काठमाडौं : 'नेपाली सिनेमा स्क्रिप्ट राइटिङ कम्पिटिसन–३' मा सुनील गुरुङको ‘द गिफ्ट’ प्रथम भएको छ। उनले उपाधिसँगै नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उनले लेखेको स्क्रिप्टमा माओबादी युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेशा रोज्ने युवतीबीचको प्रेमकथा समेटिएको छ। ग्रिन हिल्स इन्टरटेनमेन्ट र न्यू नेपाली सिनेमाले विजेता घोषणा गरेको हो। कार्यक्रममा फिल्म निर्माता छविराज ओझा, माधव वाग्ले तथा…
काठमाडौँः चीनको भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ। भेटमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले नयाँ विचार सिजिङपिङ विकास गरी चीनलाई नयाँ उचाईमा पु¥याएकोमा खुसी व्यक्त गरे। आफू दुबै पटक प्रधानमन्त्री हुँदा अघि सारिएका छलफल र समझदारीलाई स्मरण गर्दै अध्यक्ष प्रचण्डले ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्गलाई…
काठमाडौँः सरकारले संविधान दिवसका अवसरका ५१८ जनालाई विभिन्न मानपदवीबाट विभूषित गरेको छ। समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै सरकारले विभूषित गरेको हो। गृह मन्त्रालयको सूची अनुसार पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न पदक दिइएको छ। यस्तै क्रिकेटर सन्दीप लामिछानेले प्रबल जनसेवा श्रीबाट विभूषित गरिएको छ। सुप्रवल जनसेवा श्रीबाट सरकारका सात सचिव विभूषित भएका छन्। DV.load("https://www.documentcloud.org/documents/4905830-Bibhushan-Ghoshit-Namawali-2075.js", { responsive: true, height: 1000, pdf: false,…
काठमाडौँः मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या बुधबार बिहानसम्म छ जना पुगेको छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन्। उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए। उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए। मलेसियास्थित सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उनले बताए। सोही अस्पतालमा…
काठमाडौँः त्रिभुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ। मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९ करोड ६ लाख २८ हजार आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी…
काठमाडौँः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले चाडवाड सुरु हुनुअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेका हुन्। “चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ, ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न सक्दैनौँ”, विज्ञप्तिमा भनिएको छ…
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेकी छन्। सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्, “सामाजिक आर्थिक विकासलाई गति…
युएईमा भइरहेको एसिया कप क्रिकेटको समूह ए को खेलमा भारतले हङकङलाई २६ रनले पराजित गरेको छ। उक्त जितपछि एक-एक खेल जितेका भारत र पाकिस्तानले एकआपसमा खेल्नुअघि नै सुपर फोरमा स्थान बनाइसकेका छन् भने लगातार दुई खेल हारेको हङकङ बाहिरिएको छ। भारतले दिएको २८६ रको लक्ष्य पछ्याएको हङकङले उत्कृष्ट ब्याटिङ गरेपनि ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो।…
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गरेकी छन्। सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले मंगलबार प्रमाणीकरण गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन्। प्रमाणीकरण भएका विधेयकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५’, ‘सुरक्षित मातृत्व तथा…
काठमाडौँः विभिन्न अभियोगमा एसएसपीसहित ४९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले चार महिनाको अवधिमा निलम्बन गरेको छ । गत वर्षको यही चार महिनामा भने ६४ जना प्रहरीहरू निलम्बनमा परेका थिए। यसरी निलम्बित हुनेहरूमा २ एसएसपी समेत थिए। गत वैशाखमा ३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनीलाई अदालतले थुनामा पठाएसँगै निलम्बनमा परेका थिए। उच्च अदालत विराटनगरले जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै…
वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले इन्जुरी टाइममा गोल गरेपछि युरोपियन्स चयाम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुले फ्रेन्च क्लब पीएसजीलाई ३-२ ले पराजित गरेको छ। समूह सी अन्तर्गत भंएको खेलमा ड्यानिएल स्टुरिज र जेम्स मिलनरले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा २-० को अग्रता दिलाएका थिए। तर थोमस मुनिएर र किलियन एम्बाप्पेले गोल गरेपछि पीएसजी खेलमा पर्किएको थियो। खेल बराबरीतर्फ अगाडी बढिरहेको बेला फिर्मिनोले…
कप्तान लियोनल मेसीले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिग २०१८-१९ को सिजनमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। दोस्रो हाफमा १० खेलाडीमा झरेको स्पानिस क्लब बार्सिलोनाले समूह बी को खेलमा डच क्लब पिएसभी आइन्होभनलाई ४-० ले हरायो। बार्सिलोनाको जितमा मेसीले ह्याट्रिक गर्दा उसमान डेम्बेलेले एक गोल गरे। खेलको ३१औँ मिनेटमा मेसीको फ्रिकिक गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। ७५औँ मिनेटमा डेम्बेले र ७७औँ…
क्वालालम्पुरः ‘यति चाँडो यस्तो भयो,’ मलेसियाको सुनगाइ बुलोह अस्पतालमा मंगलबार दिउसो मृत्यु भएका एक नेपालीकी श्रीमती भन्दै थिइन्। मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु हुनेको संख्या १५ पुगिसकेको छ। अझै १५ जना अस्पतालमा उपचाररत छन्। मृत्यु हुने मध्ये एक जना नेपाली छन्, आइते सिंह गोले। मंगलबार दिनभर अस्पतालको शवगृह अगाडि पतिको मृत शरीर बुझ्नका लागि पखाईमा थिइन् उनकी श्रीमती ३७ वर्षीया…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकमा ‘पल्सर’ मोटरबाइक हुने भएको छ। ए डिभिजन लिगको लमागि मंगलवार एक कार्यक्रमकाबीच हंसराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा र एन्फाका मार्केटिङ म्यानेजर तथा रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईले सम्झौतामा हस्ताक्षर गरे। एन्फाले लिगको प्रायोजन र मार्केटिङको अधिकार…
काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता नलिए दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुला नगर्ने चेतावनी दिएका छन्। नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ती जारी गर्दै ४८ घण्टाभित्र मूल्य वृद्धि फिर्ता नगरे बुकिङ खुलाउन नहुने जनाएको छ। यसअघि यातायात व्यवस्था विभाग र महासंघको बीचमा ४ गतेसम्म सबै तयारी सकेर ५ गतेबाट अग्रिम बुकिङ खुलाउने सहमती भएको थियो। सरकारले सोमबार…
सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० वर्ल्ड कपको क्वालिफायर अन्तर्गत एसिया क्षेत्रको पहिलो चरणको छनोटका लागि प्रारम्भिक नेपाली टोलीको नाम सार्वजनिक भएको छ। आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनोट समितिले १८ खेलाडी छनोट गरेका हुन्। उक्त सूचीमा शरद भेषावकर, शहाब आलम र दिपेश श्रेष्ठले पनि स्थान बनाएका छन्। यस्तै राष्ट्रिय ६ोलीका…
काठमाडौँ : ३३ किलो सुन प्रकरणमा थुनामा रहेका एसपी विकासराज खनाललाई रिहा गर्न अदालतले आदेश दिएको छ। उच्च अदालत विराटनगरले मंगलवार एसपी खनाललाई साधरण तारिकमा रिहा गर्ने आदेश दिएको हो। न्यायाधीशद्वय नागेन्द्र लालकर्ण र खिलबहादुर कार्कीको इजलासले आदेश दिएको हो। सुन प्रकरणमा गत चैतमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले गत वैसाख ११ गते खनाललाई पक्राउ गरेको थियो।
काठमाडौँ : संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन्। त्यसैगरी नेपाली सेनाका होमलाल श्रेष्ठ द्वितीय, सेनाकै हरिकुमार रिमाल तृतीय र सेनाकै खगेन्द्र भाट चौथो भए। पुरुषतर्फ मात्र प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगिताको विजेताले रु ५०, दोस्रोले ३०, तेस्रोले २० र चौथोलाई १० हजार प्रदान गरियो। म्याराथनमा तीन विभागीय…
काठमाडौं : फिल्म 'प्रसाद'को लिरिकल भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले पहिलो प्रचार अस्त्रको रुपमा फस्टलुक पनि सार्वजनिक गरेको छ। टिमले गणेश शाहीको शब्द, सुवाष भुषालको संगीत, केतन क्षत्रीको स्वरमा 'लै लै' बोलको लिरिकल भिडियो सार्वजनिक गरेको हो। भिडियोमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत फिचर्ड छन्। फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्। गीतमा फिल्मका पोस्टर नै प्रयोग गरिएको छ।…
काठमाडौँ : बीसीसीआईको आयोजनामा भारतको लखनउमा भइरहेको क्वाड्राङगुलर यू-१९ वान डे सिरिजमा नेपाल चौथो भएको छ। चार टोली सहभागी सिरिजमा नेपालले लिग चरणमा अफगानिस्तानलाई पराजित गरेको थियो। तर तेस्रो स्थानको लागि मंगलवार भएको खेलमा त्यही अफगानिस्तानसँग ७१ रनले पराजित भएपछि नेपाल अन्तिम भएको हो। रियाद हसनले अलराउण्डर प्रदर्शन गर्दै शतक बनाउनका साथै ४ विकेट लिएपछि लगातार दोस्रो पटक अफगानिस्तानलाई हराउने…