गायक दीप तामाङको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। 'र्वाँइ र्वाँइ' सारङ्गी बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो। गीतमा जितेन लेप्चाको शब्द तथा संगीत रहेको छ। फणिन्द्र राईले गीत एरेन्ज गरेका हुन् । 'र्वाँइ र्वाँइ सारङ्गी' बोलको गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास लिएका गायक दीपले बताए। उनले छिट्टै गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने जनाएका छन्।
काठमाठडौं: सर्वनाम थिएटरले आयोजना गरेको ३ मिनेट मोबाईल फिल्म प्रतियोगिता ‘दृश्यांश’को नतिजा सार्वजनिक भएको छ। प्रतियोगितामा अनुज पाण्डेले निर्देशन गरेको ‘रात १३’ उत्कृष्ट घोषित भयो। दोस्रो स्थानमा अर्पण बस्नेतको ‘ढलपल’ र तेस्रोमा विजय गजमेरद्वारा निर्देशित ‘द ईन्टरभ्यु’ रह्यो। त्यसैगरी पब्लिक च्वाईस अवार्ड फिल्म ‘अमृत’ले हात पार्यो। शर्मिला आलेद्वारा निर्देशित ‘स्माईल’ले बेस्ट मेन्सन प्राप्त गरेको छ। कार्यक्रममा उत्कृष्ट १० फिल्महरु…
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथमा पूजा गरेका छन्। शनिबार विहानै काठमाडौँबाट विशेष हेलिकोप्टरमा पुगेका उनलाई त्यहाँ प्रदेश ४ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटनमन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका थिए। मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार मुक्तिनाथ पुगेका मोदी केही सयम मुक्तिनाथ मन्दिर परिसर निर्माण गरिएको अति विशिष्ट कक्षमा केही समय आराम गरी मन्दिरमा पूजा गरेका थिए। मोदीको स्वागतका…
पोखराः प्रदेश नम्मर ४ का सभामुख नेत्रनाथ अधिकारी बाथरुममा चिप्लिएर लड्दा गम्भीर घाइते भएका छन्। अधिकारी आफू बस्दै आएको पोखराको नागढुङ्गास्थित क्वाटरमा चिप्लिएर लड्दा बेहोस भएका हुन्। सभामुख अधिकारीको टाउकोमा रगत जमेको रिपोर्टमा देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 'टाउकोमा बाहिरी चोट देखिएको छैन तर, सिटिस्क्यान गर्दा रिपोर्टमा टाउकोमा रगत जमेको देखिएको छ उपचारको लागि काठमाडौँ लैजाने तयारी थालिएको छ'…
जोस बट्लरको नटआउट ९५ रनको योगदानले राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्ग्समाथि रोमाञ्चक जित हात पारेको छ। राजस्थानले एक बलअघि १७७ रनको लक्ष्य पूरा गर्यो। जितसँगै उसले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। ११ खेलबाट राजस्थानले १० अंक बनाएको छ। दोस्रो स्थानमा रहेको चेन्नाईको ११ खेलबाट १४ अंक छ। एक खेल कम खेलेको पञ्जाव चेन्नाईपछि तेस्रो स्थानमा छ। हारसँगै प्लेअफका लागि…
काठमाडौँ : नेपाल प्रहरीले ४५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। जेठ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो। महानगरीय अपराध महाशाखामा कार्यरत डिएसपी अजय केसी महानगरीय प्रहरी प्रहरा गण सामाखुसी सरुवा भएका छन्। त्यसैगरी महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युत प्रसाद पुडासैनी प्रहरी प्रधान कार्यालय विषेश व्यूरोमा सुरुवा भएका हुन्। हेर्नुस्…
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सैनिक मञ्च टुँडिखेलमा ‘गार्ड अफ अनर’ (सम्मान गारथ) प्रदान गरिएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा मोदीलाई नेपाली सेनाको टुकडीले गार्ड अफ अनर प्रदान गरेको हो। यसअघि आज बिहान दिल्लीबाट जनकपुर ओर्लिएका भारतीय प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजा गरी त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संयुक्त रूपमा रामायण सर्किट तथा जनकपुर अयोध्या बस सेवाको उद्घाटन…
काठमाडौं : वास्तविक दुई पात्रका कथा र अभिनयमा बनेको फिल्म 'बोबी'को नर्वे प्रिमियर सम्पन्न भएको छ। हलिउड फिल्ममात्र प्रिमयर हुने ओस्लोको भीका भिक्टोरिया हलमा 'बोबी'को प्रिमियर गरिएको हो। नर्वे, इटाली, माल्टा, युकेका नेपालीसँगै विदेशीले नेपाली फिल्म हेरेका थिए। फिल्ममा प्रयोग गरिएका सबटाइटलका कारण विदेशी दर्शकलाई फिल्म हेर्न सहज भयो। नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपन पनि प्रिमियरमा सहभागि थिए। प्रिमियरमा करिव ४…
काठमाडौं: रङ्गमञ्च हुँदै फिल्मका अभिनेता बनेका नाजिर हुसेनले फिल्मबाट केही समय विश्राम दिंदै छन्। उनले नाटकलाई समय छुट्याएका हुन्। नाजिरको परिकल्पना एवं निर्देशनमा 'द अग्ली डकलिङ' तयार भएको छ। 'कुरुप हाँस' भनिएको नाटकमा सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँसले गर्ने अपहेलना र विभेद देखाइन्छ। नाजिरले नाटकको परिकल्पना बारे भने,'कथामा जनावरलाई देखाइए पनि हाम्रो समाजको मान्छेमै रुप र रङ्लाई लिएर…
जनकपुरधाम : नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान र नेपाल सरकारको नीति विरुद्ध बोलेका छन्। राज्यको विभेदका कारण मधेश पिछडिएको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘राज्यद्वारा मधेशीप्रति गरिएको पूर्वाग्रह एवं विद्वेकषपूर्ण मानसिकताका कारण मधेशका जनता तुलनात्मक रुपमा अत्याधिक गरीब, बेरोजगार, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जिउन बाध्य छन्।’ मधेश विकासको…
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। अभिनन्दन समारोहमा बोल्दै भारतीय प्रधानमन्त्रीले नेपाललाई भारतसँग कनेक्टिभिटीको बहुआयामिक क्षेत्रबाट जोड्ने घोषणा गरे। उनले यो घोषणा गरिरहँदा उनले हवाई ‘कनेक्टिभिटी’लाई बढाउने कुराको उच्चारण भने गरेनन्। भारतीय प्रधानमन्त्री मोदीले सडकमार्ग, रेलमार्ग, जलमार्गबाट नेपाललाई भारतसँग जोड्ने दिशामा अगाडि बढेको उनले बताए। त्यस्तै उनले नेपाललाई ग्यास पाइपलाइनबाट जोड्ने विषयमा समेत काम अगाडि…
काठमाडौं : फिल्म 'हैरान'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। स्वरूप राज आचार्य र दुर्गा परियारको स्वर, शान्तिप्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा फिल्मको 'तिमी मुस्कुराउँदा' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा कलाकारहरु गजित विष्ट, निश्मा घिमिरे, मोहमद वशिम राजा र आरोही शर्मा फिचर्ड छन्। गीतलाई गम्भिर विष्टले निर्देशन गरेका हुन्। विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा बनेको फिल्म कमेडी र…
काठमाडौं : छक्का पञ्जाको प्रिक्वेल 'छक्का पञ्जा ३' को छायाँकन प्रारम्भ भएको छ। शुक्रवार भत्तपुरको सुर्यविनायकमा अवस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्म टिमले छायाँकन प्रारम्भ गरेको हो। दीपा श्री निरौला कै निर्देशनमा बन्ने यस फिल्ममा 'ऐश्वर्य'बाट डेव्यू गरेकी अभिनेत्री दीपिका प्रसाईं र 'मङ्गलम' अभिनेता पुष्प खड्का देखिने भएका छन्। उनिहरुसँगै यसअघि सिक्वेलसम्म देखिएका कलाकार दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ,…
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजा सुरु गरेका छन्। भारतको एयर इण्डियाको विमानबाट जनकपुर विमानस्थलमा आइपुगेका मोदी त्यहाँबाट उच्च सुरक्षाकासाथ जानकी मन्दिरमा पुगेका हुन्। उनलाई त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे।
काठमाडौं: प्रहरीले नक्कली सुन देखाएर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापका २५ वर्षीय दिपेन्द्र बराइली र सिन्धुपाल्चोकका २७ वर्षीय रमेश बैजुलाई पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। एसपी उप्रेतीले भने, ’उनीहरुले नक्कली सुन बेचेर रकम असुलेको पाइयो। कतिलाई ठगे भन्ने अनुसन्धान गरिरहेका छौं।‘ प्रहरीले ललितपुर महानगरपालिका वडा नम्वर २८ हरिसिद्धीस्थित बिकेएम खाजाघरबाट सुनजस्तो देखिने धातु सात…
जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा ओर्लिएका छन्। मोदी जनकपुरस्थित विमानस्थलमा दिल्लीबाट आइपुगेका हुन्। यसअघि भारतीय प्रधानमन्त्री मोदी पटनाबाट भारतीय सेनाको हेलिकोप्टरबाट आउने बताइए पनि उनी एयर इण्डियाको विमानबाट जनकपुर ओर्लिएका हुन्। उनलाई विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितका प्रदेशका मन्त्रीहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। उनी जानकी मन्दिर प्रस्थान गर्दै छन्।
धनकुटाः प्रदेशको राजधानीलगायत विभिन्न माग गर्दै नेपाली काँग्रेस धनकुटाको पार्टी कार्यालयमा चार महिनाअघि लगाएइको ताला आज खोलिएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस पार्टी कार्यालयमा चार महिनाअघि लगाइएको ताला खोलेर नेता तथा कार्यकर्ताले दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन्। पार्टी सरकारमा हुँदा प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा नबनाइएको, पार्टी केन्द्रीय समिति एवं भ्रातृ संगठनमा धनकुटाबाट प्रतिनिधित्व नभएको एवं…
काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा आज नेपाल आउँदैछन्। प्रधानमन्त्री मोदी पटनाबाट प्रदेश २ को अस्थायी मुकाम जनकपुर आउनेछन्। काठमाडौँ बाहिरबाट भ्रमणको सुरुवात गरेका मोदी भारतीय वायुसेनाको विशेष विमानबाट बिहान १० बजे जनकपुर आइपुग्ने कार्यक्रम रहेको छ। जनकपुरमा मोदीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा…
अमरेन्द्रकुमार यादव- जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जनकपुर आइपुग्दै छन्। मोदीको स्वागतका लागि जनकपुर सिंगारिएको छ भने सुरक्षा कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीवार सूचना जारी गर्दै प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा शुक्रवार विहान १० बजेदेखि जानकी मन्दिर तथा बाह्र बिगाहको सय मिटर क्षेत्र तथा विमानस्थलदेखि बाह्र विगहाको सडक छेउछाउमा धरिलो चिज बस्तु, मोटरसाइकलको हेलमेट, झोला पोका…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा प्रधानमन्त्री कप अन्तर प्रदेश एक दिवसीय क्रिकेट प्रतियोगिता जेठ १३ गतेदेखि हुने भएको छ। राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी,नेपाल प्रहरी,एपीएफ) गरी १० पुरुष टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। लिगकम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु कीर्तिपुर र…