सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा चितुवा र ध्वाँसे चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो। ५ नम्बर प्रदेशको अपराध अनुसन्धान समूहको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र अपराध अनुसन्धान समूहको संयुक्त टोलीले कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ ऐरी चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको जिल्ला…
काठमाडौँः भूमि व्यवस्था मन्त्रालयले कित्ताकाट व्यवस्थित गर्न ल्याएको नयाँ निर्देशिकाले घरजग्गाको कारोबार ठप्पजस्तै भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालबाट गत पुस २७ गते जारी भएको निर्देशिकाले घरजग्गाको कारोबार ठप्प भएको हो। जग्गाको कित्ताकाट गर्न स्थानीय तहले सिफारिस गरेका छैनन्,‘ मालपोत कार्यालय लगनखेलका मालपोत प्रमुख सुवोध खनालले भने, ‘स्थानीय तहको सिफारिस बिना मालपोत कार्यालयबाट कित्ताकाट हुँदैन।…
डोल्पाः डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन्। प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उक्त घटनामा संलग्न थापा फरार भई काठमाडौँमा लुकिछिपी बस्दै आए पनि केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश विष्टले जानकारी दिए। विभिन्न तथ्यका…
काठमाडौँ: पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको…
लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगा लगातार साट्टौँ खेल जित्ने क्रममा गएराती लेगानेसलाई ३-१ ले पराजित गरेको छ। घरेलु मैदानमा बार्सिलोनाका लागि ओसमान डेम्बेले, लुइस सुअरेज र लियोनल मेसीले एक-एक गोल गरे। वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेसीले इन्जुरी टाइममा गोल थपेका थिए। त्यसअघि ३२औँ मिनेटमा डेम्बेले र ७१औँ मिनेटमा सुअरेजले गोल गरेका थिए। लेगानेसका लागि ५७औँ मिनेटमा ब्रेइथवेइटले…
प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटी र तेस्रो स्थानको टोटनहम हट्सपर विजयी भएको छन्। सिटीले हडर्शफिल्डलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी ४ मा झारेको छ। जितपछि सिटीले लिभरपुलमाथि दवाव कायम राखेको छ। सिटीका लागि डानिलो, रहिम स्टर्लिङ र लरेय सानेले एक-एक गोल गरे। जितपछि २३ खेलबाट सिटीको ५६ अंक छ। समान खेलबाट…
रत्ननगरः चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ। गएराति ११ः२५ बजे ना ३ ख १८३ नम्बरको ट्रक अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए।…
लमहीः दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ। सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले छ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताए। आफूसहित डा जनार्दन पन्थी, डा विनोद सिंह, डा मीनचन्द्र अधिकारी, डा पदमराज अधिकारी, डा प्रशंसा सिंह मात्रै रहेको उनको भनाइ छ। यीबाहेक १० विशेषज्ञको दरबन्दी खाली…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीट्जरल्याण्ड भ्रमण अवधिभर उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ। स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्। संविधान बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकेकी छन्। रासस
काठमाडौँ : लामो समयदेखि बिरामी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्। ज्वरो आएर अस्पताल पुर्याइएकी उनलाई धापाखेलस्थित सुमेरु अस्पतालको आइसीयूमा राखिएको छ। उनलाई आइतबार बिहान भर्ना गरिएको थियो। डाक्टर युवराज शर्माका अनुसार उनलाई केही दिन अगाडिदेखि सञ्चो् थिएन। शनिबार पुल्चोकको सुमेरुमा स्वास्थ्य जाँच गरेर फर्किए पनि राति पुन: ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो। डा…
वीरगंज : एक दिन अघि मात्र विशाल गोल्डकपको उपाधि जितको त्रिभुवन आर्मी क्लब सिमरामा जारी दशौं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतवार भएको विभागीय डर्बी भिडन्तमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ४- २ गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो। सिमरा रंगशालामा भएको खेलमा आर्मीले दुई पटक पछि परेको अवस्था उल्टाउदै जित निकालेको हो। आर्मीलाई जित दिलाउन टंक बस्नेतले…
काठमाडौँ : नेपाल तेक्वान्दो संघले जापानको टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलकुदका तेक्वान्दोको प्रारम्भिक छनोट गरेको छ। सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट ओलम्पिकका लागि ३ पुरुष र २ महिला खेलाडी छनोट गरेको छ। आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीको प्रारम्भिक छनोट गरिएको तेक्वान्दो संघका प्रवक्ता दिपक विष्टले जनाएको छन्। छनोटमा नेपाल प्रहरी क्लबका खेलाडीको वर्चस्व रहेको छ। ५ मध्ये…
काठमाडौँ : थाइल्याण्ड टि-२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ। समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो। थाइल्याण्डमा शनिबार सम्पन्न फाइनल खेलमा थाइल्याण्डसँग ७० रनले पराजित भएपछि उपाधि जित्तबाट बन्चित भएको हो। शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियालाई ९२ रनले हराएको थियो। त्यस्तै…
काठमाडौं: संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष बालानन्द पौडेललाई सिफारिस गरेको छ। परिषद्को आइतवार बसेको बैठकले पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्ष सिफारिस गरेको हो। त्यसैगरी राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदीलाई सिफारिस गरेको छ। मधेशी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरेको जनाएको छ। प्रमुख प्रतिपक्षी दलको नेताको…
काठमाडौं : 'सोसल मिडिया फिल्म अवार्ड २०७५'को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ। फिल्म निर्देशक संगीता श्रेष्ठ, व्लगर/ सम्पादक केपी ढुङ्गाना र फिल्म सम्पादक, एनिमेटर करण थापाको निर्णायक मण्डलले १२ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरेको हो। 'ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स'ले आयोजन गर्ने अवार्ड कार्यक्रम माघ २७ गते हुने भएको छ। कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष एवं छायाँकार सवनम मुखिया, चलचित्र…
काठमाडौं : गायक विशाल निरौलाको नयाँ गीत सार्वजनिक भएको छ। 'नामसारी' बोलको गीतमा विशालसँगै शशी रावलले पनि स्वर दिएकी छिन्। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा र्याप नवराज र राजेन्द्र भट्ट मिस्टर आर. जे.ले लेखेका हुन्। गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आर. जे. फिचर्ड छन्। राहुल बराईलीले निर्देशन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन्।
उमेश श्रेष्ठ/सविन ढकाल - ‘निर्मलाको हत्यारा पत्ता लागिसक्यो, चाँडै नै सार्वजनिक गर्दैछौँ’, रक्षामन्त्री ईश्वर पोखरेलले मंसिर २२ गते ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा सम्बोधन गर्दै गर्वका साथ भाषण गरे। उनले हत्यारालाई विधिसम्मत ढंगले सार्वजनिक गर्ने तर राजनीतिको ध्येय बोकेकाहरू छाता ओढाउन आउँछन् कि भन्ने डर भएको समेत बताए। त्यसअघि प्रहरीले काठमाडौँबाट पक्राउ परेका कञ्चनपुरका किशोर प्रदीप रावलले निर्मलाको बलात्कार…
काठमाडौं : चितवनमा 'गोपी' टिमले फिल्मसँग मिल्ने पात्र भेटेका छन्। फिल्म प्रचारका लागि मोफसल पुगेका टिमले गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन्। फिल्मले गाई व्यवसाय गर्ने एमए पढेका एक युवकको कथा बोल्छ। 'गोपी'का मुख्य अभिनेता विपिन कार्कीसहितको टिमले ढकालको गाई फर्म पनि भिजिट गरे। ढकालले फिल्मको ट्रेलरसमेत हेरिसकेको निर्माण टिमले जनाएको छ। एकपटक पनि हलमा फिल्म हेर्न नगएका ढकालले टिमलाई गोपी हेर्ने…
पारस खड्का- युएईविरुद्धको सिरिजको लागि तयारी राम्रो भएको छ। खेलाडीहरुले रेगुलर क्रिकेट खलिरहेका छन्। त्यो एउटा एडभान्टेज छ। यो हाम्रो दोस्रो ओडिआई सिरिज हो र हामी पहिलो सिरिज जित्न चाहन्छौँ। अरु ५० ओभरको खेलहरु नभइरहेको अवस्थामा हामी यो अवसरलाई सदुपयोग गर्न चाहन्छौँ। १६ खेलाडीको स्क्वाएड लिएर युएई जाँदैछौँ। हामी आगामी टी-२० वर्ल्डकप क्वालिफायरको लागि तयारी हुन र युवा खेलाडीहरुलाई ग्रुम…
काठमाडौं : १२ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई वार्डमा सारिने भएको छ। इलामबाट काठमाडौँ ल्याए लगत्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसियूमा उपचाररत उनलाई आज वार्डमा सारिने भएको हो। उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था जोखिममा रहेको बताउँदा बताउँदै पनि केसीकै आग्रहमा आइसियू बेडको अभाव नहोस् भन्दै बेडमा सर्न लागेका हुन्। उनले आइसियू बेडको अभावमा सर्वसाधारलाई उपचार गर्न समस्या नपरोस…