अछामः चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ। से १ त ७८३९ नंको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीनको मृत्यु र चार घाइते भएका हुन्। मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली…
सुर्खेतः हुम्लामा यात्रुवाहक जिप कर्णालीमा खस्दा हराइरहेका यात्रुहरूको अवस्था अझै यकिन भएको छैन। मङ्गलवार दिनभर खोजी गरिए पनि अवस्था यकिन नभएको हो। गोताखोर नहुँदा उद्धार कार्यमा समस्या भएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए। मङ्गलवार हुम्लाको तल्लोखार्पुबाट सदरमुकामतर्फ आउँदै गर्दा लु १ ज ७१६६ नम्बरको जिप खार्पुनाथ गाउँपालिकाको वडा ५ मा करिब ४५ मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा खार्पुनाथ…
जाजरकोटः मालपोत कार्यालय जाजरकोटले मंगलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका -८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो। अबको पुस्ता प्रविधिमैत्री बन्दै गएको बताउँदै नगरप्रमुख घर्तीले सेवा प्रवाहमा हुने अनियमिततालाई अनलाइन सेवाले बन्द गरिदिने बताए। प्रविधिकै माध्यमबाट समृद्धिको खोजी गर्नुपर्ने बताउँदै अनलाइन सेवाले गुम्दै…
काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गरेकोमा सभामुख कृष्णबहादुर महराले बोल्न समय उपलब्ध नगराएको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ। काङ्ग्रेस संसदीय दलको कार्यालयद्वारा जारी विज्ञप्तिमा विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको ‘वेल’ घेर्नुपर्ने अवस्था सिर्जना भएको तथा सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको…
विश्वकप क्रिकेट अन्तर्गत गएरातिको खेलमा आयोजक इंग्ल्याण्डले अफगानिस्तानमाथि फराकिलो जीत हासिल गरेको छ। जारी विश्वकपमा सबैभन्दा फराकिलो जीत हात पारेको इग्ल्याण्डले अफगानिस्तानलाई १५० रनले पराजित गर्यो। ३९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तान २४७ रनमा समेटिएको हो। अफगानिस्तानका लागि हस्मतल्लाह साहिदीले ७६ रन जोेडे पनि जीतका लागि पर्याप्त भएन। अफगानिस्तानका लागि राहमत साहले ४६ रन जोडे। अफगानिस्तानलाई २४७ रनमा समेट्ने क्रममा…
काठमाडौं : दिनभर सशस्त्र प्रहरीको गोताखोर टोलीले कर्णालीमा खसेर हराइरहेका जीपका यात्रुहरूको खोजी गर्दा पनि फेला पार्न सकेन। बुधवार बिहान नेपाली सेनाको हेलिकप्टर गोताखोर लिएर हुम्ला पुगेको थियो। मंगलबार दिनभर खोजी गरिए पनि अवस्था यकिन भएको छैन। सेनाको हेलिकप्टरले सशस्त्र प्रहरीका गोताखोर लिएर गएको हो। कुरिनटारबाट प्रहरी निरीक्षक लक्ष्मण बहादुर बस्नेतको कमाण्डमा ४ जना गोताखोर सहित १० जनाको टोली हुम्ला गएको…
काठमाडौं : गायन रियालिटी सो ‘नेपाल लोक स्टार’ आयोजकले भोटिङ र प्रचार प्रसारका लागि दुई फरक कम्पनीसँग सहकार्य गर्ने भएको छ। एपमार्फत् गर्ने भोटिङका लागि आइएमइ पे र प्रचार प्रसारका साथै बजार व्यवस्थापनका लागि एड एजेन्सी एड प्याडसँग सहमति गरेको हो। मङ्गबार कार्यक्रम आयोजना गरी आयोजक चाहना मिडियाले सहमतिपत्रमा हस्ताक्षर गर्यो। नेपाल लोक स्टारका निर्देशक सुरज गिरी, एड प्याडका अध्यक्ष…
काठमाडौँः बौद्धस्थित समता अस्पतालमा एक युवती झुन्डिएको अवस्थामा फेला परेको विषयलाई लिएर आफन्त तथा स्थानीयले प्रर्दशन गरेका छन्। युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुले नाराबाजी गरेका हुन्। आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। तामाङ्को शव अस्पतालको शौचालय नजिकैको स्थानमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका…
काठमाडौं : नेपाल प्रहरीले तीन जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ। अछाम प्रहरीले सोमबार तीन जना भारतीय प्रहरीलाई नियन्त्रण लिएको हो। भारतको छत्तिगढ प्रहरी कार्यालयका प्रहरी महानिरीक्षक कार्यालयमा बिलासपरमा कार्यरत सई अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेलकालाई अछाममा नियन्त्रणमा लिइएको हो। ‘अनुमति नलिई बालिका र युवकलाई लैजान लागेको सूचना पाएपछि हामीले नियन्त्रण लिएका हौँ,' जिल्ला प्रशासन कार्यालय…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकबारे आलोचना भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधनका लागि समय लिएका हुन्। बिहान ११ बजेको बैठकमा प्रधानमन्त्रीले समय व्यवस्थापनका लागि सभामुखसँग परामर्श गरेका छन्। सोमबार प्रधानमन्त्रीले विधेयकबारे विभागीय मन्त्रीसँगै उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् तथा स्थानीय जनप्रतिनिधिसँग परामर्श गरेका थिए। विधेयकबारे उपयुक्त निर्णय लिने प्रधानमन्त्रीले…
काठमाडौँः बौद्धस्थित समता अस्पतालमा एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छिन्। रामेछाप दोरम्बा घर भएकी २७ वर्षीय बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी हुन्। अस्पतालको शैचालय नजिकैको स्थानमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। बोगटीले भने ‘सलको पासो बनाएर झुन्डिएको फेला परेको छ। घटनाको थप अनुसन्धान गर्दैछौं।‘ मृतक तामाङ अस्पतालकी कर्मचारी समेत हुन्। उनी…
सोलुखुम्बुः तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन्। मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए। बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन्। सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन। उडान प्रभावित…
डिफेण्डिङ च्याम्पिनय चिलीले कोपा अमेरिका २०१९ को उपाधि रक्षा अभियानमा शानदार सुरुवात गरेको छ। ब्राजिलमा भइरहेको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा चिलीले एसियाली राष्ट्र जापानलाई ४-० ले पराजित गरेको हो। सन् २०१५ र २०१६ को विजेता चिलीका लागि एडुअर्डो भर्गासले दुई गोल गरे भने एरिक पुलगार र एलेक्स सान्चेजले एक-एक गोल गरे। जितपछि चिली ३ अंक जोड्दै समूह सी को…
काठमाडौं : साविक विजेता गोल्डेनगेट इन्टरनेशनल कलेज क्वीक्स नेपाल बास्केटबल लिगबाट बाहिरिएको छ। होम एण्ड अवे को आधारमा भएको लिगमा तेस्रो भएको गोल्डेनगेट एलिमिनेटरमा नेपाल पुलिसँग पराजित हुँदै बाहिरिएको हो। बेस्ट अफ थ्री को आधारमा भइरहेको प्लेअफ अन्तर्गत एलिमिनेटरमा पुलिसले लगातार दुई खेल जितेपछि गोल्डेनगेट बाहिरिएको हो। सोमवार राखेप कभर्डहलमा भएको दोस्रो खेलमा पुलिसले गोल्डेनगेटलाई ९०-६५ ले पराजित गर्यो। पुलिसका…
शकिब अल हसनले लगातार दोस्रो शतक प्रहार गरेपछि बंगलादेशले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दोस्रो जित हात पारेको छ। शकिबको शतक प्रेरित बंगलादेले इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा सोमवार वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो। बंगलादेशले विश्वकपमा वेष्ट इन्डिजलाई पहिलो पटक पराजित गरेको हो। यसअघि शकिबले घरेलु टोली इंग्ल्याण्ड विरुद्ध पनि शतक प्रहार गरेको थियो। शकिबले १२१…
काठमाडौं: प्रोफेसर हरिशरण उपाध्यायको पुस्तक ‘श्री जी’ लोकार्पण भएको छ। सोमबार रिपोटर्स क्लबमा कार्यक्रम आयोजना गरि किताब सार्वजनिक गरिएको हो। इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका प्रोफेसर रहेका उपाध्याय कृत पुस्तक शशांक कोइराला र लेखक स्वयंले विमोचन गरे। पुस्तकको पहिलो अंशमा ‘श्री’ शब्दको निरूपण गरेको बताइएको छ। व्युत्पत्तिमूलक अर्थमा श्री शब्द कल्याण, तेज र महाशक्तिको समष्टिरूप रहेको र लोकव्यवहार मा शोभा, सम्पत्ति,…
‘तपाईंलाई संस्कृति मनपर्छ भने हामी फेरी एकपटक भेट्नेछौं, तपाईँलाई नृत्य मनपर्छ भने हामी पटकपटक भेट्नेछौं’ भन्ने नाराका साथ नेपाल नृत्योत्सव हुने भएको छ। सोमबार कार्यक्रम आयोजना गरी एस्थेटिक डान्स स्टुडियोको पहिलो नृत्य महोत्सव घोषणा गरिएको हो। कार्यक्रममा भारतबाट आएका नृत्य प्रशिक्षकहरु कत्थक नृत्याङ्गना लीना मालाकार र भरत नाट्यम नृत्याङ्गना अरुपा लेहेरी, त्यस्तै नेपालकी कत्थक नृत्याङ्गना सुविमा श्रेष्ठ र लोक नृत्य…
काठमाडौं: ‘मिसेस नेपाल ग्ल्याम २०१९’को ताज मिनु प्रधान श्रेष्ठले जितिन्। उनले शीर्ष उपाधि मात्र होइन मोस्ट फ्रेड्लीको समेत घोषित भइन्। कार्यक्रममा १५ जना प्रतिस्पर्धी थिए। उनले चौध जनालाई पछि पारिन् र ताज चुमिन्। तर, प्रतियोगी कसैले पनि रित्तो हात फर्कन भने परेन। सबैले कुनै न कुनै शीर्षकको अवार्ड जिते। ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको आइतबार फिनाले भएको हो। विवाहित महिलाहरुको…
काठमाडौं: गायन रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन २ मा कोचको रुपमा राजु लामा र आस्था राउतको इन्ट्री भएको छ। गत वर्ष देखि नेपालमा सुरु भएको रियालिटी सो दी भ्वाइसको दोस्रो संस्करणमा पहिलो संस्कारका कोचका रुपमा रहेका सनुप पौडेल र अभया सुब्बाको स्थानमा राजु लामा र आस्था राउतलाई इन्ट्री गराइएको हो। पहिलो सिजन कान्तिपुर टेलिभिजनमा प्रशारण भएको यो सो…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रमका साथै सिद्धान्तहरुलाई विकसित र परिमार्जित गरेर अगाडि बढ्ने मान्यताका साथ पार्टी एकता भएको बताएका छन्। पार्टी एकतापछि जनयुद्धका शहीद रितबहादुर खड्काको १७औं स्मृति पार्टी कार्यालय धुम्बाराहीमा कार्यक्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्। 'पार्टी एकता गरेर एउटा ठूलो र ऐतिहासिक असाधारण कामको…