PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

  • फ्राइडे रिलिजमा 'कागजपत्र' र 'प्रेमलीला'

    फ्राइडे रिलिजमा 'कागजपत्र' र 'प्रेमलीला'

    काठमाडौं:  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन् 'कागजपत्र' र 'प्रेमलीला'। 'कागजपत्र'लाई अपिल बिष्टले निर्देशन गरेका हुन्। फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकको मुख्य अभिनय छ। फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बताउँछन्। फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन छ। त्यस्तै प्रदर्शनमा आएको 'प्रेमलीला'मा अन्तर्देशीय प्रेम…

    विस्तृतमा पढ्नुस्

  • विश्व पानी दिवसः 'वाटर टावर' नेपालमा कहिले पुग्ला सबैमा पानीको पहुँच?

    विश्व पानी दिवसः 'वाटर टावर' नेपालमा कहिले पुग्ला सबैमा पानीको पहुँच?

    गोपीनाथ मैनाली- ‘पानीको पहुँचबाट कोही टाढा नरहुन्’ भन्ने नारासाथ मनाइँदै विश्व पानी दिवसले दिगो विकासको मूल आधार पानी हो भन्ने मान्यता स्थापित गरेको छ। प्रकृतिले निःशुल्क दिएको सबैभन्दा महत्त्वपूर्ण उपहार हो पानी। पानीबिना न सृष्टि सम्भव छ न मानव संरचना नै। प्राणी, वनस्पति सबै नै पानीका सिर्जना हुन्। पानी छ र जीवन छ । जैविक विविधताको आधार र जीवन चक्रको…

    विस्तृतमा पढ्नुस्

  • कोरिया कहरः अनलाइनबाटै भुक्तानीको व्यवस्था भए पनि लाइनमै बसे परीक्षार्थी, हेर्नुस् फोटोमा

    कोरिया कहरः अनलाइनबाटै भुक्तानीको व्यवस्था भए पनि लाइनमै बसे परीक्षार्थी, हेर्नुस् फोटोमा

    काठमाडौँः वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले आजदेखि भाषा परीक्षा फाराम भर्न पाउने भएका छन्। भाषा परीक्षा फाराम भर्नुअघि परीक्षा शुल्क तिर्नका लागि बिहानैदेखि परीक्षार्थी लाइनमा बसेका छन्। यो वर्षदेखि इसेवामार्फत भुक्तान गर्न सक्ने व्यवस्था भए पनि लाइन बसेरै शुल्क तिर्नेहरु पनि पहिलो दिन नै उल्लेख्य देखिए। अनलाइनबाट राति १२ बजेदेखि बिहान ९ बजेसम्म १७ हजारले शुल्क भुक्तानी गरिसकेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा दश स्थानमा बम विस्फोट भनेर समाचार लेख्ने पत्रकार खनाल पक्राउ

    काठमाडौँमा दश स्थानमा बम विस्फोट भनेर समाचार लेख्ने पत्रकार खनाल पक्राउ

    काठमाडौँः भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको अभियोगमा प्रहरीले कपिलवस्तु वाणगंगा नगरपालिका ६ का अनलाइन आवाज डटकम सह-सम्पादक गौरव खनाललाई पक्राउ गरेको छ। काठमाडौँमा १० स्थानमा वम विस्फोट भएको भन्ने समाचार केही दिनअघि उक्त अनलाइनले सम्प्रेषण गरेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले खनाललाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई साइबर अपराध अन्तर्गत कारबाहीका लिग चैत ७ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा आगलागी हुँदा एक जनाको मृत्यु

    ताप्लेजुङः मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आज आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापश्चात् प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। रासस

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, एयरलाइन्स र क्यान कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस

    प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, एयरलाइन्स र क्यान कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस

    सिवी अधिकारी- काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ। समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • कुवेतले पेनाल्टी मिस गर्दा खेल बराबरीमा सकियो, किरणको उत्कृष्ट प्रदर्शन

    कुवेतले पेनाल्टी मिस गर्दा खेल बराबरीमा सकियो, किरणको उत्कृष्ट प्रदर्शन

    काठमाडौँ : विदेशी प्रशिक्षक योहान कलिनले प्रशिक्षण सम्हालेपछिको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ। दोस्रो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्न चुकेपछि कुवेतले घरेलु मैदानमा नेपालसँग बराबरीमा चित्त बुझाउनुपर्‍यो। यस्तै नेपालका लागि यसै खेलबाट पाँच खेलाडीले राष्ट्रिय टिमको लागि डेब्यु गरे। नेपालको लागि गोलकिपर किरण चेम्जोङले पनि उत्कृष्ट प्रदर्शन गरे। उनले कुवेती खेलाडीको आधा दर्जन भन्दा बढी प्रहारलाई…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर : नेपालले भोलि ओमानसँग खेल्दै

    एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर : नेपालले भोलि ओमानसँग खेल्दै

    काठमाडौँ : एएफसी यू-२३ च्याम्पियनसिपको क्वालिफायरअन्तर्गत नेपालले पहिलो खेल शुक्रबार ओमानसँग खेल्दैछ। खेल स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ। सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन्। जसअन्तर्गत समूह ए मा नेपालसँगै ओमान, कतार र अफगानिस्तान छन्। ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता…

    विस्तृतमा पढ्नुस्

  • कुवेत विरुद्ध नेपालको पहिलो रोजाई यस्तो, अजित भण्डारी डेब्यु गर्दै

    कुवेत विरुद्ध नेपालको पहिलो रोजाई यस्तो, अजित भण्डारी डेब्यु गर्दै

    काठमाडौँ : डिफेण्ड अजित भण्डारीले कुवेत विरुद्ध खेल्दै नेपालको लागि डेब्यु गर्ने भएका छन्। कुवेत विरुद्धको मैत्रीपूर्ण खेलको लागि सार्वजनिक नेपालको पहिलो रोजाईमा अजितले स्थान बनाएका हुन्। घरेलु फुटबलमा नेपाल पुलिसबाट खेल्ने अजितले यसअघि राष्ट्रिय टिममा परेपनि डेब्यु र्न पाएका थिएनन्। स्वीडेनका योहान कलिन प्रशिक्षक नियुक्त भएपछि नेपालले कुवेत विरुद्ध पहिलो खेल खेल्न लागेको हो। नेपाल र कुवेतबीचको खेल आज…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्वारी

    चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्वारी

    काठमाडौं : नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा संघकी महासचिव/कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन्। उनले फेसबुकमार्फत उम्मेद्वारीको घोषणा गरेकी हुन्। उनी २०५५ सालदेखि कलाकारिता क्षेत्रमा आबद्ध छिन्। टेलिशृंखला ‘मुक्ति’बाट अभिनय सुरु गरेकी कलाकार लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत टेलिशृंखलामा अभिनय गरिसकेकी छिन्। उनले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’लगायतका फिल्ममा अभिनय गरेकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • जापानमा कामदार पठाउन एमओसीमा हस्ताक्षर गर्ने अख्तियारी श्रम सचिवलाई, मन्त्रिपरिषदबाट के के भयो निर्णय? पढ्नुुस्

    जापानमा कामदार पठाउन एमओसीमा हस्ताक्षर गर्ने अख्तियारी श्रम सचिवलाई, मन्त्रिपरिषदबाट के के भयो निर्णय? पढ्नुुस्

    काठमाडौं : सरकारले जापानमा नेपाली कामदार पठाउने  साझेदारी सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ।  सरकारले नेपाल र जापान सरकारबीच मेमोरेन्डम अफ कोअपरेसनमा हस्ताक्षर गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।  पुस २५ गते नेपालको भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्को द्विपक्षीय…

    विस्तृतमा पढ्नुस्

  • निकिता पौडेल बाहिरिएपछि रिक्त चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

    निकिता पौडेल बाहिरिएपछि रिक्त चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

    काठमाडौं : नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ति गर्न सरकारले निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। गत माघ २२ गते अध्यक्ष पदबाट निकिता पौडेलले राजिनामा दिएसँगै पद खाली रहँदै आएको थियो।  केशव फिल्म निर्माणमा सक्रिय छन्। उनको निर्माणमा बनेको फिल्म 'यात्रा अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। निर्देशक तुलसी घिमिरेको…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबलमा नेपाल भर्सेस भारत, यस्तो छ हेड टु हेड

    महिला फुटबलमा नेपाल भर्सेस भारत, यस्तो छ हेड टु हेड

    विराटनगर : दक्षिण एसियामा भारत र नेपाल महिला फुटबलमा बलिया राष्ट्र हुन्। दुवै टिमलाई बाँकी टिमले अहिलेसम्म हराउन सकेका छैनन्। अर्को तथ्य पनि छ कि नेपालले साफ महिला च्याम्पियनसिपमा अहिलेसम्म भारतलाई हराउन सकेको छैन। यस्तै भारतले चार पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा नेपाल तीन पटक उपविजेता बनेको थियो भने एकपटक सेमिफाइनलबाटै बाहिरिएको थियो र त्यो बेला पनि भारतसँगै हारेको थियो। अहिले…

    विस्तृतमा पढ्नुस्

  • रुप फेर्दै पूर्व पश्चिम राजमार्ग, कोशी ब्यारेज नगई पूर्वतिर लाग्ने तयारी

    रुप फेर्दै पूर्व पश्चिम राजमार्ग, कोशी ब्यारेज नगई पूर्वतिर लाग्ने तयारी

    काठमाडौं : पूर्व - पश्चिम ( महेन्द्र ) राजमार्ग अन्तर्गतको नारायणगढ - बुटवल सडक चार लेनको बनाउन सुरु गरिने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर औपचारिक रुपमा काम सुरु गर्न लागिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए । उनका अनुसार बुटवलदेखि नारायणगढसम्म विस्तार र स्तरोन्नती गर्नका लागि टेण्डरको सबै प्रक्रिया पूरा गरेर निर्माण व्यवसायीहरु…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री केपी शर्मा ओलीले 'क्याप्टेन' हेरेपछि भने 'अनमोल केसी त चिनेको छैन'

    प्रधानमन्त्री केपी शर्मा ओलीले 'क्याप्टेन' हेरेपछि भने 'अनमोल केसी त चिनेको छैन'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनमोल केसी अभिनित फिल्म 'क्याप्टेन' हेरेपछि उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्। बुधवार फिल्म हेर्न  बिग मुभिज पुगेका थिए प्रधानमन्त्री ओली। अभिनेता भुवन केसीको विशेष निमन्त्रणामा होली मनाउँदै फिल्म हेर्न पुगेका उनले केसीका पुत्र अनमोललाई भने नचिनेको बताए। उनलाई अनमोलको अभिनयबारे प्रश्न गर्दा अनमोल नभइ फिल्मको पात्र ईसान मात्र चिनेको बताएका थिए। 'अनमोल केसी त चिनेको…

    विस्तृतमा पढ्नुस्

  • मोदीको जीवनमा आधारित बायोपिकको ट्रेलर सार्वजनिक, लोकसभा निर्वाचन अघि प्रदर्शनमा आउने

    मोदीको जीवनमा आधारित बायोपिकको ट्रेलर सार्वजनिक, लोकसभा निर्वाचन अघि प्रदर्शनमा आउने

    भारतको लोकसभा निर्वाचनअघि प्रदर्शनमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित बायोपिक 'पीएम नरेन्द्र मोदी'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा मोदीलाई राजनेताका रुपमा प्रस्तुत गरिएको छ। विवेक ओवरोय फिल्ममा मोदीको भूमिकामा देखिएका छन्। ट्रेलरमा मोदीको बाल्यकाल, इन्दिरा गान्धीविरुद्धको आन्दोलन, संघ कार्यकर्ताको भूमिका, गुजरातका मुख्यमन्त्री हुँदाका झलक समेटिएका छन्। फिल्ममा मोदीले 'चियावाला' बाट  भारतको प्रधानमन्त्री बन्न गरेको संघर्ष समेटिएको बताइएको छ। यद्यपि,…

    विस्तृतमा पढ्नुस्

  • विदेशी फिल्म बिहीबार नै प्रदर्शनमा, निर्माता संघ भन्छ 'विदेशी फिल्म पनि शुक्रबार नै रिलिज हुनुपर्‍यो'

    विदेशी फिल्म बिहीबार नै प्रदर्शनमा, निर्माता संघ भन्छ 'विदेशी फिल्म पनि शुक्रबार नै रिलिज हुनुपर्‍यो'

    काठमाडौं: यो साता शुक्रबार दुई नेपाली फिल्म प्रदर्शनमा छन् 'कागजपत्र' र 'प्रेमलीला'। नेपाली फिल्म प्रदर्शन अगावै बिहीबार नै दुई बलिउड फिल्म भने नेपाल प्रदर्शनमा आएको छ। अक्षय कुमार अभिनित 'केसरी' र 'मर्दको दर्द नहीँ होता'ले मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा अत्याधिक सो पनि पाएको छ। 'केसरी'लाई १५ र 'मर्दको दर्द नहीँ होता'लाई ४ सो पाएको छ। समिक्षात्मक प्रतिक्रियाले पनि 'केसरी'लाई प्रतिक्षित बनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • होली खेलेको हेर्ने क्रममा घरको छतबाट खस्दा बालक घाइते

    होली खेलेको हेर्ने क्रममा घरको छतबाट खस्दा  बालक घाइते

    दाङः होली खेलेको हर्ने क्रममा घरको छतबाट खसेर एक बालक घाइते भएका छन्। आज बिहान शान्तिनगर गाउँपालिका-३ पातेटाकुरा घर भई हाल तुलसीपुर उपमहानगरपालिका ९ अमृतटोल बस्ने गौरी केसीका १२ वर्षीय छोरा विप्लव केसी घाइते भएको प्रहरीले जानकारी दिएको छ। छतबाट होली खेलेको हेर्ने क्रममा एक्कासि खसेका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर पठाइएको छ। समानताको पर्व होली…

    विस्तृतमा पढ्नुस्

  • १० रुपैयाँ तिरेर किन्न पाइने त्रिशुलीको शेयर खुल्यो, प्रधानमन्त्री ओलीले दिए पहिलो आवेदन

    १० रुपैयाँ तिरेर किन्न पाइने त्रिशुलीको शेयर खुल्यो, प्रधानमन्त्री ओलीले दिए पहिलो आवेदन

    काठमाडौँः जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले आजबाट प्राथमिक शेयर निष्कासन गरेको छ। कम्पनीको शेयरमा पहिलो आवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन्। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले शेयर आवेदन भरेका हुन्। कम्पनीले प्रति कित्ता सय रुपैयाँको दरमा सर्वसाधारणको लागि छुट्टाएको ३७ लाख ५ हजार कित्ता मध्ये १० प्रतिशत अग्रिम रूपमा शेयर निष्कासन गरेको हो। जनताको जलविद्युत कार्यक्रमको उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • पेस्तोल देखाउँदै होलीको दिनमा एक सय २० तोला सुन लुटियो

    पेस्तोल देखाउँदै होलीको दिनमा एक सय २० तोला सुन लुटियो

    सिन्धुलीः कमलामाई नगरपालिका -६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले एक सय २० तोला सुन लुटेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान सुरु भइरहेको जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र तत्कालै केही भन्न नसकिने उनको भनाई छ। सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो घटना भएकामा चिन्ता व्यक्त गर्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell