काठमाडौँ : नेपालमै पहिलो पटक दुई दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले दोस्रो संस्करणको काठमाडौँ क्रिकेट लिग (केसीएल) लाई दुइ दिवसीय फर्म्याटमा संञ्चालन गर्न लागेको हो। झन्डै ४ वर्ष अघि २०१५ मा काठमाडौँमा ५० ओभरको फर्म्याटमा पहिलो संस्करणको काठमाडौँ क्रिकेट लिग आयोजना भएको थियो। अहिले त्यही नाममा दुई दिवसीय प्रतियोगिताको घोषणा भएको हो। हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजना…
काठमाडौँ : काठमाडौं महानगरपालिका-१ भाटभटेनी सडक छेउको इनारमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। बा.३० प २६४८ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई सडक छेउको इनारमा खसेको थियो। मोटरसाइकलमा दुई जना सवार थिए। मोटरसाइकल चालक बारा कोहल्बी नगरपालिका-१ घर भई हाल काठमाडौं बसुन्धारा बस्ने २२ वर्षीय राजदेव चौधरीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलमा बसेका २३ वर्षीय शरमा गुप्ताको भने शिक्षण अस्पताल महाराजगञ्जमा…
काठमाडौं: फिल्म सम्बन्धी अध्यापन गराइने स्कुल कान्तिपुर फिल्म एकेडेमीले विद्यार्थीहरुले बनाएका सर्ट फिल्म प्रदर्शन गरेको छ। एकेडेमीले उक्त दिन नै दोश्रो दीक्षान्त कार्यक्रम पनि सम्पन्न गर्यो। कार्यक्रममा फिल्म एक्टिङ र मेकिङमा एक बर्षे डिप्लोमा कोर्ष सकाएका २६ जना विद्यार्थी दीक्षित भए। दीक्षित भएका विद्यार्थीहरुले बनाएको ९ फिल्महरु प्रदर्शन गरिएको थियो। हेम प्रभासको ‘द मास्क’, दिपेश याक्सोको ‘तिम्मक’, रीमा थापाको ‘व्युत्क्रमो’, उदय अधिकारीको…
काठमाडौँः २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट नेशनल ट्रेडिङ परिसरमा रहेको आयल निगमको जग्गामा पाल हालेर बस्दै आएको प्रहरीलाई ठाउँ खाली गर्न निगमले पत्राचार गरेको छ। टहरामा बसेको प्रहरीलाई उक्त ठाउँ पनि खाली गर्न पत्राचार भएपछि प्रहरी कहाँ बस्ने अनिश्चित छ। भूकम्पपछि हनुमानढोकाबाट महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखा टेकु सरेका थिए। पढ्नुस्ः प्रहरीकै यस्तो बेहाल, सेवाग्राहीलाई सकस भूकम्पका कारण बबरमहलमा रहेको कार्यालय…
गौशालाः भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मंगलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैलाई प्रहरीले पक्राउ गरेको…
कावासोतीः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र वारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन्। काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८७९७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ग ३१० नम्बरको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ। अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको…
काठमाडौँः मगलबार रातिदेखि उपत्यकामा पानी गरेपछि चन्द्रागिरिमा हिउँ परेको छ। यस वर्षको हिउँदामा चन्द्रागिरिमा दोस्रोपटक हिउँ परेको हो। उपत्यकाको नजिकको गन्तव्य विगतमा ओझेल परे पनि केबलकार सञ्चालनपछि आन्तरिक पर्यटकको संख्या बढेको छ। विगत केही वर्षदेखि राजधानीबासीलाई हिउँ खेल्ने वैकल्पिक स्थानका रुपमा चन्द्रगिरि विकासित हुँदै गएको छ। तस्विरहरुः चन्द्रागिरि हिल्सको फेसबुक पेज
काठमाडौँः भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए। चिकित्सकले दाहाललाई दुई/तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल निवासमा आराम गरिरहेका छन्। कार्यवाहक प्रधानमन्त्री ईश्वर…
काठमाडौँः उपत्यकासहित देशका अधिकांश भू–भागमा पानी परेको छ। उपत्यकासहित मध्यपश्चिम र पश्चिमी भू–भागमा पानी परेको छ। हिमाली भेगहरुमा पनि वर्षा र हिउँ परेको छ। पूर्वी क्षेत्रमा पनि वर्षात् हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण रूपमा बदली हुनेछ। पश्चिमसहित मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा पनि पानी गर्ने महाशाखाले जनाएको छ। बुधबार राति…
काठमाडौँः सप्तरीमा प्रहरीको इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ। प्रगतिशील तराई मुक्ति मोर्चाको संयोजक बताउने दीपेन्द्र जैसवाल इन्काउन्टरमा मारिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी हरि पालले बताए। डिआइजी पालले भने, 'गस्तीमा रहेका प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी फायरिङमा मृत्यु भएको हो।' जैसवालको टाउकोमा गोली लागेको छ। केही दिनअघि सप्तारीमा प्रहरी हवल्दारमाथि गोली प्रहार गरी जैसवाल फरार रहेको प्रहरीको…
काठमाडौँ : माछापुच्छ्रे र अन्नपूर्ण पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मुल्पानीको माथिल्लो मैदानमा भएको खेलमा माछापुच्छ्रेले सगरमाथालाई १० विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियव। सगरमाथाकी विमला राईले नटआउट ४८ रन जोडिन्। जवाफमा माछापुच्छ्रेले ११ ओभरमा कुनै विकेट…
यो वर्षको अस्कर अवार्डका लागि विदेश भाषाको फिल्मको विधामा पाँच देशका फिल्महरु छनौट भएका छन्। नोमिनेसनमा परेका फिल्महरुमा मेक्सिकोको 'रोमा' पनि रहेको छ जसले कूल १० वटा विधामा नोमिनेट हुन सफल भएको छ। नेटफ्लिक्समा रिलिज भएको यो ब्ल्याक एन्ड ह्वाइट फिल्म उत्कृष्ट फिल्म र अभिनेत्रीमा समेत मनोनयनमा परेको छ। त्यसैगरी लेबनानको क्यापरनाउम, पोल्यान्डको कोल्ड वार र जर्मनीको नेभर लुक अवे…
काठमाडौँः सामान्य प्रशासन मन्त्रालयका उपसचिव लक्ष्मी निरौला चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ। आज नयाँ बानेश्वर संसद् भवन अगाडि अज्ञात समूहले उपसचिव निरौला चढेको बा २ झ ४१२६ नम्बर गाडी तोडफोड गरेका हुन्। कार्यालय समय सकेर फर्किँदै गर्दा गाडीमा ढुङ्गा प्रहार भएको उपसचिव निरौलाले बताए। अज्ञात समूहले पटक पटक गाडीमा ढुङ्गा प्रहार गरेका थिए। '१० जना भाइहरू जस्ताको समूह आयो। हेर्दा हेर्दै आफ्नै…
काठमाडौँ : नयाँ बसपार्कमा प्रहरीले आज एक जना माथि गोली प्रहार गरेको छ। काभ्रेपलान्चोकका अभिलास तामाङ माथि प्रहरीले गोली चलाएको हो। हातहतियार सहित उनी आएको जानकारी पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। त्यहाँ पुग्नासाथ प्रहरीमाथि गोली चलाएकाले जवाफी फायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। डिएसपी बोगटीले भने, 'होटेलमा एक युवक हतियारसहित बसेका छन् भन्ने खबर आयो। हामी होटेलको…
काठमाडौँ: भिआइपी व्यक्तिको नाटक गर्दै ठगी गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बाग्लुङ वडीगार्ड गाउँपालिका वडा नम्बर ८ बस्ने ४२ स्नेहा भन्ने सरिताकुमारी रानालाई पक्राउ गरेको छ। रानाले मेरो परिवार लन्डनमा छ भनी पोखरा लेखनाथ महानगरपालिका विभिन्न स्थान बस्ने विभिन्न चिनजानका व्यक्तिहरूलाई घर जग्गा खरिद गर्न, जग्गासँग घर साटी दिने जस्ता विभिन्न प्रलोभन देखाउने…
काठमाडौं: फिल्म प्रचारका लागि 'रणवीर' टिम यतिखेर चितवन पुगेको छ। फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का, सुपुस्पा भट्ट, निर्माता गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीले चितवनमा साक्षात्कार कार्यक्रम पनि गरेको छ। सुपुस्पा र शुभेच्छाको यो डेब्यू फिल्म हो। गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको अभिनय छ।…
काठमाडौँ : नेपालको राष्ट्रिय महिला फुटबल टिमले आगामी फेब्रुअरी दोस्रो साता भारतमा चार राष्ट्र सम्मिलित फुटबल प्रतियोगिता खेल्ने भएको छ। नेपालमै हुने साफ महिला च्याम्पियनसिपको तयारीको रुपमा नेपालले यो प्रतियोगिता खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। प्रतियोगिता फेब्रुअरी ७ देखि १७ सम्म भारतको भुवनेश्वरमा हुनेछ। जहाँ भारत र नेपालसँगै श्रीलंका र म्यानमारले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ।…
हलिउड फिल्म 'बोहिमियन रप्सोडी'ले वर्ल्ड बक्स अफिसमा सर्वाधिक व्यापार गरेको छ। बेलायती रक ब्यान्ड ‘क्वीन’का लिड भोकलिस्ट फ्रेडी मर्क्युरीमाथि बनेको बायोपिकले विश्व रेकर्ड तोडेको हो। २०१८ मा रिलिज भएको फिल्मले जापानमा हाल सम्म सर्वाधिक ८८.६ मिलियन डलर कमाइसकेको छ। यस्तै, फिल्मले दक्षिण कोरियामा ७६ मिलियन डलर कमाइसकेको छ। क्वीनको घर बेलायतमा भने 'बोहिमियन रप्सोडी'ले ६६.३ मिलियन डलर कमाएको छ। हलिउडमा एउटा…
काठमाडौं : सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ। सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गएका थिए। सभामुखले भने, 'आज माननीय सदस्यहरुले गल्ती गर्नुभयो, मैले बैठकै सुरु गरेको छैन।' तर कांग्रेस सांसदहरुले त्यसलाई वास्ता गरेनन्। कांग्रेस र सत्तारुढ दलका सांसदबीच ठेलमठेल भयो। रोष्टम…
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आइसी अवार्डमा क्लिनसिप गरेका छन्। कोहलीले तीन ठूला व्यक्तिगत अवार्ड जितेका हुन। यस्तै टेष्ट र ओडिआई टिम अफ दि इअर दुवैमा पर्ने दुई खेलाडीमध्ये एक रहेका कोहली दुवैको कप्तान समेत चुनिएका छन्। कोहली सर गार्फिल्ड सोबर्स प्लेअर अफ दि इअर, टेष्ट प्लेअर अफ दि इअर र ओडिआई प्लेअर अफ दि इअर अवार्ड एकै पटक जित्ने…