काठमाडौः होटेलमा मदिरा सेवनपछि विवाद गर्ने र एक ग्राहकलाई कुटपिट गर्ने होटेल सञ्चालक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले होटेल सञ्चालक धनपाल सरदार र उनका ४० वर्षीय छोरा बाबुचन र छिमेकी बिनोद सरदारलाई पक्राउ गरेको हो। भदौ २२ गते रातीको समयमा गस्ती खटिएको टोलीले बुढिगंगा गाउँपालिका वडा नम्बर १ स्थित कोसी राजमार्गमा सुनसरी हरिनगरा गाउँपालिका…
काठमाडौः दसैंका लागि बसको अग्रिम टिकट असोज ५ गते देखि खुल्ने भएको छ । यातयात व्यवस्था विभागमा आइतबार भएको छलफलमा यातायात व्यवसायी अग्रिम टिकट खोल्न सहमत भएका हुन्। छलफलमा व्यवसायीले भाडा समायोजन र समितिको बैंक खाता खोल्नुपर्ने शर्त राखेका थिए। तर विभागले बैक खाता खोल्न सम्वन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिने वित्तिकै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता…
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ खर्ब रुपैयाँ मागेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुर्नस्थापनाका लागि थप ६ खर्ब आवश्यक रहेको बताए। अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरुसँगको छलफलमा ज्ञवालीले चालु आर्थिक वर्षभित्रसम्ममा पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने बताउँदै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी…
काठमाडौँ : बंगलादेश फुटबल फेडेरेसनको आयोजनामा यही अक्टोवर १ देखि ढाकामा बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप हुँदैछ। त्यसका लागि डिफेण्डिङ च्याम्पियन समेत रहेको नेपालको टिम दर्ता भइसकेको छ। तर नेपालले दुई वर्षभन्दा अगाडी जितेको प्रतियोगिताको पुरा रकम नपाइसकेको कारण यस पटक खेल्ने वा नखेल्ने अझै दोधारमा छ। नेपालले अघिल्लो संस्करणमा पुरस्कारवापत जितेको ५० हजार अमेरिकी डलरमध्ये २५ हजार पाउन बाँकी छ। अब…
काठमाडौः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै दोषी रहेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले प्रारम्भिक अनुसन्धानमै प्रहरीले हेलचेक्रयाँई गरेको थाहा हुँदाहुँदै पनि कारबाही नगर्नु प्रधानमन्त्री र गृहमन्त्री दोषी भएको दाबी गरे।…
विराटनगर : ३३ किलो सुन प्रकरणमा थुनामा रहेका डिएसपी प्रजित केसीलाई रिहा गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। जिल्ला अदालत मोरङले थुनामै रहेर मुद्दाको कारवाही अघि बढाउन प्रारम्भिक आदेश दिएको थियो। उच्च अदालत विराटनगरले पुर्पक्षमा थुनामा रहेका केसीलाई साधारण तारेकमा रिहाको आदेश दिएको हो। आइतवार न्यायाधीश उमेशराज पौडेल र उमेश कुमार सिंहको इजलासले डिएसपी केसीलाई साधारण तारेकमा छोड्न आदेश दिएको हो। अदालतले…
काठमाडौं : भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ। आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो। लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो। एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा…
ईशान खत्तरको डेब्यू फिल्म 'धड्क'ले उनलाई चर्चामा ल्यायो। फिल्ममा उनीसँगै देखिएकी अभिनेत्री जान्वी कपुर नयाँ फिल्म गर्ने तयारीमा छन्। ईशान राम्रो स्क्रिप्टको पर्खाइमा छन्। हुन त उनले 'वियोन्द द क्लाउड्स' उनको पहिलो फिल्म हो। तर कमर्सियल हिसाबले 'धड्क'लाई उनी डेब्यू फिल्म मान्छन्। यो फिल्मले उनको जीवनमा परिवर्तन ल्याएको बताउँछन्। उनले भने 'म त्यस्तो व्यक्तिसँग काम गर्न चाहन्छु जो मलाई सजिलो…
काठमाडौं : फिल्म 'कप्टी' बन्ने घोषणा भएको छ। भ्याली फिल्म एकेडेमीको प्रस्तुतिमा बन्ने फिल्मको शुभ-मुहुर्त गरिएको छ। भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ लगायतको अभिनय रहनेछ। फिल्ममा मदन घिमिरेको छायाँकन रहनेछ। सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायाँकन गरिने निर्माण टिमले जनाएको छ।
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटरमै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। आज बिहान प्रधानमन्त्री ओलीले सभाको उद्घाटन गर्दै विश्वविद्यालयमा भएका अनियमितता छानविनका लागि दुईवटा समितिसमेत पनि गठन गरेका छन्। सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कूलपति ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने धारणासमेत राखे। ओलीले सुदुरपश्चिम विकासमा पछि पर्यो भनेर सधैं गीत मात्र गाएर अघि…
काठमाडौं : नेपाल उद्योग परिसंघ (सिएनआइ) का अध्यक्ष हरिभक्त शर्माले चितवन-काठमाडौं 'बुलेट ट्रेन' परियोजना अगाडि बढाउन सुझाव दिएका छन्। प्रदेशन नम्बर ३ का मूख्यमन्त्री लगायतसँगको अन्तर्कृया कार्यक्रममा शर्माले बुलेट ट्रेनको प्रस्ताव गरेका हुन्। सिएनआइले आइतबार प्रदेश नम्बर ३ को आर्थिक समृद्धिको मार्गचित्र भन्दै आयोजना गरेको कार्यक्रममा शर्माले समृद्धिको खाका कोर्न बुलेट ट्रेन बनाउनु पर्ने सुझाव दिएका हुन्। उनले आगामी पाँच…
काठमाडौं : निजगढ विमानस्थल निर्माणको विषयलाई लिएर बहस चर्किएकै बेला सत्ता साझेदार दलभित्रै पनि विवाद देखिएको छ। सत्ता साझेदर दल संघीय समाजवादी फोरमका सांसद सरिता गिरीले समेत रुख विवाद उठाएकी छिन्। विमानस्थल निर्माणको विषय बहसमा आए यता गिरीले संसदमा रुख कटानी गरेर विमानस्थल निर्माण गर्न नहुने तर्क गर्दै आएकी छिन्। फोरमबाट गिरीले संसदमा आवाज उठाएपछि राजपाका सांसदहरुले पनि उनलाई समर्थन…
काठमाडौँ : बीसीसीआईको आयोजनामा भारतको लखनउमा भइरहेको यू-१९ क्वाड्राङ्गुलर एकदिवसीय क्रिकेट सिरिजमा नेपालले अहिले अफगानिस्तानसँग खेलिरहेको छ। एकना इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेपनि पवन सराफले नटआउट ७८ रन बनाएपछि नेपालले १९० रनको लक्ष्य दिएको छ। सातौँ नम्वरमा ब्याटिङ गरेका पवनले ९६ बल खेल्दै १० चौका र १ छक्काको मद्दतमा नटआउट ७८ रन बनाए। ५०…
रोब म्याकग्रेगोर - हामी कार चढ्छौं। तर कतिपय अवस्थामा त्यसलाई नियमित मर्मत र स्याहार गर्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि हामी ढिला गर्छौं। हामीले ‘हाइपर-माइलर’का रुपमा काम गर्नु छ र अन्तिम थोपा इन्धनलाई पनि सदुपयोग गर्नु छ भने केही साधारण टिप्सहरुको पालना गर्नैपर्छ। तपाईंलाई थाहा छ यदि तपाईले आफ्नो गाडीलाई नियमित सेड्युलमा मर्मत र उचित स्याहार गर्नु भएन भने ३० प्रतिशतभन्दा…
काठमाडौं : फिल्म प्रचाका लागि निर्माण टिम विद्यालय, कलेज धाउने काम पुरानै भइसक्यो। तर पनि प्रचारका लागि कलेजमा पुग्ने गर्छन् अधिकांश नेपाली कलाकार। प्रदर्शनको तयारीमा रहेको फिल्म 'बाँध मायाले'का कलाकार पनि काठमाडौंका विभिन्न विद्यालय पुगेका छन्। फिल्मको प्रचार गर्न एवंम् विद्यार्थीसँग अन्तरक्रिया गर्न फिल्मका कलाकार आर्यन अधिकारी र सृष्टि श्रेष्ठ कलेज पुगेका हुन्। दुईजनासँगै फिल्मका निर्देशक सवीर श्रेष्ठ र कार्यकारी निर्माता…
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लामो समयदेखि संघीयतालाई आयतित एजेण्डाका रुपमा विरोध गर्दै आएका छन्। संघीयताको बहस सुरुवात भए यता नै केसीको संघीयताप्रति निरपेक्ष धारणा छ ‘संघीयता हाम्रो एजेण्डा हैन। यसलाई मुलुकले धान्न सक्दैन।’ संविधान निर्माण प्रक्रियामा संघीयता आवश्यक नरहेको फरक मत राख्दै प्रक्रियामा सामेल भएको केसीको पार्टी राष्ट्रिय जनमोर्चा अहिले पनि सदनमा छ। तर, केसीले आफ्नो एजेण्डा छाडेका छैनन्।…
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिडले एथ्लेटिको विल्वाओसँग बराबरी खेलेको छ। इस्कोले दोस्रो हाफमा गरेको गोल मद्दतमा रियलले विल्वाओसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। विल्वाओले घरेलु मैदानमा इकर मुनियनको गोलमार्फत ३२औँ मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको रियलका लागि ६३औँ मिनेटमा इस्कोले बराबरी गोल फर्काए। बराबरपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक…
मुस्फिकर रहिमको शानदरा शतक अनी उत्कृष्ट बलिङको मद्दतमा बंगलादेशले एसिया कपमा श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। युएईमा शनिबारबाट सुरु भएको प्रतियोगिताको समूह ए अन्तर्गत खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो। उसका लागि मुस्फिकरले १४४ रन बनाए। १५० बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे।…
काठमाडौँः प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागूऔषध कारोबारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल, मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी…
दोलखाः दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनर्निर्माणको काम अलपत्र परेको छ। क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीको कामसमेत अलपत्र परेको हो। कालिञ्चोक गाउँपालिका–४ को पत्राचार अनुसार ठेकेदारले क्रसर बन्द गरेका कारण माथिल्लो तामाकोशीका काम, दोलखा सिङ्गटी सडक निर्माण, भूकम्पपीडितको आवास निर्माण र एडिबीबाट दर्जनौँको सङ्ख्यामा विद्यालय निर्माण भइरहेका काम अलपत्र…