PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

  • संवैधानिक परिषदको निर्णय सच्याउन गच्छदारको माग

    संवैधानिक परिषदको निर्णय सच्याउन गच्छदारको माग

    विराटनगर : नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संवैधानिक परिषद्को सोमबार भएको निर्णय सच्याउनु पर्ने धारणा व्यक्त गरेका छन्। नेपाली काङ्ग्रेस मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राज्य सहमतिको आधारमा सञ्चालन होस् भनेर संवैधानिक व्यवस्थाअनुसार प्रतिपक्षी दलका नेता परिषद्को पदेन सदस्य राखिएकाले सोहीअनुसार सहमतिको आधारमा निर्णय हुनुपर्ने बताए। नेपाली काङ्ग्रेसका उपसभापतिसमेत रहेका नेता गच्छदारले नेकपा विप्लव समूहलाई वार्ता…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिल र अर्जेन्टिना विजयी

    ब्राजिल र अर्जेन्टिना विजयी

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्। गाब्रिएल सेससले दुई गोल गरेपछि ब्राजिलले एक गोलले पछि परेको स्थिती उल्टाउँदै चेक रिपब्लिकाई ३-१ ले पराजित गरेको हो। डेविड पालेकाले ३९औँ मिनेटमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा ३ गोल फर्कायो। ब्राजिलका लागि रोवर्टो फिरमिनोले ४९औँ मिनेटमा बराबरी गोल फर्काए। जेससले ८३औँ…

    विस्तृतमा पढ्नुस्

  • युरो क्वालिफायर : इटलीको फराकिलो जित, स्पेनको जितमा मोराटाको दुई गोल

    युरो क्वालिफायर : इटलीको फराकिलो जित, स्पेनको जितमा मोराटाको दुई गोल

    युरो २०२० क्वालिफायर अन्तर्गत गएराती भएको खेलमा इटलीले लिचेस्टाइनमाथि फराकिलो जित हात पारेको छ। समूह जे अन्तर्गत भएको खेलमा इटलीले दश खेलाडीमा झरेको लिचेस्टाइनलाई ६-० ले पराजित गरेको हो। इटलीका लागि फावियो क्वाग्रिरेलाले दुई गोल गरे भने स्टेपानो सेन्सी, मार्को भेराट्टी, मोइस केन र लियोनार्दो पाभोलेट्टीले एक-एक गोल गरे। पहिलो हाफको अन्तिममा लिचेस्टाइनका डानिएल कुफमानले रातो कार्ड खाएका थिए। लगातार…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : चेन्नाईको लगातार दोस्रो जित

    आइपीएल : चेन्नाईको लगातार दोस्रो जित

    काठमाडौं : डिफेण्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपीएल) को १२औँ संस्करणमा लगातार दोस्रो जित हात पारेको छ। मंगलवार भएको खेलमा ड्वाने ब्राभोको उत्कृष्ट बलिङ र शेन वाट्सनको उत्कृष्ट ब्याटिङ मद्दतमा चेन्नाईले दिल्ली क्यापिट्लसलाई ६ विकेटले पराजित गरेको हो। चेन्नाईले यसअघि रोएल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको थियो। उता मुम्बई इन्डियन्सलाई पहिलो खेलमा उसैको मैदानमा पराजित गरेको दिल्ली दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानसँग पनि नेपाल पराजित, तीन वटै खेलमा गोल गर्न सकेन

    अफगानिस्तानसँग पनि नेपाल पराजित, तीन वटै खेलमा गोल गर्न सकेन

    काठमाडौं : कतारमा भएको एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायरको अन्तिम खेलमा नेपाल अफगानिस्तानसंग पराजित भएको छ। मंगलवार राती भएको खेलमा अफगानिस्तानले नेपाललाई २-० ले पराजित गर्दै सान्त्वना जित हात पारेको हो। यसअघिका दुवै खेल हारिसकेका नेपाल र अफगानिस्तानलाई अन्तिम खेल जित्दै सुखद अन्त्य गर्ने अवसर थियो। त्यसमा अफगानिस्तान सफल हुँदा नेपालले क्वालिफायर भर नै गोल गर्न सकेन। कतारको दोहास्थित स्पोर्टस सिटी…

    विस्तृतमा पढ्नुस्

  • फुटबल टोली स्वदेश फर्कियो

    फुटबल टोली स्वदेश फर्कियो

    काठमाडौँ : कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। टोली मंगलवार त्रिभुवन विमालनस्थलमा आइपुगेको हो। टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्वागत गरे। नयाँ प्रशिक्षक योहान कलिनको प्रशिक्षणमा नेपालले कुवेतसँग दुई खेल खेलेको हो। पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा भने १-० ले पराजित भएको थियो।    

    विस्तृतमा पढ्नुस्

  • कुशल मल्लको अलराउण्ड प्रदर्शनमा नेपाल ९ रनले विजयी

    कुशल मल्लको अलराउण्ड प्रदर्शनमा नेपाल ९ रनले विजयी

    काठमाडौँ : कुशल मल्लले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि भारत भ्रमणमा रहेको नेपालको यू-१९ क्रिकेट टोलीले तेस्रो जित हात पारेको छ। मलेसियामा हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियाको लागि तयारी गर्न भारतमा रहेको नेपालको यू-१९ क्रिकेट टिमले चौथो अभ्यास खेलमा भारतको आन्द्र प्रदेश यू-१९ टोलीलाई ९ रनले पराजित गरेको छ। नेपालको लागि कुशलले ब्याटिङमा सर्वाधि ४८ रन बनाए…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तान विरुद्धको खेलको लागि नेपाली टोलीमा एक परिवर्तन, सान्त्वना जित हात पार्ने लक्ष्यमा दुवै टोली

    अफगानिस्तान विरुद्धको खेलको लागि नेपाली टोलीमा एक परिवर्तन, सान्त्वना जित हात पार्ने लक्ष्यमा दुवै टोली

    काठमाडौँ : एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ। कतारमा भइरहेको क्वालिफायर अन्तर्गत अफगानिस्तानविरुद्धको खेलको लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कतार विरुद्ध खेलेको टोलीमा एक खेलाडी परिवर्तन गर्दै पहिलो रोजाईँमा खेल्ने टोलीको नाम सार्वजनिक गरेका छन्। जसअनुसार मिडिफल्डर गौरव बुढाथोकीको स्थानमा विश्वास श्रेष्ठलाई राखिएको छ। गौरवले यसअघिको दुवै खेल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एथ्लेटिक्स संघको निर्वाचन चैत २४ गते, तोकिएको समयमा निर्वाचन नगरे नेपालले अन्तर्राष्ट्रिय स्तरमा सहभागि हुन नपाउने चेतावनी

    नेपाल एथ्लेटिक्स संघको निर्वाचन चैत २४ गते, तोकिएको समयमा निर्वाचन नगरे नेपालले अन्तर्राष्ट्रिय स्तरमा सहभागि हुन नपाउने चेतावनी

    काठमाडौँ : नेपाल एथ्लेटिक्स संघको निर्वाचन यही चैत २४ गते हुने भएको छ। आठ महिनाअघि नै हुनुपर्ने संघको निर्वाचन आन्तरिक विवाद र एसियन गेम्सको समय परेका कारण हुन सकेको थिएन। मंगलबार युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका अजित कुमार यादवको सम्मान कार्यक्रममा संघका अध्यक्ष राजिव विक्रम शाहले साधारण सभा चैत २४ गते काठमाडौँमा गर्ने जानकारी दिएको हो। संघले तोकिएको समयमा…

    विस्तृतमा पढ्नुस्

  • स्वर्ण विजेता अजित यादवलाई एथ्लेटिक्स संघको सम्मान, मोटरसाइकल उपहार

    स्वर्ण विजेता अजित यादवलाई एथ्लेटिक्स संघको सम्मान, मोटरसाइकल उपहार

    काठमाडौँ : हङकङमा सम्पन्न तेस्रो युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका अजित कुमार यादवलाई नेपाल एथ्लेटिक्स संघले सम्मान गरेको छ। संघले मंगलवार राजधानीमा सम्मान कार्यक्रम आयोजना गर्दै ३ हजार मिटर दौडमा स्वर्ण जितेका अजितलाई टिभिएस मोटरसाइकलको चावी हस्तानतरण गरेको हो। यस्तै अजितको प्रशिक्षक धनीराम चौधरीलाई नगद १ लाख प्रदान गर्ने निर्ण गरेको छ। पारिवारिक कारणले धनिराम भने उपस्थित थिएनन्।…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले गरे पदाधिकारी मनोनित, थपिए पदहरु, कोको के भए?

    कमल थापाले गरे पदाधिकारी मनोनित, थपिए पदहरु, कोको के भए?

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बुद्धिमान तामाङ र राजीव पराजुलीलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेका छन्। उनले पार्टीको विधान अनुसार पदाधिकारीको संख्या थप गर्दै दुई जनालाई बरिष्ठ उपाध्यक्षमा मनोनित गरेका हुन्। उपाध्यक्षमा थापाले प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरण बहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठलाई मनोनित गरेका छन्। महामन्त्रीहरुमा राजेन्द्र लिङ्देन र धवल शम्शेर…

    विस्तृतमा पढ्नुस्

  • सर एडमण्ड हिलारीको कोठा सेयर गर्न पाउँदा दंग राजाराम पौडेल

    सर एडमण्ड हिलारीको कोठा सेयर गर्न पाउँदा दंग राजाराम पौडेल

    काठमाडौं: पछिल्लो समय हाँस्यकलाकार राजाराम पौडेल फिल्म गर्न व्यस्त देखिन्छन्। उनी अभिनित 'यात्रा अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। 'सय कडा दश'बाट उनले फिल्म निर्माणमा डेब्यूसेमत गरिसकेका छन्। फिल्ममा उनलाई विशेष त कमेडीका लागि स्थान दिइएको देखिन्छ। हालै, उनले 'यात्रा अ म्यूजिकल भ्लग'को छायाँकनताका पानीले धेरै दु:ख दिएको बताए। 'यात्रा निकै ऐतिहासिक रह्यो', उनले भने 'हामी जहाँ बसेका थियौं। त्यो होटलमा सगरमाथा…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीले सद्‍भावना दूत बनाएका बलिउड हिरोइन जय प्रदा भाजपा छिरिन्

    प्रम ओलीले सद्‍भावना दूत बनाएका बलिउड हिरोइन जय प्रदा भाजपा छिरिन्

    प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक दूत नियुक्त गरेका बलिउड कलाकार जयप्रदा भारतीय जनता पार्टी प्रवेश गरेकी छिन्। नेपाल भारत सम्बन्धमा सांस्कृतिक दूतका रुपमा ओलीले यसैवर्ष उनलाई नियुक्त गरेका थिए। चुनावको मुखमा पार्टी प्रवेश गराएसँगै भाजपाले उनलाई उत्तर प्रदेशको रामपुरबाट उम्मेदवार बनाउने सम्भावना रहेको छ। उनलाई उत्तर प्रदेशको समाजवादी पार्टीका भेट्रान उम्मेदवार आजम खानविरुद्ध उम्मेदवार बनाउने तयारी रहेको भारतीय मिडियामा खबर…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलमा आज सन्दीपको दिल्ली र चेन्नाई भिड्दै

    आइपीएलमा आज सन्दीपको दिल्ली र चेन्नाई भिड्दै

    काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत आज एक मात्र खेल हुंदैछ। जसमा पहिलो खेल जितेका चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दैछन्। दिल्लीमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पनि छन्। मुम्बईलाई पहिलो खेलमा ३७ रनले पराजित गर्दा सन्दीपले खेल्न पाएका थिएनन्। यस्तै साविक विजेता चेन्नाईले उद्घाटन खेलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको थियो। यस सिजनको पाँचौ खेल…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा मिलन नेवार र राजनराज शिवाकोटीको 'मिरा साङ्गीतिक साँझ' हुँदै

    बेलायतमा मिलन नेवार र राजनराज शिवाकोटीको 'मिरा साङ्गीतिक साँझ' हुँदै

    काठमाडौं: बेलायतको विभिन्न ठाउँमा गायिका मिलन नेवार र गायक राजनराज शिवाकोटीले 'मिरा साङ्गीतिक साँझ' गर्ने भएका छन्।   मिलन च्यारीटी फाउण्डेसनले यही चैत १६ गते यो कार्यक्रम आयोजना गर्दैछ।  सुनसरीको शहीद स्मृति आवासीय विद्यालयको सहयोगार्थ  उक्त्त कार्यक्रम गरिने गायिका मिलनले जनाकारी दिइन् ।  गायिका मिलनले केही समयअघि सामाजिक सेवा गर्न यो फाउण्डेसनको घोषणा गरेकी थिइन्। २० मार्चमा युकेमा यो कार्यक्रम हुँदैछ। विद्यालयमा ४ सय असहाय…

    विस्तृतमा पढ्नुस्

  • युरो क्वालिफायर : इंग्ल्याण्ड र फ्रान्सको फराकिलो जित, पोर्चुगल रोकियो

    युरो क्वालिफायर : इंग्ल्याण्ड र फ्रान्सको फराकिलो जित, पोर्चुगल रोकियो

    युरो २०२० क्वालिफायर अन्तर्गत विश्व विजेता फ्रान्स र इंग्ल्याण्डले सहज जित हात पार्दा साविक विजेता पोर्चुगल भने बराबरीमा रोकिएको छ। रोस बार्कलीले दुई गोल गरेपछि इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ५-१ ले पराजित गरेको हो। इंग्ल्याण्डका लागि बाँकी गोल रहिम स्टर्लिङ, ह्यारी केन र माइकल केनले गरे। लगातार दवस्रो जितपछि इंग्ल्याण्ड समूह ए मा ६ अंकका साथ शीर्ष स्थानमा छ। यसै समूहको अर्को…

    विस्तृतमा पढ्नुस्

  • पेनाल्टीमा गोल हुनु दुर्भाग्य, सेटपिस र फरवार्डमा कमजोर भयौँ : योहान कलिन

    पेनाल्टीमा गोल हुनु दुर्भाग्य, सेटपिस र फरवार्डमा कमजोर भयौँ : योहान कलिन

    काठमाडौँ : कुवेतसँग दोस्रो मैत्रीपूर्ण फुटबलमा पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक योहान कलिनले पेनाल्टीमा गोल खानु दुर्भाग्य भएको बताएका छन्। पहिलो खेलमा कुवेतलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको नेपाल सोमबार भएको दोस्रो खेलमा भने १-० ले पराजित भयो। पहिलो हाफमा खाएको पेनाल्टी गोल नै नेपालको हारको कारण बन्यो। प्रशिक्षक कलिनले नेपालले राम्रो खेलेपनि पेनाल्टी गोल खानु दुर्भाग्य भएको प्रतिक्रिया दिए।…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : गेलको अर्धशतकमा पञ्जावको विजयी सुरुवात, बटलरको अर्धशतकले राजस्थानलाई जिताउन सकेन

    आइपीएल : गेलको अर्धशतकमा पञ्जावको विजयी सुरुवात, बटलरको अर्धशतकले राजस्थानलाई जिताउन सकेन

    क्रिस गेलको अर्धशतक, जोस बटरलरको अर्धशतक, बटरको रनआउट अनी लोकेश राहुलको शानदार क्याच। नतिजा किंग्स ११ पञ्जाव १४ रनले विजयी। इन्डियन प्रिमिर लिग आइपीएल अन्तर्गत १२औँ संस्करणको चौथो खेलको विशेषता हो यो। राजस्थानको घरेलु मैदान जयपुरमा सोमबार भएको खेलमा युनिभर्सल बोस क्रिस गेल र वोस बटलरले अर्धशतक प्रहार गरे। तर पञ्जावको कप्तान रवीचन्द्रन आश्विनले बटलरलाई गरेको रनआउटले सबैको ध्यान तान्यो।…

    विस्तृतमा पढ्नुस्

  • पेनाल्टीमा गोल खाएपछि नेपाल कुवेतसँग पराजित

    पेनाल्टीमा गोल खाएपछि नेपाल कुवेतसँग पराजित

    काठमाडौं : पहिलो हाफमा पेनाल्टीमा गोल खाँदा नेपाल कुवेतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पराजित भएको छ। सोमबार कुवेतको घरेलु मैदानमा नेपाल १-० ले पराजित भएको हो। पहिलो खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको थियो। घरेलु टोलीलाई जित दिलाउन २९औँ मिनेटमा युसुफ नासेरले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो। योहान कलिन नयाँ प्रशिक्षक नियुकत भएपछि नेपालले कुवेतसँग मैत्रीपूर्ण खेल खेको हो।…

    विस्तृतमा पढ्नुस्

  • कुवेत विरुद्ध नवयुग र भरत पहिलो रोजाईँमा परेनन्, आशिष लामाले डेब्यु गर्दै

    कुवेत विरुद्ध नवयुग र भरत पहिलो रोजाईँमा परेनन्, आशिष लामाले डेब्यु गर्दै

    काठमाडौं : कुवेत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। यसअघि पहिलो खेलमा पहिलो रोजाईँमा रहेका आर्मीका दुई फरवार्ड नवयुग श्रेष्ठ र भरत खवासको सट्टा आशिष लामा र विमल रानालाई पहिलो रोजाईँमा राखिएको छ। मुख्य प्रशिक्षक योहान कलिनले कुवेत विरुद्धको लागि घोषणा गरिएको पहिलो रोजाईमा परेपछि आशिषले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दैछन्। विमलले भने पहिलो खेलमा वैकल्पिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell