काठमाडौंः संक्रमणकालिन न्याय प्रक्रियामा ढिलाई भएको भन्दै संयुक्त राष्ट्र संघसहित पश्चिमा मुलुकहरुले चासो व्यक्त गरेका छन्। विहीवार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले पीडितहरुको केन्द्रमा राखेर समस्याको समाधान गर्नसमेत सुझाब दिएका छन्। संक्रमणकालिन न्याय प्रक्रियालाई टुंग्याउन गठन भएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद सकिन १७ दिन बाँकी छँदा राष्ट्र संघको नेपाल कार्यालयले काठमाडौं स्थगित युरोपियन…
काठमाडौं : आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ लाख ७४ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ। संस्थाले जम्मा निष्कासनको ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी ६ लाख २९ हजार ९ सय ७० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि निष्कासन…
काठमाडौं: नेपाल आइडल पहिलो सिजन'को शीर्ष ६ बाट बाहिरीएका गायक सुरज थापाले नयाँ गीत सार्वजनिक गरेका छन्। हालै, उनले 'हे बरै आएन परदेशी'बोलको गीत सार्वजनिक सार्वजनिक गरेका छन्। सुरजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शकले रुचाएका छन्। उनले आफ्ना परिवारलाई भिडियोमा फिचर्ड गराएका छन्। गीतको भिडियोलाई उनले नै निर्देशन गरेका हुन्। कोहलपुर चिसापानीतिरको गाउँमा गीतको भिडियो छायाँकन गरिएको हो। गीतमा…
निर्माण सुरु भएदेखि नै विवादमा परेको फिल्म हो 'मणिकर्णिका : द क्वीन अफ झाँसी'। फिल्ममा अभिनेत्री कंगना रनावतको मुख्य अभिनय छ। बलिउडमा प्रतिक्षित मानिएको फिल्म माघ ११ गतेदेखि प्रदर्शनमा आउँदै छ। 'पद्मावत' प्रदर्शन ताका फिल्मलाई करनी सेनाले बहिस्कार गरेको थियो। सेनाले 'मणिकर्णिका'को पनि विरोध गर्दै आइरहेको छ। फिल्ममा झाँसीकी रानीलाई गलत तरिकाले प्रस्तुत गरिएको र इतिहासलाई तोडमोड गरेको आरोप सेनाको छ। सेनाले फिल्म…
अच्युत रेग्मी- काठमाडौँ: तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन? खोज्नुभएको छ भने सावधान! घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेको छ। मङ्सिर १२ गते चक्रपथ चल्ने बा२ख ३९२४ नं को भाडाको मिनीबसमा पाकेट मार्न खोज्दा समातिएका…
१६ औं पटकको सत्याग्रहको १६ औं दिनमा त्रिवि शिक्षण अस्पतालवाट तपाईँहरूलाई यो पत्र लेखिरहेको छु । यतिबेला मैले २०६९ असार २१ को पहिलो अनशन सम्झिरहेको छु। त्यसपश्चात वितेका झण्डै ७ वर्षमा चिकित्सा क्षेत्रको सुधार गर्ने र सुधारको प्रयासलाई रोक्ने बीचको संघर्ष नै विगतका १५ वटा सत्याग्रह हुन्। यस बीचमा जतिपनि संघर्षहरू भए त्यसमा मेरो कुनै व्यक्ति, कुनै समुह, कुनै दल…
काठमाडौं: फिल्म 'शुभ लभ'को टाइटल गीत सार्वजनिक भएको छ। फिल्मको 'शुभ लभ' बोलको सार्वजनिक भएको हो। गीतमा फिल्मका मुख्य अभिनेता हरिहर अधिकारी र क्रिस्टिन पौडेल फिचर्ड छन्। गायक निशान भट्टराई र मिना सिंहले गाएको गीतमा अर्जुन पोख्रेलको शब्द र संगीत छ। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ। गीतमा रेनिश फागोको रंग संयोजन छ। बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेको फिल्मलाई…
काठमाडौं : सामान्य विवादमा सर्वसाधरणलाई निर्धात रुपमा कुटपिट गर्ने दुई प्रहरी जवान निलम्वनमा परेका छन्। बागलुङमा कार्यरत जवान प्रेम विष्ट र बुद्ध थापालाई निलम्वन गरिएको हो। पीडितसँगको सहमति अनुसार कारबाही भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी दीपक रेग्मीले बताए। गत पुस २९ गते राति करिब साढे ९ बजेतिर (बागलुङ) गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई सामान्य भनाभन हुँदा जवानद्वयले…
तीर्थ भट्टराई- डाभोस प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवर्द्धन0 र संरक्षण गर्न बहुलवादिता तथा कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिएका छन्। स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्च अन्तर्गत ‘विश्वका आर्थिक नेताहरुको अनौपचारिक भेला’मा प्रधानमन्त्री ओलीले उक्त कुरामा जोड दिएका हुन्। “हामीले थाहा पाएजस्तै विश्व व्यापार अन्त्य भएको हो त” भन्ने प्रश्न उक्त…
सुर्खेतः जुम्ला परेको हिमपातमा कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। सोमबारदेखि लगातार परेको हिउँमा परी जुम्ला सिंजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको मृत्यु भएको हो। पटमारादेखि जोडु जानेक्रममा नाकुल्ली लेकमा हिउँ र हावाहुरीका साथै हिमतुफानमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीका अनुसार बुढा पटमाराबाट राडीपाखी बेचविखन गर्न गाउँ जाने क्रममा मृत्यु भएको हो। बुढाका साथमा…
गलकोटः सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ। पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारवाहीका लागि दुबै जनालाई निलम्बन गरिएको प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले…
प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी इएफएलकपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा ब्रुटन अल्विओनलाई समग्रा १०-० ले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो। पहिलो लेगमा सिटी ९-० ले विजयी भएको थियो। गएराति भएको दोस्रो लेगमा सिटीले ब्रुटनलाई १-० ले पराजित गरेको हो। ब्रुटनको मैदानमा सिटीलाई जिताउन २६औँ मिनेटमा सर्जियो अगुएरोले रियाद महारेजको पासमा गोल गरेका थिए।
स्पानिस कोपा डेल रे'मा बार्सिलोना पराजित भएको छ। क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनालाई सेभियाले २-० ले पराजित गरेको हो। नियमित कप्तान लियोनल मेसीबिनै मैदान उत्रेको बार्सिलोनाले दुबै गोल दोस्रो हाफमा खाएको थियो। घरेलु मैदानमा सेभियाका लागि पाब्लो सराबिया र विसम वेन इडरले दोस्रो हाफमा गोल गरे। बार्सिलोनाले दोस्रो हाफमा लुइस सुअरेज र फिलिप काउटिन्होलाई मैदान प्रवेश गराए पनि गोल गर्न सकेनन्। जेरार्ड पिकेको…
काठमाडौं : ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठन भएको छ। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन भएको घोषणा गरिएको हो। नेपालमा दुई जिम्न्याष्टिक संघ अस्तित्वमा थिए। नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधानलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहलाई राष्ट्रिय मान्यता थियो। दुवै पक्षसंग छलफल गरी…
काठमाडौं: फिल्म 'सयकडा दश' माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो। यहि मितिमा अन्य दुई नेपाली फिल्मले रिलिज टार्गेट गरेका छन्। 'गोपी' र 'रणवीर' प्रदर्शनमा आउने दुई फिल्महरु हुन्। 'सयकडा दश'ले भ्रष्टाचार भर्सेस प्रेमको कथा समेटेको बताइएको छ। उता, दीपेन्द्र लामा निर्देशित 'गोपी'ले एमए पढेर गाई पालनमा सक्रिय एक युवाको कथा समावेश गरेको छ। 'रणवीर'ले प्रेम द्वन्द्व एवं समाजको विसंगतीलाई देखाउन खोजिएको बताइएको…
काठमाडौँ : युएई विरुद्ध ओडिआई र टी२०आई क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलवार दुबई पुगेको थियो। बुधवार नेपाली टोलीले पहिलो पटक अभ्यास समेत गरेको छ। नेपाल र युएईबीच ३ ओडिआई र ३ टी २०आई हुनेछ। यही शुक्रवार नेपाल र युएईबीच पहिलो ओडिआई खेल हुँदैछ। गत मार्चमा पहिलो पटक ओडिआई मान्यता पाएपछि नेपालले दवस्रो पटक ओडिआई सिरिज खेल्न लागेको…
काठमाडौँ : धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी माघ २६ गतेबाट धनगढीमा हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले मान्यता दिएको छ। एकेडेमीले बुधबार एक विज्ञप्ति जारी गर्दै तेस्रो संस्करणको प्रतियोगितालाई आइसीसीले मान्यता दिएको जनाएको हो। एकेडेमीका अध्यक्ष सुवाश शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा आइसीसीको मान्यतासँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ। देशकै पहिलो खेलाडी…
काठमाडौं: फिल्म 'बद्री बहादुर' बन्ने भएको छ। शोभित बस्नेतको निर्देशनमा फिल्म बन्ने भएको हो। फिल्ममा बस्नेत पुत्र सलोनको मुख्य अभिनय रहनेछ। निर्माण टिम माघ ११ गतेदेखि छायाँकनमा जाने बताइएको छ। ए.बि. पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरमा बन्ने फिल्ममा छुल्ठिम गुरुङ, जय किसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसीलगायतको अभिनय रहनेछ। फिल्ममा सलोनसँगै अभिनेत्री पुजा शर्माको…
काठमाडौँ : नेपाल र युएईबीच यही शुक्रवारदेखि ३ खेलको ओडिआई र ३ खेलको टि२०आई सिरिज हुँदैछ। यो सबै ट खेलको प्रत्यक्ष प्रशारण हुने भएको छ। युएईको अनलाइन दि नेशनल डट एईका अनुसार युएईको एमिरेट्स क्रिकेट बोर्डले सबै खेलहरु सामाजिक सञ्जालबाट लाइट स्ट्रिम गर्ने जनाएको छ। Ahead of @EmiratesCricket's bilateral series with Nepal, @PaulRadley provides all the info you need, including…
बलरहरुको उत्कृष्ट प्रदर्शन अनी शिखर धवनको अर्धशतक मद्दतमा भारतले न्यूजिल्याण्ड विरुद्धको पहिलो एकदिवसीय ८ विकेटले जितेको छ। जितपछि भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता समेत लिएको छ। नैपरस्थित म्याकलेनमा भएको खेलमा भारतले डीएलएस मेथडमा प्राप्त १५६ रनको लक्ष्य ३४.५ ओभरमा पुरा गरेको हो। सुरुमा भारतले ५० ओभरमा जितका लागि १५८ रनको लक्ष्य पाएपनि खराब मौसमका कारण खेल एक ओभर…