PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

  • तारादेवीले गरिन् तीन कीर्तिमानमा सुधार, पुकारसँगै स्ट्रङगेष्ट खेलाडी

    तारादेवीले गरिन् तीन कीर्तिमानमा सुधार, पुकारसँगै स्ट्रङगेष्ट खेलाडी

    काठमाडौं : नेपाल पुलिसकी वेइटलिफ्टर तारादेवी पुनले ७५ केजी तौल समूहमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन्। उनले काठमाण्डौ जिल्ला भारोत्तोलन संघद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान स्नाच, क्लिन एण्ड जर्क र कुलको कीर्तिमानमा सुधार गर्दै स्वर्ण जितिन्। पुनले स्नाचमा ६८ केजी, क्लिन एण्ड जर्कमा ९६ केजी र कुलमा १६४ केजीको नयाँ कीर्तिमान बनाएकी हुन्। यस…

    विस्तृतमा पढ्नुस्

  • एसियाडको लागि बक्सिङ खेलाडी छनोट : आर्मीको वर्चस्व

    एसियाडको लागि बक्सिङ खेलाडी छनोट : आर्मीको वर्चस्व

    काठमाडौं : एसियाली खेलकुदको छनोटअन्तर्गत बक्सिङमा त्रिभुवन आर्मीका खेलाडीले वर्चस्व कायम गरेका छन्। बिहीवार भएको छनोटमा पुरुषतर्फ ४९ केजी तौल समूहमा आर्मीका तेजवहादुर देउवाले सुनसरीका सुलभ तुलाधरलाई अंकका आधारमा हराउँदै एसियाली खेलकुदका लागि छनोट पक्का गरेका छन्। त्यस्तै पुरुष ५६ केजी तौल समूहमा आर्मीका बिमल रोकाले एपीएफका पुरन राईलाई अंकका आधारमा हराउँदै छनोट भएका छन्। पुरुष ६० केजीमा आर्मीका एकवहादुर…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिता सुरु

    काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिता सुरु

    काठमाडौं : काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिता बिहीवारदेखि काठमाडौंमा औपचारिक उद्घाटन भएको छ। होमल्याण्ड स्पोर्टस क्लव नेपालको आयोजनामा बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुन लागेको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले उद्घाटन गरे। मन्त्री विश्वकर्माले सरकारी स्तरबाटै आयोजना हुनुपर्ने अन्तर्राष्ट्रियस्तरको यस्ता प्रतियोगिता निजी क्षेत्रले गरेकोमा धन्यबाद दिए। मन्त्री विश्वकर्माले खेलकुदको समृद्धिका धेरै चुनौति रहेको बताए। राज्यले पनि अहिलेसम्म खेलकुद क्षेत्रको…

    विस्तृतमा पढ्नुस्

  • नेपालगन्ज कप क्रिकेटलाई आर्शिवाद पेन्ट्सको साथ

    नेपालगन्ज कप क्रिकेटलाई आर्शिवाद पेन्ट्सको साथ

    नेपालगन्ज : वैशाख ३ गते देखि कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने नेपालगन्ज टी-२० क्रिकेट कपलाई आर्शिवाद पेन्ट्सले साथ दिएको छ। टाईटल स्पोनसरको रुपमा आर्शिवाद पेन्ट्स र आयोजक ग्रीन ईभेन्टोबीच एक वर्षका लागि सम्झौता भएको हो। आर्शिवाद पेन्ट्सका प्रबन्ध निर्देशक दुर्गा प्रसाद चौलागाई र ब्रान्ड म्यानेजर सरोबर प्रसांइ तथा ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकी र टुर्नामेन्ट डाईरेक्टर…

    विस्तृतमा पढ्नुस्

  • १२औँ साग गेम्समा तोकिए भन्दा ४० बढी अफिसियल सहभागी, राष्ट्रिय लिग फुटबल र एनपीएल क्रिकेट भएन

    १२औँ साग गेम्समा तोकिए भन्दा ४० बढी अफिसियल सहभागी, राष्ट्रिय लिग फुटबल र एनपीएल क्रिकेट भएन

    काठमाडौं : भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद साग गेम्समा नेपालबाट तोकिएभन्दा ४० जना बढी अफिसियल सहभागी भएको खुलासा भएको छ। महालेखा परिक्षकको कार्यालयले बिहीवार सार्वजनिक गरेको ५५औँ वार्षिक प्रतिवेदन अनुसार ४२ जना अफिसियल सहभागि हुने निर्णय भएको तर ८२ जना अफिसिलय सहभागि भएको उल्लेख छ। यसरी तोकिएभन्दा बढी सहभागि हुँदा प्रतिव्यक्ति १ लाख ७३ हजारका दरले व्ययभार बढेको प्रतिवदेनमा जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : जडेजाले छक्का प्रहार गर्दै जिताए चेन्नाईलाई, रसेलको विष्फोटक ब्याटिङ छायाँमा

    आइपीएल : जडेजाले छक्का प्रहार गर्दै जिताए चेन्नाईलाई, रसेलको विष्फोटक ब्याटिङ छायाँमा

    काठमाडौं : आन्द्रे रसेलको विष्फोटक ब्याटिङलाई छायाँमा पार्दै चेन्नाई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै आइपीएलमा लगातार दोस्रो जित हात पारेको छ। साम बिलिङ्सको आक्रमक अर्धशतक तथा ड्वाने ब्राभो र रविन्द्र जडेजाले अन्तिम ओभरमा उत्कृष्ट पारी खेलेपछि चेन्नाईले २०३ रनको लक्ष्य १ बल बाँकी छदै पुरा गर्‍यो। अन्तिम ओभरको पाँचौ बलमा रविन्द्र जडेजाले छक्का प्रहार गर्दै चेन्नाईलाई…

    विस्तृतमा पढ्नुस्

  • युसिएल : घरेलु मैदानमा ३ गोल गर्दै रोमा सेमिफाइनलमा, बार्सिलोना बाहिरियो

    युसिएल : घरेलु मैदानमा ३ गोल गर्दै रोमा सेमिफाइनलमा, बार्सिलोना बाहिरियो

    स्पानिस जायन्ट बार्सिलोनालाई स्तब्ध बनाउँदै इटालियन क्लब रोमा युरोपिनय च्याम्पियन्स लिग (युसिएल)को सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा बार्सिलोनासँग ४-१ ले पराजित भएको रोमाले दोस्रो लेगमा पुनरागमन गर्दै ३-० को शानदार जित हात पार्दै अवे गोलको फाइदा उठायो। समयग्रमा ४-४ गोलको बराबरी भएपनि रोमाले अवे मैदानमा गोल गरेका कारण अन्तिम चारमा स्थान बनाएको हो। घरेलु मैदानमा भएको दोस्रो लेगमा रोमाको  लागि…

    विस्तृतमा पढ्नुस्

  • युसिएल : लिभरपुल १० वर्षपछि सेमिफाइनलमा, सिटी बाहिरियो

    युसिएल : लिभरपुल १० वर्षपछि सेमिफाइनलमा, सिटी बाहिरियो

    इंगलिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग (युसिए)लको सेमिफाइनलमा प्रवेश गरेको छ। युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा लिभरपुल १० वर्षपछि सेमिफाइनमा पुगेको हो। पछिल्लो पटक सन् २००७-०८ को सेमिफाइनल खेलेको लिभरपुल अर्को इंगलिस क्लब चेल्सीसँग पराजित भएको थियो। क्वाटरफाइनल दोस्रो लेगमा पुनरागमन गर्दै २-१ को जित हात पारेको लिभरपुलले अर्को इंगलिस क्लब म्यानचेष्टर सिटीलाई समग्रमा ५-१ ले पराजित गर्दै अन्तिम चारमा…

    विस्तृतमा पढ्नुस्

  • माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन,सहकारीमा तालाबन्दी

    माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन,सहकारीमा तालाबन्दी

    नवलपरासी: पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।  परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवं माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताए। माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विनाशर्त कानूनतः व्यवस्था गरिएको जंगली सागसिस्नु र कन्दमूल…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पका सुरक्षा सल्लाहाकार टमद्वारा राजिनामा

    ट्रम्पका सुरक्षा सल्लाहाकार टमद्वारा राजिनामा

    वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिएका छन्।  ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मंगलवार राजिनामाको घोषणा गरेका हुन्।  “राष्ट्रपति ट्रम्प सुरक्षा सल्लाहाकारद्वारा राजिनामापछि पनि अमेरिकी सुरक्षाका लागि गरेको प्रतिवद्धताप्रति आभार व्यक्त गर्नुभएको छ,” ह्वाइट हाउसका प्रेस सेक्रेटरी सारा सेन्डर्सले भनिन्।  पछिल्लोपटक राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • आइजी, एआइजी र डिआइजीसहित २८ उच्च तहका प्रहरी अधिकृत बिदा हुँदै

    आइजी, एआइजी र डिआइजीसहित २८ उच्च तहका प्रहरी अधिकृत बिदा हुँदै

    काठमाडौं: ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका उच्च तहका अधिकृतहरु बुधवार मध्यरातबाट अवकाश पाउँदैछन्। अवकाश पाउनेमा १५ जना एआइजी, नौ जना डिआइजी र दुई जना एसएसपी रहेका छन्।   अवकास हुन लागेका एआइजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा, मधु पुडासैनी, केशरीराज  घिमिरे, विजयलाल कायष्थ, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा १३५ थान अवैध मोबाइल, चालकसहित तीन पक्राउ

    दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा १३५ थान अवैध मोबाइल, चालकसहित तीन पक्राउ

    काठमाडौं: भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध रुपमा ल्याएको मोबाइल रहेको सूचनाका आधारमा प्रहरीले उक्त बसमा जाँच गरेको थियो। बसमा १३५ महंगा मोबाइल भेटिएको र चालकसहित तीनजनालाई पक्राउ गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। बस कलंकीबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कृष्ण थापा हरिबहादुर…

    विस्तृतमा पढ्नुस्

  • ‘तिमी हुन्छौ जहाँ जहाँ'को शीर्ष गीत रिलिज

    ‘तिमी हुन्छौ जहाँ जहाँ'को शीर्ष गीत रिलिज

    फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ'को पहिलो गीत सार्वजनिक भएको छ । प्रचारप्रसारको पहिलो अस्तुको रुपमा म्युजिक भिडियो रिलिज गरिएको हो । मङ्गलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘तिम्रो हर स्वासमा बोलको गीत भिडियोसहित युट्युब रिलिह गरिएको हो। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा अञ्जु पन्त र फिरोज बस्नेतले स्वर दिएका छन्। गीतको भिडियोमा अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना…

    विस्तृतमा पढ्नुस्

  • भारतको जम्मुकश्मिरमा भिडन्त: एक सुरक्षाकर्मीको मृत्यु, इन्टरनेट बन्द

    भारतको जम्मुकश्मिरमा भिडन्त: एक सुरक्षाकर्मीको मृत्यु, इन्टरनेट बन्द

    श्रीनगर: भारतको जम्मु कश्मिरमा आतंकवादीको गोली लागी एक सुरक्षाकर्मीको मृत्यु भएको छ। बुधबार बिहान भएको उक्त भिडन्तमा परी एक भारतीय नागरिकको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। त्यसैगरी दुई सुरक्षाकर्मी घाइते भएका छन्। कुलगाम जिल्लामा लस्कर ए तैयबाको सदस्य रहेको सूचना प्राप्त भएपछि भारतीय सुरक्षाबलले आक्रमण थालेको थियो। उक्त क्षेत्रमा लस्कर ए तैयबाको सदस्य अझै रहेको सुरक्षाकर्मीको दाबी छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘जात्रा’ सिक्वेल 'जात्रै जात्रा' अर्को फागुनमा

    ‘जात्रा’ सिक्वेल 'जात्रै जात्रा' अर्को फागुनमा

    काठमाडौं: कमेडी फिल्म ‘को सिक्वेल बन्ने बारे आधिकारिक खबर सार्वजनिक भएको छ। 'जात्रै जात्रा' नामसहित फिल्मको दोस्रो संस्करण बन्ने बारे निर्देशक प्रदिप भट्टराईले जानकारी दिएका हुन्। मङ्गलबार निर्देशक भट्टराईले र निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँसहितको फोटो सहित जात्रै जात्रा बारे जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। २०७५ को फागुन १७ गतेलाई रिलिज टार्गेट गरिएको छ। जात्रा २ मा कथा पनि…

    विस्तृतमा पढ्नुस्

  • सिलवालकै लाइनमा खरेल: आईजी नियुक्तिमा असन्तुष्टि देखाउँदै बुझाए राजिनामा

    सिलवालकै लाइनमा खरेल: आईजी नियुक्तिमा असन्तुष्टि देखाउँदै बुझाए राजिनामा

    काठमाडौं: सरकारले मंगलवार डिआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगतै डिआइजी रमेश खरेलले राजिनामा दिएका छन्।  आज प्रहरी प्रधान कार्यालय नक्सालमा खरेलले राजिनामा बुझाएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए।  आफुले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजिनामा दिएको खरेल बताएका छन्।   खरेल २०४५ सालमा भलिबल खेलाडीको रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए।  खरेल नवनियुक्त…

    विस्तृतमा पढ्नुस्

  • राजपाका दुई अध्यक्ष भारतमा 

    राजपाका दुई अध्यक्ष भारतमा 

    काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव भारतको राजधानी दिल्ली पुगेका छन्। नियमित उपचारका लागि मेदान्त हस्पिटलमा दुबै अध्यक्ष भर्ना भएका छन्। यादव सोमबार दिउँसो दिल्ली पुगेका हुन् भने ठाकुर मंगलबार दिउँसो १२: ४० को फ्लाइटबाट दिल्ली पुगेका हुन्। दुबै नेताको मुटुमा पेसमेकर लाएको छ। दुबै नेताले लामो समयदेखि एउटै अस्पतालमा उपचार…

    विस्तृतमा पढ्नुस्

  • अल्जेरियन सेनाको विमान दुर्घटना: सय यात्रुको मृत्यु

    अल्जेरियन सेनाको विमान दुर्घटना: सय यात्रुको मृत्यु

    काठमाडौं: अल्जेरियामा त्यहाँको सैनिक सवार विमान दुर्घटना भएको छ। दुर्घटनामा परी सय जनाको निधन भएको अल्जेरियाको स्टेट रेडियोलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ। इल्युसिन आइएल-७६ नामको उक्त विमानमा अल्जेरियन सैनिकको टोली सवार थिए। उक्त विमान अल्जेरियाको राजधानीबाट पश्चिमी शहर बेचारका लागि उडेको थियो। 

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे: बिना काममा रेल किन ल्याउने?

    प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे: बिना काममा रेल किन ल्याउने?

    काठमाडौं: नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्रीको महत्वकांक्षी योजना रेलमार्ग र जलमार्गमाथि प्रश्न गरेका छन्। एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीजले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको जलयात्रा वर्तमान र भविष्य विषयक अन्तर्क्रिया कार्यक्रममा थापाले रेलमार्गमाथि प्रश्न गरेका हुन्। थापाले भारत र चीनबीचमा रेलवे बनाउन आवश्यकै नरहेको दाबी गरे। भने, 'हामीले रेलवे बनाउने हामीले पानी जहाज ल्याउने हामीले हवाइ अड्डा बनाउने,…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो तामाकोशीको अनुगमनपछि प्रधानमन्त्रीको निर्देशनः जति ढिलो भयो, भयो, अब ढिलाइ सहन सकिँदैन

    माथिल्लो तामाकोशीको अनुगमनपछि प्रधानमन्त्रीको निर्देशनः जति ढिलो भयो, भयो, अब ढिलाइ सहन सकिँदैन

    दोलखा: प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन्। बुधबार उर्जामन्त्री वर्षमान पुन, चिनियाँ राजदुत यु होङसहित दोलखा पुगेर आयोजनाको प्रगतिका बारेमा जानकारी लिएका हुन्।  प्रधानमन्त्री ओलीले सुरुङ मार्ग तथा पावर हाउस निरीक्षण र कार्यप्रगतिको जानकारी लिएका थिए। परियोजको गोंगरस्थित कार्यालयमा पुगेर उनले परियोजनाको विस्तृत विवरण जानकारी लिए।  २०७५ साल पुसबाट उत्पादन सुरु गर्ने लक्ष्यसहित आयोजनाको काम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell