PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

  • सन्दीपको मेडनसहित ३ र सोमपालको खातामा ४ विकेटले नेपालको सम्भावना बलियो

    सन्दीपको मेडनसहित ३ र सोमपालको खातामा ४ विकेटले नेपालको सम्भावना बलियो

    काठमाडौं : नेपाली बलर सन्दीप लामिछानेले १५ औं ओभरमा मेडन सहित ३ विकेट लिएपछि दुवईमा जारी तीन एक दिवसीय खेलमा नेपालको पहिलो जितको सम्भावना बढेको छ। व्यक्तिगत दोस्रो ओभरमा लामिछानेले लगातार तीन विकेट लिएपछि युइईले ७ विकेट गुमाउँदै ५७ रन बनाएको छ। त्यस अघिका ४ विकेट सोमपाल कामीले आफ्नो खातामा पारिसकेका छन्।  टस जित्दै ब्याटिङ रोजेको नेपालले ५० ओभर पूरै…

    विस्तृतमा पढ्नुस्

  • कस्तो छ कंगना रनावतको मनिकर्निका? समीक्षकहरुको ग्रिन सिग्नल

    कस्तो छ कंगना रनावतको मनिकर्निका? समीक्षकहरुको ग्रिन सिग्नल

    झाँसीकी रानीको ऐतिहासिक कथामा बनेको फिल्म मनिकर्निकाले समीक्षकहरुको राम्रो साथ पाएको छ। कंगना रनावतको अभिनय र हिरोइज्मलाई पनि समीक्षकहरुले खुलेर प्रशंसा गरेका छन्।  भारतको गणतन्त्र दिवश पारेर रिलिज भएको फिल्मले बक्स अफिसमा कति कमाउँछ त्यो बेग्लै विषय हो। तर, कंगना रनावत 'हिरो' को रोलमा छिन् जुन बलिउड फिल्महरुमा हम्मेसी देख्न पाइन्न। २ घन्टा २८ मिनेट लामो फिल्ममा पहिलो हाफ क्यारेक्टर…

    विस्तृतमा पढ्नुस्

  • ब्याटिङ सुधारेको नेपालको खेल बराबरीमा ल्याउने अपेक्षा

    ब्याटिङ सुधारेको नेपालको खेल बराबरीमा ल्याउने अपेक्षा

    काठमाडौं : कमजोर ब्याटिङका कारण पहिलो खेल गुमाएको नेपालले युएईमा जारी तीन एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा २ सय ४३ रनको सम्मानजनक चुनौती पेश गरेको छ। पहिलो खेल गुमाएपछि तीन खेल हुने प्रतियोगितामा नेपाल युएईसँग १-० मा रहेको छ। आज नेपालले युएईलाई रोक्न सक्यो भने बराबरी जितसँगै खेल थप रोचक हुने छ। दुवईमा आज दोस्रो ओडिआईमा टस जित्दै नेपालले ब्याटिङ रोजेको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान

    नेपाली महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान

    काठमाडौँ : पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ। विश्वकै नेत्रहीन महिला क्रिकेट टिम बनाउने पहिलो देशको रुपमा रहेको नेपाल पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा ५ खेलको सिरिज खेल्न पाकिस्तान लागेको हो। भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा कूल १५ खेलाडी छन्। यस्तै प्रशिक्षकमा रिजन प्रजु छन्। टी-२० फर्म्याटमा खेलाइने सिरिजका…

    विस्तृतमा पढ्नुस्

  • एनभिए अवार्डमा आर्मी र एपीएफको वर्चस्व, धनबहादुर भट्ट र सरस्वती चौधरी वर्ष खेलाडी

    एनभिए अवार्डमा आर्मी र एपीएफको वर्चस्व, धनबहादुर भट्ट र सरस्वती चौधरी वर्ष खेलाडी

    काठमाडौं : नेपाल भलिबल संघ एनभिएले आयोजना गरेको एनभिए अवार्डमा विभागीय टोली त्रिभुवन आर्मी र एपीएफको वर्चस्व रहेको छ। एनभिएले शुक्रवार आयोजना गरेको अवार्ड कार्यक्रममा आर्मी र एपीएफले समान ४ अवार्ड जितेको हो। आर्मीको पुरुष भलिबल टिम वर्षको उत्कृष्ट घोषित हुँदा आर्मीकै धन बहादुर भट्ट पुरुष वर्ष खेलाडी घोषित भए। यस्तै आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा हुने महिला फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टोली घोषणा

    काठमाडौँ : भारतको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ सम्म हुने महिला फुटबल प्रतियोगिताको लागि नेपाल् टोलीको नाम घोषणा भएको छ। निरु थापाको कप्तानीमा शुक्रवार २३ सदस्यीय टोलीको नाम सार्वजानिक गरिएको हो। बन्द प्रशिक्षणमा रहेको ३० खेलाडीबाट अन्तिम टोली घोषणा भएको हो। साफ च्याम्पियनसिपको तयारीका लागि हुन लागेको प्रतियोगितामा नेपाल र घरेलु टोली भारतसहित म्यानमार, र श्रीलंकाको सहभागिता रहने छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीले प्रयोग गर्ने औषधिको असर जनतामा परेको केसीको दावी, अनशन यथावत रहने

    प्रम ओलीले प्रयोग गर्ने औषधिको असर जनतामा परेको केसीको दावी, अनशन यथावत रहने

    काठमाडौं : डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग गरेका छन्। प्रधानमन्त्रीको निर्णय क्षमता, उहाँले प्रयोग गर्नुहुने औषधिले उहाँमा पारेको असर जनताले भोग्न परेको भन्दै राजिनामा दिनुपर्ने बताएका हुन्। 'प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मुल्य राष्ट्रले चुकाइरहन पर्नु दुर्भाग्यपूर्ण कुरा हो,' केसीले वक्तव्यमा भनेका छन्। आज जबर्जस्ती…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेसको ७ बुँदे विश्लेषण : सरकारको अधिनायकवादी आकांक्षाको खुलासा

     नेपाली कांग्रेसको ७ बुँदे विश्लेषण : सरकारको अधिनायकवादी आकांक्षाको खुलासा

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदमा भएको घटनालाई 'अधिनायकवादी आकांक्षाको' खुलासा भएको जनाएको छ। आजको घटनालाई लिएर कांग्रेसले सात बुँदे धारणा सार्वजनिक गरेको छ। जसको पहिलो बुँदामा नै भनिएको छ - 'सरकार र यसको नेतृत्वले आफूभित्र जतनले राखेको अधिनायकवादी आकांक्षालाई आजको घटनाले खुला उजागर गरेको छ।' विपक्षी रहित राज्यप्रणाली हुनुपर्छ भन्ने शास्त्रीय विश्वासप्रति सत्तारुढ दलको निष्ठा पुष्टि भएको आरोपसमेत…

    विस्तृतमा पढ्नुस्

  • चिनजानकै व्यक्तिबाट अपहरण, श्रीमतीले पैसा बुझेपछि अपहरणकारी बालिका छोडेर फरार!

    चिनजानकै व्यक्तिबाट अपहरण, श्रीमतीले पैसा बुझेपछि अपहरणकारी बालिका छोडेर फरार!

    काठमाडौं : थापाथलीस्थित प्रसुती गृहकी डाक्टर बविता शाहकी दुई वर्षीया छोरीको अपहरणपछि सहकुशल उद्धार गर्न प्रहरी सफल भएको छ। बालिका अपहरणमा परेको करिब ७ घण्टापछि प्रहरीले काठमाडौँको गौशालाबाट बालिकाको उद्धार गरेको हो। आज बिहान कोटेश्वरको खरिबोटस्थित शाहको घरबाट बालिका अपहरणमा परको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले जानकारी दिए। घरमा कोही नभएको मौका छोपी अपहरणकारीले बालिकाको अपहरण गरेका हुन्। बालिकाको उद्धार…

    विस्तृतमा पढ्नुस्

  • पहिलो ओडिआई : नेपाल युएईसँग ३ विकेटले पराजित

    पहिलो ओडिआई : नेपाल युएईसँग ३ विकेटले पराजित

    काठमाडौँ : ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपाल पहिलो ओडिआईमा युएईसँग ३ विकेटले पराजित भएको छ। आमिर हायत र इमरान हैदरको अलराउण्ड प्रदर्शनमा युएईले खेल जित्दै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। नेपालले दिएको ११४ रनको सामान्य लक्ष्य युएईले ३२.१ ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाउदै पूरा गरेको हो। २०औँ ओभरमा ७३-७ को अवस्थामा रहेको युएईलाई जित दिलाउन…

    विस्तृतमा पढ्नुस्

  • यी एकमात्र सांसद जसले विधेयकको विपक्षमा संसदमा उठाए हात

    यी एकमात्र सांसद जसले विधेयकको विपक्षमा संसदमा उठाए हात

    काठमाडौं : संसदको अधिकांश प्रक्रियामा भाग लिने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफलमा भाग लिएनन्। उनी छलफलमा भाग नलिएपछि पाँच मिनेट मै विधेयक पारित भएको थियो। ‘प्रमुख प्रतिपक्षी दलले नारावाजी गरिरहेको थियो। त्यस्तोमा मैले बोल्दा प्रष्ट हुँदैन थियो,’ सांसद सुवालले पहिलोपोस्टसँग भने, ‘तर मैले विरोधमा मत दिएँ। विरोधमा हात उठाउने म एक्लै थिएँ।’ उनले…

    विस्तृतमा पढ्नुस्

  • गणितीय शक्तिका आधारमा आवाज निषेध भयो : राप्रपा

    गणितीय शक्तिका आधारमा आवाज निषेध भयो : राप्रपा

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मुठभेडको शैलीमा आज संसदमा भएको सरकारको रवैयाँलाई संसदीय प्रजातन्त्रको मर्यादा विपरीत भएको जनाएको छ। आज प्रमुख प्रतिपक्षी दलको विरोधका वावजुद सरकारले राष्ट्रियक चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गर्‍यो र बहुमतले पारित पनि गरेको थियो। 'प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलको विरोधका वावजुद सरकारका तर्फबाट जबर्जस्ती ढंगबाट चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यले मुलुक मुठभेडको दिशामा अघि…

    विस्तृतमा पढ्नुस्

  • सभामुखले हडबड गर्दा भएको गडबड : हुन्न भन्ने पक्षको बहुमत कसरी भयो? 'चुस्त' भन्नुपर्ने ठाउँमा भने 'सुस्त'

    सभामुखले हडबड गर्दा भएको गडबड : हुन्न भन्ने पक्षको बहुमत कसरी भयो? 'चुस्त' भन्नुपर्ने ठाउँमा भने 'सुस्त'

    काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको आसनबाट कृष्णबहादुर महराले जालझेल गरेको आरोप लगाइरहँदा उनले शुक्रबार हडबडमा हतार हतार विधेयक पारित गर्ने प्रक्रिया अघि बढाए।  हडबड गर्दा गडबड पनि हुन गयो। केही गल्तीलाई उनले सच्याए, केही भने सच्याएनन्। यो संसदको रेकर्डमा गल्तीकै रुपमा अङ्कित हुने भयो।  प्रतिपक्षी सांसदहरुको विरोधका बीच संसदीय प्रक्रिया अघि बढाएका महरालाई हतार गर्नुपर्ने जरुरी थिएन। तर…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलकै सांसदले भनिन् : 'जिस की लाठी उस की भैंस' जस्तै भयो

    सत्तारुढ दलकै सांसदले भनिन् : 'जिस की लाठी उस की भैंस' जस्तै भयो

    काठमाडौं : सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले संसदमा मर्यादा विपरीत काम भएको प्रतिक्रिया दिएकी छिन्। 'मर्यादापालक लगाएर विधेयक पारित गराउनु सत्तापक्षको गल्ती भयो भने प्रक्रिया नै अवरुद्ध गर्नु प्रतिपक्षी दलको गल्ती हो,’ सत्ता पक्ष र प्रतिपक्ष दुवैको तर्फबाट संसदको मर्यादा विपरीत कार्य भएको बताउँदै यादवले पहिलोपोस्टसँग भनिन्, ‘दुवै दलमाथि हाम्रो विश्वास छैन।’ सांसद यादवले सत्ता पक्षको भूमिका हेर्दा त…

    विस्तृतमा पढ्नुस्

  • कोटेश्वरको घरबाट नै डाक्टर शाहकी दुई वर्षीया छोरीको अपहरण : ७ घण्टामा गर्‍यो प्रहरीले उद्धार

    कोटेश्वरको घरबाट नै डाक्टर शाहकी दुई वर्षीया छोरीको अपहरण : ७ घण्टामा गर्‍यो प्रहरीले उद्धार

    काठमाडौः अपहरणमा परेकी एक बालिकाको प्रहरीले उद्धार गरेको छ। थापाथलीस्थित प्रस्तुति गृहकी डाक्टर बविता शाहकी दुई वर्षीया छोरीको प्रहरीले उद्धार गरेको हो। आज बिहान कोटेश्वरको खरिबोट स्थित शाहको घरबाट बालिका अपहरणमा परको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले जानकारी दिए।  गौशालाबाट प्रहरीले सात घण्टापछि उद्धार गर्न सफल भएको छ। बालिकाको गौशला क्षेत्रबाट प्रहरीले उद्धार गरेको जनाएको छ। अहरणकारीको पहिचान…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र महतो भन्छन् : आफूलाई पर्दा अधिनायकवाद आफूले गर्दा लोकतन्त्र?

    राजेन्द्र महतो भन्छन् : आफूलाई पर्दा अधिनायकवाद आफूले गर्दा लोकतन्त्र?

    काठमाडौं : संसदको तेस्रो ठूलो तथा सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले प्रतिनिधिसभामा आज देखिएको दृष्य कुनै नौलो नभएको प्रतिक्रिया दिएका छन्। राजपा अध्यक्ष मण्डलका सदस्य महतोले यिनै दलहरुले नै यस्तो प्रक्रिया बसाएको आरोप लगाएका छन्। ‘आजको संसदमा जे भयो त्यो ठीक छैन। तर, यो पहिलो पटक भएको होइन। कहिले कांग्रेस त कहिले कम्युनिष्टले गर्दै…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा विधेयक पारितको विषयमा हेर्नुस् विरोधमा नेविसंघको प्रदर्शन

    चिकित्सा विधेयक पारितको विषयमा हेर्नुस् विरोधमा नेविसंघको प्रदर्शन

    काठमाडौँ : नेपाली कांग्रेसका सांसदहरूको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक सांसदबाट पारित भएको भन्दै कांग्रेसको विद्यार्थी सङ्गठन नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ। उनीहरूले सरकारको विरोध गरेका थिए। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस अगाडी विद्यार्थीहरूले विरोध जुलुस निकालेका थिए। विद्यार्थीको जुलुसको कारण केही समय घण्टाघर हुँदै चल्ने सवारी प्रभावित बनेका थिए। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसद्मा पेस गरेको विधेयक संसद्को बहुमतले पारित गरेको…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको जीवन रक्षा भन्दै जस्तो तस्तो बुँदामा हस्ताक्षर गर्दैनौं : शिक्षा मन्त्री

    गोविन्द केसीको जीवन रक्षा भन्दै जस्तो तस्तो बुँदामा हस्ताक्षर गर्दैनौं : शिक्षा मन्त्री

    काठमाडौं : चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राध्यापक डाक्टर गोविन्द केसीलाई धन्यवाद भनेका छन्। डाक्टर केसीले भनेझै विधेयक आएको  र यो विधेयकले चिकित्सा शिक्षा क्षेत्रको सुधार गर्ने भएकाले यसको कार्यन्वयनको लागि सहयोग गर्न डा केसीलाई आग्रह पनि गरे। चिकित्सा शिक्षा विधेयक पारित भएपछि राष्ट्रिय सभामा छलफल हुने उनले बताएका छन्। स्वास्थ्य अवस्थालाई ख्याल गर्दै अनशनलाई फिर्ता लिन समेत…

    विस्तृतमा पढ्नुस्

  • मर्यादापालकले पाखुरा समातेर रोष्ट्रम पुर्‍याए मन्त्रीलाई, पाँच मिनेटमै यसरी पास भयो विधेयक

    मर्यादापालकले पाखुरा समातेर रोष्ट्रम पुर्‍याए मन्त्रीलाई, पाँच मिनेटमै यसरी पास भयो विधेयक

    काठमाडौँ : शुक्रबार प्रतिनिधि सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गर्ने निर्णय गरिसकेको थियो।  त्यसैले बैठक अघि सभामुख कृष्णबहादुर महराले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका थिए। सँगै उनले नेताहरुसित पनि बैठक राखेका थिए।  महराले तपाईँहरुले अवरोध गर्ने स्थितिमा बैठक स्थगित हुन्छ भन्ने आश्वासन दिएका थिए। यसैलाई बैठकपछि सांसद गगन थापाले सभामुखले जालझेल गरेको पनि बताएका थिए। यो सँगै…

    विस्तृतमा पढ्नुस्

  • सरकार अधिनायकवाद शैलीमा अगाडि बढ्यो, सडक र सदनबाट विरोध : सभापति देउवा

    सरकार अधिनायकवाद शैलीमा अगाडि बढ्यो, सडक र सदनबाट विरोध : सभापति देउवा

    काठमाडौँ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले अधिनायकबाद शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गराको आरोप लगाएका छन्। नेपाली कांग्रेसका सांसदहरूको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक सांसदबाट पारित भएको छ। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसद्मा पेस गरेको विधेयक संसद्को बहुमतले पारित भएको हो। सभापति देउवाले भने, 'एकलौटी ढङ्गबाट जवर्जस्ती विधेयक पास भएको छ। कुनै सहमतिबाट पास गर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell