PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • गाजा क्षेत्रमा झडप हुँदा ५५ जना प्यालेस्टिनी मारिए

    गाजा क्षेत्रमा झडप हुँदा ५५ जना प्यालेस्टिनी मारिए

    गाजाः प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ५५ जना प्यालेस्टानीको मृत्यु भएको छ ।  अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेपका विरुद्ध प्यालेस्टिनीहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रदर्शनकारी र इजरायली सेनाबीच झडपमा भएको थियो। झडपमा परी ५५ जना प्रदर्शनकारीको मृत्यु भएको बीबीसीले जनाएको छ।  गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले कम्तीमा ५५ जना…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको सचिवालयमा निवेदनका चाङ, शिक्षकको दरबन्दी मिलानदेखि जागिरको मागसम्म

    प्रचण्डको सचिवालयमा निवेदनका चाङ, शिक्षकको दरबन्दी मिलानदेखि जागिरको मागसम्म

    चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन्। अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन्। क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन परेका छन्। दाहालले आफ्नो निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालय स्थापना…

    विस्तृतमा पढ्नुस्

  • बेनी–जोमसोम सडक अवरुद्ध, म्याग्दीमा बाढीले चार घर पुर्‍यो

    बेनी–जोमसोम सडक अवरुद्ध, म्याग्दीमा बाढीले चार घर पुर्‍यो

    बाबियाचौरः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ। भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए। बालकृष्ण मिजारको एक तले, लट्टे गिरीको दुई तले, अकुमारी पुर्जाको दुई तले र ढावा शेर्पाको एक तले घरमा पूर्णरुपमा क्षति पुगेको छ। गोविन्द…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बस्दैः ‘प्रि–बजेट’ छलफल अन्त्यको तयारी

    प्रतिनिधिसभा बस्दैः ‘प्रि–बजेट’ छलफल अन्त्यको तयारी

    काठमाडौँः आर्थिक वर्ष २०७५÷०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफल आज पनि हुँदैछ। संघीय संसद् सचिवालयले छलफललाई आज सक्ने तयारी गरेको छ। छलफलको अन्त्यमा विभागीय मन्त्रीले जवाफ दिनेछन्। बिहान ११ बजेदेखि छलफल सुरु हुनेछ। छलफलमा भाग लिन नाम लेखाउने सांसदमध्ये अझै ३० भन्दा बढीले बोल्न बाँकी रहेको सचिवालयले जनाएको छ। छलफलको क्रम सकिएपछि अर्थमन्त्रीले जवाफ दिनेछन्। मन्त्रीको जवाफसँगै छलफल…

    विस्तृतमा पढ्नुस्

  • बाइबाई लोडसेडिङः औद्योगिक क्षेत्रमा रहेको तीन घण्टाको लोडसेडिङ पनि अन्त्य

    बाइबाई लोडसेडिङः औद्योगिक क्षेत्रमा रहेको तीन घण्टाको लोडसेडिङ पनि अन्त्य

    काठमाडौँः लामो समयको प्रयासपछि औद्योगिक क्षेत्रको लोडडसेडिङ पनि हटेको छ। नेपाल विद्युत् प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा भइरहेको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ। चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुनेगरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए। सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि  लोडसेडिङ अन्त्यको घोषणा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलः मुम्बईमाथि राजस्थानको जित, चेन्नाई प्लेअफमा

    आइपीएलः मुम्बईमाथि राजस्थानको जित, चेन्नाई प्लेअफमा

    इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थान रायल्सले प्लेअफमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ। हैदरावाद र चेन्नाईले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। दुई स्थानका लागि तीन टिमको प्रतिस्पर्धा छ।  मुम्बईलाई सात विकेटले हराउँदै राजस्थानले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको हो। १२ खेल खेलेको राजस्थानको १२ नै अंक भएको छ। यस्तै, समान खेलबाट कोलकताको…

    विस्तृतमा पढ्नुस्

  • यार्सागुम्बा संकलन सुरु, विद्यालय तीन महिनाका लागि बन्द

    यार्सागुम्बा संकलन सुरु, विद्यालय तीन महिनाका लागि बन्द

    ललित सिंह बझाङः सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो। तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीय खुसी भएका छन्। यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौँ विद्यालय बन्द भएका छन्। यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • केटीले मन्जुर नगरेपछि रोकियो बालविवाह

    महोत्तरीः महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ। जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो। जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको सो बालविवाह रोकिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार दुलही रागिनीले नै सो विवाह अस्वीकार गरेको सूचना…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा एकता भए वाम गठबन्धन पनि डराउनेछन् : शशांक कोइराला

    कांग्रेसमा एकता भए वाम गठबन्धन पनि डराउनेछन् : शशांक कोइराला

    चितवन: नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताएका छन्।  नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा कोइरालाले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताए। “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ”–उनले प्रश्न गरे, “अब के यसरी पार्टी चल्न सक्छ…

    विस्तृतमा पढ्नुस्

  • नवीनालाई अनेरास्ववियुले जेठ ४ मा नेतृत्वबाट बिदाई गर्ने

    नवीनालाई अनेरास्ववियुले जेठ ४ मा नेतृत्वबाट बिदाई गर्ने

    काठमाडौं : अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठक आगामी जेठ ४ र ५ गते काठमाडौँमा हुने भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा जेठ ४ गते उद्घाटन गर्ने भनिएको उक्त बैठकले अध्यक्ष नवीना लामालाई बिदाई तथा नयाँ नेतृत्व छनोट गर्नेछ।  मुलुकको विकास र समृद्धिका लागि अबको विद्यार्थी आन्दोलनको कार्यदिशा तथा भावी रणनीतिकाबारे समेत बैठकमा छलफल गरिनेछ।  संगठनका अध्यक्ष लामा प्रतिनिधिसभा सदस्यमा मनोनीत…

    विस्तृतमा पढ्नुस्

  • सत्ता साझेदार एमाले र माओवादीबीच बजेटमा बखेडा?

    सत्ता साझेदार एमाले र माओवादीबीच बजेटमा बखेडा?

    काठमाडौं : आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा एमाले हावी भएको भन्दै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेताहरुको असन्तुष्टि बाहिर आउन थालेको छ।  गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट सम्बन्धि छलफलमा पूर्व प्रधानमन्त्रीको हैसियतमा प्रचण्डलार्इ बोलाए, जबकि प्रचण्डले सत्ता साझेदारको हैसियतमा आफूसँग बजेटका बारेमा प्रधानमन्त्रीले छुट्टै छलफल गर्लान् भन्ने अपेक्षा राखेका थिए।    सत्ता साझेदार दलका नेताका हिसाबले नबोलार्इ…

    विस्तृतमा पढ्नुस्

  • ‘ड्रिम गर्ल’को पोस्टरसँगै नयाँ प्रदर्शन टार्गेट

     ‘ड्रिम गर्ल’को पोस्टरसँगै नयाँ प्रदर्शन टार्गेट

    काठमाडौं : फिल्म ‘ड्रिम गर्ल’ निर्माण टिमले फस्टलुक पोस्टरसँगै नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ। असार २९ मा फिल्म प्रदर्शन गर्ने भनिएको टिमले असोज १९ लाई प्रदर्शन टार्गेट तय गरेको हो। ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म प्रेमकथामा आधारित छ। आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन विक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा,लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ 'अमेरिका बोइज'को ट्रेलर

    यस्तो छ 'अमेरिका बोइज'को ट्रेलर

    काठमाडौं : फिल्म 'अमेरिका बोइज'को ट्रेलर सार्वजनिक भएको छ। आइतवार काठमाडौंमा निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। डार्क कमेडी जनरामा बनेको फिल्ममा अर्पण थापा, अभय बराल र आशिष प्रसाईंको मुख्य अभिनय रहेको छ। उनीहरुसँगै सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की, मनिश राउत, रुबी राणा, सुवास गजुरेल, शारदा गिरी लगायतको अभिनय रहेको छ। प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्मलाई प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री खतिवडालाई प्रदेश २ का सांसदहरुको दबाब: 'मधेशमा योजना थप्नुपर्‍यो'

    अर्थमन्त्री खतिवडालाई प्रदेश २ का सांसदहरुको दबाब: 'मधेशमा योजना थप्नुपर्‍यो'

    काठमाडौं: अर्थमन्त्री युवराज खतिवडालाई प्रदेश दुईबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले बजेटमा मधेशका विषयमा योजना थप्न दबाब दिएका छन्। सांसदहरुले अर्थमन्त्री खतिवडालाई उनकै निवासमा भेटी बजेटमा मधेशका विषयहरुलाई वास्ता नगरिएको भन्दै मधेशसँग सरोकारका विषय थप्न दबाब दिएका हुन्। ‘यस पटकको बजेटमा पहाडमा मात्रै चार लेन रोड बनाउने योजना रहेको जानकारी पाएका थियौं। हामीले चार लेन सडक दुई नम्बर प्रदेशमा पनि…

    विस्तृतमा पढ्नुस्

  • टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभियो: निक्षेप ५७ अर्ब, शाखा ९१

    टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभियो: निक्षेप ५७ अर्ब, शाखा ९१

    काठमाडौं : आईतबार एक कार्यक्रमका बीच टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभिई मेघा बैंक नेपालको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दुवै बैंकको एकीकृत कारोबार शुरु गरे। दुई बैंक गाभिएपछि बैंकको चुक्ता पूँजी ९ अर्ब २९ करोड पुगेको छ।  त्यसैगरी बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैंयाँ पुगेको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत…

    विस्तृतमा पढ्नुस्

  • सर्वनाममा फेरि 'जिउँदो आकाश' मञ्चन हुने

    सर्वनाममा फेरि 'जिउँदो आकाश' मञ्चन हुने

    काठमाडौं : काठमाडौंको सर्वनाम थिएटरमा नाटक 'जिउँदो आकाश' फेरि मञ्चन हुने भएको छ। सर्वनाम थिएटरमा ०७४ को साउन र फागुनमा पहिल्यै मञ्चन भैइसकेको नाटक अन्तर्राष्ट्रिय समलिङ्गी घृणाविरुद्धको दिवस, मे १७ तारिखको अवसरमा फेरि मञ्चन हुने भएको हो। अनिल सुब्बाले अभिनय गरेको नाटक ३१ वैशाखदेखि २ जेठसम्म ३ दिन सर्वनाममा मञ्चन हुँदैछ। चन्द्रप्रसाद पाण्डेको लेखन र आरके मेहता रोशनको निर्देशनमा बनेको नाटक यसअघि पहिलोपटक…

    विस्तृतमा पढ्नुस्

  • खुमन र मन्जुको 'अष्ट्रेलिया गएको' सार्वजनिक

    खुमन र मन्जुको 'अष्ट्रेलिया गएको' सार्वजनिक

    काठमाडौं : गायक खुमन अधिकारी र मन्जु पौडेलको स्वरमा 'अष्ट्रेलिया गएको' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। विष्णु सापकोटाको शब्द तथा खुमनको संगीत रहेको गीतको भिडियोमा करिश्मा ढकाल र शम्भु रिजाल फिचर्ड छन्। प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • सुजीव अर्को पुस्तक 'अर्थात अर्थतन्त्र'को विमोचन

    सुजीव अर्को पुस्तक 'अर्थात अर्थतन्त्र'को विमोचन

    काठमाडौं : सुजीव शाक्यको पुस्तक 'अर्थात अर्थतन्त्र'को विमोचन भएको छ। पब्लिकेशन्स नेपालय प्रकाशनद्वारा प्रकाशित पुस्तकलाई उनले शनिबार विमोचन गरेका हुन्। पुस्तकबारे बोल्दै उनले भने 'हाम्रा सबै कुराकानी जताबाट घुमेर गए पनि अन्तिममा टुंगिने त उही अर्थतन्त्रमै हो, त्यसैले यसको नाम  'अर्थात अर्थतन्त्र' राखेको हुँ ।' कार्यक्रममा उनले आर्थिक क्षेत्रको विसंगतिका विषयमा बोलेका थिए। सुजीव अर्थशास्त्रको विद्यार्थी हुन्। सुजीवले यसअघि अंग्रेजीमा लेखेको 'अनलिसिङ…

    विस्तृतमा पढ्नुस्

  • टायर बाल्नु, कालो झण्डा देखाउनु राजनीतिक विकल्प हैन : विश्वप्रकाश शर्मा

    टायर बाल्नु, कालो झण्डा देखाउनु राजनीतिक विकल्प हैन : विश्वप्रकाश शर्मा

    काठमाडौँ : नेपाली काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली युवाले राजनीतिक संस्कारमा सुधार ल्याउनु पर्ने बताए। शनिबार युथ नेटवर्क दमक र बीपी अध्ययन प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको अन्तरसंवादमा विश्वप्रकाश शर्मा वक्ता रहेका थिए। कार्यक्रममा 'राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व'माथि छलफल भएको हो।  कार्यक्रममा उनले भने,'नेपाली राजनीतिको स्वरुप परिवर्तन भएको छ तर अझै पनि सुधार गर्नुपर्ने धेरै ठाउँहरु छन्।' उनले राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • प्रशन्न घिमिरेको 'मिझोर' उत्सव सम्पन्न

    प्रशन्न घिमिरेको 'मिझोर' उत्सव सम्पन्न

    काठमाडौं: कवि प्रशन्न घिमिरेले मिझोर उत्सव आयोजना गरे। उनले आफ्नो दोस्रो कविता संग्रहको आधिकारिक घोषणाका लागि कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा उनले संग्रह 'मिझोर' बजारमा उपलब्ध भएको बारे जानकारी दिए। उनीसँगै सञ्चारकर्मी शेखर खरेलले किताब लोकार्पण गरेका हुन्। मिझोर उत्सव दिइएको कार्यक्रममा पुस्तक सार्वजनिकरणसँगै कविता वाचन एवं कविताहरुमाथि परिचर्चा भयो। कविले नयाँ संग्रहमा रहेका कविताहरु वाचन गरेका हुन्। कार्यक्रममा उनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell