समस्या देखिएपछि पौडेल चैत १९ गते अस्पताल भर्ना भएका थिए। पाँच दिनको अस्पताल बसाईपछि शितल निवास फर्केका उनी सोमवार फलोअपका लागि अस्पताल पुगेको डा बमले बताए। 'अस्ति उहाँको उपचार यही भएको थियो। आज फलोअपका लागि…
काठमाडौं : आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर एक पुरुष घाइते भएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सभापति लामिछानेका गाडी चालक ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको प्रहरीले जानकारी दिएको छ। सोमवार बिहान ४ बजे छतबाट खसेका शम्भुको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन्। सोमवार बिहान ओली निवास पुगेर प्रचण्ड र देउवा तथा सभामुख देवराज घिमिरेले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। ओलीको स्वास्थ्यमा समस्या देखिएको उनले आइतवार फेसबुकमार्फत जानकारी दिएका थिए। भाइरल ज्वरोका कारण ओलीको स्वास्थ्यमा समस्या देखिएको थियो। बिरामी भएपछि एन्टिबायोटिक…
अमेरिकाको अलाबामा राज्यस्थित डेडभिलमा आयोजित एक ‘बर्थडे पार्टी’मा गोली चल्दा ४ जनाको मृत्यु भएको छ। उक्त घटनामा २८ जना घाइते भएका छन्। गोली चलेपछि ‘स्वीट सिक्स्टीन पार्टी’ नरसंहारमा परिवर्तन भएको सीएनएनले उल्लेख गरेको छ। उक्त घटना स्थानीय समयअनुसार शनिवार राति १०:३४ बजे भएको अलाबामाका सुरक्षा निकायले जानकारी दिएका छन्। ‘यस घटनामा चार जनाको दुःखद मृत्यु भयो, र धेरैजना घाइते भएका…
म्याग्दी : म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनियाँ पर्यटक भित्रिएका छन्। विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनियाँ पर्यटक आगमन तीन वर्षपछि पुनः सुरु भएको हो। नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतवार घोडेपानीमा चिनियाँ पर्यटक आएको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन्। पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्वबले…
चितवन : देशभरका पालिकालाई फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला चितवनको रत्ननगर नगरपालिकाले नमूना फोहोर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ। यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ। नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै…
गलेश्वर : बैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ। आइतवार दिउँसोदेखि जिल्लाको बेनी नगरपालिका-३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमवार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन। यसैगरी गत शुक्रवारदेखि बेनी-२ ज्यामरुककोटको सल्लेरी र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ। गजुरे…
काठमाडौं : नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल अफ आन्ध्रा प्रदेश (एफटीपीसी)बिच आफ्नो देशमा बनेका फिल्मलाई एकअर्काको देशमा रहेका ओटीटी तथा हलमा रिलिज गर्ने सहमति भएको छ। आइतवार चलचित्र विकास बोर्डमा आयोजित इन्डो-नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा दुई मुलुकका संस्थाबिच संस्कृतिसँगै फिल्मको बजार आदानप्रदान गर्ने सहमति भएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्विपक्षीय सहमतिलाई…
इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटान्सलाई पराजित गरेको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा राजस्थानले गुजरातलाई ३ विकेटले हराएको हो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनायो। गुजरातका लागि डेभिड मिलरले ४६ रन बनाउँदा शुभमन गिलले ४५, हार्दिक पाण्ड्याले २८ तथा अभिनव मनोहरले १७ रन जोडे।…
काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी…
बुटवल : दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैलाई गोली हानी आत्महत्या गरेका छन्। आइतवार बेलुकी करिब ८:३५ बजेको समयमा ड्युटीमा खटिएकै अवस्थामा आफैलाई गोली हान्दा घटनास्थलमै केसीको मृत्यु प्रहरीले जनायो। कारागार सुरक्षा गुल्म तुलसीपुरमा केही दिन पहिले आएका ३५ वर्षीय केसीले ड्युटीकै क्रममा आफूलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।…
काठमाडौं : केही दिनअघि कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति असन्तुष्टि जनाए। कारण थियो : बोर्डले सार्वजनिक गरेको फिल्मको बक्सअफिस कलेक्सन। खासगरि, हाल प्रदर्शनमा रहेको ‘छक्का पञ्जा ४’ को ग्रस कलेक्सन गलत रहेको भन्दै उनी केसीप्रति आक्रोशित बने। यतिसम्म कि गिरीले ठाडो भाषामा सामाजिक सञ्जालमार्फत केसीलाई निशाना बनाए। ‘यो अध्यक्ष आएपछि जताततै लफडा नै लफडा छ हाम्रो…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले उप निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालनको स्वीकृति दिएका छन्। वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेका हुन्। वैशाख १० गते चितवन, तनहुँ र बाराको एक एक क्षेत्रमा उपनिर्वाचन हुँदैछ।
काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन्। मन्त्रालयमा आइतवार पदभार सम्हाल्दै साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे। 'हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ,' मन्त्री साउदले भने। यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या देखिएको आइतवार अध्यक्ष ओलीले फेसबुकमार्फत जानकारी दिएका हुन्। बिरामी भएपछि एन्टिबायोटिक खाएर घरमा नै आराम गरेर बसिरहेको उनले उल्लेख गरेका छन्। अस्वस्थ्यको कारण उपनिर्वाचनको कार्यक्रममा समेत सहभागी हुन नकसेको ओलीले लखेका छन्। 'तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको…
मुगु : मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ। यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो। सोरु गाँउपालिका-७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका-४ जिउका गाँउका ४२ वर्षीया जानकी रोकायाबिच आइतवार जिल्ला अदालत मुगुमा विवाह भएको हो। आफूहरुबिच २८ वर्षको फरक भए पनि आफू…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज फ्युल स्टोरेज ट्यांकको पावर सिस्टम खरिदमा अनियमितता गरेको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उक्त सामग्री खरिदमा मिलोमतो गरी कमिसन लिएर ठेक्का अघि बढाइएको जनाएको छ। अख्तियारले केन्द्रका कार्यकारी निर्देशक पौडेललाई ६९ करोड, सीडइ नविन कुमार पोखरेल (मेकानिकल)लाई…
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले डरलाग्दो रुपमा धरासायी हुने तर्फ गइरहेको मुलुकको आर्थिक अवस्थाप्रति सत्तासिन दलहरु उदासिन भएको आरोप लगाएका छन्। आइतवार केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्। गम्भीर रुपमा बहस र छलफल हुनुपर्ने विषयमा भन्दा सत्ता केन्द्रित फोहोरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ। प्रदेश…