PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • दुई तिहाईको सरकारसामु न्याय माग्न सडकमा आउनु दुर्भाग्यपूर्ण : कमल थापा

    दुई तिहाईको सरकारसामु न्याय माग्न सडकमा आउनु दुर्भाग्यपूर्ण : कमल थापा

    धुलिखेल : राप्रपा अध्यक्ष कमल थापाले दुई तिहाइको सरकार भएको बेला न्यायका लागि जनता सडकमा चिच्याउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। आज पार्टीको धुलिखेलमा भएको काभ्रे जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा अपराधीलाई लुकाउने र ढाकछोप गर्ने काममा राज्य संयन्त्र प्रयोग हुनु निर्लज्जताको पराकाष्ठा भएको बताउदै सरकार सुरक्षाको प्रत्याभूति…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीविरुद्ध गगनको कडा प्रश्न : क्षमता र सोचमै बादल लागेका गृहमन्त्री किन चाहियो?

    गृहमन्त्रीविरुद्ध गगनको कडा प्रश्न : क्षमता र सोचमै बादल लागेका गृहमन्त्री किन चाहियो?

    काठमाडौं : नेपाली कांग्रेसका सासंद गगन थापाले गृहमन्त्री रामबहादुर थापाको क्षमता र सोच माथि नै प्रश्न उठाएका छन्।   शनिवार प्रतिनिधिसभामा बोल्दै सांसद थापाले सोच र क्षमता दुवैमा 'बादल लागेका' गृहमन्त्री चाहिँदैन भन्दै गृहमन्त्रीको आलोचना गरे।  गगनले भने, 'निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरुलाई आफ्नै संयन्त्र लगाएर जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामात्र होइन सोचमा पनि बादल लागेको उनको…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षको अध्ययनपछि नायिका सोबिताको उपन्यास

    तीन वर्षको अध्ययनपछि नायिका सोबिताको उपन्यास

    काठमाडौं : नायिका तथा मोडल सोबिता सिम्खडाले उपन्यासमार्फत् आख्यानमा पाइला सारेकी छिन्। एक दर्जन नेपाली चलचित्र, दुई दर्जन म्युजिक भिडियोमा अभिनय तथा टेलिभिजन कार्यक्रम संचालिकासमेत रहेकी उनको उपन्यास वराङ्गना बुलबुल पब्लिकेशनले बजारमा ल्याउँदैछ। धादिङको गुम्दीमा जन्मिएकी सिम्खडाले गाउँको सेरोफेरो, कथित उपल्लो र तल्लो जातिबीचको विभेद, प्रेम, राजनीति, सामाजिक कुरीति जस्ता विषयवस्तुहरु समेटेर उपन्यास तयार गरेकी हुन्। दर्शनशास्त्रमा स्नातकोत्तर सोबिताले उपन्यास…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स आज भिड्दै

    साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स आज भिड्दै

    काठमाडौं : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र माल्दिभ्स भिड्दैछन्। समूह चरणमै एकआपसमा भिडेका यी दुई टोली दोस्रो पटक भिड्न लागेका हुन्। फाइनल खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ। साविक विजेता समेत रहेको भारतले सेमिफाइनलमा पाकिस्तानलाई ३-१ ले पराजित गरेको थियो। उता समूह चरणका कुनै गोल नगरी सेमिफाइनल पुगेको माल्दिभ्सले भने नपाललाई…

    विस्तृतमा पढ्नुस्

  • थुनिएको नदीबाट बनेको ताल १.५ किमी लामो : बिहानबाट पानीको निकास खुल्यो, जोखिम कायमै

    थुनिएको नदीबाट बनेको ताल १.५ किमी लामो : बिहानबाट पानीको निकास खुल्यो, जोखिम कायमै

    काठमाडौं : बाग्लुङमा बढीगाड खोला थुनिएर बनेको तालबाट पानी निकास सुरु भएको छ। नेपाल बाढी सूचना केन्द्रले निकास सुरु भए पनि जोखिम टरिनसकेको जनाएको छ। 'पूरै जोखिम नटरिसकेकाले अर्को सूचना जारी नहुँदासम्म कालीगण्डकी दोभानसम्म सतर्कता कायमै राखौं,' केन्द्रले भनेको छ। आजबाट पानी पर्न कम हुने भएकाले आगामी दिन दिन ठूला र मझौला नदीमा बढी जोखिम नहुनेसमेत बताइएको छ।  काठमाडौँ : कालिगण्डकीको…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्च लिग वान : नेमार र एम्बाप्पे बिनै पीएसजीको शानदार जित

    फ्रेन्च लिग वान : नेमार र एम्बाप्पे बिनै पीएसजीको शानदार जित

    नो नेमार, नो एम्बाप्पे, नो प्रोबेलम फर पीएसजी। नेमार  र किलिएन एम्बाप्पे बिनै मैदान उत्रेको लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित हात पारेको छ। पिएसजीले लगातार पाँचौ जित हात पार्ने क्रममा सेन्ट एटिनेलाई ४-० ले हरायो। घरेलु मैदान पार्क डे प्रिन्समा युलियन ड्राक्सलरले पहिलो हाफमा गोल गरेका थिए भने एडिनसन कभानी, माउसा डियबी र…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले कालिगण्डकीको शाखा नदी थुनियो, बाग्लुङ र गुल्मीमा 'हाइ अलर्ट' को स्थिति

    पहिरोले कालिगण्डकीको शाखा नदी थुनियो, बाग्लुङ र गुल्मीमा 'हाइ अलर्ट' को स्थिति

    काठमाडौँ : कालिगण्डकीको प्रमुख शाखा नदी बढीगाड थुनिएपछि बाग्लुङ र गुल्मीमा अति उच्च सतर्कता अपनाउन बिहान २ बजे बाढी पूर्वानुमान शाखाले सूचना जारी गरेको छ।  बागलुङ जिल्ला-ढोरपाटन नगरपालिका-तुरतुरे भन्ने स्थानमा राति करिब साढे १२ बजे पहिरो गई नदी थुनिएको हो। कालिगण्डकी दोभानसम्म- बागलुङ र गुल्मि जिल्लाको तटीय क्षेत्रमा अति उच्च सतर्कताको लागि शाखाले अपिल गरेको हो। बढिगाड खोलाका सतर्कता अपनाउनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • पचास लाख रुपैयाँ सहित दुई चिनियाँ नागरिक पक्राउ

    पचास लाख रुपैयाँ सहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं : प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रवार ज्याठाबाट नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका मध्ये एक ४९ वर्षीय महिला र पुरुष रहेका छन्। उनीहरूको साथबाट प्रहरी पचास लाख रुपैयाँ समेत बरामद गरेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। उनीहरूको थप अनुसन्धान भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • अमेरिका र फिलिपिन्समा आँधीको कहर, ठूलो जनधनको क्षति हुने चेतावनी : विश्वमा आज

    अमेरिका र फिलिपिन्समा आँधीको कहर, ठूलो जनधनको क्षति हुने चेतावनी : विश्वमा आज

    'फ्लोरेन्स'को त्रास अमेरिकाको पूर्वी तटको नजिक शक्तिशाली समुन्द्री आँधीका कारण व्यापक क्षति भएको छ। आँधीका कारण केरोलिना क्षेत्रका हजारौं घरहरु डुबानमा परेका छन्। सडक, हवार्इ मार्ग, बिजुली तथा इन्टरनेट सेवा अवरुद्ध भएका छन्। अधिकारीहरुले ‘फ्लोरेन्स’ नाम दिइएको उक्त आँधीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी पहिल्यै दिइसकेका छन्।  १५० किलोमिटर प्रतिघण्टा रफ्ताले आइरहेको फ्लोरेन्स आँधीसँगै बिनाशकारी बाढी पहिरोको…

    विस्तृतमा पढ्नुस्

  • साइकल बचाउन खोज्दा पल्टियो बस : दुई जनाको मृत्यु, चार घाइते

    साइकल बचाउन खोज्दा पल्टियो बस : दुई जनाको मृत्यु, चार घाइते

    महेन्द्र बम - धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा परी ४ जना घाइते भएका छन्।   प्रहरीका अनुसार दुर्घटनामा परी साइकलमा सवार लम्की चुहा नपा ३ स्थित बल्चौरका १४ वर्षीय अनिल बादीको ज्यान गएको छ। उनलाई बचाउन खोज्दा बस पल्टिएको थियो।   बस पल्टिँदा बसमा सवार कंचनपुरको पुर्नवास नगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • बिहेको तयारीमा जस्टिन बिबर

    बिहेको तयारीमा जस्टिन बिबर

    हालै क्यानेडियन गायक जस्टिन बिबरले आफ्नो प्रेमिका हेल्ली बाल्डवीनसँग इन्गेजमेन्ट गरे। इन्गेजमेन्टपछि दुवैको बिबाहका चर्चा सुनिए। उनी दुई बिबाहको तयारीमा पनि छन्। हलिउड मिडियाका अनुसार केही दिनअघि मात्र जस्टिन र हेल्ली बिबाह दर्ता कार्यलयमा देखिएका थिए। गायक जस्टिन गम्भीर थिए।   २४ वर्षीया जस्टिन हेल्लीको अघि भावुक पनि बने। हेल्लीलाई उनले बिहेका लागि आफू आतुर रहेको बताए।

    विस्तृतमा पढ्नुस्

  • पोखरा प्रिमियर लिग हिमालय टिभीमा प्रत्यक्ष प्रसारण हुने, तीन वर्षका लागि पौने चार करोडको सम्झौता

    पोखरा प्रिमियर लिग हिमालय टिभीमा प्रत्यक्ष प्रसारण हुने, तीन वर्षका लागि पौने चार करोडको सम्झौता

    काठमाडौँ : आगामी कात्तिकमा पोखरामा हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको ब्रोडकास्टर पार्टनरको रुपमा हिमालय टिभीसँग सम्झौता गरेको छ। सम्झौतापछि पीपीएलको आधिकारीक ब्रोडकास्टरको रुपमा हिमालय टिभी रहनेछ।  पीपीएलको आयोजक क्वीन्स इभेन्ट्स र हिमालय टिभीबीच शुक्रवार तीन वर्षको लागि सम्झौता भएको हो। सम्झौतामा आयोजक क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरे। सम्झौता…

    विस्तृतमा पढ्नुस्

  • 'बाँध मायाले'को गीतमा अटाएनन् आर्यन

    'बाँध मायाले'को गीतमा अटाएनन् आर्यन

    काठमाडौं: फिल्म 'बाँध मायाले' टिमले फिल्मको प्रचार थालेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ। अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको 'सँग सँगै'बोलको गीतमा सुगम पोख्रेल र अन्जु पन्तको स्वर रहेको छ। गीतको भिडियोमा अभिनेत्री सृष्टि श्रेष्ठ र किशोर खड्का फिचर्ड छन्। भिडियोमा फिल्मका मुख्य अभिनेता आर्यन अधिकारी भने देखिएनन्। सवीर श्रेष्ठ निर्देशित फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • २२औँ राष्ट्रिय महिला भलिबल असोज २३ देखि २७ गतेसम्म बाग्लुङमा हुने

    २२औँ राष्ट्रिय महिला भलिबल असोज २३ देखि २७ गतेसम्म बाग्लुङमा हुने

    काठमाडौँ : नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गर्ने २२औँ महिला राष्ट्रिय भलिबल आगामी असोज २३ गतेदेखि हुने भएको छ। बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन तथा गल्कोट नगरपालिकाको सहयोगमा गल्कोटमा २३ देखि २७ गतेसम्म प्रतियोगिता हुने एनभीएले जनाएको छ। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी कूल १० टिमले सहभागीता जनाउनेछन्। एनभीएले प्रतियोगिताको लागि टिम छनोट गरी तयार पार्न…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारी इन्टरनेशनल फुटबल टुर्नामेन्ट माघ तेस्रो साता हुने, विजेतालाई २५ हजार अमेरिकी डलर

    मदन भण्डारी इन्टरनेशनल फुटबल टुर्नामेन्ट माघ तेस्रो साता हुने, विजेतालाई २५ हजार अमेरिकी डलर

    काठमाडौँ : मदन भण्डारी  स्पोर्ट्स एकेडेमीको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ। शुक्रवार एकेडेमीले पत्रकार सम्मेलन गर्दै आगामी माघ ९ देखि १९ गतेसम्म राजधानीमा 'मदन भण्डारी इन्टरनेशनल फुटबल टुर्नामेन्ट २०१९' आयोजना गर्न लागेको जानकारी दिएको हो। टुर्नामेन्टलाई फिफा र एएफसीबाट मान्यता प्राप्त बनाउनका लागि आवश्यक प्राविधिक सहयोगर्न गर्न एन्फालाई समेत जानकारी गराइसकेको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले बताए।…

    विस्तृतमा पढ्नुस्

  • 'इन्टु मिन्टु लण्डनमा'को प्रचार अस्त्र पोस्टर

    'इन्टु मिन्टु लण्डनमा'को प्रचार अस्त्र पोस्टर

    काठमाडौं : फिल्म 'इन्टु मिन्टु लण्डनमा' प्रदर्शनको तयारीमा छ। निर्माण टिमले फिल्मको प्रचार तिव्र पारेको छ। असोज ५ गतेदेखी प्रदर्शनमा आउने फिल्मको पोस्टर हालै सार्वजनिक भयो। फिल्मका दुई पोस्टरमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्। पहिलो पोस्टरमा अभनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव अभिनेता धिरज मगर अटाएका छन्। अर्को पोस्टरमा फिल्मका अन्य कलाकार फिचर्ड छन्। कोरियोग्राफर रेनशा बान्तवा राईले फिल्मलाई निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एक दिवसीय सिरिज : नेपालको दोस्रो हार, भारतको 'ए' टिम ८ विकेटले विजयी

    यू-१९ एक दिवसीय सिरिज : नेपालको दोस्रो हार, भारतको 'ए' टिम ८ विकेटले विजयी

    काठमाडौँ : बीसीसीआईको आयोजनामा लखनउमा भइरहेको यू-१९ क्वाड्राङगुलर एकदिवसीय सिरिजकोमा नेपालले लगातार दोस्रो खेलमा हार बेहोरेको छ। शुक्रवार भएको खेलमा नेपालले भारतको ए टिमसँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १५७ रनको लक्ष्य भारतले २४.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। भारतका लागि वाई भि राथोडले नटआउट ५९ रन बनाए। यस्तै कप्तान अनुज रावतले ४७ रनको योगदान गरे भने…

    विस्तृतमा पढ्नुस्

  • 'टुँडिखेलमा गोल पोष्ट ठडाइयो, केही दिनमै खेल्न योग्य हुने'

    'टुँडिखेलमा गोल पोष्ट ठडाइयो, केही दिनमै खेल्न योग्य हुने'

    काठमाडौँ : नजिकैको दशरथ रंगशाला तीन वर्ष देखि अलपत्र रहँदा नेपाली फुटबल धेरै पछि धकेलियो। यसबीचमा नेपालमा लिग पनि हुन सकेन। झण्डै ५ वर्षपछि हुन लागेको ए डिभिजन लिगका लागि एन्फाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर टुँडिखेलमा ४ वटा खेल मैदान बनाउने निर्णय गरेको थियो। त्यसैअनुसार शुक्रवार टुँडिखेलमा गोलपोष्ट राख्ने काम भएको छ। अब काठमाडौँका ए डिभिजन क्लबहरुले त्यहाँ प्रशिक्षण गर्न…

    विस्तृतमा पढ्नुस्

  • एसियन स्कुल यू-१८ च्याम्पियनसिप: नेपाल, इन्डोनेसिया, चीन र थाइल्यान्ड समूह ए मा

    एसियन स्कुल यू-१८ च्याम्पियनसिप: नेपाल, इन्डोनेसिया, चीन र थाइल्यान्ड समूह ए मा

    काठमाडौँ : यही सेप्टेम्वर २० देखि ३० सम्म भारतको आग्रामा हुने एसियन स्कुल यू-१८ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। नेपाल, इन्डोनेसिया, चीन र थाइल्याण्ड समूह ए मा रहेको छ। नेपालले पहिलो खेल थाइल्याण्डसँग सेप्टेम्वर २२ मा खेल्नेछ। यस्तै इन्डोनेसियासँग सेप्टेम्बर २४ तथा चीनसँग सेप्टेम्बर २५ मा खेल्नेछ। यसैगरी समूह बी मा दक्षिण कोरिया, मलेसिया, श्रीलंका र भारत छन्। दुवै…

    विस्तृतमा पढ्नुस्

  • साफ महिला च्याम्पियनसिप : नेपाल, बंगलादेश, पाकिस्तान र भुटान समूह ए मा

    साफ महिला च्याम्पियनसिप : नेपाल, बंगलादेश, पाकिस्तान र भुटान समूह ए मा

    काठमाडौं : महिला साफ च्याम्पियनसिपको ड्र सार्वजनिक भएको छ। बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको ड्र अनुसार नेपाल समूह 'ए' मा परेको छ। नेपाल रहेको समूहमा बंगलादेश, पाकिस्तान र भुटान छन्। यस्तै समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका छन्। ढाका भइहेको पुरुष साफ च्याम्पियनसिपमा पनि नेपालको समूहमा यही तीन टोली परेका थिए। दुवै समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell