काठमाडौँः संघीय संसदमा सरकारका तर्फबाट पेस भएको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामा आजदेखि छलफल हुँदैछ। सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सिद्धान्त र प्राथमिकता सदनमा पेस गरेका थिए। सभामुख कृष्णबहादुर महराले सिद्धान्त र प्राथमिकतामाथि बिहीबार बिहान ११ बजेदेखि छलफलको समय तोकेका छन्। दलीय आधारमा छलफलमा भाग लिनका लागि समय निर्धारण गरिएको छ। अर्थमन्त्री खतिवडाले सरकारको…
काठमाडौँः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ। ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौँको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। अदिपले विसं २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशको हत्या गरेर फरार भएका थिए। पक्राउ भएका…
आइपीएलमा बुधबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइट राइडर्सलाई १०२ रनले पराजित गरेको छ। इशन किसनको आक्रमक अर्धशतक तथा पाण्ड्या दाजुभाईको उत्कृष्ट बलिङमा मद्दतमा मुम्बईले फराकिलो जित हासिल गरेको हो। जितपछि ११ खेलबाट १० अंक जोडेको साविक विजेता मुम्बई अंक तालिकामा कोलकतालाई पछि पार्दै चौथो स्थानमा उक्लेको छ। समान खेलबाट १० अंक नै रहेको कोलकता रनरेटमा पछि परेको हो। यस…
काठमाडौं : सडक बालबालिकाहरुको विश्वकप स्ट्रिट चाइल्ड वर्ल्डकप ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा प्रतिस्पर्धा गर्न नेपाली टोली बुधवार रुसको मस्को प्रस्थान गरेको छ। मस्को जानुअघि बुधवारै १२ सदस्यीय नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको थियो। ९ खेलाडी र ३ अफिसियलसहितको टोलीलाई एन्फा महासचिव इन्द्रमान तुलाधरले बिदाई गरे। उनले पहिलो पटक यस्तो प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली टोलीलाई…
दोस्रो अन्तर्राष्ट्रीय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपालले १ रजत र ३ कास्य पदक जितेको छ। बंगलादेशको ढामा भएको च्याम्पियनसिप अन्तर्गत नेपालको रिकर्भ पुरुष टिमले १ रजत जितयो। साथै कम्पाउण्ड टिम पुरुष, टिम महिला र कम्पाउण्ड मिक्स टिममा गरी नेपालले ३ कास्य जितेको हो। बंगलादेशको ढाकामा भएको च्याम्पियनसिपमा २० वटा देशले भाग लिएका थिए ।
विराटनगर : प्रदेशको नामाङ्कन र राजधानीको निर्णय नगरी प्रदेश नम्बर १ को हिउँदे अधिवेशन सकिएको छ। प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सुनाउँदै प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले बुधबार राति १२ बजेदेखि अधिवेशन सकिएको घोषणा गरे। प्रदेश सभाको पहिलो बैठक माघ २२ गते गरिएको थियो। वैशाख २६ सम्मका ९३ दिनमा २२ दिन ३९ पटक बैठक राखिए। कुल ३९ बैठकमा २८ घण्टा १८ मिनट…
काठमाडौं: नेपाल भारत सम्बन्ध राजनीतिक नेतृत्व तहमा हेर्दा मिले जस्तो लागे पनि वास्तविक रुपमा जनस्तरमा पुग्दा समस्याग्रस्त रहेको कुटनीतिक क्षेत्रका जानकारहरुले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको सन्दर्भमा 'सेन्टर फर डिप्लोमेसी एण्ड डेभलप्मेन्ट'ले आयोजना गरेको नेपाल भारत सम्बन्धः सम्भावना र चुनौती विषयक अन्तर्क्रियामा उनीहरुले यस्तो बताएका हुन्। कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका पूर्व प्रमुख…
काठमाडौं : गायिका सरिता प्रजापतीको ‘नेक्टस् टाइम’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गणेश श्रेष्ठको शब्द तथा अनिश श्रेष्ठको संगीत रहेको भिडियोमा जान्वी बस्नेत र मोहन तिमल्सिना फिचर्ड छन्। सरिताले थारु, भोजपुरी र नेपाल भाषाका गीत समेत गाएकी छिन्।
काठमाडौं : 'डी सिने अवार्ड २०७४' का उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ। जेठ १० गते काठमाडौंको राष्ट्रिय सभा गृहमा अवार्ड कार्यक्रम आयोजना हुने भएको हो। निर्देशक मोहन निरौला, पत्रकार/निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, सङ्गीतकार सन्तोष श्रेष्ठ एवम् निर्देशक/सिनेमाटोग्राफर शबनम मुखिया अवार्ड निर्णायकहरु हुन्। २९ विधामा अवार्ड वितरण हुनेछ। त्यससँगै कार्यक्रममा जुरी अवार्ड, क्रिटीक्स अवार्ड, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस…
काठमाडौं : कान्तिपुर पब्लिकेशन्सको आयोजनामा कान्तिपुर रनर हाफ म्याराथन यही जेठ ५ गते हुने भएको छ। २०६७ सालबाट सुरु भएको हाफ म्यराथनको यो आठौँ संस्करण हो। यसअघि कान्तिपुर पब्लिकेशन्सको वार्षिकोत्सवको आयोजना हुँदै आएको हाफ म्याराथन यस पटक भने छुट्टै समयमा हुन लागेको हो। अब देखि वार्षिकोत्सव भन्दा फरक समयमा आयोजना हुने र कान्तिपुरको कार्यक्रम भन्दा पनि राष्ट्रकै हाफ म्याराथन रहेको…
काठमाडौं : पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे प्रतिनिधि सभालाई जानकारी दिएका छन्। शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर र काठमाडौंमा अभिनन्दनसमेत गरिने उनले जानकारी दिए। परराष्ट्रमन्त्री ज्ञवालीले भने, 'मोदीलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन हुन्छ।' भारतीय समकक्षीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर जाने कार्यक्रम रहेको पराराष्ट्र मन्त्रीले जानकारी दिए। जनकपुरमा ओली…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी अध्यक्षको भेटपछि वातावरण सहज बनेको सार्वजनिक गरेको छ। 'भेटवार्तामा ट्विट लगायत सञ्चार माध्यममा आएका विषयवस्तुले सृजना गरेका भ्रममाथिको छलफलपश्चात वातावरण सहज बन्यो,' दाहालको आधिकारिक धारणा सार्वजनिक गर्ने साइट सिएमप्रचण्डमा लेखिएको छ। आज बिहान प्रधामन्त्री निवास वालुवाटारमा ओली र प्रचण्डबीच भेट भएको थियो। प्रधानमन्त्री केपी शर्मा…
बलिउड अभिनेत्री सोनम कपूर र उनका प्रेमी आनन्द अहुजाको रिसेप्सन पार्टीमा सलमान खान र शारुख खान नाचेका छन्। रिसेप्सन पार्टीमा सोनम र उनको बुवा अनिलसँगै दुई खान नाचेका हुन्। दुई खानसँगै उपस्थित कलाकारहरु पनि त्याँहा नाचेका थिए। अनिल भने आफ्नो छोरी ज्वाँईको रिसेप्सन पार्टीमा सर्टको बटम नै खोलेर नाचे। त्याँहा कलाकारहरु साहिद कपूर, रणवीर सिंह, आलिया भट्ट, करिश्मा कपूर, अभिषेक बच्चन,…
काठमाडौं : कालिमाटीमा रहको क्रिस्टल इन्टरप्राइजेजको काउन्टरबाट ३ लाख रुपैयाँ लुटेर फरार भएका आशंकामा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। सीसी क्यामरामा देखिएको हुलियाको आधारमा रौतहट घर भएका कैलाश ठकुरीलाई पक्राउ गरिएको हो। वैशाख ९ गते बिहान कालिमाटी चोकमा रहेको क्रिस्टल इन्टरप्राइजेजमा रहेका दुई युवतीलाई पानीको बोतल देखाएर एसिड भन्दै ३ लाख रुपैयाँ लुटिएको थियो। पक्राउ परेका ठकुरी पूर्व प्रहरी…
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी बेइजिङका सेक्रेटरी लिजियाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग बुधवार बिहान आफ्नो निवास खुमलटारमा भेट गर्दै उनले भने, ‘ हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो। त्यसका लागि ‘कनेक्टिभिटी’ नै मुख्य हो। सडकको ‘कनेक्टिभिटी’, रेलको ‘कनेक्टिभिटी’ र संचारको…
अनिल चमडीया - १२ मे मा कर्नाटकमा विधानसभा निर्वाचन हुँदैछ। ठीक त्यतिखेर कर्नाटकका मदाताबीच प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका हिन्दु मन्दिरहरुको दर्शन गरिरहेको खबर सञ्चार माध्यमबाट प्रमुखताका साथ प्रसारित हुनेछ। प्रधानमन्त्रीको ११ मे देखिको नेपाल यात्राका बारेमा नेपालका गृहमन्त्री रामबहादुर थापाले स्पष्ट रुपमा भनेका छन् कि मोदीको यो भ्रमण धार्मिक र सांस्कृतिक यात्रा हो। भारतको चुनाव आयोगले देशको कुनै पनि क्षेत्रमा…
काठमाडौं: गायक शंकर थापा र सुमी चाम्लिङ राईको स्वरमा 'फास्ट फास्ट कल्पना' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री प्रियंका कार्की र सुनिल श्रेत्रीको टिम नेपाली ठिटोज फिचर्ड छन्। डि.पी खनालको शब्द तथा शंकरको संगीत रहेको गीतमा अनिल के. मानन्धरकोको छायाँकन रहेको छ। भिडियोमा सुनिलको कोरियोग्राफी छ भने विकास ज्ञवालीको सम्पादन।
काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार र शनिबार हुन लागेको भ्रमणमा सुरक्षाका लागि भारतीय सेनाको कमाण्डो टोली नेपाल उत्रिएको छ। सुरक्षा प्रबन्ध मिलाउन भन्दै टोली नेपाल आएको हो। सोमबार र मंगलबार गरी भारतबाट ८६ जनाको कमाण्डो टोली नेपाल आएको हो। टोलीले प्रधानमन्त्री मोदी आउने जनकपुर, काठमाडौँ र मुस्ताङको सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेको गृह स्रोतले जानकारी दिएको छ। ८६ जनाको सुरक्षा…
काठमाडौँः गएरातिको हावाहुरीको कारण देशभर तीन जनाको मृत्यु भएको छ। झापा, उदयपुर र धनुषा जिल्लामा हावाहुरीको कारण दुई महिला र एक पुरुषको मृत्यु भएको हो। धनुषाको सिद्धेश्वरनाथ नगरपालिका ५ अर्जनवामा हावाहुरीपछि घर भत्केर ५८ वर्षीय दुसीदास आत्माको मृत्यु भएको हो। त्यस्तै उदयपुरको कटारी नगरपालिका १ कालीखोलाकी ६५ वर्षीया आइतीमाया माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। हावाहुरीले माझीको…
काठमाडौँ: गत शुक्रबार राति नख्खु कारागारभित्र एक कैदीको रहस्यमय मृत्यु भएको छ। बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनुवारको मृत्यु भएको हो। सुनुवार कर्तव्य ज्यान मुद्धाको सजाय भुक्तान गरिरहेका थिए। मृतक सुनुवारका आफन्तले जेलभित्र नै हत्या भएको हुनसक्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ। परिसरका प्रमुख एसएसपी गणेश ऐरले भने 'कारागारभित्र एक कैदीको मृत्यु…