काठमाडौँ : नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा रहेको 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७४' आगामी जेठ ४ गते हुने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)ले मंगलवार पत्रकार सम्मलेन गर्दै अवार्डको औपचारिक रुपमा अवार्ड कार्यक्रमको घोषणा गरेको हो। अवार्डको यो १५औँ संस्करण हो। आगामी वर्षमा फिफा विश्वकप फुटबल, एसियन गेम्स, दक्षिण एसिया खेलकुद लगायतका ठूला खेलकुद प्रतियोगिताहरु हुने भएकाले अवार्ड कार्यक्रम अगाडि सारिएको…
काठमाडौं: गृहमन्त्री रामबहादुर थापा‘बादल’ले पछिल्ला दिनहरूमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउने दाबी गरेका छन्। गत आइतबार विराटनगरमा श्रीनिवास आचार्य माथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज गृहमन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझ्दै उक्त दाबी गरेका हुन्। ज्ञापनपत्र बुझाउन आएका प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनामा संलग्न भएको आरोपमा…
काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच दोस्रो क्वालिफायर हुने भएको छ। मंगलवार भएको एलिमिनेटरमा सिवाइसी अत्तरायलाई १५ रनले पराजित गर्दै महेन्द्रनगरले दोस्रो क्वालिफायर्मा स्थान बनाएको हो। मंगलावरै भएको पहिलो क्वालिफायरमा काठमाडौं चौराहसँग पराजित भएपछि फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो। चौराह भने फाइनल पुगिसकेको छ। महेन्द्रनगरले क्वालिफायरमा स्थान बनाउने क्रममा…
काठमाडौँः पाकिस्तानले नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवृत्ति बढाएको छ। पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीले नेपालको राजकीय भ्रमणको क्रममा नेपाली विद्यार्थीलाई दिइँदै आएको छात्रवृत्ति ‘सिट’बढाउने घोषणा गरेका थिए। सोही घोषणा अनुरूप काठमाडौस्थित पाकिस्तानी दूतावासले छात्रवृत्ति दोब्बर बनाइएको जनाएको छ। पाँच वर्षयता पाकिस्तानले वर्षेनी प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोही अनुरूप दूतावासले…
काठमाडौंः अर्थमन्त्री डा युवराज खतिवडाले भोजपुरमा चिया खेती विस्तार गर्न र पुल निर्माणलगायतका विषयमा सहयोग गर्ने वचन दिएका छन्। अर्थमन्त्रीसँग आज सिंहदरबारमा भोजपुरे समाजले गरेको भेटमा मन्त्री खतीवडाले केन्द्रबाट हुने आयोजनाको लागि सहयोग गर्ने बताएका वचन दिएका हुन्। समाजका अध्यक्ष पासाङ शेर्पाको टोलीले भोजपुरमा चिया खेतीको विस्तार, भोजपुर र संखुवासभालाई जोड्ने षडाानन्ददेखि लम्सघाटसम्मको पुल निर्माण, हतुवागढीदेखि स्याम्पु हुदै साल्पा…
काठमाडौं: काठमाडौंको दरबारमार्ग र न्युरोड क्षेत्रका व्यापारीलाई धम्काएर पैसा असुल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अखिल क्रान्तिकारी विप्लव समूहमा आबद्ध कार्यकर्तालाई मंगलवार पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई नगरपालिकाका नवीन केसी, कैलाली गोदावारी ५ का प्रज्वल शाही, हुम्ला खापुना ५ का सन्तोष ऐरी र रोल्पा सुकीदह २ का रामकुमार डाँगी रहेको परिसरका डिएसपी…
धनकुटाः नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीबीच बैशाख ९ गते नै पार्टी एकता गर्ने सम्पूर्ण प्रयास जारी रहेको बताएका छन्। धनकुटाको पाख्रिवासमा बुधबार प्राकृतिक श्रोत व्यवस्थापन कलेजको उद्घाटन तथा भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वैशाख ९ मै पार्टी एकता हुने बताएका हुन्। ‘हाम्रो पूरै प्रयास छ कि वैशाख ९ गते नै बिशाल जनसमुदायको अगाडि…
काठमाडौं: नेपाल प्रहरीको महानिरीक्षक को बनाउने भन्ने विषयमा निर्णय गर्न अहिले साँझ साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। केही समयअघि महानिरीक्षक को बनाउने भन्ने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। छलफलपछि बैठक बोलाइएको प्रधानमन्त्री ओलीका सहयोगी चेतन अधिकारीले जानकारी दिए। मंगलवार बिहान बसेको…
काठमाडौं: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित ज्यामिरेमा गए राति बा १८ प ४६९९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी बोलेरोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी विमलराज कँडेलले जानकारी दिए। चालक सुरेश तामाङ, १३ वर्षीय कमल तामाङ र ४२ वर्षीय मोती अधिकारीको निधन भएको डिएसपी कँडेलले बताए। अधिकारीको निर्माण सामाग्री लिएर मेलम्चीबाट ज्यामिरेको पीपलटार जाँदै…
काठमाडौं: नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे आफ्नो धारणा राख्ने भएको छ। प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे धारणा राख्न पत्रकार सम्मेलन आयोजना गरेको छ। प्रधानमन्त्री ओली तीन दिने भारत भ्रमण सकी हिजो स्वदेश फर्केका छन्।
काठमाडै : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगितालाई केएनपी जापन प्रालीले मुख्य प्रायोजन गरेको छ। आइतबार आयोजित कार्यक्रममा शेरबहादुर स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी जापान प्रालीका नेपाल प्रमुख मनोजकुमार मिश्रबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। आगामी बैशाख २१ देखि २५ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि केएनपीले सम्झौता रमक बृद्धि गरि प्रतिष्ठानलाई ६ लाखको प्रयोजन…
काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसको आयोजनामा त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ। चैत २६ देखि ३१ गतेसम्म क्याम्पस प्राङगणमा आयोजना हुने प्रतियोगितामा नेपालभरिका २२ क्याम्पसका टिमहरुको सहभागिता रहनेछ। प्रतियोगिताका सबै खेलहरु बेष्ट अफ फाइवका आधारमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी खेलाडीहरु सम्बन्धित क्याम्पसका नियमित बिद्यार्थी हुनुपर्ने प्रावधान राखिएको छ। बाहिरका खेलाडी समावेश गरिएको पाइए…
काठमाडौं: नेपाल प्रहरीले टेलिफोन तथा इन्टरनेट सुविधा नपुगेका प्रहरी चौकीमा आजबाट भिस्याट टेलिफोन सेवा शुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले सोमबारदेखि भेरी स्मल अप्रेचर टर्मीनल टेलिफोन सेवाको (भीस्याटको) सञ्चालनमा ल्याउन लागेको नेपाल प्रहरी सञ्चार सेवा निर्देशानालयका प्रमुख डिआइजी डा राजीव सुब्बाले बताए। 'भौगोलिक विकटता भएका स्थानमा सञ्चार सहजता ल्याउन भिस्याट सञ्चालनमा ल्याउन लागेको हो,' डिआइजी सुब्बाले भने। टेलिफोन सेवा नपुगेका…
काठमाडौं: सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तानलाई थोकर फिल्म्स प्रालिले सहयोग प्रदान गरेको छ। आइतवार फिल्म्सले पत्रकार सम्मेलन गरी १५ लाख पाँच हजार १५३ रुपैयाँ सहयोग गरेको हो। काभ्रे रोशी भिमखोरीकी शर्मिला गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन सगरमाथा आरोहण गर्न लागेकी हुन्। उनको साहस देखेर सहयोग जुटाएको संयोजक एवं प्रालिका प्रमुख बिकु थोकर तामाङले बताए।
काठमाडौं : चैत १७ देखि धनगढिमा सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल-२) को लिग चरणका खेलहरु समापत्त भइसकेका छन्। ६ टिमको सहभागिता रहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष चार स्थान हात पार्ने टिम प्लेअफका लागि छनोट हुँदा पूछारका दुई टिम आउट भएका छन्। लिग चरणपछि सबैभन्दा अप्रत्यासित नतिजाको रुपमा रह्यो विराटनगर किंग्सले प्लेअफमा स्थान बनाउन असफल हुनु। प्रतियोगिताका अघि उपाधिकै दाबेदार…
काठमाडौं: विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भएको दुई देशीय समझदारीलाई स्वागत गरेको छ। आज पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै नेपाल भारतबिचको समझदारीको स्वागत गरेको हो। 'नेपालको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने नेपाल-भारतबिचको समझदारीलाई हामी स्वागत गर्दछौं,' विज्ञप्तिमा भनिएको छ। यसैगरी विवेकशील साझाले…
चितवन: नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए। कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको उल्लेख गर्दै भने, “दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन।” सभापति देउवाप्रति कडा प्रतिक्रिया दिँदै उनले भने, “पार्टी…
काठमाडौं: नयाँ बसपार्क क्षेत्रका होटेल तथा रेष्टुरेष्टमा प्रहरीले छापा मारेको छ। आइतवार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले छापा मारेको हो। प्रहरीले होटेल तथा रेष्टुरेष्टमा शंकास्पद गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। पक्राउ परेकामध्ये ३२ जनालाई सामान्य सोधपुछपछि अभिभावकको जिम्मा लगाइएको छ। बाँकीलाई सार्वजनिक अपराध अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद…
काठमाडौं: एक बर्षदेखिको तलब तथा सेवा सुविधा नपाएको भन्दै ओखलढुङगास्थित रमाइलो एफएमका संवाददाताले आमरण अनसन शुरु गरेका छन्। संवाददाता पदमबहादुर कार्कीले शुक्रवारदेखि अनसन थालेका हुन्। त्यस्तै अन्य चार जना एफएमकै सम्वादाता पनि रिले अनसनमा बसेका छन्। नियुक्ति पत्र पाए पनि एफएम प्रशासनले समयमै तलब नदिएको भन्दै आमरण अनसन बसेको संवाददाता कार्कीले बताए। उनीहरूले एफएमबाट ७० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म…
काठमाडौं: नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले अध्यक्ष पुष्पकमल दाहाल भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशौली प्रति असन्तुष्टि व्यक्त गरेका छन्। सोमवार ललितपुरको खुमलटारस्थित 'प्रचण्ड' निवासमा पुगेर माअोवादीका मन्त्रीहरूले अध्यक्षसँग असन्तुष्टि पोखेका हुन्। मन्त्रीहरूले सचिव सरुवा देखि अन्य कार्यशैलीको विरोध गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। माअोवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्रीको…