काठमाडौं : फिल्म 'बाँध मायाले' टिमले प्रचार अस्त्र नयाँ पोस्टर सार्वजनिक गरेको छ। दुई पोस्टरमा फिल्मका मुख्य अभिनेता आर्यन अधिकारी र सृष्टि श्रेष्ठ फिचर्ड छन्। टिम यतिखेर प्रचारमा निकै व्यस्त देखिन्छन्। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचार तीव्र पारेको हो। यो आयनको तेश्रो फिल्म हो प्रदर्शनको हिसाबले सृष्टिको पनि तेश्रो फिल्म। फिल्मबाट दुवै आशावादी छन्। उनीहरुका पछिल्लो फिल्म खासै…
काठमाडौं : पछिल्लो समय छवि धमिलिँदै गएपछि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कडा निर्देशन दिएका छन्। खनालले प्रहरी संगठनको नेतृत्व लिएयताका कञ्चनपुर प्रकरणदेखि भक्तपुर इन्काउन्टरसम्म नै प्रहरी नराम्ररी वद्नाम भएको छ। गत शनिवार घुससहित एकैसाथ नौ प्रहरी अख्तियारले पक्राउ परेपछि वद्नानम हुँदै गएको संगठनको छविमा अरु दाग लाग्यो। आइतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ भित्रका प्रहरीहरूलाई बिफ्रिङ गर्दै कडा कदम…
काठमाडौँ : भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन्। एशियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एसिया महादेशमा हुने अन्तर्राट्रिय भलिबल प्रतियोगिता खेलाउन पाउने नेपाल भलिबल सङ्घले जनाएको छ। एसियन भलिबल महासङ्घको आयोजनामा भदौ २० देखि ३१ गतेसम्म थाइल्याण्डमा सञ्चालन भएको एशियालीस्तरको रेफ्री कोर्ष पूरा गरेपछि केसी र गुरुङले अन्तर्राष्ट्रिय…
काठमाडौं : अहिले गायन रियालिटि सो ‘द भ्वाइस’ चर्चामा छ। गायन र प्रतिस्पर्धीसँगै चर्चामा छ निर्णायकहरुको लुगा। ‘द भ्वाइस’का निर्णायकहरु साथै प्रस्तोताले लुगा नफेरेको आरोप छ। जस बारे सामाजिक सञ्जालमा निकै टिका टिप्पणी भएको देखिन्छ। हालै सोका होस्ट सुशिल नेपालले एउटै ड्रेसका विषयमा आफ्नो मुख खोलेका छन्। निर्णायकको पहिरन कार्यक्रमको थिम अनुसार रहको उनले बताए। उनले तोकिएको एपिसोडमा एउटै प्रकारको ड्रेस लगाउनुपर्नेछ बताए।…
हारपर नेल्सन एक ९ वर्षीया बालिका हाल अस्ट्रेलियामा सर्वाधिक चर्चामा छिन्। उनले लिएको एक कदमले अस्ट्रेलियाली समाज दुर्इ भागमा विभाजित भएको छ। 'ब्रिस्बेन प्राइमरी स्कुल' मा भएको उक्त घटनाले अस्ट्रेलियामा ठूलो विवाद खडा भएको हो। हारपरले विद्यालयमा राष्ट्रिय गान बज्दा उठ्न अस्वीकार गरिन्। उनले अस्ट्रेलियाली राष्ट्रिय गानले त्यहाँ बसोबास गर्ने आदिवासीहरूको भावनाको अवमूल्यन गरेको भन्दै यो कदम लिएकी हुन्। उनले राष्ट्रिय…
काठमाडौँः बागजार पेट्रोल पम नजिकै आगलागी भएको छ। विद्युत् पोलमा विद्युत सर्ट हुँदा आगलागी भएको हो। बिहान करिब १० बजेतिर लागेको आगो जुद्ध वारुण यन्त्रको दमकलले निभाएको थियो।
काठमाडौं : विदेशमा अवार्ड गर्नेहरुको भिडमा पर्यो 'सुर्य ईन्टरनेशनल अवार्ड २०१८'। अवार्ड कार्यक्रम जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा सम्पन्न भयो। अवार्डका लागि नेपालबाट चार दर्जन कलाकार सहितको टोली जापान पुगेका थिए। १२ विधा र मास पपुलर विधामा अवार्ड वितरण गरियो। सुर्य अवार्डमा उत्कृष्ट फिल्म 'म यस्तो गित गाउँछु', उत्कृष्ट अभिनेता पल शाह र अभिनेत्री पुझा शर्मा भएका छन्। दर्शकले दिएका भोटका…
काठमाडौँ: केही समय अगाडि शंकर इलेक्ट्रिक इण्ड्रष्ट्रिजको सेयर बिक्री विषयमा बढेको विवादले सम्बन्धित कम्पनीका शेयरधनीलाई मात्र होइन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म खैलाबैला मच्चायो। कम्पनीका अध्यक्ष राम निरञ्जन जटिया र जीतबहादुर मगरबीच कम्पनीको मालिक त कि म? विवाद चरमोत्कर्षमा थियो। विवाद बढ्दै गएपछि उद्योगमन्त्री मात्रिका यादवले दुवै जनालाई उपस्थित गराउन कम्पनी रजिष्टारको कार्यालयलाई निर्देशन दिए। तर, मन्त्री यादवको निर्देशन कर्मचारीले…
साइक्याट्रिकहरु भन्ने गर्छन्, 'सबैभन्दा डरलाग्दा, खतरनाक मानसिक रोगीहरू त तथाकथित पोलिटिसियन्स र धर्मगुरु हुन्। जसको उपचार नर्कमा मात्र सम्भव छ।' मुभी स्टार होस् या पोलिटिसियन। साहित्यकार होस् या विजनेशम्यान, मानसिक रोगले कसैलाई छोड्दैन। यदि उनीहरूले आफ्नो जीवनशैली व्यस्थित बनाउन सकेनन् भने। मानसिक रोग बेलैमा उपचार नगरे अत्यन्तै खतरनाक हुन्छ। कतिपय मानसिक रोग उपचार गर्दासम्म लामो समयसम्म रहिरहन्छ। 'सिजोफ्रेनिया' त्यही मध्येको…
एसिया कप क्रिकेट अन्तर्गत आइतवार भएको समूह ए को खेलमा पाकिस्तानले एसोसिएट टोली हङकङलाई ८ विकेटले पराजित गरेको छ। हङकङले दिएको ११७ रनको सामान्य लक्ष्य पाकिस्तानले २३.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। पाकिस्तानका लागि ओपनर इमाम उल हकले नटआउट ५० रन बनाए। बाबर अजमले ३३ तथा फकर जमनले २४ रन योगदान गरे। दुवै विकेट हङकङका एहसान खानले लिए। त्यसअघि…
कञ्चनपुरः प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय प्रतिबन्धित गरिएको नोटसहित गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो। पक्राउ परेका भारतीय नागरिक सिंहलाई जाँच गर्दा भारतीय प्रतिबन्धित गरिएको रु ५०० दरको नोट रु दुई लाख बरामद गरिएको…
उर्लाबारीः मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च २०६३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना ४० प १९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार झापा, मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने ३० वर्षीय राजु कार्कीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक खोटाङ, रुपाकोट–मझुवागढी…
काठमाडौँः सरकारले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको बैठकले चालू आर्थिक वर्षका लागि एक लाख टन चिनीको कोटा निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। बैठकले नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारको योगदान पुर्याउने विभिन्न व्यक्तिलाई विभूषित गर्ने…
केन्याली धावक एलिउड किपचोगेले म्याराथनमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले बिएमडब्लु बर्लिन म्याराथनमा आइतवार २ घण्टा १ मिनेट ३९ सेकेण्डको टाइमिङ निकाल्दै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाए। ३३ वर्षीय एलिउडले यसअघि डेनिस किमीटोले बनाएको २ घण्टा २ मिनेट ५७ सेकेण्डको कीर्तीमान भन्दा १ मिनेट १८ सेकेण्डअघि म्याराथन सकाए। बर्लिनमै २०१४ मा डेनिसले विश्व कीर्तिमान बनाएका थिए। यस्तै केन्याकै…
काठमाडौँ : झण्डै पाँच वर्षपछि शहिद स्मारक ए डिभिजन लिग सुरु हुँदैछ। असोज १३ गतेबाट लिग हुँदैछ। उक्त लिगको विजेताले हात पार्ने ट्रफीको टुर गराइने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार राजधानीमा ट्रफी टुर गराउन लागेको हो। ‘स्कोर अ गोल’ नाम दिइएको ट्रफी टूरमा नेपालका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र सेलिब्रेटीहरुको समेत उपस्थिती रहने एन्फाले जनाएको छ। ट्रफी सुरुमा…
काठमाडौं : दशैं नजिकिँदै गर्दा ग्यासको आपूर्तिमा अवरोध आउन सक्ने नेपाल एलपि ग्यास उद्योग संघले चेतावनी दिएको छ। यसअघि सरकारलाई बुझाएको मागपत्र सम्बोधन नभएको भन्दै यथाशिघ्र सम्बोधनकालागि संघले ध्यानाकर्षण समेत गराएको छ। संघका अध्यक्ष गोकुल भण्डारीले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्यास ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानी व्यवसायीले पठाएको बताए। 'हाम्रो कारण भन्दा भारतीय ढुवानी व्यवसायीले आपूर्ति…
'सुपर टाइफुन मान्गखुट' संकट फिलिपिन्समा कहर मचाएको 'सुपर टाइफुन मान्गखुट' आँधी चीन प्रवेश गरेको छ। यसबाट हङकङ, गवाङडंगका साथै र उत्तरी क्षेत्र नराम्ररी प्रभावित भएका छन्। कयौं क्षेत्रहरु डुबानमा परेका अधिकारीहरुले बताएका छन्। त्यहाँ बाढी र पहिरोको जोखिम उच्च रहेको जनाइएको छ। चिनियाँ अधिकारीहरुले त्यस क्षेत्रमा बसोबास गदै आएका मानिसहरुलार्इ सावधानी अपनाउन र सुरक्षित स्थानमा जना आग्रह गरेको छ। फिलिपिन्सको…
काठमाडौं : नितु पण्डितको अध्यक्षतामा सञ्चारिका समूहको नयाँ कार्यसमिति निर्वाचित भएको छ। सातौं महाधिवेशनबाट पण्डितको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो। सञ्चारिकाको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी र कोषाध्यक्षमा सीमा शर्मा निर्वाचित भएका छन् । सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वशी बस्नेत, रुबी रौनियार, वसन्ती बास्तोला, सञ्चिता घिमिरे, कविता थापा र दुर्गा कार्की निर्वाचित भए। …
चार दिने चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घुमघाम जारी छ। उनले आज दिउँसो चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरे। अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गर्न पनि भ्याए। उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ। त्यसपछि सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान…
विज्ञान अधिकारी/अनन्तराज न्यौपाने - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टको फेसबुकमा शुक्रबार स्टाटससहित लेखिएको छ, ‘हेर्दैछु बुझ्दैछु! @ विराटनगर।' यो स्टाटससहित केही उद्योग अनुगमनको तस्विर समेत राखिएको छ। तस्विरमा विष्ट विभिन्न उद्योग अनुगमन गरिरहेका देखिन्छन्। विष्टले विराटनगर क्षेत्रको उद्योग अनुगमन गरेको दोस्रो पटक हो। यसअघि २५ दिनअघि भदौं १ गते नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक…