काठमाडौँ: 'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड'को काठमाण्डौं फिनाले सम्पन्न भएको छ। प्रतियोगिताबाट पुरुषतर्फ उज्वल दुलाल विजेता र महिलातर्फ खुश्बु गिरी विजेता बनिन्। दुलाल र गिरीले अब दोश्रो चरणको प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन्। पहिलो चरणको प्रतियोगिताका विजेताहरुले दोश्रो चरणको प्रतियोगितामा भाग लिन पाउने बताईएको छ। काठमाण्डौंको फिनालेमा पुरुषतर्फ ओजस्वी थापा र सुरज खत्री क्रमश: फस्ट रनरअप र सेकेण्ड रनरअप…
काठमाडौँ : एसियाली राष्ट्रहरुको खेलकुद मेला एसियन गेम्सको १८औँ संस्करण भोलीदेखि इन्डोनेसियामा सुरु हुँदैछ। कूल ४० खेल समावेश एसियन गेम्समा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै २९ खेलमा सहभागीता जनाउँदैछ। यसअघि नै सुरु भएको फुटबलतर्फ नेपाल दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको छ। नेपालले अब पाकिस्तानसँग मात्र खेल्न बाँकी छ। यसै संस्करणबाट एसियन गेम्समा राखिएको स्पोर्ट्स क्लाइम्बिङ, स्केटबोर्ड, प्याराग्लाइडिङ, पेनकेक सिलात लगायत…
काठमाडौँः सात वर्षअघिको रोजी महर्जन हत्याकाण्डमा आधारित फिल्म 'रोजी'को टाइटल परिवर्तन भएको छ। नानीमैया महर्जनले मृतक छोरीको हत्या घटनासँग 'रोजी'को कथा मिलेको भन्दै फिल्मको नाम परिवर्तन गर्न दबाव दिएपछि निर्माण टिमले फिल्मको नाम परिवर्तन गरेको हो। टिमले आगामी २२ भदौबाट प्रदर्शनमा आउने फिल्मको नाम 'रोज' राखेको हो। विहिबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी…
काठमाडौँः यो साता शुक्रबार प्रदर्शन अन्तर्गत चार नेपाली फिल्म छन्। 'मिस्टर भर्जिन', 'जय सम्भु', '१२ मासे' र 'ब्ल्याक' प्रदर्शनमा आएका फिल्महरु हुन्। फिल्म 'जय सम्भु' एक्सन विधामा आधारित भएर बनेको फिल्म हो। रुपेश तामाङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रशान्त तम्राकार, अनुपविक्रम शाही, वर्षा शिवाकोटी लगायतको अभिनय छ। त्यस्तै फिल्म 'मिस्टर भर्जिन'लाई बिशारद बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा कलाकार गौरव पहारी,…
काठमाडौं : भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको निधनमा नेपाल सरकारले दु:ख व्यक्त गरेको छ। नेपालको तर्फबाट शोक सन्देश लिएर परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार वाजपेयीको अन्त्येष्टिमा नेपाल सरकार र नेपालीको प्रतिनिधित्व गर्दै सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली दिल्ली प्रस्थान गरेका छन्। त्यस्तै वाजपेयीको निधनमा दु:ख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा…
नवलपरासीः एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ। बा १५ च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो। गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ का दिलीप बोहोरा र…
काठमाडौँ: प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले (प्रकाण्ड) आफूले पार्टीको नीति अनुसार चन्दा उठाएको बताएका छन्। सरकारी वकिलसहितको बयानमा नेता विकले पार्टीको नीति बमोजिम नै चन्दा उठाएको बताएको हुन्। उनको बयानमा पार्टीको नीति अनुसार दिन सक्नेहरूलाई भौतिक र आर्थिक सहयोग मागेका हौँ।' भन्ने उल्लेख गरिएको छ। २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा…
काठमाडौँ : इन्डोनेसियामा भोलीबाट सुरु हुने १८औँ एसियन गेम्समा नेपालले पदकको आश गरेको खेलमध्ये एक हो, प्याराग्लाइडिङ। एसियन खेल मेलामा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जसमा एसियाका २० राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने तय थियो। तर भारत र फिलिपिन्सले 'विथड्र' गरेपछि अब प्याराग्लाइडिङमा १८ राष्ट्रका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्नेछन्। 'उनीहरुको ओलम्पिक कमिटीले मान्यता नदिएपछि भारत र फिलिपिन्सले एसियाड प्याराग्लाइडिङ…
रत्ननगरः चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ। बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०/३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। यो आर्थिक वर्षमा प्राकृतिक रूपमा गैंडा मरेको यो पहिलो हो। अघिल्लो…
काठमाडौँः नयाँ संहिता लागू भएपछि मुलुकी ऐनसहितका १३ ऐन एकैपटक खारेज भएका छन्। मुलुकी ऐनसहितका छरिएका १३ ऐनका सबै व्यवस्थाहरू जारी भएको संहिताले सम्बोधन गरेपछि ऐन खारेज भएका हुन्। केही नेपाल ऐन संशोधन विधेयकमार्फत गत वर्ष नै यी ऐनहरू खारेज गर्नेगरि विधेयक पारित भएको थियो। औपचारिक रूपमा नयाँ संहिता लागू भएपछि ऐन शुक्रबार (आज) देखि खारेज भएका हुन्। कानुन मन्त्रालयले…
काठमाडौँः तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले समाज सुधारका लागि भन्दै अघि सारेको मुलुकी ऐन आजदेखि (भदौ १) प्रतिस्थापित भएको छ । छरिएर रहेका विभिन्न कानुन एकीकृत गरेर संहिता विकसित गरिएको छ। संहिताले मुलुकी ऐन प्रतिस्थापित गरेको हो । ऐन प्रतिस्थापनका लागि पाँच संहिताहरु कार्यान्वयनमा आएका छन् । फौजदारी कानुनलाई एकीकृत गरेर मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि, फौजदारी कसुर सजाय…
अटल बिहारी वाजपेयीको निधन भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ। भारतीय जनता पार्टीका संस्थापक रहेका वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री बनेका थिए। अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स) अस्पतालमा उनको निधन भएको हो। अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेको छ। डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकी मिडिया अमेरिकाका ३०० भन्दा बढी मिडियाहरुले प्रेस स्वतन्त्रताका…
काठमाडौँ : १८औँ एसियन गेम्स अन्तर्गत इन्डोनेसियामा भइरहेको पुरुष फुटबलमा नेपालको यू-२३ टोलीले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा जापानको युवा टोलीसँग १-० ले मात्र पराजित भएको नेपाल यू-२३ दोस्रो खेलमा भियतनाम यू-२३ सँग २-० ले पराजित भयो। लगातार दोस्रो हारपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ। पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ। उता लगातार दुई जित हात पारेको जापान…
काठमाडौं : अबको १२ दिनभित्र काठमाडौंका सबै खाल्डाखुल्डी परिने दाबी भौतिक योजना तथा यातायात मन्त्री रघुबीर महासेठले गरेका छन्। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री महासेठले अबको १२ दिनभित्रै काठमाडौंका सबै खाल्डाखुल्डी पुरिनुका साथै चाबहिल साँखुको बाटोको काम सम्पन्न गर्न निर्देशन दिइसकिएको बताए। आज बसेको समितिको बैठकमा सांसदहरुले सडकको खाल्डा खुल्डीले समस्या भएको भन्दै मन्त्रीको…
क्यालिफोर्निया: फेसबुकले म्यान्मारमा व्याप्त रहेको 'हेट स्पीच' सम्बोधन गर्न आफूहरु निकै कमजोर रहेको जनाएको छ। त्यसैले समस्या समाधान गर्नका लागि आफूहरुले बर्मेली भाषामा राम्रो ज्ञान भएका व्यक्तिहरुलार्इ नियुक्त गर्ने योजना बनाएको फेसबुकले जनाएको छ। साथै कन्टेन्टहरुमा देखिएको समस्या समाधान गर्नका लागि प्राविधिमा लगानी गर्ने पनि फेसबुकले जनाएको छ। बिहीवार फेसबुकको न्यूजरुममा एक व्क्तव्य पोस्ट गर्दै फेसबुकले स्वचालित रूपमा हेट स्पीच पत्ता लगाउने उपकरणहरूमा लगानी…
१३ मार्च २००४ भारतको प्रधानमन्त्रीको रुपमा आफ्नो अन्तिम क्याविनेट बैठक सकेर राष्ट्रपति कार्यालय तर्फ निस्किएका थिए अटल विहारी वाजपेयी। एनडीए चुनावमा पराजित भएको थियो। नजिकैको कांग्रेसको कार्यालयमा पार्टीका कार्यकर्ताहरु उत्सव मनाइरहेका थिए। कांग्रेस सोनियाँ गान्धी देशको अर्को प्रधानमन्त्री हुने भन्नेमा व्यापक चर्चा थियो। राजिनामा दिएसँगै अटल विहारी वाजपेयीले टीभीमा सम्बोधन गर्दै भने, ‘मेरो पाटी र गठबन्धनले हार्यो तर भारतको जित…
काठमाडौँ : नेपाली यू-१५ महिला टोली भुटानमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। च्याम्पियनसिपअन्तर्गत बिहीवार भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग २-१ ले पराजित भएको हो। पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा गोल खाँदा नेपाल पराजित भयो। अर्को सेमिफाइनलमा आयोजक भुटानले साविक विजेता बंगलादेशसँग खेल्नेछ। यस खेलको विजेताले उपाधिका लागि भारतसँग खेल्नेछ।
तीन पटक भारतको प्रधानमन्त्री रहेका अटलविहारी वाजपेयीको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका उनको ९३ वर्षको उमेरमा निधन भएको हो। वाककलामा निपूर्ण, कवि र राजनेताका रुपमा स्थापित उनी पछिल्लो समय भारतीय राजनीतिमा गुमनाम थिए। पछिल्ला १४ वर्ष विरामी भएर राजनीतिबाट उनी बाहिर थिए। एम्स अस्पतालमा उनको निधन भएको हो। अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेको छ। यो…
साह आलम : मलेसियाको साह आलम उच्च अदालतले उत्तर कोरियाली नेता किम जोङ उनका सौतेला भाइ किम जोङ नामको हत्या आरोपमा पक्राउ परेका दुई महिलाको मुद्दा सुनुवाई गर्न आदेश दिएको छ। अदालतले दुईजना महिलाविरुद्ध पर्याप्त प्रमाण रहेको भन्दै उनीहरुलार्इ आफू विरुद्ध लागेको अभियोगको बचाउ गर्न र सुनुवार्इ जारी राख्न आदेश दिएको हो। इन्डोनेसियाकी सिती एईस्याह र भियतनामकी दोअन थी हौङलार्इ…
काठमाडौं : मुलुकी ऐन २०७४ को परिच्छेद १९ मा रहेको इलाज सम्बन्धी कसुर सम्बन्धमा आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले पाँच वटा संशोधनको माग गरेको छ। ऐनमा संशोधन गरेर दफा २३० को उपदफा २ लाई खारेज गर्नुपर्ने चिकित्सक संघले प्रस्ताव गरेको छ। 'लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाइ सानो तिनो रोग लागेको बिरामीको मानव अंगलाई कुनै खास…