PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • सीमा अतिक्रमणको विरोधमा नेकपा क्रान्तिकारी माओवादीको प्रदर्शन

    सीमा अतिक्रमणको विरोधमा नेकपा क्रान्तिकारी माओवादीको प्रदर्शन

    काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सीमा अतिक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।   मोर्चाले भारत र नेपाल सरकार विरुद्ध प्रदर्शन गर्दै कोणसभा गरेको हो। सुनधाराबाट सुरुभई न्यरोड गेटहुँदै असनबाट भित्रिएर इन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो।  लिम्पियाधुरा तथा कालापानी नेपालको नक्साबाट हटाई नेपालका सरकारी कार्यालयहरुमा नक्कली निशान छाप तथा नक्कली नक्साहरु झुण्ड्याउन लगाएको, भारतीय…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकबाट सुरु भएको विवाद फेसबुकमै सुल्टियो

    फेसबुकबाट सुरु भएको विवाद फेसबुकमै सुल्टियो

    काठमाडौं : कलाकार देशभक्त खनाल र कलाकार संघका अध्यक्ष राम केशर बोगटीबीच सहमति भएको छ। भदौ २२ मा खनालले बोगटी विरुद्ध फेसबुकमा स्टेटस लेखेपछि दुईबीच विवाद सुरु भएको थियो। त्यसपछि अध्यक्ष बोगटी प्रहरीमा पुगेका थिए। महानगरीय प्रहरी परिसरले खनाललाई २४ घण्टा नियन्त्रमा राख्यो। तर, खनालले फेसबुकमार्फत् बोगटीसँग माफी मागेपछि विवाद टुङ्गिएको हो। उनले फेसबुकमा बोगटीसँग हात मिलाएको तस्वीर पनि राखेका छन्। कमेन्टमा…

    विस्तृतमा पढ्नुस्

  • डेटिङ एप्स 'टिन्डर' चलाउँछिन् ज्याकलिन

     डेटिङ एप्स 'टिन्डर' चलाउँछिन् ज्याकलिन

    बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका प्रेम गसिप कमै सुनिन्छ। लामो समयदेखी उनी आफूलाई सिंगल रहेको बताउँदै आएकी छिन्। उनको मिल्ने साथी सोनम कपुरले हालै बिहे गरिन्। ज्याकलिनका विषयमा हालै सोनमले मुख खोलेकी छिन्। उनले यतखेरसम्म ज्याकलिन सिंगल रहनुको राज खोलेकी हुन्। उनले भारतीय मिडियामा ज्याकलिनले डेटिङ एप्स 'टिन्डर' चलाउने कुरा बताएकी छन्। साथै भनिन् 'ज्याकलिन यदि तिमी काममा धेरै व्यस्त रहिनौ…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको नेपाली फुटबल टोली स्वदेश फर्कियो

    साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको नेपाली फुटबल टोली स्वदेश फर्कियो

    काठमाडौं : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का केही पदाधिकारी र खेल प्रशंसकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे। उपाधि जित्नजे लक्ष्यसहित ढाका पुगेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग बुधवार ३-० ले पराजित हुँदै बाहिरिएको थियो। समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले भुटानलाई ४-० र बंगलादेशलाई…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको संसद अवरुद्धपछि कानुनमन्त्रीको जवाफ : भोलि सबै विषयको जानकारी दिइनेछ

    कांग्रेसको संसद अवरुद्धपछि कानुनमन्त्रीको जवाफ : भोलि सबै विषयको जानकारी दिइनेछ

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै मागेको जानकारीका विषयमा सरकारले भोलि जवाफ दिने भएको छ। कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्या प्रकरण, रोल्पाका रोहित पुनको हत्या प्रकरण र खोजतलासडटकमका पत्रकारलाई पक्राउ गरेको विषयमा कांग्रेसमा जानकारी गर्दै संसद अवरुद्ध गरेको थियो। कांग्रेसले संसद अवरुद्ध गरेपछि १० मिनेटका लागि संसद स्थगित भएको थियो। प्रतिनिधिसभाको आजकै बैठकमा कानुनमन्त्री भानुभक्त…

    विस्तृतमा पढ्नुस्

  • बसुन्धरा भुषाललाई 'सुर्य लाइफटाइम अचिभमेन्ट अवार्ड–२०१८'

    बसुन्धरा भुषाललाई 'सुर्य लाइफटाइम अचिभमेन्ट अवार्ड–२०१८'

    काठमाडौं :  जापानको टोकियोमा हुने 'सुर्य ईनटरनेशनल अवार्ड–२०१८'मा चारजना कलाकार तथा पत्रकारलाई सम्मान गर्ने भएका छन्। नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाइफटाइम अचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मान गर्ने आयोजक टिमले जनाएको छ। तीन दशकदेखी लगातार फिल्म क्षेत्रमा क्रियाशिल रहेका सदावहार नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मान गर्न लागिएको हो। पत्रकार सामिप्यराज तिमिल्सिनालाई सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८, श्रीधर पौडेललाई सुर्य…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने: क्रिकेटबाटै करोडपति

    सन्दीप लामिछाने: क्रिकेटबाटै करोडपति

    काठमाडौँ : जुन देशमा क्रिकेट 'गभर्निङ बडी' छैन। क्रिकेट संघ आइसीसीको निलम्बनमा छ। राष्ट्रिय टिमका खेलाडीले तलब पाउँदैनन्। त्यो देशको क्रिकेट र क्रिकेटरको हालत कस्तो होला? अनि यसको लागि धेरै टाढा जानु पनि पर्दैन। गतिलो उदाहरण नेपालमै छ। र यस्तो देशका खेलाडी क्रिकेटबाटै करोडपति भन्दा पक्कै अनौठो लाग्ला। तर लगातारको मेहनत लगनशिलता आफ्नो प्रतिभा र आफूले गरेको प्रदर्शनका कारण कुनै खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • नगरपालिका प्रमुख उपप्रमुखको विवाद छानबिनका लागि समिति गठन

    नगरपालिका प्रमुख उपप्रमुखको विवाद छानबिनका लागि समिति गठन

    नवलपरासीः पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ। उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शिताको माग राख्दै कार्यालयमा गरेको तालाबन्दी र नगर प्रमुख छत्रराज पौडेलले उपप्रमुखले नियमविपरीत कार्यालयमा तालाबन्दी गरेको आरोप लगाएपछि दुबैपक्षबीचक विवाद चुलिएको थियो। आर्थिक पारदर्शिता र सुशासनको माग गर्दै गैँडाकोट नगरपालिकाको कार्यालयमा मङ्गलबार उपप्रमुख कँडेलसहित केही कार्यपालिका सदस्यले लगाएको…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार न्युनीकरण बहसः सामाजिक चेत सुधार्ने कि मृत्युदण्डको कानुन बनाउने?

    बलात्कार न्युनीकरण बहसः सामाजिक चेत सुधार्ने कि मृत्युदण्डको कानुन बनाउने?

    राजेन्द्र पाण्डेय– बौद्ध निवासी सानु (नाम परिवर्तन) केही महिनाअघि बलात्कारको सिकार भइन्। उनी १३ वर्षकी थिइन्। उनकै दाजु (काकाका छोरा) ले स्कुलको कक्षा कोठामा बलात्कार गरी नजिकैको रोडमा नग्न अवस्थामा फालेर भागेका रहेछन् भन्ने कुरा थाहा भएपछि झन् स्तब्ध बनायो। घरभित्रबाटै भएका यस्ता करणीका घटनाले नेपाली समाजको यथार्थता झल्काइरहेको छ। सयौँ महिला बलात्कारको सिकार हुन पुगेका छन्। महान्यायाधिवक्ताको कार्यालयबाट प्रकाशित…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा बस दुर्घटनाः २४ जना घाइते, चारको अवस्था गम्भीर

    डोटीमा बस दुर्घटनाः २४ जना घाइते, चारको अवस्था गम्भीर

    धनगढीः दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ५ ख ९११४ नम्बरको बस आज बिहान भीमदत्त राजमार्ग अन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडकखण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • लमजुङमा पहिरोमा परेर दुई जनाको मृत्युः म्याग्दीमा विद्यालय भवन बगायो, बेनी बजार जोखिममा

    लमजुङमा पहिरोमा परेर दुई जनाको मृत्युः म्याग्दीमा विद्यालय भवन बगायो, बेनी बजार जोखिममा

    लमजुङः मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ। पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो। वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन। पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए। स्थानीयवासी र प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • माल्दिभ्ससँग किन हार्‍यो नेपाल? प्रशिक्षक बालगोपालले दिए चार कारण

    माल्दिभ्ससँग किन हार्‍यो नेपाल? प्रशिक्षक बालगोपालले दिए चार कारण

    काठमाडौँ : फेभरेट हुँदा हुँदै पनि साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित भएको छ। समूह चरणमा एक गोल पनि गर्न नसकेको माल्दिभ्सले सेमिफाइनलमा ३ गोल गर्द नेपाल घर फर्कन बाध्य बनायो। प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपाल सेमिफाइनलबाटै अघि बढ्न सकेन। वर्षाले प्रभावित खेलमा नेपालले ३ गोल बेहोर्न एक गोल पनि गर्न सकेन। खेलपछि नेपालका कार्यबाहक मुख्य प्रशिक्षक…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने

    साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने

    बंगलादेशमा भंइरहेको साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने भएका छन्। बुधबार भएको दोस्रो सेमिफाइनलमा भारत को यू-२३ टोलीले पाकिस्तानलाई ३-१ ले पारजित गर्दै माल्दिभ्ससँगको फाइनल भेट पक्का गरेको हो। भारतका लागि मनविर सिंहले दुई तथा सुमित पासीले एक गोल गरे। पाकिस्तानका लागि हसन बसिरले एक गोल फर्काए। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा ४ गोल भएङ्को…

    विस्तृतमा पढ्नुस्

  • एपीएफ लगातार चौथो पटक च्याम्पियन

    एपीएफ लगातार चौथो पटक च्याम्पियन

    पोखरा : तीजको असवर पारेर पोखराको लामाचौरमा भएको रेडबुल महिला भलिबल प्रतियोगिताको विभागीय टोली एपीएफले उपाधी जितेको छ। बुधबार भएको फाइनलमा न्यू डामयण्ड एकेडेमीलाई ३-१ सेटमा पराजित गर्दै एपीएफ लगातार चौथो पटक च्याम्पियन बनेको हो। पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावीको भलिबल कोर्टमा भएको खेलमा एपीएफले पहिलो सेट २५–२० जित्दै १-० को अग्रता बनायो। प्रतिभा माली प्रेरित न्यू डायमण्डले दोस्रो सेटमा पुनरागमन…

    विस्तृतमा पढ्नुस्

  • लमजुङको उत्तरी भेगमा पहिरोको सास्ती, घर पुरिए, जोखिम भएको घर खाली गरियो

    लमजुङको उत्तरी भेगमा पहिरोको सास्ती, घर पुरिए, जोखिम भएको घर खाली गरियो

    काठमाडौँ : बाढी र पहिरोका कारण लम्जुङको उत्तरी भेग प्रभावित भएको छ। जिल्लाको उत्तरी भेगमा पर्ने गाँउहरुमा केही घरहरू पहिरोमा परेको छ भने केही घर जोखिममा परेकाले खाली गरिएको छ।   लमजुङबाट मनाड जाने बाटो पहिरोको कारणले अवरुद्ध भएकाले ती गाउँहरूका उद्धारकर्मीहरू समेत पुग्न समस्या भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख झमकनाथ ढकालले बताए। पहिलोपोस्टसँगको कुराकानीमा सिडिओ ढकालले भने, 'केही गाउँमा बाढी…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलबाटै बाहिरियो, माल्दिभ्ससँग ३-० ले पराजित

    साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलबाटै बाहिरियो, माल्दिभ्ससँग ३-० ले पराजित

    काठमाडौँ : पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्दै उपाधि जित्ने नेपालको सपना माल्दिभ्सले चकनाचुर पारिदिएको छ। समूह चरणमा उत्कृष्ट पुनरागमन गरेको नेपाल बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा माल्दिभ्स सामु निरिह बन्यो। वर्षा र थण्डर स्ट्रोमले प्रभावित बनेको खेलमा नेपाल ३-० को लजजासपद हारसहित सेमिफाइनलबाटै बाहिरिएको हो। पाँच पटक सेमिफाइनल खेलेपद्दि नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन। समूह चरणका कुनै…

    विस्तृतमा पढ्नुस्

  • खुस्बु ओलीलाई 'एएफसी ड्रिम अवार्ड'

    खुस्बु ओलीलाई 'एएफसी ड्रिम अवार्ड'

    काठमाडौं : सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओली 'एएफसी ड्रिम अवार्ड २०१८' बाट सम्मानित भएका छन्। बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनको भव्य समारोहकाबीच खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको हो। सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेका थिए। एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–गभर्नमेन्ट अर्गानाइजेसन र…

    विस्तृतमा पढ्नुस्

  • सिद्धार्थ डान्स ग्रुपले जित्यो 'नाचौं तीज सीजन ६'को उपाधि

    सिद्धार्थ डान्स ग्रुपले जित्यो 'नाचौं तीज सीजन ६'को उपाधि

    काठमाडौं: कृष्णसार एफएमको आयोजनामा सम्पन्न 'नाचौं तीज सीजन ६'को उपाधि सिद्धार्थ डान्स ग्रुपले जीतेको छ। १ सय २४ प्रतिष्पर्धीलाई पछि पार्दै सिद्धार्थ कल्चरल डान्स ग्रुप पहिलो भएको हो। ग्रुपले नगद पचास हजार सहितको पुरस्कार पाप्त गरेको छ। यस्तै दोश्रो हुने नेपालगञ्जको भेरी इंग्लिस स्कुलले नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ। तेस्रो भएकी बढैयातालकी स्वर्णिमा गुरुङले १५ हजार पुरस्कार प्राप्त गरिन्।…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ एकदिवसीय सिरिज : पहिलो खेलमा नेपाल भारतको 'बी' टिमसँग ४० रनले पराजित

    यू-१९ एकदिवसीय सिरिज : पहिलो खेलमा नेपाल भारतको 'बी' टिमसँग ४० रनले पराजित

    काठमाडौँ : बीसीसीआईको आयोजनामा आजबाट सुरु भएको यू-१९ क्वाड्राङगुलर एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल भारतको बी टिमसँग ४० रनले पराजित भएको छ। बलरहरुले उत्कृष्ट प्रदशर्न गरेपनि ब्याटिङमा राम्रो गर्न नसक्दा नेपालले १६२ रनको लक्ष्य समेत भेट्न सकेन। १६२ रनको लक्ष्य पछ्याएको नेपाल ४१.३ ओभरमा १२१ रनमा अलआउट भयो। नेपालको लागि भिम शार्कीले ३०, कमल सिंह ऐरीले २२, कप्तान आसिफ शेखले…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : नेपाल र माल्दिभ्सबीचको खेल पुन: सुरु

    साफ च्याम्पियनसिप : नेपाल र माल्दिभ्सबीचको खेल पुन: सुरु

    बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत केही बेर अघि रोकिएको खेल पुन: सुरु भएको छ। नेपाल र माल्दिभ्सबीचको खेल थण्डर स्ट्रोम एण्ड लाइटनिङका कारण रोकिएको थियो। खेलको २७औँ मिनेट चलिरहँदा थण्डर स्ट्रोमका कारण म्याच कमिसनर र फ्री असेसरले रेफ्रीलाई खेल रोक्न लगाएका हुन्। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलको नवौँ मिनेटमा कप्तान अक्राम घानीले फ्रिकिकमा गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए।  …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell