काठमाडौं : मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा मनमोहन मेमोरियल अन्तर प्रदेश यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ देखि १९ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो। युवा खेलाडीहरुको प्रतिभालाई बाहिर ल्याउनका लागि पसातै वटै प्रदेश समेटर प्रतियोगिता गर्न लागेको सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए। एक साता सञ्चालन हुने…
बैतडी : गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्। निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट खेलेका बोहराले लिग चरणको खेलमा केदारशक्ति क्रिकेट क्लबसँगको खेलमा व्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन्। निंगलाशैनी खेल मैदानमा ४२ बलमै शतक बनाएका उनले ५५ बलमा १४३ रन बनाए। यसक्रममा बोहराले…
काठमाडौंः शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ६ महिनाभित्र समाजवाद उन्मुख शिक्षा नीति ल्याइने बताएका छन्। सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरलेलले पुरानो शिक्षा प्रणालीलाई खारेज गरी ६ महिना भित्र समाजवाद उन्मुख नयाँ शिक्षा नीति निर्माण गर्ने बताएका हुन्। मन्त्री पोखरेलले १० बुँदे मार्गचित्र प्रस्तुत गर्दै रोजगारीमा आधारित शिक्षा प्रणालीको विकास गर्ने दाबी गरे। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम…
काठमाडौं : त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगितामा नेपाल कमर्स क्याम्पस (एनसीसी), अमृत साईन्स र सुर्खेत शिक्षा क्याम्पस सेमिफाइनलमा प्रवेश गरेका छन्। आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा भएको क्वाटरफाइनलमा एनसीसीले जनमैत्री कलेजलाई २५-१७,२५-११, २५-८ को सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। त्यस्तै अर्को क्वाटरफाइनलमा अमृत साईन्सले जया मल्टीपल कलेजलाई २५-२३,२५-२२,२२-२५, २५-१३ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनायो। सुर्खेत शिक्षा…
काठमाडौं: 'अनमोल केसीले भने गाउँलेलाई भिखारी' शीर्षकको समाचार प्रति अभिनेता अनमोल केसीले आपत्ती जनाएका छन्। उनले फेसबुकमार्फत आफ्नो नामको दुरुप्रयोग गरेर गलत हेडलाइन राखेको र दर्शकलाई ती समाचारमा विश्वास नगर्न भनेका छन्। उनले लेखेका छन्,'केही अनलाइन मिडियाले मैले नभनेको कुरालाई हाइपोथेटिकल हेडलाइन राख्दै लेखेका छन्। जसमा मेरो ध्यानाकर्षण भएको छ। दर्शक नझुक्किनु हुन आग्रह।' गाउँलेलाई भिखारी र सहरीयालाई चुहिया लेखिएको…
काठमाडौं : नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनबाट पर भागिरहेका बेला ए, बी र सी डिभिजन क्लबहरुले भने लिग गर्न नसकेकोमा एन्फासँग असन्तुष्ट बनेका छन्। फुटबल खेल्ने तीनवटै डिभिजनका क्लबहरु सम्मिलित अन्तर क्लव समन्वय समितिले बुधवार एन्फा हाउस सातदोबाटोमै पत्रकार सम्मेलन गर्दै नेपाली फुटबलाई अन्धकारबाट जोगाउन चाँडो भन्दा चाँडो एन्फाको चुनाव हुनुपर्ने र लिग सञ्चालन हुनेपर्ने बताएका छन्।…
काठमाडौं : डिआइजी रमेश खरेलले बुझाएको राजीनामा स्वीकृत भएको छ। खरेलको राजीनामा स्वीकृत भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए। सरकारले मंगलवार राति डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगतै असन्तुष्टि व्यक्त गर्दै डिआइजी रमेश खरेलले बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका थिए। लामो समयदेखि संगठनको लागि काम गर्दा सरकारले मूल्यांकन नगरेको भन्दै खरेलले राजीनामा दिएका थिए। ३०…
काठमाडौं : वेइटलिफ्टर संगिता राईले ४८ केजी तौल समूहमा १२ वर्ष पुरानो किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी छिन्। उनले काठमाडौँ जिल्लाद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान उक्त कीर्तिमान भंग गरेकी हुन् । नेपाल पुलिस क्लबकी संगिताले सिनियरतर्फ स्नाच र कुलमा निता थापाले २०६२ सालमा काठमाडौँ भएको ३५औं युवराज जन्मोत्सव कपमा राखेको…
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेला प्रतिनिधिबिच विवाद चर्किएको छ। धुम्बाराही स्थित एक बेंक्वेटमा सुरु भएको भेलामा विद्यार्थीको अध्यक्ष बनाउन राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफ्नै गृह जिल्लाका रविन ढुंगानालाई पहल गरेपछि विवाद सुरु भएको थियो। लिङदेनले अध्यक्षको उम्मेदवारी दिन गएका ऋषीकेष न्यौपाने र रामचन्द्र लामिनेलाई हकारेपछि प्रतिनिधहरूबीच विवाद सुरू भएको थियो। विवादपछि प्रतिनिधिबीच हात हालाहाल…
काठमाडौँः सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धी मन्त्रालयका अधिकारीहरूलाई सम्बन्धित मन्त्रालय मातहतका योजनाको सूची तयार गर्ने निर्देशन दिएका थिए। सोही अनुरूप मन्त्रालयहरूले योजनाका सूची तथा विस्तृत योजनाहरू तयार पारिरहेका छन्। नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारले आफ्नो चुनावी घोषणापत्रमा समावेश भएका योजनाहरूलाई समावेश गरी सरकारको नीति तथा कार्यक्रम निर्माण गरिरहेको छ। समृद्ध नेपाल…
दमकमा 'समावेशिता र युवा' विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। युवा समुह युथ नेटवर्कको आयोजनामा भएको अन्तरसंवादमा आहुती प्रमुख वक्ता रहेका थिए। सामाजिक, राजनीतिक परिदृश्यहरुमा युवा समावेशिताको स्थिति र उपादेयताका बारे आहुतीसँग अन्तरक्रिया भएको हो। जहाँ राजनीतिक, सामाजिक, प्राध्यापन, व्यवसायिक लगायतका विभिन्न क्षेत्रमा क्रियाशील ५० युवाहरुले विषयमाथि छलफल गरे। कार्यक्रममा वक्ता आहुतिले १ घण्टा ४० मिनेट लामो विचार राखे। मन्तव्यसँगै प्रश्नोत्तर…
काठमाडौं : प्रहरी प्रमुख चयन गर्ने पेचिलो विषय एजेन्डामा रहे पनि आजको मन्त्रिपरिषद बैठकले यस विषयमा कुनै निर्णय गरेन। नयाँ प्रहरी महानिरीक्षक चयनका लागि आज मन्त्रिपरिषदबाट निर्णय हुने अपेक्षा थियो। आज बसेको क्याबिनेटले सचिव डिल्लिराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय र सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गरेको छ। मन्त्रिपरिषदले विपन्न तथा औपचारिक शिक्षामा पहुँच नपुगेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न र…
चितवनः चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई भने उस्तै सास्ती छ। पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन। अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ। यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपाल बताउँछन्। 'सडक निर्माण भएको स्थानमा…
काठमाडौं : मोहम्मद सांसद शेखले अन्तिम ओभरको पाँचौ बलमा छक्का प्रहार गरेपछि काठमाडौं गोल्डेन्सलाई १ विकेट पराजित गर्दै साविक विजेता टिम चौराह धनगढी डीपीएलको फाइनलमा प्रवेश गरेको छ। लो स्कोरिङ पहिलो क्वालिफायरमा चौराहले १२८ रनको लक्ष्य अन्तिम ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो। लिग चरणको पहिलो खेलमै काठमाडौंसँग पराजित भएको चौराहले त्यस हारेको बदला समेत लिएको छ। लिगमा अपराजित…
नयाँदिल्लीः भारतमा मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्लाकै खान्डाला भन्ने ठाउँमा ट्रक दुर्घटना भएको जनाइएको छ। घटनास्थल महाराष्ट्र प्रदेशको राजधानी मुम्बईदेखि ८१ किलोमिटर पूर्वतर्फ पर्छ। 'सामान बोक्ने…
बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङले विश्वका लागि चिनियाँ बजार थप खुला हुँदै जाने बताएका छन्। बोआओ फोरमको उद्घाटनमा समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। चीनले गत वर्षको सम्मेलनमा बैंकिङ इन्सुरेन्सलगायतका क्षेत्रमा वैदेशिक इक्यूटी क्याप बढाउने बताएको थियो। ‘हामीले वैदेशिक लगानीका सीमाहरूलाई क्रमिक रूपमा हटाउँदै लाने छौँ,’ राष्ट्रपति सीले भने। राष्ट्रपति सीले लगानीको वातावरणको विषयमा बोल्दै अगाडि भने, ‘चीनले वैदेशिक…
आलिया भट्ट अभिनित फिल्म 'राजी'को अफिसियल ट्रेलर रिलिज भएको छ। मङ्गलबार युट्युबमार्फत सार्वजनिक भएको ट्रेलरमा आलियालाई जासुस पात्रको रुपमा प्रस्तुत गरिएको छ। फिल्म हरिन्दर सिक्काले लेखेको उपन्यासमा आधारित रहेको छ। जसमा काश्मिरि युवतीको यथार्थ जीवन प्रस्तुत छ। भारत-पाकिस्तान युद्ध ताका भारतका लागि जासुसी गर्न पाकिस्तानी सैनिकसँग विवाह गर्ने उक्त युवतीको भूमिका आलियाले निर्वाह गरेकी हुन्। मेघना गुलजार निर्देशित फिल्ममा आलियासँगै…
नवलपुर: 'नयाँ वर्ष मनाउन इन्द्रावती गाउँपालिका जाऔँ, प्रथम इन्द्रावती गाउँपालिका महोत्सव सफल बनाऔँ' भन्ने नाराका साथ इन्द्रावती गाउँपालिकामा बुधवारदेखि ईन्द्रावती महोत्सव हुँदैछ। प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष वंशलाल तामाङले गर्नेछन्। गाउँपालिकाको आयोजनामा हुन लागिएको महोत्सवमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ र प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल पुग्नेछन्। महोत्सवमा स्थानीय उत्पादनहरूको प्रदर्शनी, विभिन्न जातिको झाँकी प्रदर्शन,राष्ट्रिय तथा…
जेनेभाः चीनले अमेरिकाविरुद्ध विश्व व्यापार संगठन (डब्लुटीअो)मा मुद्दा दर्ता गराएको छ। मंगलबार जेनेभास्थित डब्लुटीअोको मुख्यालयमा चीनले अमेरिका विरुद्ध मुद्दा दर्ता गराएको हो। अमेरिकाले चीनमा उत्पादित स्टिल तथा अाल्मुनियमका उत्पादनहरूमा लगाएको करको विरुद्धमा चीन डब्लुटीअोमा पुगेको हो। एपीका अनुसार जेनेभास्थित डब्लुटीअोको अधिकारीहरूले चीनलार्इ अमेरिकासँग संवाद गरी ६० दिनभित्र समस्या समाधान गर्न आग्रह गरिएको छ। यदि दुवै पक्ष सहमतिमा नअाए बेइजिङले पुनः…
काठमाडौं: सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’का लागि नेपालको प्रतिनिधित्व मौनता लामाले गर्दैछिन्। अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि मौनता सोमबार इजिप्ट गइन्। प्रतियोगिता अप्रिल १० देखि ३० तारिखसम्म हुनेछ। यो प्रतियोगिताको चौथो संस्करण हो। ६० देशका मिस इकोहरुको सहभागिता रहने प्रतियोगितामा मौनतालाई ग्रीन आर्ट मिडिया पठाएको हो। फेब्रुअरीमा ग्रीन आर्टले उनलाई मिस इको नेपाल २०१८ घोषणा गरेको थियो। यसअघिका तीन संस्करणमा नेपालबाट…