काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो दुई पार्टीबीच एकता हुन लागेको भन्दै खुशी प्रकट गरेका छन्। मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘मलाई गर्व छ आजकै दिन पार्टी एकता गर्ने पाएकोमा खुशी छु।‘ अध्यक्ष दाहालले मदन भण्डरी प्रेरणा स्रोत भएको भन्दै उनको चर्चा गरेका थिए।
काठमाडौँः वाम एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको छ। पार्टी एकताको औपचारिक घोषणाका लागि संयोजन समिति बैठक बसेको हो। दुबै दलका शीर्ष नेता बालुवाटार पुगेका छन्। बैठक सुरु हुनुअघि दुबै दलका शीर्ष नेताहरूले बालुवाटारमा निर्माणधीन पार्कमा वृक्षारोपण गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू माधवकुमार नेपाल, बामदेव गौतम, विष्णु पौडेल, जनार्दशन शर्मा…
अर्को महिना रुसमा हुने २१औँ संस्करणको फिफा विश्वकपमा लागि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले २३ सदस्यी टोली घोषणा गरेका छन्। प्रशिक्षक साउथगेटले यो टोली राम्रो रहेको विश्वास व्यक्त गरेका छन्। टोलीमा अनक्याप्ड खेलाडी निक पोप, रुबेन लोफ्ट्स चिक, ट्रनेट अलेक्जान्डर अर्नोल्डले पनि स्थान बनाएका छन्। यस्तै ग्यारी काहिलले पनि पुनरागमन गरेका छन्। उनले घोषणा गरेको टोलीमा पूर्व नम्वर वान गोलकिपर जो…
मलेखुः कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेँसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–३ निवासी गोकुल उपाध्यायको उपचारका लागि काठमाडौँ…
खजुराः गाडीको ठक्करले बाँके जिल्लाको कोहलपुरमा एकजनाको मृत्यु भएको छ। कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय ऋषिराम चापागाँईको मृत्यु भएको हो। गाडीको ठक्करबाट घाइते चापागाँईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ। मृतक चापागाईँ शिक्षक हुन्। रासस
चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, कालीखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको थियो। सो पहिरो बिहान ७ः४५ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ। विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ। सडक विस्तार…
काठमाडौँः चुनावी गठबन्धनपछिका केही आरोह–अवरोहबीच दुई वाम दल एकीकरणको अन्तिम तयारीमा छन्। बिहीबार नेकपा एमाले र माओवादी केन्द्र एकै पार्टीमा परिणत हुने अन्तिम कसरतमा छन्। आजै एकीकरण घोषणा गरी एकीकृत दल निर्वाचन आयोगमा दर्ताको तयारी गरिएको छ। एकीकरणलाई अन्तिम रुप दिन बुधबारदेखि नै तीव्र रुपमा गृहकार्य भइरहेको छ। बुधबार बिहानदेखि दुई शीर्ष नेताहरुको औपचारिक र अनौपचारिक बैठक जारी रह्यो। स्थायी समिति…
कर्नाटक विधानसभाको सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) का बीएस येदियुरप्पाले आज मुख्यमन्त्रीको शपथ लिँदैछन्। २२२ सिटमध्ये १०४ सिटमा विजय हासिल गरेको भाजपाले दलको नेतामा येदियुरप्पालाई चयन गरेपछि उनी मुख्यमन्त्री बन्न लागेका हुन। नेता चुनिए लगतै उनले राज्यपालसमक्ष सरकार बनाउने दाबी पेस गरेका थिए। निर्वाचनमा कांगेसले ७८ र जनता दल सेक्युलर (जेडीएस) ले ३७ सिटमा जित हासिल गरेका थिए। भाजपा…
इन्डियन प्रिमियर लिग (आइपीएल)मा गएराति भएको खेलमा मुम्बई इन्डियन्सले किंग्स एलेभेन पञ्जावमाथि ३ रनको जित हात पारेको छ। ओपनर लोकेश राहुलले ९४ रन बनाए पनि १८७ रनको लक्ष्य पछ्याएको पञ्जावले पूरै २० ओभरमा १८३ रन मात्र बनाउन सक्यो। यस सिजन उत्कृष्ट सुरुवात गरेको पञ्जावको यो सातौँ हार हो भने खराब सुरुवात गरेको मुम्बईले पुनरागमन गर्दै छैटौँ खेल जितेको हो। दुबै टिमको समान…
काठमाडौँः चुनावी गठबन्धनका रुपमा अघि बढेको नेकपा एमाले तथा माओवादी केन्द्रले औपचारिक रुपमा पार्टी एकताको अन्तिम तयारीमा जुटेका छन्। बिहीबार बिहान वाम एकता संयोजन समितिले औपचारिक रुपमा एकताको घोषणा गर्ने तयारी गरिएको छ। दुबै दलका तर्फबाट पार्टी एकताको प्रस्ताव पेस गरी पारित भएपछि औपचारिक रुपमा निर्वाचन आयोगलाई पार्टी एकीकरण भएको जानकारी दिने तयारी दलहरुको छ। मदन आश्रित स्मृति दिवसका अवसर पारेर…
स्पानिस क्लब एट्लेटिको मड्रिडले यस सिजनको युरोपा लिगको उपाधि जितेको छ। युरोपियन च्याम्पियन्स लिगपछि दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिताको फाइनलमा एट्लेटिकोले फ्रेन्च क्लब मार्सेलाई ३-० ले पराजित गर्दै तेस्रो पटक युरोपा लिग जितेको हो। एट्लेटिकोलाई च्याम्पियन बनाउन फ्रेन्च खेलाडी एन्टोनी ग्रीजमनले २ तथा गावीले १ गोल गरे। एट्लेटिकोले सन् २०१० र २०१२ मा पनि युरोपा लिग जितेको थियो। युइएफए कप/युरोपा…
काठमाडौं : नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १५औँ संस्करण पल्सर स्पोर्ट्स अवार्ड-२०७४’ बिहीवार हुँदैछ। नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्ड कार्यक्रम यस पटक आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना हुँदैछ। यसअघि कमलादीमा रहेको प्रज्ञा भवनमा हुँदै आएको थियो। २०७४ सालमा नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, संस्थालाई सम्मान गर्ने अवार्ड…
चितवनः नारायणगढ—मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो। तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ। विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ। रासस
काठमाडौं : तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको १५औं संस्करणमा ३० देशका २०० भन्दा बढी धावक सहभागी हुने भएका छन्। प्रथम पटक सगरमाथा आरोहण भएको दिन अर्थात मे २९ तारिखमा उक्त म्याराथन आयोजना हुँदैछ। त्यसका लागि धावकहरु भोली समगरमाथा आधारशिविरतर्फ जाने आयोजक हिमालय एक्सपिडिसन्सले जनाएको छ। आयोजकका अनुसार आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन हुने म्याराथनमा तीन मुख्य स्पर्धा हुनेछ। जसमा ओलम्पिक स्तरको…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ नेतृत्व पाउनेबित्तिकै अध्यक्ष कर्मा छिरिङ शेर्पाले चाँडै ए डिभिजन लिगको मिति तोक्ने प्रतिक्रिया दिएका थिए। त्यसका लागि नेपाल प्रहरीका पूर्व एआईजिपी विज्ञान राज शर्माको संयोजकत्वमा लिग फुटबल कमिटी निर्माण गरेको थियो। उक्त कमिटीले ए डिभिजनमा रहेका क्लबहरुसँग विभिन्न चरणमा छलफल गर्दै अन्तत: शहिद स्मारक ए डिभिजन लिग फुटबलको मिति तोकेको छ। एन्फ…
काठमाडौं : प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले विभिन्न स्थानबाट तीन जनालाई नक्कली नोट सहित पक्राउ गरेको हो। ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं,’ परिसरका एसएसपी विश्वराज पोखरेलले पहिलोपोस्टसँग भने, ‘अहिलेसम्म २ करोड रुपैयाँभन्दा बढी नक्कली नोट भेटिएको छ।’ नक्कली २ करोड रुपैयाँभन्दा बढी पक्राउ परेका व्यक्तिबाट जफत गरिएको छ। उनीहरुसँगबाट…
काठमाडौं : फिल्म 'हैरान'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'दाग छैन अब जुनमा पनि' बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको हो। चन्द्रमणि भट्टराईको शब्द, किरण कंडेलको संगीत, युबराज चौलागाई, ईन्दिरा जोशी र निश्मा घिमिरेको स्वर रहेको गीतमा फिल्मका कलाकार निश्मा र गजित विष्ट फिचर्ड छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा प्रितम पाण्डेको सम्पादन रहेको छ। विश्व कै…
काठमाडौं : चिठ्ठा पर्यो भन्दै रकम ठगी गर्ने भारतीय नागरिकसहित पाँच जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले इलाम सोयाङ गाविस घर भई हाल ललितपुरको लेले बस्ने २४ वर्षीय रविन खत्री सहित पाँच जनालाई पक्राउ गरेको हो। प्रहरीले रुपन्देही र काभ्रेपलान्चोकबाट भारतीय नागरिक नितिश कुमार, बेलाल अहमद, काभ्रेपलान्चोकका संजय लामा र संजिव लामालाई पक्राउ गरेको हो। …
काठमाडौं : नेपाली युवा लेग स्पीनर सन्दीप लामिछानेले विश्व-११ को प्रतिनिधित्व गर्दै वेष्ट इन्डिज विरुद्ध खेल्ने भएका छन्। गत वर्ष गएको आँधीका कारण क्यारेवियन क्षेत्रमा रहेको स्टेडियमको पुननिर्माण गर्नको लागि उक्त खेल यही मे ३१ मा लर्ड्समा हुनेछ। 🇳🇵 leg-spinner Sandeep Lamichhane has been added to the ICC World XI squad which will take on @WestIndies at the @HomeOfCricket on 31 May for…
काठमाडौं : गायिका निशा जियमको 'झर्की झर्की' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको गीतमा एन्नी, एस राज, निशा र रमेश फिचर्ड छन्। माइकल चन्दले निर्देशन गरेको भिडियोलाई सिलान लम्सालले सम्पादन गरेका हुन्।