काठमाडौं : प्रथम भामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस र एपीएफले जितेका छन्। पुलिस पुरुषतर्फ तथा एपीएफ महिलातर्फ च्याम्पियन बनेको हो। रोल्पाको लिवाङमा बुधवार भएको पुरुषतर्फको फाइनल खेलमा कुलबहादुर थापाको उत्कृष्ट प्रदर्शनमा पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३-१ को सेटमा हराउँदै च्याम्पियन बन्यो। पुलिसले आर्मीलाई २५–२१,१७–२५,३०–२८ र २५–२३ को सेटमा स्तब्ध बनायो।…
काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा 'चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार' वितरण गर्ने भएको छ। जेठ ७ लाई चलचित्र पत्रकारिता दिवस’का रुपमा मनाउँदै आएको संघले बुधवार विज्ञप्ति जारी गर्दै सम्मानको घोषणा गरेको हो। यो वर्ष संघले पत्रकार दयाराम पाण्डे र ध्रुव लम्साललाई 'चलचित्र पत्रकारिता सम्मान' गर्ने भएको हो। त्यस्तै लक्ष्मण सुवेदी र सन्ध्या थापालाई 'चलचित्र पत्रकारिता पुरस्कार' र मनिष…
काठमाडौं : फौजदारी कसुरको विषयलाई लिएर पेचिलो बनेको प्रतिनिधिसभा नियमावली संसदबाट पारित गर्ने प्रकृया प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चेतावनीका कारण अवरुद्ध भएको छ। प्रतिनिधिसभा नियमावलीमाथि परेको संशोधनमा मतदान गर्नेगरी आज संसदमा प्रस्तुत हुन लागेको थियो। कांग्रेसको विरोधका कारण नियमावली संसदमा पेश नै भएन। आजको कार्यव्यवस्था परामर्शमा प्रतिपक्षले आफ्नो रुप देखाउन नपरोस् भन्दै नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले नियमावली संशोधनको…
काठमाडौं : गत फागुन २८ गते भएको बंगलादेशको एयर युएस बंगलाको विमान दुर्घटनामा परेका नेपालीले राहत नपाएको विषय संसदमा उठेको छ। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूलेले संसदमा बोल्दै ‘क्षतिपूर्ति’को माग गरेका हुन्। दुर्घटनामा परेका विदेशी नागरिकका परिवारजनले राहत पाए पनि नेपालीले नपाएको भन्दै उनले तत्काल त्यसका लागि पहल गर्न सरकारसँग माग गरेका हुन्। उनले दुर्घटनामा मारिएका विदेशी नागरिकको परिवारले १…
काठमाडौं: दीपक ओली निर्देशित फिल्म 'पण्डित बाजेको लौरी'को टिजर सार्वजनिक भएको छ। एउटा गाउँ भित्र पण्डित्याई गर्ने पण्डितहरुको कथामा बनेको फिल्ममा बादी जातीलाई पनि समेटेको छ। बादी जातीका पुरुष अर्थात 'बादी' जीविकोपार्जनका लागि मादल बनाउने पेशा गर्छन्। 'बदेनी' (स्थानीय भाषामा बादी समुदायको स्त्रीलाई गरिने सम्बोधन)ले भने आफ्नो शरीर बेच्ने गर्दछन्। यही बादी जाती र पण्डितबीच हुने असमानता, भेदभाव र विभेदका विषय समावेश…
सोलः उत्तर कोरियाले दक्षिण कोरियासँग तय भएको उच्चस्तरीय वार्ता रद्द गरेको छ। अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासबाट आक्रोशित हुँदै उत्तर कोरियाले वार्ता रद्द गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरुलाई उदृद गर्दै बीबीसीले जनाएको छ। आजका लागि तय भएको वार्तामा उत्तर कोरिया सहभागि नहुने भएको हो। उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले उक्त सैन्य अभ्यासलाई उक्साहटपूर्ण र अतिक्रमणको पूर्व तयारी…
काठमाडौँः बुधबार बिहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिका भेटिएको छ। दुर्घटनामा चालक दलका दुबै सदस्यको निधन भएको छ। सुर्खेतको वीरेन्द्रनगरबाट जुम्ला उडेको मकालु एयरको कार्गो ६ः४५ मा सिमिकोट पुग्नपर्ने जहाज सम्पर्कविहीन भएको थियो। विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। दुर्घटनामा चालक दलका दुबै सदस्यको निधन भएको छ। मृत्यु हुनेमा किरण भट्टराई…
नयाँ दिल्लीः उत्तर भारतमा निमार्णाधीन आकासे पुल भत्किँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति भग्नावशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको हो। घटनास्थल उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा रहेको छ। भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल…
नवलपरासीः पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका थापाको उपचारको क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पूर्व—पश्चिम राजमार्गमा बिग्रिएर रोकिएको लु १ ख…
रत्ननगरः चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री ७० वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो। मंगलबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ। इच्छाकामना–७, सिमलढापमा उक्त…
काठमाडौँः स्युचाटार मर्स्याङ्दी १३२ केभी प्रसारण लाइनको जम्पर टुटेपछि मर्स्याङ्दी कोरिडोरबाट काठमाडौँ आउने करिब १०० मेगावाट बिद्युत प्रवाह बन्द भएको छ। विद्युत प्रवाह बन्द हुँदा काठमाडौँमा केहीबेर आपूर्तिमा अवरोध भएको प्राधिकरण प्रवक्ता प्रवल अधिकारीले बताए। प्रवक्ता अधिकारीले भने ‘मर्स्याङ्दी कोरिडोरबाट काठमाडौँ आउने करिब १०० मेगावाट बिद्युत प्रवाह बन्द हुनपुगेको छ र भरतपुरतर्फ मात्र करिब १०० मेगावाट बिद्युत प्रसारण भएकाले मर्स्याङ्दी…
काठमाडौँः सुर्खेतको वीरेन्द्रनगरबाट जुम्ला उडेको मकालु एयरको कार्गो विमान खोजी जारी रहेको छ। बिहान ६ः४५ मा सिमिकोट पुग्नपर्ने जहाज सम्पर्कविहीन भएपछि खोजी सुरु भएको थियो। बिहान ६ः४५ मा सिमिकोट पुग्नपर्ने जहाज सम्पर्कविहीन भएको हो। नेपाली सेना र माउन्टेन हेलिकप्टरका दुई जहाजले अहिले खोजी गरिरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। यसअघि विमान भेटिएको खबर आए पनि भनिएको स्थानमा…
काठमाडौँः फौजदारी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् निलम्बन गर्ने विषयमा एमाले र माओवादी केन्द्रबीच सहमति भएसँगै प्रतिनिधिसभा नियमावली पारित प्रक्रिया अघि बढेको छ। दुई दलको शीर्ष तहमा भएको छलफलपछि एमालेले दर्ता गरेको संशोधनमा मतदान गरेर अघि बढ्ने समझदारी बनेको हो। दुई दल निलम्बनको पक्षमा उभिएसँगै फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् स्वतः निलम्बन हुने व्यवस्था थप हुनेछ। दुई…
राजस्थान रोएल्सलाई ६ विकेटले पराजित गर्दै कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल)को प्लेअफ नजिक पुगेको छ। मंगलबार भएको खेलमा राजस्थानले दिएको १४३ रनको लक्ष्य कोलकताले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। जितपछि १३ खेलबाट १४ अंकका साथ कोलकता अंक तालिकामा तेस्रो स्थानमा छ। अब अन्तिम खेलमा कोलकताले सनराइजर्स हैदरावादसँग खेल्दैछ। उक्त खेलमा विजयी भए कोलकता सिधै प्लेअफ…
काठमाडौं : सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस दोहोरो उपाधि नजिक पुगेको छ। पुलिसको महिला र पुरुष दुवै टोली फाइनलमा पुगेका छन्। विभागी टोलीको वर्चस्व रहेको प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी तथा महिलातर्फ एपीएफ पनि फाइनल प्रवेश गरेका छन्। अब पुलिसले उपाधिका लागि महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। केही दिनअघि राजधानीमा भएको चौथो…
अर्को महिना रसियामा हुने २१औँ संस्करणको विशवकपका लागि साविक विजेता जर्मनीको प्रारम्भिक टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक योकिम लोले मंगलवार २७ खेलाडीलाई पहिलो चरणमा छनोट गरेका छन्। लो ले घोषणा गरेको टोलीमा सन् २०१४ को फाइनलमा गोल गरेका मारियो गोट्ज अटाएका छैनन् भने सेप्टेम्वरयता घाइते रहेका गोलकिपर मानुएल नोएलाई समावेश गरिएको छ। यस्तै चोटका कारण सँधै ठूला प्रतियोगिता गुमाउँदै…
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्साशास्त्रको स्नातकोत्तर तह (एमडी)मा अध्ययन शुल्कमा भएको कालाबजारी रोक्न माग गरेका छन्। मेडिकल शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारिकरणको विरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएका डाक्टर केसीले आज प्रेस वक्तव्य जारी गर्दै धेरै मेडिकल कलेजहरुले नाजायज रुपमा विद्यार्थीहरुसित धेरै शुल्क लिएर कालोबजारी गरेको जनाएका छन्। कालोबजारी गर्नेमा नेपाली सेनाकै मेडिकल कलेजसमेत जोडिनुलाई उनले दुर्भाग्यपूर्ण रहेको…
काठमाडौं : भारतको कर्नाटक राज्यमा निर्वाचनको अघिल्लो दिन भारतीय प्रधानमन्त्री चुनावी प्रचारको भित्र उद्देश्य लिएर नेपाल भ्रमणमा आए। नेपालका धामहरुमा पुगेर हिन्दु समुदायको मत तान्न जनकपुरधामक, मुक्तिनाथ र पशुपतिनाथमा पूजा गरे। जनकपुरमा आयोजित अभिनन्दन समारोहमा मोदीले भारतीय प्रान्तमा हुने कुनै चुनावी सभालाई जस्तै सम्बोधन गरे। यस अगाडि नै मोदीको नेपाल भ्रमणलाई चुनावी प्रचारको रुपमा उनको आलोचना भएको थियो। उनले नेपालमा…
उद्धव अधिकारी - हिजोआज फेसबुक नचलाउने को होला? कोही नचलाउने छ भने पक्कै पनि अनौठो पात्र बन्ने सम्भावना छ यतिखेर। कतिपयले त इन्टरनेट भनेकै फेसबुक बुझ्न थालेका छन्। शहरी क्षेत्रदेखि गाउँगाउँसम्म डेटामार्फत् फेसबुक चलाउनेहरुले इन्टरनेट सेवा प्रदायकलाई नाफा थपिरहेका छन्। फेसबुककै कारण इन्टरनेटको पहुँच धेरैमा पुगेको देखिन्छ। धेरैजसो इन्टरनेट प्रोयोगकर्ताहरु फेसबुकमात्रै चलाउँछन् भन्दा त्यति फरक नपर्ला। आफन्त र साथीभाइका गतिविधि…
काठमाडौं: फिल्म 'यात्रा अ म्युजिकल भ्लग'को छायाँकन प्रारम्भ भएको छ। निर्माण टिमले काठमाडौंको कमलादीमा रहेको गणेस्थानमा पुजा गर्दै छायाँकन प्रारम्भ गरेको हो। सम्राट शाक्यको निर्देशनमा बन्ने फिल्ममा सुशील पोखरेल निर्मातामा जोडिएका छन्। फिल्ममा सलिनमान बनियाँ र सलोन बस्नेतको मख्य अभिनय रहनेछ। फिल्ममा सलिन र सलोनसँगै अन्य कलाकारहरु रियर राई, प्रेक्षा बज्राचार्य, मलिका महत, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, योगेशजंग…