PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

  • राष्ट्रियसभा बैठक आज पनि बस्दै

    राष्ट्रियसभा बैठक आज पनि बस्दै

    काठमाडौँः राष्ट्रियसभा बैठक आज पनि बस्दैछ। बैठकमा यसअघि पेस भएको चारवटा अध्यादेश पारित गर्ने कार्यसूची रहेको छ। दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ सरकारले संसद् अधिवेशन नभएका बेला जारी गरेका चार अध्यादेश दोस्रो अधिवेशनको पहिलो बैठकमा पेस गरेको थियो। जसमा चिकित्सा शिक्षा अध्यादेश, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी अध्यादेश…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध मूर्ति बिक्री गर्दै हिँडेका तीन जना प्रहरी नियन्त्रणमा

    बुद्ध मूर्ति बिक्री गर्दै हिँडेका तीन जना प्रहरी नियन्त्रणमा

    नुवाकोटः बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा अनुसन्धान सुरु गरेको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा बरामद गरेको चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित पक्राउ परेकालाई मंगलबार अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए। नुवाकोटको विदुर नपा–९, तुप्चेका २४ वर्षीय सञ्जीव बानियाँलाई बा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा बैठक बस्दै, नियमावलीमाथिका संशोधन प्रस्ताव पेस हुने

    प्रतिनिधिसभा बैठक बस्दै, नियमावलीमाथिका संशोधन प्रस्ताव पेस हुने

    काठमाडौँः प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठकमा प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा संशोधनसहित पेस हुनेछ। यस्तै यसअघि बैठकमा पेस गरिएका चार अध्यादेशको सैदान्तिक छलफललाई पनि सम्भावित कार्यसूची बनाइएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा आइतबारको बैठकमा पेस भएको थियो। सोही बैठकले मस्यौदालाई संशोधन दर्ताका लागि अनुमोदन गरेको थियो। संशोधनका लागि तोकिएको समयसीमामा ६ वटा संशोधन दर्ताका भएका छन्। जसमा नेकपा एमालेका तीन सांसद्ले फौजदारी…

    विस्तृतमा पढ्नुस्

  • गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्करः एकको मृत्यु, एक जना घाइते

    गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्करः एकको मृत्यु, एक जना घाइते

    रत्ननगरः गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो। काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको बसले ब्याक गर्ने क्रममा ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का दिलबहादुर खत्रीको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • 'राजनीतिक स्थायित्वको अर्थ स्वतन्त्र न्यायपालिकासँगको सम्झौता होइन'

    'राजनीतिक स्थायित्वको अर्थ स्वतन्त्र न्यायपालिकासँगको सम्झौता होइन'

    काठमाडौँः कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले कानुन दिवस २०७५ का अवसरमा सम्पूर्ण न्यायप्रेमी नेपालीमा शुभकामना व्यक्त गरेका छन्। नेपाल प्रधान न्यायालयको ऐन, २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष मनाइँदै आएको कानून दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रुपमा रहेको सन्देशमा उल्लेख छ। सन्देशमा भनिएको छ, “नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशमा सुशासन, शान्ति, न्याय, विकास…

    विस्तृतमा पढ्नुस्

  • वृद्धा बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा

    वृद्धा बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा

    फलेवासः अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारका आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन्। पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन्। न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको छ। परियारलाई वैशाख ६ गते मोदी गाउँपालिका–३ देउराली गाउँमा घरमा बसिरहेको…

    विस्तृतमा पढ्नुस्

  • पिएसजीले जित्यो कोपा डे फ्रान्सको उपाधि

    पिएसजीले जित्यो कोपा डे फ्रान्सको उपाधि

    पेरिस सेन्ट जर्मेन (पिएसजी) ले तेस्रो श्रेणीको क्लब लेस हर्बियर्सलाई पराजित गर्दै कोपा डे फ्रान्सको उपाधि जितेको छ। यससँगै पिएसजीले एकै सिजनमा ३ घरेलु उपाधि जितेर ‘डोमेस्टिक ट्रेबल’ पूरा गरेको छ। पिएसजीले फाइनलमा लेस हर्बियर्सलाई २-० ले पराजित गर्दै १२औँ पटक कोपा डे फ्रान्सको उपाधि जितेको हो। यस्तै पिएसजीले कोपा फ्रान्सको उपाधि जितेको यो लगातार चौथो पटक हो। मार्सेले १० पटक…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग: साउथह्याम्पटनले स्वान्सीलाई हराएपछि वेष्टब्रोम रेलिगेशनमा

    प्रिमियर लिग: साउथह्याम्पटनले स्वान्सीलाई हराएपछि वेष्टब्रोम रेलिगेशनमा

    प्रिमियर लिग अन्तर्गत गएराति भएको एकमात्र खेलमा साउथह्याम्पटनले स्वान्सी सिटीलाई १-० ले हरायो। उक्त खेलको नतिजापछि मैदानमै नउत्रिए पनि वेष्टब्रोम एक खेल खेल्न बाँकी छदै रेलिगेशनमा परेको छ। सिजनको ३७ खेल समाप्तिपछि ३१ अंक मात्र रहेको वेष्टब्रोम रेलिगेशन जोन भन्दा ५ अंकले टाढा छ। वेष्टब्रोमले अब बाँकी एक खेल जिते पनि पुछारको ३ स्थान भन्दा माथि पुग्नेछैन। यसअघि नै स्टोक सिटी रेलिगेशनमा…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : लोकेश राहुलले नटआउट ९५ रन बनाए पनि पञ्जाव पराजित, राजस्थानको चौथो जित

    आइपीएल : लोकेश राहुलले नटआउट ९५ रन बनाए पनि पञ्जाव पराजित, राजस्थानको चौथो जित

    आइपीएलमा मंगलबार भएको खेलमा राजस्थान  रोयल्सले किंग्स एलेभेन पञ्जावलाई १५ रनले पराजित गरेको छ। ओपनर लोकेश राहुलले पूरा २० ओभर खेल्दै नटआउट ९५ रन बनाए पनि पञ्जावले १५९ रनको लक्ष्य भेट्न सकेन। सिजनको चौथो जितपछि १० खेलबाट ८ अंक जोडेको राजस्थान अंक तालिकामा छैटौँ स्थानमा उक्लेको छ। उसले प्लेअफ सम्भावना कायम राखेको छ। समान खेलबाट १२ अंक रहेको पञ्जाव तेस्रो स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • २२ एसपी एसएसपीमा बढुवा, पहिलो नम्बरमा राजेन्द्र ढकाल

    २२ एसपी एसएसपीमा बढुवा, पहिलो नम्बरमा राजेन्द्र ढकाल

    काठमाडौँः नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले मंगलबार २२ एसपीको बढुवा सिफारिस गरेको हो। बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ७९ दशमलव ३२ अंक प्राप्त गरेका राजेन्द्र ढकाल रहेका छन्। यस्तै सहकुल बहादुर थापा, अरुणकुमार बिसि, विभूतिराज पाण्डे, प्रकाश अधिकारी, पुजा सिंह लगायत रहेका छन्। बढुवा समितिले सोमाबार मात्र १६ एसएसपीको  डिआइजीमा बढुवा  गरेको…

    विस्तृतमा पढ्नुस्

  • नयाँबसपार्क पुलमुनि 'ब्राउन सुगर' बेच्दै गर्दा चार जना पक्राउ

    नयाँबसपार्क पुलमुनि 'ब्राउन सुगर' बेच्दै गर्दा चार जना पक्राउ

    काठमाडौं : अवैध लागू औषध बिक्री वितरण तथा ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाजगञ्जबाट खटिएको टोलीले सोमवार नयाँ बसपार्कस्थित आकाशे पुलमुनि बिक्री गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बर्दिया राजापुर ४ का ३० वर्षीय पंकज पुरी, नुवाकोट बागेश्वरी ५ का १८ वर्षीय प्रदीप लामिछाने, बर्दिया मधुवन ५ का २८ वर्षीय थिरबहादुर बस्नेत र गोरखा…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्रीको भ्रमणले पार्टी एकता ढिला भयो : पम्फा भुषाल

    भारतीय प्रधानमन्त्रीको भ्रमणले पार्टी एकता ढिला भयो : पम्फा भुषाल

    भक्तपुरः नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताएकी छिन्।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको उनको दाबी…

    विस्तृतमा पढ्नुस्

  • 'टोले गुन्डा' गुरुङ पक्राउः नक्कली पेस्तोल देखाएर लाखौं रुपैयाँ असुल्थे

    'टोले गुन्डा' गुरुङ पक्राउः नक्कली पेस्तोल देखाएर लाखौं रुपैयाँ असुल्थे

    काठमाडौं: नक्कली पेस्तोल देखाई पैसा असुली गर्ने एक जना टोले गुन्डालाई प्रहरीले पक्राउ गरेको छ। महानगरी प्रहरी बृत महाराजगञ्जको टोलीले सोमबार गणेशस्थानबाट काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। गुरुङले नक्कली पेस्तोल देखाई नयाँ बसपार्क, सामाखुसी, बसुन्धारा क्षेत्रका सर्वसाधारण, व्यापारी तथा होटेल व्यवसायीहरूबाट पैसा असुल्ने गरेका थिए। गुरुङको…

    विस्तृतमा पढ्नुस्

  • एसियन महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने

    एसियन महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने भएको छ। च्याम्पियनसिपमा भाग लिन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बुधवार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दैछ। मेणुकाकुमारी राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीमा हरिना थापा, सवित्रा बस्नेत, मानमति विष्ट, कल्पना थापा, केली गुरुङ, अन्जु कुलुङ राई, सन्जना तामाङ, भुवनेश्वरी जोशी, कमला थापा, नितु गुरुङ र फुपा लोप्चन रहेका…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेशनल सोलिडारिटी आर्चरी च्याम्पियनसिपको टिम रिकर्भमा नेपाल फाइनलमा

    इन्टरनेशनल सोलिडारिटी आर्चरी च्याम्पियनसिपको टिम रिकर्भमा नेपाल फाइनलमा

    काठमाडौं : आइएसएस इन्टरनेशनल सोलिडारिटी आर्चरी च्याम्पियनसिप नेपालको पुरुष टोली टिम रिकर्भको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशमा भइरहेको च्याम्पियनसिपमा नेपालले साउदी अरेवियालाई सुटआउटमा २७-२५ ले पराजित गरेको हो। रेगुलेसन प्लेमा दुवै टोलीले ४-४ मा सकिएपछि सुटआउटबाट नतिजा आएको हो। रोशन नगरकोटी, टिका पुन मगर र असिम शेरचन सम्मिलित नेपाली पुरुष टोली फाइनल पुगेको हो। नेपालले अब बुधवार फाइनलमा बंगलादेशसँग खेल्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • 'लम्फू'लाई बुवाको फोन : फिल्म पढिस् रे, थुक्क गधा!

    'लम्फू'लाई बुवाको फोन : फिल्म पढिस् रे, थुक्क गधा!

    रीना मोक्तान- वैशाख २८ अधीरताकासाथ पर्खिरहेका छन् झापा दमकका कबीर खड्का।  आफू हिरो भएको पहिलो फिल्म 'लम्फू' हलहरूमा लाग्दै गर्दा उत्साही छन् कबीर। डेब्यु फिल्ममै 'लिड रोल'! त्यसैले बेचैन छ उनी। पाँच वर्षअघि फिल्मी क्षेत्रमा आफ्नो नाम थप्न झापाबाट काठमाडौं पसेका २३ वर्षे कबीर एकाएक उदाएका भने होइनन्। काठमाडौं आएपछि उनले फिल्मी क्षेत्र बुझ्न नै दुई वर्ष लाग्यो। एसइइमा डिस्टिङसन…

    विस्तृतमा पढ्नुस्

  • एक महिनाको अन्तरमा चीनका सी र उत्तर कोरियाका कीमबीच दोस्रो भेटवार्ता

    एक महिनाको अन्तरमा चीनका सी र उत्तर कोरियाका कीमबीच दोस्रो भेटवार्ता

    बेइजिङ : चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिङपिङ र कोरियाली वर्कर्स पार्टीका अध्यक्ष तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनबीच भेटवार्ता भएको छ।  चीनको उत्तरपूर्वी प्रान्त लियानीङको दलियनमा दुई नेताबीच सोमबार र मंगलबार भेटवार्ता भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।  भेटवार्ताका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य वाङ हुनिन समेत सहभागी थिए।  सीले…

    विस्तृतमा पढ्नुस्

  • महिलाको विषयमा नेपाली र बेलायती सांसदको प्रश्नोत्तर

    महिलाको विषयमा नेपाली र बेलायती सांसदको प्रश्नोत्तर

    काठमाडौं : नेपाली सांसदहरुसँगको छलफलमा बेलायती सांसदहरुको प्रतिनिधिमण्डलले नेपालमा महिला नेतृत्वको अवस्थाबारे प्रश्न गरेका छन्।  नेपाल भ्रमणमा रहेका बेलायतको दुवै सदनका सांसदहरुको प्रतिनिधिमण्डल र नेपालको संघीय सांसदहरुबीच मंगलबार अन्तरक्रिया भएको थियो। संघीय संसद भवन नयाँ बानेश्वरमा भएको उक्त अन्तरक्रियामा बेलायती सांसदहरुले नेपालमा महिला नेतृत्वको अवस्था बारे प्रश्न गरेको थिए। उत्तरमा नेपाली सांसदहरुले नेपालमा महिला नेतृत्वको अवस्था निकै सकारात्मक रहेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • विवाह बन्धनमा बाँधिए - सोनम र आनन्द

    विवाह बन्धनमा बाँधिए - सोनम र आनन्द

    बलिउड अभिनेत्री सोनम कपुर र उनका प्रेमी आनन्द अहुजा मंगलवार विवाह बन्धनमा बाँधिएका छन्। विवाह पहिरनमा उनी निकै सुन्दर देखिएकी छिन्। विवाहमा कलाकारहरु अमिताभ बच्चन, अभिषेक बच्चन, करिना कपूर खान, सैफ अलि खान, करण जोहर, करिश्मा कपूर ज्याकलिन फर्नान्डिस लगायत पुगेका थिए। विवाहमा विशेष व्यक्तित्वहरुलार्इ बोलाइएको थियो। मुम्बर्इको बान्द्रामा उनीहरुको विवाह भएको भारतीय मिडियाले जनाएको छ।      

    विस्तृतमा पढ्नुस्

  • दुम्जा पुगेर कांग्रेस उपसभापति निधिले भने : गुट अन्त्य गरेर ५ वर्षपछि पहिलो पार्टी

    दुम्जा पुगेर कांग्रेस उपसभापति निधिले भने : गुट अन्त्य गरेर ५ वर्षपछि पहिलो पार्टी

    काठमाडौं : नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएपछि नेता विमलेन्द्र निधिले वीपी कोइराला र उनका पूर्वजको थलो सिन्धुलीको दुम्जा पुगेर वीपीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।  हिजो गृहनगर धनुषा पुगेर पिता महेन्द्रनारायण तथा पूर्वजको दाहसंस्कार गरिएको ठाउँ पुगेर माल्यार्पण गरेका उपसभापति निधि सोमबार राति दुम्जा पुगेका थिए।   आज बिहान दुम्जा पुगेर निधिले भने, 'म कांग्रेसको राजनीतिमा यहाँसम्म बीपी कोइरालाको आशिर्वादले नै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell