काठमाडौं: भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रक्सौल- काठमाडौँ इलेक्ट्रिफाइड रेल ल्याउने सहमति गरे। भारतीय लगानीमा भारतीय रेल नेपाल ल्याउने भएको सहमतिप्रति डा. बाबुराम भट्टरार्इले भने असहमति व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. भट्टरार्इले रेलले परनिर्भरता बढाउन सक्ने चिन्त व्यक्त गरेका छन्। भट्टरार्इले सामाजिक सञ्जार ट्वीटरमा भनेका छन्, 'काठमाडौंलार्इ रेलमार्गबाट भारत-चीन दुबैसँग जोड्नु…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भारतको उत्तराखण्ड पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयमा पुगेका छन्। भारतको तीन दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसहितको टोली नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको पन्तनगर स्थित विश्वविद्यालयमा ओयोजित विशेष दीक्षान्त समारोहमा सहभागी हुन पुगेका हुन्। प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रूद्राक्षको विरुवा रोपेका छन्। प्रधानमन्त्री ओलीको स्वागतमा त्यहाँका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए। …
बेरूतः सिरियाको राजधानी दमास्कस नजिकको पूर्वी गुटामा रसायनिक हतियारको प्रयोग भएको छ। सिरियाली सरकारी सेनाले गरेको आक्रमणमा रसायनकी हतियारको प्रयोग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको बताइएको छ। पछिल्लो २४ घण्टामा २ बालबालिका र ३ महिलासहित कम्तीमा १७ जनाको मृत्यु भएको सिरियन अब्जभेटरी फर हुमन राइट्सले जनाएको छ।
काठमाडौं: पुस्तक छलफल कार्यक्रम 'चकटी बहस'को ५० औँ शृंखला पुरा भयो। जसका अवसरमा शनिबार मार्टिन चौतारीमा विशेष समारोह आयोजना गरिएको थियो। अख्यान, गैर अख्यान पुस्तक, पाठन संस्कृति र पुस्तकको विषयमाथि बहस हुँदै आएको कार्यक्रमको विशेष शृङ्खलामा भने पुस्तकमाथि नभइ चकटी बहसकै समीक्षा भएको हो। फेसबुक ग्रुप 'बुकाहोलिक्स'ले दुई वर्षयता अङ्ग्रेजी महिनाको पहिलो शनिबार पुस्तक बहस आयोजना गर्दै आएको छ। लेखक,…
काठमाडौं : नेपालस्थिति राष्ट्रसंघीय कार्यालयका उच्च तहका अधिकृत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरोको टोलीले ६० वर्षीय पिटर जोन डागिल्लासई शनिवार पक्राउ गरेको हो। काभ्रेपलान्चोक मण्डनदेउपुर नगरापालिका स्थित वडा नम्वर १ स्थित पिटरले संचालन गरेको हिमालियन सामुदाहिक सस्थाबाट यौनदुराचरको अभियोगमा उनलाई पक्राउ गरिएको हो। प्रहरीले गेल रहेकै ठाउँबाट दुई बालकको उद्दारसमेत गरेको छ।
काठमाडौं: कथाकार सरिता अर्यालको कथा संग्रह 'पुरुष' सार्वजनिक भएको छ। उनको दोस्रो कृति शनिबार शिल्पी थिएटरमा विमोचन गरिएको हो। सांसद पम्फा भुषाल, कवियत्री कुन्ता शर्मा, सुचना आयुक्त, यशोदा तिम्सिना, लेखक सरिता अर्याल, गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, सुष्मा ओमाटा र स्मिता घिमिरेले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन्। विमोचन समारोहमा महेश पौड्यालले संग्रहमा समावेश कथाहरुमाथि समीक्षा गरे। उनले अधिकांस कथामा महिला…
काठमाडौं : किशोरावस्थामा नै 'पोर्न स्टार' बन्ने भन्दै चर्चामा रहेकी मोडल/कलाकार अर्चना पनेरुकी पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइस अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधवार बेलुका बलम्बुस्थित एक घरबाट प्राइसलाई पक्राउ गरेको थियो। प्राइस बस्ने घरबाट प्रहरीले २ सय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको थियो जहाँ थुप्रै प्रयोग भएका…
काठमाडौं: फिल्म 'ह्याप्पी डेज' युनिटले प्रदर्शन मिति परिवर्तनको खेल खेल्न थालेको ५ महिना भयो। ५ महिनामा पाँचौपटक रिलिज टार्गेट फेरेको छ। ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ ११ लाई सरेको थियो। तर माघ ११ मा बलिउडका दुई ठूला फिल्म 'पद्मावत' र 'प्याडम्यान'सँग जुध्ने डरले फिल्म रिलिज पर सारियो। त्यसपछि तेस्रोपटकलाई चैतको १६ लक्ड भयो। तर आन्तरिक कारण देखाउँदै फिल्म…
काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता एव पूर्व प्रधानमन्त्री माधव नेपालसहित एमालेका नेताहरु चीन प्रस्थान गरेका छन्। चीनको सियानमा आयोजना हुने पहिलो सांघाई कोअपरेसन अर्गनाइजेसन जनमञ्चको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन्। नेपाल नेतृत्वको टोलीमा एमाले अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोर, दोलखबहादुर भण्डारी सहभागी छन्। सियानमा क्षेत्रीय शान्तिको सम्वर्द्धनको विषयमा हुने कार्यक्रममा नेता नेपालले ‘क्षेत्रीय साझेदारी प्रवर्द्धनका लागि रणनीतिक समन्वय’ शीर्षकमा…
रामबहादुर थापा बागलुङ : गलकोट नगरपालिका-४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ। पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए। ३६ वर्षपछि उक्त भिरमा मह शिकार गरिएको हो। पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो। मह शिकारमा गलकोट नगरपालिका-१० पाण्डवखानीका अनुभवी शिकारी संलग्न थिए। बन्दोवस्तीका सामानसहित १६ जनाको…
काठमाडौं: जर्मनीको मुइन्सटरमा एक ड्राइभरले फुटपाथमा भ्यान जोताउँदा दुईजनाको मृत्यु भएको छ। घटनामा परी भ्यान चालकको पनि मृत्यु भएको त्यहाँका अन्तरिक मामिलामन्त्री हर्बट रेउलले जानकारी दिए। घटनामा २० घाइते भएका छन्। ती चालक जर्मन नै भएको र उनको मानासिक अवस्था कमजोर रहेको बताईएको छ। यद्यपि उनको नाम भने खुलाइएको छैन। जर्मन चान्सलर एन्जेला मार्केलले घटनाप्रति दुख व्यक्त गरेका छन्।
काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत आज नेपाली खेलाडी समावेश रहेको दिल्ली डेयरडेभिल्सले किंग्स-११ पञ्जावसँग खेल्दैछ। गौतम गम्भिरको कप्तानीमा रहेको दिल्लीको प्लेइङ ११ मा नेपाली खेलाडी सन्दीप लामिछाने अटाएनन्। एक खेलमा चार विदेशी खेल्न पाउने प्रावधान अनुसार दिल्लीको टिममा क्रिस मोरिस, कोलिन मनरो, ड्यानिएल क्रिस्टियन र ट्रेन्ट बोल्ट प्लेइङ ११ मा परेका छन्। उता पञ्जावको टिममा पनि क्रिस गेल…
काठमाडौं: भारतको राजकीय भ्रमणबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै छन्। स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री चीन जाने गरी परराष्ट्र मन्त्रालयले तयारी गरेको थियो। तर, प्रधानमन्त्री ओली चीन नजाने भएका छन्। नेपाललाई चीनको हैनानमा आयोजना हुने एसियाका लागि बोआओ फोरम (बोआओ फोरम फर एसिया)का लागि निम्तो आए पनि अन्तिम समयसम्म आइपुग्दा नेपालले प्रतिनिधिको टुंगो लगाउन नसक्दा नेपालका तर्फबाट सहभागिता शून्य हुने भएको छ। …
काठमाडौं: शेयर बजार ५१.६५ अंकसम्म पुगेर ४४.२६ अंकमा बन्द भएको छ। सुरुबाटै बढेको शेयर बजार पछि केही करेक्सन भएको थियो। तर फेरि उक्लिएको बजारले करिब ५२ अंकसम्म छोयो। दुई वटा हल्लाले आज शेयर बजारलाई प्रभावित गरेको छ। प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गएर सम्बन्ध सुधार गरेको र त्यसले मारवाडी समुदाय फेरि शेयर बजार प्रवेश गरेको चर्चा चलेको थियो। यसले…
काठमाडौं: गायिका मेलिना राईको नयाँ गीति भिडियो सार्वजनिक भएको छ। 'बितेका कुरा' बोलको गीत युट्युब रिलिज भएको हो। गीतको भिडियोमा मेलिना स्वयंम फिचर्ड छिन्। सार्वजनिक गीतमा उत्तम जंग लिम्बुको संगीत र राज थेगिम अश्रुतको शब्द रहेको छ। गीतको भिडियोलाई शानको निर्देशन गरेका हुन्। गायनमा सक्रिय रहनु अघिनै नृत्यमा पोख्त मेलिनाले नृत्य प्रशिक्षको रुपमा पनि काम गरेकी थिइन्। गीत र भिडियोलाई…
काठमाडौं: नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर क्लबमा स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीलाई भारतको गोविन्द बल्लभ पंत कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले आज अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित गरेपछि बाबुरामले डाक्टर क्लबमा स्वागत गरेका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'डा. ( विद्यावारिधी ) क्लब' मा प्र म…
भुवनेश्वर (भारत) : शनिबार राति विना इन्जिन अहेमदावाद-पुरी एक्सप्रेस रेलले १३ किलोमिटर दुरी तय गरेपछि रेलवेजले आइतबार आफ्ना सात कर्मचारीलाई निलम्बन गरेको छ। २२ कोचहरुसहित रेल तितलागढ स्टेसनदेखि बलांगिर जिल्लाको केसिङ्गा स्टेसनसम्म गुडेको थियो। इस्ट कोस्ट रेलवेले रेल चालक रायपुरका एस वेनकट राओ, असिस्टेन्ट रेल चालक रायपुरकै सुसान्त सिंहसहितका कर्मचारीलाई कारवाही गरेको हो। कारवाहीमा पर्ने कर्मचारीमा रेल मर्मतका इन्चार्जसमेत रहेका…
लोकेश राहुलले आइपीएल इतिहासकै सबैभन्दा कम बलमा अर्धशतक प्रहार गरेपछि किंग्स एलेधेन पञ्जावले दिल्ली डेयर डेभिल्सलाई ६ विकेटले पराजित गरेको छ। राहुलको १४ बलमै अर्धशतक तथा करुण नायरको अर्धशतक मद्दतमा पञ्जावले १६७ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। सबैभन्दा छिटो अर्धशतक बनाउने सुनिल नारिन र युसुफ पठानको रेकर्ड तोड्ने क्रममा राहुलले १४ बलमै ६ चौका र ४…
काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल)को अक्सनपछि सबैभन्दा बलियो टिम देखिएको पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स लिग चरणबाटै बाहिरिएको छ। लिग चरणको अन्तिम खेलमा आइतवार सिवाइसी अत्तरियासँग ६ विकेटले पराजित भएपछि ६ टिम सम्मिलित प्रतियोगितामा पाँचौ बन्दै विराटनगर बाहिरिएको हो। उता लिगमा ५ मध्ये दुई जित र एक खेल अंक बाँडेको अत्तरिया ५ अंकका साथ चौथो हुँदै प्लेअफमा छनोट…
स्पानिस ला लिगा अन्तर्गत आइतवार भएको मड्रिड डर्बी खेल बराबरीमा सकिएको छ। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल र एट्लेटिको मड्रिडले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। दोस्रो स्थानको एट्लेटिको र तेस्रो स्थानको रियलले बराबरी खेलेपछि शीर्ष स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ। लिगमा ३१ खेल सकिँदा बार्सा र एट्लेटिकोबीच ११ अंकको अन्तर छ। क्रिस्टियानो रोनाल्डोले गोल गर्दै घरेलु मैदानमा रियललाई…