काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा नोटबन्दी हुँदा प्रभावित भएका नेपालीहरुको विषयमा ठोस जवाफ आउन नसकेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे संसदलाई जानकारी गराउँदै ओलीले भने,‘यसअघि पनि मैले नोटबन्दीको विषयमा कुरा उठाएको थिए। यस पटक पनि उठाए तर भारतीय पक्षबाट ठोस जवाफ आएको छैन।’ नोटबन्दीबाट प्रभावितहरुको विषयमा पुनः छलफल हुने प्रधानमन्त्री ओलीले बताए।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताएका छन्। आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताए। संसदमा ओलीले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्रनीति मित्रतामा आधारित हुने…
काठमाडौं : फिल्म '१०० कडा १०'को छायाँकन अहिले पोखरामा भैईरहेको छ। फिल्मको ८० प्रतिशत छायाँकन सकिसकेको निर्माण टिमले जनाएको छ। रामशरण पाठकको निर्देशनमा छायाँकन भईरहेको फिल्ममा अभिनेता अमृत ढुङ्गाना र करुणा श्रेष्ठको मुख्य अभिनय रहनेछ। निर्देशन पाठककै लेखनमा बन्ने फिल्ममा अमृत र करुणासँगै राजाराम पौडेल, रबि डङ्गोल, रश्मि भट्ट, अमित पोखरेल, उत्सव न्यौपाने, मनोज गजुरेल, बर्मेली अभिनेत्री सोनिया राईको अभिनय रहनेछ। दर्शक…
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई जानकारी गराएका छन्। संसदलाई जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा कुटनीतिक मर्यादा विपरीत कार्य भएको बताएका छन्। ओलीले भने,‘त्यहाँ व्यक्त भएका कुरा कुटनीतिक मर्यादा विपरीत भएको हो। त्यहाँ कमजोर प्रस्तुति भयो। त्यो अनुभवको कमीले होला।’ संसदमा ओलीले त्यहाँ भएको गतिविधि…
काठमाडौं : काठमाडौंमा 'मिस नेवाः ११३८' का प्रतिस्पर्धिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। नेप्लीज फेसन होमको आयोजनामा सम्पन्न ट्यालेन्ट सो मा नेवार समुदायका १७ युवतीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्। अधिकांशले नृत्य प्रस्तुत गरेका थिए। नेवारी पहिरन हाकु पटासीमा सजिएका युवतिहरुले नृत्यका लागि नेपाल भाषाका गीतहरु छनोट गरेका थिए। रिजु मानन्धर, बीना महर्जन, सृष्टि शाक्य, राधा श्रेष्ठ, निकिता शाक्य, प्रजिता श्रेष्ठ, सन्ध्या…
काठमाडौँः नेपाल प्रहरीका २९८ हवल्दारको बढुवा गरिएको छ। शनिबार बढुवा समितिले रिक्त रहेको पदमा २९८ जना हवल्दारलाई सहायक प्रहरी निरीक्षक (असई) मा बढुवा भएको छ। हेर्नुस् बढुवा सूची
काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको दुई दिने भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई जानकारी दिने भएका छन्। प्रतिनिधिसभाको बिहान ११ बजे बस्ने बैठकमा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए। सम्बोधनको समय व्यवस्थापनका लागि प्रधानमन्त्रीको सचिवालयले सभामुख कृष्णबहादुर महरालाई आग्रह गरिसकेको छ। संघीय संसद् सचिवालयले पनि प्रधानमन्त्रीको सम्बोधनका जानकारी आएको बताएको छ। यसअघि मोदी भ्रमणका विषयमा…
रुपन्देहीः विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। अरुण तेस्रो भारतलाई निर्माण गर्न दिने यसअघिको निर्णयलाई संयुक्त शिलान्यास गरिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला भारतीय सेना अस्वभाविक प्रवेश गरेको भन्दै नेकपाले आज बन्दको आह्वान गरेको नेकपा रुपन्देहीका इञ्चार्ज शरद ओलीले जानकारी दिए। बन्दका कारण कक्षा ११ को परीक्षा दिइरहेका परीक्षार्थी मर्कामा परेका छन्।…
काठमाडौँः संघीय संसदको दुबै सदनको बैठक आज पनि बस्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैतर्फ आज पनि आर्थिक वर्ष २०७५÷०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ। बिहीबारदेखि सुरु भएको छलफल दुई दिन स्थगित भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि दुई दिन बैठक स्थगित भएको हो। प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैतर्फको बैठक बिहान ११ बजे बस्नेछ। पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबारसम्म छलफल…
बाबियाचौरः बेनी नगरपालिका–१ आनन्दबगरमा बस्ती संरक्षणको बहानामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी–निकासी भएको छ। जिल्ला समन्वय समितिसँग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन गर्न पाइने नीतिगत व्यवस्था विपरीत सेभेनस्टार युवा क्लबका पदाधिकारीले बस्ती संरक्षणको बहानामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा चोरी–निकासी गरेका छन्। आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले पनि अनुमति…
मलेखुः पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ। सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१/आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। आज बिहान करिब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा…
रत्ननगरः चितवनको भरतपुर ओरालो नजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। उनका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ। अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र…
भीमदत्तनगरः कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुबाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान करिब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए। दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका…
सुनसरी: नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले भारतीय सांसद किर्ती आजादले जनकपूरलाई भारतले फिर्ता ल्याउनूपर्छ भन्ने अभिव्यक्ति दिएर नेपालको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै यस बिषयमा नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत तत्कालै धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। नेपाल निजामती युनियन (संघ) ले सुनसरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले उक्त भनाइ राखेका हुन्। त्यसैगरी नेता कोइरालाले नेपालको सुरक्षा चुनौति बढेकोमासमेत…
काठमाडौं : युवा लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। ११औँ सिजनको आइपीएल अन्तर्गत शनिवार सन्दीप दिल्ली डेयरडेभिल्सको पहिलो रोजाईँमा परेसँगै सन्दीपले उक्त उपलब्धी हासिल गरे। आइपीएलमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेसँगै चर्चामा आएका सन्दीपले डेब्यु गर्न भने ११ खेल बेन्चमा बसेर कुर्नुपर्यो। सन्दीपले विराट कोहलीको रोएल च्यालेन्जर्स बैंगलोर विरुद्ध आइपीएलमा डेब्यु गरे। सन्दीपले आइपीएल…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः भारत भ्रमणको निम्तो दिएका छन्। नेपालको दुई दिने भ्रमणका क्रममा रहेका उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका हुन्। मोदी नेपाल भ्रमण सकेर फर्किसकेका छन्। मोदीको भ्रमणका क्रममा जारी भएको १६ बुँदे संयुक्त वक्तव्यको अन्तिम बुँदामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको उल्लेख छ। भ्रमणको मिति…
काठमाडौं : नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ। नागरिक अभिनन्दनपछि मोदीले नेपाली र हिन्दी भाषामा गरेको सम्बोधनमा नेपालको उल्लेख्य तारिफ गरे भने विकास निर्माणमा सहयोगी भूमिका निभाउने बताए। मोदीको लामो सम्बोधनको अन्त्यमा उनले इन्डियन प्रिमियर लिगको विषय समेत उल्लेख गरे। उनले नेपाल पनि आइपिएलमा जोडिएको सन्दर्भ सम्बोधनका क्रममा बताएका थिए। यसपटकको…
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डियन प्रिमियर लिग २०१८मा नेपाली क्रिकेट खेलाडी सहभागी भएकोमा खुशी व्यक्त गरेका छन्। शनिवार काठमाडौँ महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दे मोदीले नेपालको कनेक्सन भारतीय खेलमा समेत भएकाले खुशी प्रकट गरेका हुन्। नागरिक अभिनन्दनमा भारतीय प्रधानमन्त्री मोदीले भने, ’नेपालमा अहिले कति चर्चा छ थाहा छैन तर भारतमा अहिले आइपीएल म्याच भइरहेको छ। नेपाल…
काठमाडौं : भारतको कर्नाटक राज्यमा विधानसभाका २ सय २४ मध्ये २ सय २२ सिटका लागि मतदान भइरहेको छ। निर्वाचनको दुई दिन अगाडि त्यहाँको चुनाव आयोगले प्रचार प्रसारका साथै पत्रपत्रिकामा समेत विज्ञापन प्रकाशित गर्न रोक लगाएको छ। भारतीय भूमिबाट निर्वाचन प्रचारमा रोक लगाएको अवस्थामा भारतीय प्रधानमन्त्री मोदी नेपालबाट कर्नाटकको चुनाव प्रचारमा व्यस्त देखिए। मोदी नेपाल आउनु अगाडि नै बीबीसी हिन्दीमा अनिल…
गायक तथा नायक हिमेश रेशमिया विवाह बन्धनमा बाँधिएका छन्। अभिनेत्री सोनिया कपुरसँग विवाह गरेका हुन्। मुम्बइ स्थित आफ्नै निवासमा हिमेश र सोनियाले लगनगाँठो कसेका हुन्। सोनियाले टेलिभिजनमा 'कैसा ऐ प्यार है' , 'रिमिक्स', 'यस बोस' जस्ता सिरियलमा काम गरेकी छिन्। त्यस्तै हिमेशले बलिउडका लागि गीत कम्पोज गर्दै आएका छन्। हिमेशको यो दोश्रो विवाह हो। समारोहमा हिमेशको पहिलो श्रीमती तर्फका छोरा…