काठमाडौं: एक वर्षअघि पारित भई कार्यान्वयनको चरणमा रहेको मुलुकी फौजदारी संहिताको विषयलाई लिएर चिकित्सकहरूले बिरामी नजाँच्नेसम्मका चेतावनी दिएका छन्। सरकारी चिकित्सक संघ (गोदान) ले चिकित्सकहरूलाई आफूहरूलाई अपराधी सरह व्यवहार गर्ने गरी फौजदारी कसुरमा कारबाहीको व्यवस्था गरेर कानुन बनाइएको भन्दै त्यसको विरोध गरेका छन्। फौजदारी संहिता भदौ १ देखि कार्यान्वयनमा आउँदै छ। उक्त व्यवस्था संशोधन नगरी कार्यान्वयनमा आए भदौ एक गतेदेखि…
हालै लण्डनमा बलिउड अभिनेत्री प्रियंका चोपडाले निक जोनससँग इन्गेजमेन्ट गरिन्। यता नेपाली अभिनेत्री प्रियांका कार्कीले पनि कलाकार आयुषमान देशराज जोशीसँग दुईपटक इन्गेजमेन्ट गरिन्। अभिनेत्रीद्वयले आफूभन्दा कम उमेरका गायक निक र कलाकार आयुषमानसँग इन्गेजमेन्ट गरेका कुरा निकै समय चर्चाको विषय बन्यो। हालै सम्पन्न एक कार्यक्रममा प्रियांकाले आयुषमानसँग चाँडै नै विवाह गर्ने निर्णय सुनाइन्। उता प्रियंका पनि निकसँग विवाह गर्ने तयारीमा रहेको…
काठमाडौँ : राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त सुशील ज्ञवालीले बिहीवार पदभार ग्रहण गरेका छन्। मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उनलाई दोस्रो पटक सिइओ नियुक्त गरिएको हो। विसं २०७२ वैसाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका हुन्। उनी…
काठमाडौँः श्रीजना श्रेष्ठ मिसेस नेपाल आइडल बनेकी छिन्। उनले मस्ट ईन्टेलिजेन्ट र मस्ट पपुलरको उपाधी जितिन्। प्रतियोगिताको पहिलो रनरअप सिम्रन वाईबा घोसित भइन्। उनले बेस्ट ट्यालेन्टको उपाधी पनि प्राप्त गरिन्। त्यस्तै दोश्रो रनरअप गंगा पौडेलले मस्ट कन्फिडेन्सको उपाधी प्राप्त गरिन्। एमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताका अन्य विभिन्न विधाका सबटाईटलहरुमा मस्ट स्मार्ट कृष्ण कुमारी श्रेष्ठ, बेस्ट पर्सानालिटी सिमा थापा खड्का, मस्ट एट्रक्टिभ…
काठमाडौं : राष्ट्रियसभाका संसदीय समिति सभापतिहरुको निर्वाचन कार्यतालिका हेरफेर भएको छ। आजको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कारणबस मिति हेरफेर गर्नुपरेको जानकारी दिए। तीन गतेका लागि तोकिएको संसदीय समितिहरुको निर्वाचन १३ गतेका लागि सारिएको छ। तीन गतेका लागि तोकिएको निर्वाचनका लागि सचिवालयले तालिकासमेत सार्वजनिक गरेको थियो। सभाध्यक्षको निर्देशन पछि पुनः अर्को कार्यसूची आजै सार्वजनिक गर्ने सचिवालयको तयारी रहेको छ। आजको राष्ट्रियसभा बैठकमा कानुन…
काठमाडौँः पाचौं सिजनको मिस ब्युटि क्विन नेपाल २०१८ को उपाधी ज्योति प्रसाईंले जीतेकी छिन्। १५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधी जीतेकी हुन्। उनले शिर्ष उपाधिसँगै 'बेस्ट ट्यालेन्ट' पनि जितिन्। यस्तै फस्ट रनरअप, मिस पब्लिक च्वाइस तथा मस्ट स्मार्टको उपाधि जयश्री मल्लले प्राप्त गरिन्। बर्षा महर्जनले बेस्ट पर्सानालिटीको टाइटल प्राप्त गरिन्। त्यस्तै थर्ड रनरअपको उपाधी सहित बेस्ट हेयरमा मनिषा थापाले जितिन्।…
काठमाडौँः काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १९४ जनाको ज्यान गएको छ। सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो। “मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ,” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार…
बैतडीः सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन्। जिल्लामा एक हजार १७९ परिवारका पाँच हजार ८६१ जना स्वास्थ्य बिमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी बिष्णु जोशीले जानकारी दिए। हालसम्म यस कार्यक्रमबाट रु ३४ लाख २९ हजार २९० रकम…
गाईघाटः जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका–६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताए। उनका अनुसार सोमबार साँझ चौदण्डीको…
काठमाडौँः काठमाडौँ उपत्यकाका अधिकांश सडक विस्ताका आयोजना अलपत्र छन्। तोकिएको समयभन्दा दोब्बर समय बिते पनि आयोजना पूरा भएका छैनन्। आयोजना समयमा पूरा नहुनुको समस्यामध्ये एक हो –मुआब्जा। आवास तथा जग्गा अधिग्रहणको टुङ्गो नलाग्दै धेरै स्थानमा बाटो बिस्तारको काम थालनी भएको थियो। उचित क्षतिपूर्ति नपाएको भन्दै जग्गा तथा घरधनी धमाधम अदालत पुगेका थिए। अदालतको आदेशले पनि लामो समय बाटो बिस्तार कार्य…
काठमाडौँः भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजीत लक्ष्मण वाडेकरको निधन भएको छ। मुम्बइको जसलोक अस्पतालमा वाडेकरको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। ७७ वर्षीय वाडेकर लामो समयदेखि बिरामी थिए। सन् १९६६ मा वेस्टइन्डिजविरुद्धको खेलबाट उनले टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। भारतका लागि ३७ टेस्ट क्रिकेट खेलेका उनले दुई हजार ११३ रन बनाएका थिए। भारतीय टिमले इंग्ल्याण्डलाई पहिलोपटक १९७१ मा…
रत्ननगरः रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ। गएराति सम्पन्न वार्तामा नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी बढेको कर समायोजन गर्ने सहमति भएको वार्ता टोलीका सदस्य लालबहादुर भट्टले जानकारी दिए। उनका अनुसार कर समायोजन भएपछि अहिले बढी तिरेको करसमेत समायोजन हुनेछ। गएराति वार्तामा विभिन्न ११ बुँदे सहमति भएसँगै यहाँका सात राजनीतिक दलले…
भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ। पछिल्लो २४ घन्टायता स्वास्थ्य अवस्था थप नाजुक भएपछि वाजपेयीलाई ‘लाइफ सपोर्ट’मा राखिएको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। ९३ वर्षीय वाजपेयी पछिल्लो ९ हप्तायता अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा उपचाररत छन्। बुधबारदेखि वाजपेयीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’ रहेको एम्सले जनाएको छ। वाजपेयीलाई बुधबार साँझ प्रधानमन्त्री नरेन्द्र…
भद्रपुरः स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए। अवैज्ञानिकरूपमा नगरवासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता गरी वैज्ञानिकरूपमा कर निर्धारण गर्न माग गरेका…
काठमाडौँः साउन शुक्ल पञ्चमी अर्थात आज नागपञ्चमी। घरघरमा नागको पूजा गरिँदैछ। यस्तै, विभिन्न तालहरु पनि नागको पूजाअर्चना गरिन्छ। घरमा नागका तस्बिर टाँसी सर्प, विच्छीको पूजा गरिन्छ। नागपञ्चमीमा नाग सर्पजस्ता विशालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने विश्वास गरिन्छ। वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो। नागपञ्चमीको दिन काठमाडौंको नागपोखरीमा विशेष…
सन्दीप लामिछानेले सीपीएल अन्तर्गत दोस्रो खेलमा दुई विकेट लिएका छन् सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेल्दै सन्दीपले जमैका तलहवाजको दुई खेलाडीलाइ आउट गरे
काठमाडौँ : एशियाली खेलकूद (एशियाड) को १८औँ संस्करणमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ । आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने उक्त खेलकूदमा नेपालले २९ खेलमा सहभागिता जनाउने राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राखेपका सदस्यसचिव केशवकुमार विष्टले उक्त खेलकूदमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र…
सौराहा (चितवन) : १७ औँ विशेष साधारणसभाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको छ । प्रदेशस्तरीय संरचनानुसार अब सात प्रदेशमा १५ सदस्यीय तदर्थ समिति बन्ने र त्यसले छ महिनाभित्र अधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नेछ । तदर्थ समिति गठनको जिम्मेवारी केन्द्रीय कमिटीलाई दिइएको छ । आज सम्पन्न विशेष साधारणसभाले आर्थिक पारदर्शिताका लागि इतिहासमै पहिलो पटक आर्थिक…
काठमाडौँ : मिस नेपाल २०१२ एवम् अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म 'बाँध मायाले'को प्रचार सुरु भएको छ। फिल्मको प्रदर्शन टार्गेट असोज ५ हो। प्रदर्शन टार्गेट नजिकिँदै गर्दा टिमले फिल्मको गीतको भिडियो सार्वजनिक गरेको छ। फिल्मका मुख्य कलाकार सृष्टिसँगै आर्यन अधिकारीको गीतको भिडियोमा फिचर्ड छन्। फिल्मको शिर्ष गीत 'बाँध मायाले'मा सुगम पोख्रेल र अन्जु पन्तको स्वर रहेको छ। गीतमा अर्जुन…
काठमाडौं : महालेखा परीक्षकको कार्यालयले सरकारले आर्थिक अनियमितता गर्नेमाथि कारवाही नगरेको भन्दै असन्तुष्टि जनाएको छ। महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक अनियमितता गर्नेमाथि सरकारले कारवाही नगरेको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन्। बुधवार महालेखा परीक्षकको कार्यालयको कामकारवाहीबारे संघीय संसद सार्वजनिक लेखा समितिलाई जानकारी गराउँदै उनले सरकारलाई कारवाहीका लागि सिफारिस गरे पनि कारवाही नगर्दा बेरुजु बढ्दै गएको बताए। ‘सरकार आर्थिक अनुशासन पालना गराउन…