अंकाराः सिरियाली सरकारले रासायनीक हतियार लुकाएको भन्दै अमेरिका नेतृत्वको सेनाले सिरियामाथि अाक्रमण गरेको छ। अमेरिका, बेलायत र फ्रान्सले सिरियामा हवाइ अाक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्मयहरूले जनाएका छन् । शुक्रबार अबेर रातमा सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन्। ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरुलाई लक्ष्य बनाएका छन्। विशेषगरी सिरियाली राजधानीमा…
काठमाडौं: नयाँ वर्ष २०७४ को बिदाईमा नेपालीहरुले विभिन्न स्थानमा 'न्यु इयर इभ' मनाएका छन्। यही क्रममा काठमाडौंको ठमेल पनि न्यु इयर इभमा झुम्यो। त्यही माहोलको रमझम हेर्नुस फोटोमा:
हुम्लाः प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन्। हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैं पछाडि रहन नसक्ने उल्लेख गर्दै भने, ‘‘अब देशलाई विकसित बनाइन्छ, पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं।’’ प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को महत्व उत्तिकै रहेको बताए। ‘‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ,…
प्युठान: अल्ट्राधावक एवं पर्वतारोही सञ्जय पण्डितको स्मृतिमा आयोजित प्रतियोगिता प्रथम सञ्जय स्मृति मिनी म्याराथुन दौड प्रतियोगिताको उपाधि दुर्गाराज बुढाले जितेका छन्। मदन भण्डारी स्पोर्टस ऐकेडेमी प्युठानले नयाँ वर्षको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा ४९ जना प्रतिस्पर्धीलार्इ पछाडि पार्दै रुकुमको साख गाउँपालिका ५ का दुर्गाराज बुढाले उपाधि जितेका हुन्। उनले १५ किलोमिटरको दुरी ५७ मिनेट ६ सेकेण्डमा पार गरेका थिए। त्यस्तै…
मुगु: प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को आज यहाँ एक समारोहबीच उद्घाटन गरे। उक्त अवसरमा ओलीले भने, 'रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउँदै छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बुढेशकाल लागेपछि गाह्रो हुँदोरहेछ।' प्रधानमन्त्री ओलीले थपे, “रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक…
काठमाडौं : ज्यासन रोएले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ सिजनमा पहिलो जित हात पारेको छ। रोएले दिल्लीको लागि पहिलो खेलमा ओपनिङ गर्दै नटआउट ९१ रन बनाएपछि मुम्बईलाई ७ विकेटले पराजित गरेको हो। दिल्ली पहिलो खेलमा पञ्जाव तथा दोस्रो खेलमा राजस्थानसँग पराजित भएको थियो। उता सिजनको पहिलो खेलमै चेन्नाईसँग पराजित भएको मुम्बई दोस्रो खेलमा हैदरावादसँग…
प्रिमियर लिगको साविक विजेता चेल्सीले साउथह्य्याम्पटन विरुद्ध पुनरागमन जित हात पार्दै शीर्ष चारमा पर्ने गणितिय सम्भावना कायमै रखेको छ। २ गोलले पछि परेको स्थितीमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले साउथ्हयाम्टनलाई उसैको मैदानमा ३-२ ले पराजित गरेको हो। चेल्सीलाई पुनरागमन जित दिलाउन ओलिभर जिरडले २ तथा एडेन हाजार्डले १ गोल गरे। त्यसअघि डुसान टेडिकले २१औँ र जान बेडनारेकले ६०औँ मिनेटमा गोल गर्दै…
बार्सिलोनाले स्पानिस ला लिगामा लगातार ३९ खेलमा अपराजित रहने नयाँ रेकर्ड कायम गरेको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा भ्यालेन्सियालाई २-१ ले पराजित गर्दै बार्सिलोनाले लगातार ३९ खेलमा अपराजित रहने रेकर्ड बनाएको हो। यसअघि रियल सोसिडाडले सन् १९७९ र ८० को सिजनमा लगातार ३८ खेलमा अपराजित रहने रेकर्ड बनाएको थियो। लगातार ३९ खेलमा अपराजित रहने क्रममा बार्सिलोनाले यस सिजन ३३…
प्रोफेसनल फुटबलर एसोसिएसन (पिएफए) प्लेअर अफ दि इअर अवार्डको मनोनयनमा म्यानचेष्टर सिटीका खेलाडीहरुले वर्वस्च कायम गरेका छन्। प्लेअर अफ दि इअर र योङ प्लेअर अप दि इअर दुवै विधामा ६ मध्ये सिटीका ३-३ खेलाडी परेका छन्। प्लेअर अफ दि इअरको मनोनयनमा सिटीका केभिन डे ब्रुएना, डेभिड शिल्भा र लरे सानेसहित टोटनहमका ह्यरी केन, लिभरपुलका मोहमद सलाह र म्यानचेष्टर युनाइटेडका डेभिड…
काठमाडौं: गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ। सुरक्षाकर्मीलाई घरमा कामदारको रूपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई पिएसओको रूपमा राख्ने लगायतका गुनासो आएपछि गृहमन्त्रालयले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सो को जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी…
काठमाडौं : डिफेन्डिङ च्याम्पियन टिम चौराह धनगढीले दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल-२) को उपाधि जितेको छ। सुनिल धमला र रोहन मुस्ताफाको उत्कृष्ट ब्याटिङ तथा ललित भण्डारीको उत्कृष्ट बलिङको मद्दतमा स्थानिय टिम चौराहले फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो। उपाधिसँगै चौराहले नगद २५ लाख र ट्रफी हात पार्नेछ। उपविजेता काठमाडौले १० लाख पाउनेछ। लिग चरणको उदघाटन खेलमै…
इस्लामावाद: पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएका छन्। पाकिस्तानको सर्बोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो। पाकिस्तानी संविधानको धारा ६२ अनुसार उहाँलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ। यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन । …
काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल-२) को गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेअर टिम चारह धनगढीका बलर ललित सिंह भण्डारी घोषित भएका छन्। मोस्ट भ्यालुएबल प्लेअर चुनिएका भण्डारीले गोल्डस्टारले प्रायोजन गरेको गोल्डस्टार गोल्डेन बुट हात पारेका छन्। चौराहलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका फास्ट बलर भण्डारीले प्रतियोगिताकै सर्वाधिक १४ विकेट लिए। उनले फाइनलमा समेत ३ विकेट लिएका थिए। ललित भण्डारीले ७ खेलमा २६…
काठमाडौं : डीपीएल-२ को म्यान अफ दि सिरिज च्याम्पियन टिम चौराह धनगढीका म्यान अफ दि सिरिज घोषित भएका छन्। उनी युएई राष्ट्रिय टिमका कप्तान समेत हुन्। मुस्ताफा विदेशी खेलाडीको कोटामा चौराहबाट खेलेका थिए। उनले एक थान पल्सर २०० एएस मोटरबाइक हात पारे। ढिलो धनगढी पुगेका कारण पहिलो खेल खेल्न नपाएका रोहनले चौराहलाई च्याम्पियन बनाउने क्रममा अलराउण्ड प्रदर्शन गर्दै ब्याटिङमा १९८…
काठमाडौं : नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ को आयोजनामा प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ६ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष नवीन मानन्धरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए पुरुष-महिला दुवैमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। पुरुषको समूह ‘ए’ मा नेपाल आर्मी…
काठमाडौं: कर्णाली–रारा पर्यटन वर्ष २०७५ घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली रारा पुगेका छन्। कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्ष भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै छन्। प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री इश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि कार्यक्रमस्थल पुगिसकेका छन्। कार्यक्रममा सहभागी हुन प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारी कर्यक्रम स्थलमा पुगिसकेका…
काठमाडौं : नेपाल पौडी संघको आयोजनामा २२औं खुला राष्ट्रिय पौडी प्रतियोगिता जेठ १८ र १९ गते हुने भएको छ। इन्डोनेसियामा हुने आसन्न १८औं एसियाली खेलकुदका लागि खेलाडीको अन्तिम छनोट गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन्। प्रतियोगितामा पुरुष-महिलातर्फ ५०, १ सय र २ सय मिटर फ्रिस्टायल र ५० र १ सय मिटर वटरफ्लाइ व्रेस्टस्ट्रोक र…
काठमाडौं: नेपाल टेलिकमले पाँचवटा सेवामा नयाँ वर्ष २०७५ लक्षित अफर ल्याएको छ। बैशाख एक गतेदेखि लागू हुने अफर बैशाख १५ गतेसम्म रहने टेलिकमले जनाएको छ। यस्ता छन् अफर ग्राहकले ह्याप्पी विकेण्ड प्याक अन्तर्गत जिएसएम/सिडिएमए प्रिपेड/ पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक सय रुपैयाँमा एक जिबी डाटा एक हप्ताका लागि खरिद गर्न सक्ने टेलिकमले जनाएको छ। …
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा साविक विजेता रियल मड्रिड र वायर्न म्युनिख भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनल ड्र मा यी दुई क्लब सेमिफाइनलमै एक आपसमा भिड्ने भएका हुन्। यस्तै अर्को सेमिफाइनलमा इंगलिस कलब लिभरपुल र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनल पहिलो लेगका खेल अप्रिल २४ र २५ तथा दोस्रो लेगको खेल मे १ र २ मा हुनेछ। यसैगरी युरोपा…
काठमाडौं : नेपाल बक्सिङ संघले एसियन गेम्समा भाग लिने बक्सिङका १० जना खेलाडी छनोट गरेको छ। बिहीवार र शुक्रवार भएको दुई दिने छनोटबाट ७ पुरुष र ३ महिला खेलाडी छनोट भएका हुन्। शुक्रवार संघले दुई पुरुष र १ महिला छनोट गरेको हो। जसअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले एपीएफका विक्रम परियारलाई अंकका आधारमा हरउँदै छनोट भए। त्यस्तै ६९…