PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • एसिया कप : लगातार दुई खेल हारेपछि श्रीलंका बाहिरियो, अफगानिस्तान र बंगलादेश सुपर फोरमा

    एसिया कप : लगातार दुई खेल हारेपछि श्रीलंका बाहिरियो, अफगानिस्तान र बंगलादेश सुपर फोरमा

    समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग पराजित भएपछि श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरिएको छ। गएराती सम्पन्न खेलमा अफगानिस्तानले श्रीलंकालाई ९१ रनले पराजित गर्दै ५० ओभरको क्रिकेटमा श्रीलंका विरुद्ध पहिलो जित हात पारेको हो। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। श्रीलंका बाहिरिएपछि अफगानिस्तान र बंगलादेश समूह चरणको खेल खेल्नुअघि नै सुपर फोरमा प्रवेश गरेका छन्। आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न २ नेपाली खेलाडी पोल्यान्ड प्रस्थान

    वर्ल्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न २ नेपाली खेलाडी पोल्यान्ड प्रस्थान

    काठमाडौं : पोल्याण्डमा हुने वर्ल्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले सहभागीता जनाउने भएका छन्। च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली सोमवार पोल्यान्डको पोड्लस्का प्रस्थान गरेको छ। सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५६ केजीमा गणेश रानाभाट तथा महिला ५३ केजीमा मनीषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन्। टोली नेतामा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी तथा…

    विस्तृतमा पढ्नुस्

  • साइक्लिङ खेलाडी स्व. नारायणगोपाल महर्जनको परिवारलाई विमा रकम हस्तान्तरण

    साइक्लिङ खेलाडी स्व. नारायणगोपाल महर्जनको परिवारलाई विमा रकम हस्तान्तरण

    काठमाडौं : साइक्लिङ खेलको राष्ट्रिय च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना विमा रकम सोमवार हस्तान्तरण गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंग इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको एक वर्षको लागि विमा गरेको थियो। स्व. नारायण पनि एसियाडका लागि छनोट भएका खेलाडी थिए। उनको एसियाडमा सहभागी हुनु पूर्व गत जेठ ३० गते श्रीलंकाको कोदामामा…

    विस्तृतमा पढ्नुस्

  • किम र मुनबीच शिखर वार्ताको तयारी पूरा : विश्वमा आज

    किम र मुनबीच शिखर वार्ताको तयारी पूरा : विश्वमा आज

    दुर्इ कोरियाली नेता भेट्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इन उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि मंगलवार प्योङयाङ पुग्दैछन्। दुर्इ नेताबीच हुन लागेको यो तेस्रो शिखर वार्ता हो। पहिला भएका वार्ताहरु दुर्इ राष्ट्रको सीमामा रहेको पानमुनजोममा भएको थियो।  प्योङयाङमा हुने शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुनुका साथै कोरियाली प्रायद्वीपलाई…

    विस्तृतमा पढ्नुस्

  • फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल  तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो। यो मूल्य बढेपछि प्रतिलिटर पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३…

    विस्तृतमा पढ्नुस्

  • बुढानिलकण्ठ नापी कार्यालयका नापी सर्वेक्षक कुँवर घुस सहित पक्राउ

    बुढानिलकण्ठ नापी कार्यालयका नापी सर्वेक्षक कुँवर घुस सहित पक्राउ

    काठमाडौँ: हातिगौंडाबाट सोमबार एक जना नापी सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।    आयोगको टोलीले बुढानिलकण्ठ नापी कार्यालयका नापी सर्वेक्षक सुरेन्द्र कुँवरलाई पक्राउ गरेको हो। नापी कुँवरले जग्गाको हाल साबिक मिलाइदिने भन्दै सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्था पक्राउ गरेको हो।   

    विस्तृतमा पढ्नुस्

  • दर खाने दिन दुई दिदी बहिनीमाथि भएको एसिड आक्रमणको अभियोगमा कुरुवा नै समातिए

    दर खाने दिन दुई दिदी बहिनीमाथि भएको एसिड आक्रमणको अभियोगमा कुरुवा नै समातिए

    काठमाडौं : दर खाने दिन दुई दिदी बहिनीमाथि एसिड हालेको अभियोगमा प्रहरीले रामबाबु पासवानलाई पक्राउ गरेको छ। रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा भएको एसिड प्रकरणमा प्रहरीले पासवानलाई पक्राउ गरेको हो।  काठमाडौं प्रहरीले पासवानलाई पक्राउ गरी रौतहट पठाएको हो। भदौ २६ गते राति रौतहटका १८ वर्षीया सम्झना दास र सुस्मिता दासलाई राति एसिड प्रहार भएको थियो। पासवानको घटनामा संलग्नता देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायरको सबै तयारी पुरा

    एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायरको सबै तयारी पुरा

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले आगामी बुधवारबाट काठमाडौँमा सुरु हुने एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायरको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ।  सन् २०१९ मा हुने एएफसी यू-१६ च्याम्पियनसिपअन्तर्गत क्वालिफायरको समूह ई का खेलहरु नेपालमा हुन लागेको हो। प्रतियोगिता खेल्ने सम्पुर्ण टोली नेपाल आइपुगेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। समुह इ मा घरेलु टोली नेपालसँगै फिलिपिन्स, म्यानमार र…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगका लागि एपीएफको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

    ए डिभिजन लिगका लागि एपीएफको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

      काठमाडौँ : सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्।  ‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ। उनलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो। तामाङले यसअघि थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।  ‘ए’ डिभिजन लिग यही असोज १३…

    विस्तृतमा पढ्नुस्

  • सौरभकी आमाको प्रश्नः दुई तिहाईको सरकारसँग न्याय दिने क्षमता छैन?

    सौरभकी आमाको प्रश्नः दुई तिहाईको सरकारसँग न्याय दिने क्षमता छैन?

    काठमाडौँः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा  एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको मृत्यु आत्महत्या नभएर हत्या भएको आफन्तले दाबी गरेको छ। रिपोर्टर्स क्लबमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरूलाई उन्मुक्ति दिएको र प्रमाणहरू नष्ट गरेको भन्दै सडक आन्दोलनको घोषणा समेत गरेको छ। मृतकका बुबा अर्जुन उप्रेतीले छोराको हत्यामा संलग्न अपराधीलाई कानुन अनुसार कारबाही गर्न सरकार असफल भएको आरोप लगाए। मृतक उप्रेतीकी आमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एयरलाइन्सको एक म्यानमा दुई तरबार : कहिलेसम्म अटाउलान?

    नेपाल एयरलाइन्सको  एक म्यानमा दुई तरबार : कहिलेसम्म अटाउलान?

    काठमाडौं : नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सोमबार सामाजिक सञ्जालमा केही प्रश्नहरु उठाए। छोटो भूमिकासहित उनले गरेको प्रश्न नेपाल एयरलाइन्समा ल्याइएका कार्यकारी अध्यक्षको विषयमाथि थियो। स्टाटसमा उनले सत्ताको चरित्रलाई पनि थोरै ब्यङ्ग्य गरे। लेखे - 'सत्तामा बस्नेहरूलाई सायद पुराना कुरा सम्झिने फुर्सद हुँदैन। नत्र वायुसेवा निगममा सुगतरत्न कंसाकार अध्यक्ष र केबी लिम्बु एमडी हुँदाको रडाको बिर्सेर फेरि कार्यकारी अध्यक्ष र…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो जेष्ठ खुल्ला राष्ट्रिय ब्याड्मिन्टन बुधवारदेखि

    तेस्रो जेष्ठ खुल्ला राष्ट्रिय ब्याड्मिन्टन बुधवारदेखि

    काठमाडौँ : जेष्ठ ब्याड्मिन्टन एकेडेमीले आयोजना गर्दै आएको जेष्ठ खुल्ला राष्ट्रिय ब्याड्मिन्टनको तेस्रो संस्करण यही बुधवारदेखि सुरु हुँदैछ। चार दिनसम्म बसुन्धारास्थित एकेडेमीको आफ्नै कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न ९ विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। जसअनुसार पुरुष र महिला एकल खुल्ला, पुरुष युगल खुल्ला र पुरुष युगल टप २० वरियता बाहेकका, यू-१५ महिला र पुरुष खुल्ला, मिश्रित युगल खुल्ला, मास्टर ३५…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाका समिति सभापतिको निर्वाचन आगामी शुक्रवार 

    प्रतिनिधि सभाका समिति सभापतिको निर्वाचन आगामी शुक्रवार 

    काठमाडौः सङ्घीय संसद् अन्तर्गतको तल्लो सदन प्रतिनिधि सभाका विषयगत समितिको सभापतिहरूको निर्वाचन आगामी शुक्रवार हुने भएको छ। आजको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले समिति सभापतिहरूको निर्वाचन ५ गते गर्न निर्देशन दिएका छन्। यसअघि दुई पटक मिति तय गरिए पनि दलहरूबिच सहमति नहुँदा सभापतिको निर्वाचन हुन सकेको थिएन।सभामुख महराले शुक्रवार बिहान ११ बजे निर्वाचनको व्यवस्था गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा भूमिको चार्म

    बलिउडमा भूमिको चार्म

    बलिउड फिल्म इन्डस्ट्रीमा अभिनेत्री भूमि पेडनेकरको चार्म छुट्टै छ। उनी अभिनत फिल्म संदेशमुलक र विषयवुस्तु बोकेका हुन्छन्। अहिलेसम्म उनले गरेका सम्पुर्ण फिल्मलाई दर्शकले रुचाएका पनि छन्। फिल्मकर्मी उनको अभिनयको खुलेर चर्चा गर्छन्। फिल्मको स्क्रिप्ट छनौटमा उनी निकै माहिर देखिन्छिन्। डेब्यू फिल्म 'दम लगाके हैसा'बाट उनले फिल्म फेयर अवार्ड नै पाइन्। दोश्रो फिल्म 'ट्वाइलेट एक प्रेमकथा' गरिन्। फिल्म व्यवसायिक रुपले सफल ‍भयो।…

    विस्तृतमा पढ्नुस्

  • सौर्य एयरलाइन्सको विमानमा ठोक्कियो चरा

    सौर्य एयरलाइन्सको विमानमा ठोक्कियो चरा

    काठमाडौं : सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ। काठमाडौंबाट विराटनगरका लागि उडेको ९ एन ए एम ई कल साइनको विमानमा चरा ठोक्किएको हो।  विमानको बायाँ इन्जिनमा चरा ठोक्किएका कारण विहान विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। विमानका दुईवटा पत्तीमा क्षति पुगेको छ। विमान मर्मतका लागि प्राविधिक टोली विराटनगर पुगिसकेका सौर्य एयरलाइन्सका मार्केटिङ म्यानेजर मुकेश खनालले जनाकारी दिए। खनालले भने, 'हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रधानमन्त्री ओलीको अरिंगाल अभिव्यक्तिमा छलफल

    संसदमा प्रधानमन्त्री ओलीको अरिंगाल अभिव्यक्तिमा छलफल

    काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो रक्षाका लागि अरिंगाल जस्तो जाई लाग्न नेता कार्यकर्ताहरूलाई दिएको निर्देशनको संसद्मामा चर्चा भएको छ।  प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आलोचना गर्दै जवाफ समेत माग गरेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद मिनाक्षी झाले प्रधानमन्त्रीको अरिंगाल जस्तो आक्रमण गर्नु भन्ने अभिव्यक्ति खेदपूर्ण रहेको बताइन्। उनले प्रधानमन्त्री जस्तो पदमा बस्ने व्यक्तिले…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा प्रधानमन्त्री ओलीले भने : प्रहरीको भरपर्दा दोषी पत्ता लगाउन ढिला

    निर्मला प्रकरणमा प्रधानमन्त्री ओलीले भने : प्रहरीको भरपर्दा दोषी पत्ता लगाउन ढिला

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन्। घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश नम्बर ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाका आमाबुबाको प्रधानमन्त्रीलाई प्रश्नः हामीले न्याय पाउने कि नपाउने?

    निर्मलाका आमाबुबाको प्रधानमन्त्रीलाई प्रश्नः हामीले न्याय पाउने कि नपाउने?

    काठमाडौंः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका आमा बाबुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्दै न्याय पाउने की नपाउने भन्दै प्रश्न गरेका छन्।  सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्यस क्षेत्रका सांसद तथा अधिकारकर्मीहरूसहित पुगेका उनीहरूले प्रधानमन्त्रीसँग यस्तो प्रश्न गरेका हुन्।  ‘कञ्चनपुरमा आन्दोलन गर्दा पनि न्याय पाएनौँ। त्यसैले काठमाडौँ आउन पर्यो‍। प्रधानमन्त्री ज्यू हामीले न्याय पाउने की नपाउने?’ निर्मलाकी आमा…

    विस्तृतमा पढ्नुस्

  • दशरथ रंगशालाबाट 'सहिद स्मारक ए डिभिजन लिग ट्रफी टुर' सुरु

    दशरथ रंगशालाबाट 'सहिद स्मारक ए डिभिजन लिग ट्रफी टुर' सुरु

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग ट्रफी टुर पहिलो पटक आयोजना गरेको छ। 'स्कोर अ गोल' नारा दिइएको उक्त ट्रफी टुर सोमवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्यक्रम गरेर सुरु गरियो। जहाँ एन्फा पदाधिकारी, नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जन लगायत खेलाडी र सेलेब्रेटीको उपस्थित थियो। झण्डै पाँच वर्षपछि फुटबलको मेरुदण्ड मानिने लिगको पुनरागमन गराउनै लाग्दा…

    विस्तृतमा पढ्नुस्

  •  बाल दिवसमा महिला फूटबल, मेडलसँगै स्यानिटरी प्याड पुरस्कार

     बाल दिवसमा महिला फूटबल, मेडलसँगै स्यानिटरी प्याड पुरस्कार

    सिराहा: बाल दिवसको अवसरमा आयोजित सिराहा जिल्ला, सुखीपुर जनता उ.मा.वि. मा छात्रा स्तरीय फुटबल कार्यक्रम सम्पन्न भएको छ। स्वदेशी लघुवित्त वित्तीय संस्थाले विद्यालयका महिला क्षात्राहरुको लागि प्रतियोगिता आयोजना गरेको हो। जसमा विजेता टोलीलाई मेडलसँगै स्यानिटरी प्याड वितरण गरियो। जनता उच्च मा.विमा सम्पन्न भएको महिला फुटबल कार्यक्रम त्यस क्षेत्रको इतिहासमै पहिलो कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापकले बताए। कार्यक्रममा भने,'प्रतियोगिताले सुखीपुर र यस विद्यालयमा नयाँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell