काठमाडौं : वीरगन्ज युनाइटेड सी डिभिजन लिगको लागि छनोट भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक आयोजना गरेको सी डिभिजन क्वालिफायरबाट मोफसलका ३ क्लब सी डिभिजनको लागि छनोट भएको हो। सी डिभिजन नेपालको तेस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता हो। यसअघि नै झापा एघार र चर्च ब्वाइजले सी डिभिजनमा आफ्नो स्थान पक्का गरिसकेका छन्। क्वालिफायर अन्तर्गत बिहीवार भएको अन्तिम…
काठमाडौं : सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागि विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु भएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख हरि पालले जानकारी दिए। लालबन्दी नगरपालिका वडा नम्बर १ मा गोली हानाहान भएको हो। पौडेल विप्लवका जिल्ला इन्चार्ज हुन्। नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार लालबन्दीबाट सिन्धुलीतर्फ…
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको बजाज पल्सर स्पोर्ट्स अवार्डलाई सगरमाथा सिमेन्ट टर्कीस एअरलाइन्सले सहप्रायोजन गरेको छ। बिहीवार एनएसजेएफले दुई संस्थासँग प्रायोजनसम्बन्धि सम्झौता गरेको हो। कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी देवेन्द्र र घोराही सिमेन्ट इन्डस्ट्रीका निदर्शेक आदित्य संघाईले हस्ताक्षर गरे। यस्तै अर्को सम्झौता पत्रमा एनएसजेएफ अध्यक्ष सुवेदी र टर्किस एअरलाइन्सका अब्दुल टनसेर केसीसीले हस्ताक्षर…
कञ्चनपुर : प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटप्रतियोगिता प्रदेश नम्बर ३ की खुशी डंगोलले कीर्तिमान बनाएकी छिन्। उनले १.३ ओभरको स्पेलमा कुनै पनि रन नदिई ५ विकेट लिइन्। खुशीकै शानदार बलिङ मद्दतमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको छ। महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले २० ओभरमा ३ विकेट गुमाएर १५६ रन बनाएको…
काठमाडौं : आइसीसी टी–२० विश्वकप क्रिकेटको एसियाली अन्तिम चरणको छनोटको लागि नेपाली टिमको प्रशिक्षण आजबाट सुरु भएको छ। सिंगापुरमा आगामी जुलाई २२ देखि २८ सम्म हुने उक्त छनोटको लागि नेपालले कीर्तिपुरस्त टीयू मैदानमा बिहीवारबाट बन्द प्रशिक्षण सुरु गरेको हो। नवनियुक्त प्रशिक्षक उमेश पटवालले यस क्याम्पबाट आफ्नो प्रशिक्षण सुरु गरेका छन्। पटवालसँगै राष्ट्रिय टिमको कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अनिमुल…
राजापुरः बर्दियाको राजापुर नगरपालिका -३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गएराति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। सुतिरहेको अवस्थामा थारुको हत्या भएको प्रहरीले जनाएको छ। मृतकको घरमा उनी र उनकी बुहारीमात्र रहेको खुलेको छ। बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए। उनका छोरा भने वैदेशिक रोजगारमा गएको पाइएको प्रहरीले जनाएको छ।…
कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ। बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग एक-एक गोलको बराबरी खेलेको हो। अर्जेन्टिनाभन्दा उत्कृष्ट खेल खेलेको पाराग्वेले लगातार दबाब बनाएको थियो। ३७औँ मिनेटमा गोल गर्दै पाराग्वले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो। पाराग्वेका लागि रिचर्ड राफेस सान्सेजले गोल गरेका थिए। १–० ले पछि परेको अर्जेन्टिनाले ५४ मिनेटमा भिएआरका कारण पेनाल्टी पाएको…
मेलम्चीः मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीयले फर्काइदिएका छन्। आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्सट्रक्सनका कामदारलाई फर्काइदिएका हुन्। सरकारले मुहानको हेडवक्सलगायतको काम गर्ने जिम्मा श्रेष्ठ कन्सट्रक्सनलाई दिएको थियो। कामको जिम्मा पाएपछि कम्पनी कामदार लिएर मेलम्चीको मुहान पुगेको थियो। तर स्थानीयवासीले आयोजनामा आफूहरुको डुबेको रकम पहिले भुक्तानी…
हुम्लाः भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मंगलबार अपराह्न दुर्घटना भएको जीप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन। सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा दुर्घटना भएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको…
कप्तान केन विलियमसनले कप्तानी इनिङ् खेल्दै शतक प्रहार गरेपछि न्यूजिल्याण्डले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दक्षिण अफ्रिकालाई पराजित शीर्ष स्थानमा उक्लेको छ। साविक उपविजेता समेत रहेको किवी टोलीले अपराजित यात्रा समेत कायम राखेको छ। बुधवार भएको खेलमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको हो। जितपछि ५ खेलबाट ९ अंक जोड्दै न्यूजिल्याण्ड शीर्ष स्थानमा उक्लेको हो। उता चौथो हारपछि ६…
काठमाडौं : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको पाँचौ खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले फराकिलो हार बेहोरेको छ। बुधवार बंगलादेशी लिग च्याम्पियन अबहानी ढाका लिमिटेडसँगको खेलमा मनाङ ५-० को फराकिलो अन्तरले पराजित भएको हो। यसअघि समूहको पहिलो खेलमै अबहानीसंग घरेलु मैदानमा मनाङ १-० ले पराजित भएको थियो। यस पटक बंगलादेशी क्लबसंग उसैको मैदानमा बदला लिने दाउ बनाएको मनाङले…
काठमाडौं : समता अस्पतालभित्र मृत अवस्थामा फेला परेकी २७ वर्षीया बिमला तामाङको घटनालाई लिएर नियन्त्रणमा लिएका दुई जना विरुद्ध प्रहरीले म्याद थप गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले जिल्ला प्रशासन कार्यालयबाट दुई जना विरुद्ध म्याद थप गरेको हो। समता अस्पतालका संचालक उत्तम संजेलकी श्रीमती कला संजेल र कर्मचारी तीर्थकुमारी श्रेष्ठविरुद्ध अभद्र व्यवहार शीर्षकमा काठमाडौंक जिल्ला प्रशासनबाट म्याद थपिएको प्रहरी…
फिदिमः मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका ६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ। पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ ३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५०० लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको हो। उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर जोरपोखरी…
काठमाडौं : वैदेशिक रोजगारीमा लग्ने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले नुवाकोट गणेशस्थान घर भइ तारकेश्वर नगरपालिका मनमैजु बस्ने प्रविन पौडेललाई मंगलवार हेटौडा उपहमानगरपालिकाबाट नियन्त्रणमा लिएको हो। पौडेलले विशालनगर स्थित द एप्रिटेन्स नामको ट्रेनिङ सेन्टर खोली सिंगापुर पठाई दिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको देखिएको छ। उनले मासिक तलब स्केल ६ सय ५० डलर हुन्छ भनी…
काठमाडौं : गुठी विधेयकको विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन जारी छ। चर्चित गायक योगेश्वर अमात्य आन्दोलनमा पूर्व निर्धारित योजनाअनुसार फूलसहित उपस्थित भए। प्रदर्शनकारीलाई रोक्न तैनाथ भएका प्रहरीलाई फूल दिँदै आन्दोलनको माहोल बनाइरहेका थिए उनी। यसअघि पनि आन्दोलनमा उत्रिँदा प्रहरीलाई फूल बाड्न उनी सक्रिय थिए। सरकारले उक्त विधेयक स्थगित गरे पनि आन्दोलन भने जारी नै छ। हेर्नुस् प्रहरीका हातहातमा योगेश्वरले दिएको फूल।
काठमाडौं : नेपालगन्जमा गत चैत/बैशाखमा भएको बृहत आठौं राष्ट्रिय खेलकुदका लागि निर्माण गरिएको पौडी पोखरी दुई महिनापछि उद्घाटन हुने भएको छ। चैत २७ देखि बैहाख ११ सम्म भएको आठौंमा पौडीका खेलहरु नेपागन्ज रंगशालमा परिसरको उक्त पोखरीमा आयोजना गर्ने भनिएको थियो। तर तोकिएको समयमै काम सम्पन्न हुन नसकेपछि पौडीको स्पर्धा त्यहाँबाट होटलमा सारिएको थियो। आठौं सम्पन्न भएको दुई महिनापछि बल्ल उक्त…
काठमाडौँः प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमण असफल भएको बताएका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले फ्रान्सका कार्यकारी राष्ट्रपतिले भेट नदिनु तथा राजीनामा दिएकी बेलायती प्रधानमन्त्रीको आश्वासनले मात्र कुनै अर्थ नराख्ने उनले बताएका हुन्। सदनलाई छलेर गुठी विधेयक बाहिरबाट फिर्ता लिने निर्णय भएको भन्दै देउवाले आपत्ति जनाए। आफूले बोल्न समय मागेपछि बोल्नकै लागि प्रधानमन्त्रीले हठ…
६ पटकको फिफा वुमन प्लेअर अफ दि इअर मार्ताले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएकी छिन्। फ्रान्समा भइरहेको फिफा महिला विश्वकप अन्तर्गत इटली विरुद्धको खेलमा मार्ताले निर्णायक गोल गर्दै ब्राजिललाई जिताइन्। उक्त खेलमा गरेको एक मात्र गोलपछि मार्ता विश्वकप इतिहासमा कीर्तिमानी १७ गोल गर्ने खेलाडी बनेकी छिन्। यसअघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाइसकेको इटली विरुद्ध मार्ताले ७४औं मिनेटमा पेनाल्टीबाट गोल…
काठमाडौँः संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको छ। सरकारको पत्राचार अनुसार समितिले प्रारम्भिक बैठकबाट प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। निर्णय अनुसार बिहीबारदेखि प्रस्तावित राजदूतउपर उजुरी आह्वान हुनेछ। समितिले दश दिनको समय दिएर उजुरी आह्वान गरेको हो। असार १४ गतेसम्म सरोकारवाला तथा सर्वसाधारणले उजुरी दिन सक्नेछन्। जेठ २३ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिसको नियुक्ति गरेको थियो।…
कोपा अमेरिका फुटबलअन्तर्ग समूह ए को दोस्रो खेलमा घरेलु टोली ब्राजिलले भेनेजुएलासँग बराबरी खेल्दै अंक बाँडेको छ। भिडियो असिस्टेन्ट रेफ्री भिआएर भिलेन बन्दा ब्राजिलले घरेलु मैदानमै अंक बाँड्नु परेको हो। बुधवार बिहान भएको खेल गोलरहित बराबरीमा सकिएको हो। खेलमा ब्राजिलले दुई पटक गोल गरेपनि भारका कारण दुबै गोललाई मान्यता दिइएन। बराबरीपछि समूह ए मा ब्राजिलको दुई खेलबाट ४ अंक छ।…