PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • त्रिवि सेवा आयोगको गेटमा आन्दोलनरत विद्यार्थीको ताला

    त्रिवि सेवा आयोगको गेटमा आन्दोलनरत विद्यार्थीको ताला

    काठमाडौं:  मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले त्रिभूवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ।  'आज हामीले त्रिवि सेवा आयोगको मुल गेटमै तालाबन्दी गरेका छौं,' रिले अनशनमा रहेका संघर्ष दाहालले भने। कर्मचारी नियुक्तिका लागि लिएको परीक्षामा धाँधली भएको र पदाधिकारीहरुले आफ्नाआफन्तहरुलाई नियतबस उत्तीर्ण गराएको आरोप लगाउँदै क्रान्तिकारीले आयोगको मुलगेटमा तालाबन्दी गरेको हो।  अखिल क्रान्तिकारीले कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षाकर्मीको जस्तै पाकेटमारको पनि आफ्नै 'कोड वर्ड'

    सुरक्षाकर्मीको जस्तै पाकेटमारको पनि आफ्नै 'कोड वर्ड'

    काठमाडौं : राजधानीमा चोरीमा सक्रिय समूहले आफ्नो कोड वर्ड बनाएका छन् – ध्रुव दाइ। यो समूहले कुनै पनि पैसा भएको व्यक्ति पहिचान गरे भने त्यसलाई 'ध्रुव दाइ' शब्द प्रयोग गर्छन्। चोरहरुको झुन्डमा रकमवाला व्यक्ति नोटिस हुन्छ। त्यसपछि सुरु हुन्छ पिछा गर्नेक्रम। आफूलाई अनुकूल पर्ने ठाउँमा पुगेपछि यो समूह थप सक्रिय हुन्छ र लुटपाट मच्चाउँछ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतवार राजधानीबाट ८२…

    विस्तृतमा पढ्नुस्

  • एएफसी कप २०१९ : अबहानी लिमिटेडसँग खेल्न बंगलादेश जाँदै मनाङ मर्स्याङ्दी क्लब

    एएफसी कप २०१९ : अबहानी लिमिटेडसँग खेल्न बंगलादेश जाँदै मनाङ मर्स्याङ्दी क्लब

    काठमाडौं : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको पाँचौ खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब आज बंगलादेश जाँदैछ। मनाङले समूह ई को पाँचौ खेलमा बंगलादेशी क्लब अबहानी लिमिटेढ ढाकासाग यही जुन १९ मा प्रतिस्पर्धा गर्दैछ। यसअघि घरेलु मैदानमै खेलेको पहिलो खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको थियो। मनाङ रिटर्न लेग खेल्न जान लागेको हो। यसअघि खेलेको चार…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्रिकेट : भारतलाई अर्को झड्का, भुवनेश्वर कुमारले २/३ खेल गुमाउने

    विश्वकप क्रिकेट : भारतलाई अर्को झड्का, भुवनेश्वर कुमारले २/३ खेल गुमाउने

    इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप क्रिकेटमा अपराजित रहेको भारतलाई अर्को झड्का लागेको छ। चोटका कारण यसअघि ओपनर शिखर धवन दुई देखि तीन साताको लागि टिम बाहिर भएका छन्। भारतलाई फेरी खेलाडीको चोटले सताएको छ। टिमका मुख्य बलर भुवनेश्वर कुमार पनि चोटका कारण करिब ३ खेल गुमाउने भएका छन्। आइतवार पाकिस्तान विरुद्धको खेलमा उनी २.४ ओभर बलिङ गरेपछि घाइते…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका : उपाधि रक्षा अभियानमा चिली, दोस्रो पटक खेल्दै जापान

    कोपा अमेरिका : उपाधि रक्षा अभियानमा चिली, दोस्रो पटक खेल्दै जापान

    विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकामा पहिलो पटक सहभागिता जनाएको एसियाली राष्ट्रले कतारले सोमवार बिहान पाराग्वे विरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो। ब्राजिलमा भइरहेको ४६औं संस्करणको यस प्रतियोगितामा कतारले दुई गोलले पछि परेर पनि शानदार पुनरागमन गर्दै दुई गोल फर्कायो र खेल २-२ को बराबरीमा सकायो। पहिलो सहभागिता कतारले १ अंक जोड्यो। कतार भन्दा अघि सहभागिता जनाएको अर्को एसियाली राष्ट्र जापानले दुई…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयकबारे नेकपा सांसदको कांग्रेसलाई प्रश्न, ‘१६० रुपैयाँ लिएर जमिनदारका नाममा दर्ता गर्दा धर्म संस्कृति कहाँ हरायो?

    गुठी विधेयकबारे नेकपा सांसदको कांग्रेसलाई प्रश्न, ‘१६० रुपैयाँ लिएर जमिनदारका नाममा दर्ता गर्दा धर्म संस्कृति कहाँ हरायो?

    काठमाडौँः गुठी विधेयकको विवादमा सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोप सदनमा जारी छ। सोमबारको प्रतिनिधिसभा बैठकमा पनि सत्तापक्ष र प्रतिपक्ष दलका सांसद्हरुले एक अर्कालाई आरोप लगाएका छन्। विशेष समय लिएर नेपाली कांग्रेसका सांसद् दिलेन्द्र बडुले विधेयक फिर्ता लिन माग गरे। सडकमा भइरहेको आन्दोलनलाई कांग्रेसको समर्थन रहने बडुले सदनबाटै घोषणा गरे। विधेयकबारे प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री गोकुल बाँस्कोटाको दोहोरो चरित्र भएको…

    विस्तृतमा पढ्नुस्

  • सस्तोमा डलर साट्दै हुनुहुन्छ? लुटिनु होला है!

    सस्तोमा डलर साट्दै हुनुहुन्छ? लुटिनु होला है!

    काठमाडौँः डलरको लोभ देखाएर ठगी तथा लुटपाट गर्ने समूह सक्रिय भएको भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तम राज सुवेदीले डलरको कारोबार गर्दा सचेत र वैध रुपमा गर्न आग्रह गरेका छन्। परिसरको टोलीले आइतबार मात्र डलर भन्दै ठगी तथा लुटपाट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ घर भएका…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा बस दुर्घटनामाः एकको मृत्यु, २० जना घाइते

    हेटौँडामा बस दुर्घटनामाः एकको मृत्यु, २० जना घाइते

    हेटौँडाः चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नम्बरको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ। मृतकको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित…

    विस्तृतमा पढ्नुस्

  • बसबाट हामफाल्दा चितवनमा युवतीको मृत्यु

    बसबाट हामफाल्दा चितवनमा युवतीको मृत्यु

    चितवनः चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ। आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु १ ख ६९९१ नम्बरको बसमा सवार रत्ननगर नगरपालिका -९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन्। उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधसहित म्याग्दीमा ६ जना पक्राउ

    लागुऔषधसहित म्याग्दीमा ६ जना पक्राउ

    म्याग्दीः लागुऔषधसहित बेनीबाट छ पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई युवती पनि छन्। उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए। उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ। पक्राउ पर्नेमा रघुगङ्गा गाउँपालिका–१ बेगका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८ की रेजिना श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु, चार वर्षभित्र काम सक्ने लक्ष्य

    मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु, चार वर्षभित्र काम सक्ने लक्ष्य

    मेलम्चीः मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु भएको छ। जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण सुरु गरेको छ। मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो। पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ। त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७÷१७ करोड लिटर पानी लैजाने सरकारको लक्ष्य छ। यो योजना…

    विस्तृतमा पढ्नुस्

  • एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

    एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने

    भक्तपुरः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ। गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ।  देशभरका…

    विस्तृतमा पढ्नुस्

  • किन ‘गणेश थापा कारखाना’कै उत्पादन हाबी छन् एन्फामा?

    किन ‘गणेश थापा कारखाना’कै उत्पादन हाबी छन् एन्फामा?

    राधेश्याम दाहाल- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले केही दिन अगाडि भने ‘हामीले हिलोमा जग बसाउन खोज्यौँ, त्यसैले समस्या भयो।’ अर्थात् उनको अभियव्यक्ति सहानुभूतिको महसुस गर्दै गरिएको जस्तो देखिन्थ्यो। पछिल्लो समय उनीविरुद्ध पनि प्रहार सुरु भएपछि रक्षात्मक बन्ने प्रयास स्वरूप उनले यसो भनेका थिए। यो भनाइले उनको रक्षा गर्नेभन्दा पनि क्षमता र प्रवृत्तिमा शङ्का उत्पन्न गर्ने…

    विस्तृतमा पढ्नुस्

  • दुई सातामा दोस्रो पटक घट्यो पेट्रोल र डिजलको भाउ, प्रतिलिटर दुई रुपैयाँ सस्तो

    दुई सातामा दोस्रो पटक घट्यो पेट्रोल र डिजलको भाउ, प्रतिलिटर दुई रुपैयाँ सस्तो

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो।  आइतबार रातिबाट लागू हुनेगरी मूल्य समायोजन गरिएको हो। खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत नै छ।  निगमका अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ। यस्तै, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बास्केटबल लिग : प्लेअफ खेल सुरु, पुलिसले गोल्डेनगेटलाई पहिलो खेलमा हरायो

    नेपाल बास्केटबल लिग : प्लेअफ खेल सुरु, पुलिसले गोल्डेनगेटलाई पहिलो खेलमा हरायो

    काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) ले आयोजना गरिरहेको क्वीक्स नेपाल बास्केटबल लिग (एनबीएल) को प्लेअफ राउण्डका खेलहरु आजबाट सुरु भएका छन्। ८ टिम सहभागि लिगमा होम एण्ड अवेको आधारमा लिग चरणको खेलपछि शीर्ष चारमा रहने टिम प्लेअफ पुगेका हुन्। प्लेअफ बेस्ट अफ थ्री को आधारमा खेलाइनेछ। लिगको तेस्रो स्थानमा रहेको साविक विजेता गोल्डेन गेट इन्टरनेशनल  र चौथो स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • उपमेयर कप महिला फुटबल : पुजा एक्लैले गरिन् १० गोल, बाँसगढीको फराकिलो जित

    उपमेयर कप महिला फुटबल : पुजा एक्लैले गरिन् १० गोल, बाँसगढीको फराकिलो जित

    काठमाडौं : पुजा रानाले एक्लैले तेहेरो ह्याट्रिक गरेपछि बर्दियाको बाँसगढी नगरपालिकाले प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित हात पारेको छ। राष्ट्रिय टिमकी सदस्य समेत रहेकी युवा स्टार पुजाले तेहेरो ह्याट्रिकसहित १० गोल गरेपछि आइतवार बाँसगढीले शम्भुनाथ नगरपालिकालाई १९-० को फराकिलो अन्तरले पराजित गरेको हो। पहिलो खेलमा तुल्सीपुर उपमहानगरपालिकासँग २-२ को बराबरी खेलेको बाँसगढीको यो पहिलो जित…

    विस्तृतमा पढ्नुस्

  • १३औं सागका लागि पाँच अर्ब २६ करोडको बजेट प्रस्ताव

    १३औं सागका लागि पाँच अर्ब २६ करोडको बजेट प्रस्ताव

    काठमाडौं : १३औं साग बजेट निर्माण कार्यदलले १३औं सागका लागि विविध विषयमा अनुमानित पाँच अर्ब २६ करोड, ५७ लाख, ४२ हजार, ६७०.७३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उक्त बजेट, बजेट निर्माण कार्यदलका संयोजक तथा १३औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आईतबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम विच युवा तथा…

    विस्तृतमा पढ्नुस्

  • जुडो खेलाडी मनितालाई थाइल्याण्डमा कास्य पदक

    जुडो खेलाडी मनितालाई थाइल्याण्डमा कास्य पदक

    नेपाली जुडो खेलाडी मनिता श्रेष्ठले प्रथानले थाइल्याण्डमा कास्य पदक जितेकी छिन्। यही जुन १५-१६ मा थाइल्याण्डको चियाङग माई मा भएको थाइल्याण्ड इन्टरनेशनल जुडो नर्थ बैँकक युनिभर्सिटी च्याम्पियनसिप-२०१९ मा मनिताले आफ्नो तौल समूह ५७ केजीमूनी पदक जितेकी हुन्। उनले प्रथम बाउटमा बाई पाई दोस्रो राउण्डमा स्थान बनाएकी थिइन। जहाँ मनिता भियतनामकी खेलाडीसँग २ वटा वाजारीमा पराजित भईन्। तर उनले रिप्याचरको लागि…

    विस्तृतमा पढ्नुस्

  • कोहलीले तोडे सचिनको कीर्तिमान, २२२ इनिङ्समा बनाए ११ हजार रन

    कोहलीले तोडे सचिनको कीर्तिमान, २२२ इनिङ्समा बनाए ११ हजार रन

    भारतीय क्रिकेट टिमा कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबै भन्दा छिटो ११ हजार पूरा गरेका छन्। इंग्ल्याण्ड र वेल्समा भइरहेको आइसीसी विश्वकप क्रिकेटमा आइतवार पाकिस्तानविरुद्धको खेलमा कोहलीले यो उपलब्धी हात पारे। पाकिस्तानसँग खेल्नुअघि कोहले ११ हजार रन पूरा गर्न ५७ रनले टाढा थिए। उनले पाकिस्तान विरुद्ध ५७ रन बनाउँदै छिटो यो उपलब्धी हात पारे। विराटले आफ्नै देशमा सचिन तेन्दुलकरभन्दा…

    विस्तृतमा पढ्नुस्

  • 'प्रहरी इन्स्पेक्टर हुँ' भन्दै सार्वजनिक सवारीमा लुट्ने सौगात! 

    'प्रहरी इन्स्पेक्टर हुँ' भन्दै सार्वजनिक सवारीमा लुट्ने सौगात! 

    काठमाडौँः महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सार्वजनिक सवारी र स्थानमा चोरी गर्ने ८२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये एक हुन् सौगात मल्ल।  मल्ल आफू नेपाल प्रहरीबाट आएको भन्दै सार्वजनिक सवारीमा लुट्ने गरेको खुलेको छ। ‘आफूलाई प्रहरी भन्दै लुट्ने गरेको पाइयो। सिभिल प्रहरी भनेर दाबी गर्दा रहेछन्,‘ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने। सार्वजनिक सवारीमा चोरीका गतिविधि बढेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell