काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा उनले माफी माग्नुपर्ने माग नागरिक अभियन्ताहरुले राखेका छन्। साथै उनीहरुले मोदीलाई गरिने सम्मानलाई 'नागरिक अभिनन्दन' नभनियोस् भनेका छन्। विज्ञप्ति जारी गर्दै २४ नागरिक अभियन्ताहरुले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भएको एक्लाएक्लै भेटमा भएका कुरासमेत सार्वजनिक हुनुपर्ने जनाएका छन्। उनीहरुले नेपाल भारत सम्बन्धको केवल औपचारिक पाटो…
पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको बलमा सरकारले संवैधानिक अंगहरुमा राजनीति गर्ने खोजेको आरोप लगाएका छन्। सरकारले अख्तियार, अदालत लगायतका संवैधानिक अंगहरुलाई खबरदारी गरेर सत्ताको दुरुपयोग गरेको पौडेलले बताए। वीपी चिन्तन प्रतिष्ठान प्रदेश नम्बर ४ को आयोजनामा पोखरामा आयोजित अन्तरसम्वाद कार्यक्रममा नेता पौडेलले सरकारले सत्ताको आडमा संवैधानिक अंगहरुलाई प्रहार गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए।…
काठमाडौँ : नेपालका लागि अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबल खेलेका सबैको अभिलेख राखिने भएको छ। पुराना अन्तर्राष्ट्रिय फुटबलरहरु मिलेर स्थापन गरिएको फुटबलर्स मिसन टुगेदर (एफएमटी) ले उक्त काम गर्ने एफएमटी-आयोजक समितिका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले जानकारी दिए। नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलदेखि अहिलेसम्मका सबैको अभिलेख राख्ने अभियान रहेको उनले बताए। यसका लागि तयारी भइरहेको र आफ्नो प्रामइ टाइम फुटबलमा बिताएका र राष्ट्रलाई योगदान…
काठमाडौं : 'प्रेमलीला' अभिनेत्री दीपशिखा खड्काले आफनो कपाल मुण्डन गरेकी छिन्। फिल्म कै लागि मुण्डन गरेपनि आफुले यसको रहस्य भन्न नमिल्ने उनले बतार्इन्। पोखरामा एक गीतको छायाँकन सकेर निर्माण टिम काठमाडौं फर्केको छ। गीतमा बलिउड गायक राजा हसनको स्वर रहेको छ। फल्मकी निर्मात्री समेत रहेकी दीपशिखाले फिल्मको माग अनुसार नै हिन्दी गीत फिल्ममा राखिएको बतार्इन् । फिल्मका लागि भारतदेखि कलाकार अली…
काठमाडौं : दरबारमार्गमा भर्खरै खुलेको त्रिशाराको नयाँ आउटलेटमा हालै पूर्व राजा ज्ञानेन्द्रको पारिवारिक जमघट भएको थियो। त्रिशाराले आफ्नो फेसबुकमा 'रोयल ग्यादरिङ' भन्दै राखेको फोटोमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व बडामहारानी कोमल शाहसँगै पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाह पनि देखिएका छन्। लामो समय थाइल्यान्डमा बसेका पारस र हिमानी यसअघि सार्वजनिक रुपमा एकैठाउँमा देखिएका थिएनन्। त्रिशारामा उनीहरु अन्य परिवारका…
काठमाडौं : नेकपा एमालेका तीन सांसदले फौजदारी अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका सांसदको अधिकार थप कटौती गर्नुपर्ने भन्दै प्रतिनिधिसभा मस्यौदा नियमावलीमा संशोधन प्रस्ताव गरेका छन्। एमालेका तीन सांसदबाहेक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले पनि विभिन्न विषयमा संशोधन हालेका छन्। नियमावलीमा कूल ६ वटा संशोधन परेको संघीय संसद सचिवालयले जनाएको छ। फौजदारी अभियोगमा जेल परे पनि कुनै पनि तहको…
काठमाडौं : सोमवार काठमाडौंबाट पक्राउ परेका 'धर्मगुरु आचार्य श्रीनिवास'लाई प्रहरीले 'हातहतियार तथा खरखजना ऐन'मा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ। आफ्नै योजनामा गोली हान्न लगाएर, साम्प्रदायिक नारा भएका पर्चा राखेर त्रास फैलाएको भन्दै मोरङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो। श्रीनिवासलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थित गराइसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निशान्त थापाले जानकारी दिए। चैत २५…
काठमाडौं: डेनिस ब्राण्ड टुर्बोगले नयाँ सांगितिक ट्र्याक बनाउन सांगीतिक अभियान चलाउने भएको छ। ख्याती प्राप्त कलाकार 'डिप्लो' र 'मो'बीचको सहकार्यमा विभिन्न सांगितिक प्रभावहरु खोजेर नयाँ सांगितिक ट्रयाक बनाउने नेपालस्थित गोर्खा ब्रुअरीले बताएको हो। दोस्रोपटक आयोजना हुने यो कार्यक्रममा नेपाली कलाकारले समेत सहकार्य गर्नेछन्। नेपाली गायक र गीतकारले इटालीको लेभान्टेमा हुने अभियानमा नेतृत्व गर्ने कम्पनीले जनायो। विश्वव्यापी सन्देश भएको गीत तर…
काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ट्विटले निक्कै चर्चा पायो। आज दोस्रो दिन जारी संसदीय दलको बैठकमा सांसदहरुले ओलीले गरेको ट्विटलाई लिएर पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न तेर्साए। प्रश्नहरुको सामना गर्दै पार्टी प्रचण्डले जवाफ दिए - ‘ओलीजीले त्यस्तो ट्विट किन गर्नुभयो सोध्छु।’ सोमबार मध्यान्न प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट…
काठमाडौं : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरु प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन्। सांसदमात्र होइन ओली क्याबिनेटमा रहेका मन्त्रीहरुसमेत उनीप्रति आक्रमक देखिए। दुई दिनसम्म चलेको संसदीय दलको बैठकमा माओवादीका मन्त्रीहरुले बजेट तयारीबारे ब्रिफ गराएका थिए। गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योग मन्त्री मातृका यादवलगायतका मन्त्रीहरुले बजेटबारे जानकारी गराएका हुन्। प्रधानमन्त्रीले बजेटका विषयमा आफूसँग कुनै छलफल नगरको…
आइपीएल अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोएल च्यालेन्जर्स बैंगलोरलाई ५ रनले पराजित गरेको छ। १४६ रनको स्कोर डिफेण्ड गर्ने क्रममा हैदरावादले बैंगलोरलाई १४१ रनमा रोक्दै ५ रनको रोमाञ्चक जित हात पारेको हो। जितपछि १० खेलबाट १६ अंक जोडेको हैदरावादले दोस्रो स्थानको चेन्नाईमाथि २ अंकको अग्रता कायम गरेको छ। सिजनको आठौँ जितपछि हैदरावाद प्लेअफको नजिक पुगेको छ। हैदरावादले अब बाँकी ४…
काठमाडौँः सरकारले नेपाल टेलिकमकी पहिलो महिला प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने तयारी गरेको छ। १० दिनअघि प्रधानमन्त्री केपी ओलीले राजभण्डारीलाई बोलाएर ‘सन्तोषजनक’ काम नगरेको भन्दै नसुध्रिए कारबाही गर्ने चेतावनी दिएका थिए। सोमबारको मन्त्रिपरिषद् बैठकबाट औपचारिक निर्णय गराएर प्रधानमन्त्री ओलीले प्रबन्ध निर्देशक राजभण्डारीलाई सात दिने स्पष्टीकरण सोधेका छन्। प्रधानमन्त्री ओलीले ‘फोरजी सेवा’ बिस्तारका विषयलाई लिएर स्पष्टीकरण सोधेका हुन्। स्रोतहरूका अनुसार,…
काठमाडौँ: पछिल्लो समय नेपाली फिल्म विदेशमा प्रदर्शन गर्ने ट्रेन्ड बढ्दो देखिन्छ। पछिल्ला केही फिल्म झैं 'कुम्भ करण'को पनि विदेश प्रदर्शन हुने भएको छ। आकाश पल इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको फिल्म अष्ट्रेलियामा प्रदर्शन हुने भएको हो। ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरीसँगको सम्झौतामा अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा फिल्म बिक्री गरिएको निर्माण टिमले जनाएको छ। फिल्म असार ८ गते नेपाल र अस्ट्रेलियामा…
गौशालाः जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिएका छन्। मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिए। सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरमा…
मंगलबारेः गाडीमा आगजनी गरेको आशंकामा इलाम प्रहरीले चारजनालाई पक्राउ गरेको छ। प्रहरीले इलाम नगरपालिका–३ जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३ पूवामझुवाका समिर भन्ने सञ्जीवकुमार राईलाई सोमबार पक्राउ गरेको हो। मेची राजमार्गको इलाम पूवाखोला सडकखण्डमा गत वैशाख २२ गते गाडीमा आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ इलामका प्रहरी…
राजविराजः पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन्। मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ। सोही दुर्घटनामा परी करीब १९ जना व्यक्तिसमेत घाइते भएका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएकाको विराटनगरस्थित न्यूरो अस्पताल र…
विराटनगरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै गर्दा स्थानीय व्यवसायी भने भारतीय प्रहरीलाई घुस बुझाउन नसक्दा अप्ठेरोमा परेका छन्। वनस्पति घिउ र तेलको कच्चा पदार्थ क्रुड आयल बोकेर आएका सवारीसित जोगबनीको प्रहरीले घुस मागेपछि एक हप्तादेखि ५३ वटा ट्याङकर तथा लरी सीमापारि थन्किएका छन्। केएल दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि क्रुड आयल लिएर आएका ट्याङ्कर र लरी थन्किएका हुन्।…
सागर बुढाथोकी/स्वेच्छा राउत- पुरानो सिनामंगलस्थित एउटा स्कुलमा पुग्दा केही बालबालिकाहरु अनौठा क्रियाकलाप गरिरहेका थिए। कोही रोइरहेका त कोही एकसुरले हाँसिरहेका। आफ्नै टाउकोमा हात बजार्दै गरेको दृश्य हाम्रा लागि 'अनौठो' थियो। क्लासको बेन्चमा सेभिङ क्रिम औलामा दलेर एक नाबालक लेखिरहेका थिए - वान, टू, थ्री... । केही अंक भन्न सकिरहेको थिएनन् उनी। छेउमै बसिरहेकी 'मिस' सम्झाउँछिन्... सेभेन, एट, नाइन, टेन। उसले…
काठमाडौँः नेपाल प्रहरीका १६ एसएसपी डिआइजीमा बढुवा भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले सोमबार १६ एसएसपीको बढुवा सिफारिस गरेको हो। बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ७४ दशमलव ९९ अंक प्राप्त गरेका केदार रिजाल रहेका छन्। यस्तै शेरबहादुर बस्नेत, पिताम्वर अधिकारी, दिनेश अमात्य, प्रेम चन्द, श्याम खड्का लगायत बढुवामा परेका छन्।
न्हेमपेन्ह : कम्बोडियाको पूर्वी प्रान्तको क्रिटिए क्षेत्रमा चामलबाट बनेको घरेलु मदिराको सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको छ। कम्बोडियाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस्तो मदिरा विषाक्त भएकाले सेवन गर्ने ११ जनाको ज्यान गएको जनाइएको छ। उक्त मदिरा सेवनका कारण अन्य १ सय ३८ व्यक्ति बिरामी भई अस्पताल भर्ना भएका छन्। चिटबोरे जिल्लाको स्रेनोन…