उर्लाबारीः मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व—पश्चिम राजमार्गमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला धरान–१७ बस्ने ३० वर्षीय सञ्जीव विश्वकर्माको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका विश्वकर्माको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा…
काठमाडौँः संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा स्थायी सदन हो। संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुन्छ। तर, सबै सदस्यको कार्यकाल भने पूरा ६ वर्षको हुँदैन। प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल सकिन्छ। अर्थात् राष्ट्रियसभा सदस्यहरू २, ४ र ६ वर्षे कार्यकालका हुने छन्। पहिलो दुई वर्षमा रिक्त एक तिहाइका लागि अर्को चुनाव हुनेछ। यसै गरी रिक्त भएसँगै पदपूर्ति…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनको राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। बिहान ९ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट ओली भारत प्रस्थान गरेका हुन्। भ्रमणमा प्रधानमन्त्रीसँगै नेपाल सरकारका मन्त्री, सांसद्, मुख्यसचिव, सचिव र प्रधानमन्त्रीका सचिवालयका सदस्य, निजी चिकित्सकसहित ५४ सदस्य छन्। दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्रीको बिदाइमा सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा नेपाल…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नयाँ नेपाली फिल्म पर्दामा आएको छ। फिल्म 'तिमीसँग' सार्वजनिक भएको हो। 'तिमीसँग'ले त्रिकोणात्मक प्रेमकथा भन्छ। फिल्ममा साम्राज्ञी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य अभिनय रहेको छ। फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन्। 'तिमीसँग' सिंगल स्क्रिन एवं मल्टिप्लेक्समा चलेको छ। बलिउडतर्फ फिल्म 'ब्ल्याकमेल' रिलिज भयो। ब्ल्याक कमेडी ड्रामालाई अभिनय देवले निर्देशन गरेका…
प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। नयाँ दिल्लीमा प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्। पढ्नुस्ः प्रधानमन्त्री ओली भारत प्रस्थान, यस्तो हुनेछ तीन दिनको भ्रमण प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका थिए। तीन दिनको भ्रमणका क्रममा अोली शुक्रबार दिल्ली प्रस्थान…
काठमाडौं: डान्सङ ग्रुप कार्टुन्ज क्रुको भिडियो कभर प्रतियोगिता घोषणा भएको छ। ‘कार्टुन्ज क्रु’ फिचर्ड रहेको नयाँ गीती भिडियो ‘रेली माइ’को कभर गर्न आह्वान गरिएको हो। गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत रहेको उक्त गीत सार्वजनिक भएको केहि घण्टामा नै युट्युब ट्रेन्डिङको टप ५ नम्बरमा पर्न सफल भएको छ। भिडियोलाई सरोज अधिकरीले निर्देशन गरेका हुन् भने सरोजको साथमा…
युरोपा लिग अन्तर्गत बिहीवार भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा आर्सनल, एट्लेटिको मड्रिड, लाजियो र लेइपजिग विजयी भएका छन्। चार वटै क्लबले घरेलु मैदानमा जित हात पारेका हुन्। एमिरेट्स मैदानमा आर्सनलले रसियन क्लब सिएसकेए मस्कोलाई ४-१ ले हरायो। लण्डन क्लबका लागि आरोन राम्से र एलेक्जान्डर लाजाकाटेले २-२ गोल गरे। मस्कोका लागि एलेक्जान्डर गोलोभिनले एक गोल गरे। कोके र एन्टोनी ग्रीजमनको एक-एक…
फिल्म ‘शत्रु गते’ प्रदर्शनको तेस्रो सातामा पुग्दा व्यवसायिक रुपमा राम्रो प्रदर्शन गरिरहेको छ। कमेडी फ्यामिली ड्रामाले अधिकांश हलहरुमा सो निरन्तर पायो भने केही हलमा सो थप समेत गरिएको छ। वितरक बिक्रम पराजुलीले भने,‘फिल्मको वर्ड अफ माउथ मात्र होइन कलेक्सन पनि राम्रो छ।‘ फिल्मले तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गरिसकेको उनको दाबी छ। फिल्म राजधानीमा…
काठमाडौं: गजलकार सुरेश वाग्लेद्वारा शब्द गजल संग्रह ‘तिमी साथ भएपछि’ विहिबार काठमाडौंमा विमोचन गरियो। संगीतकारहरु राजु सिंह, शक्ति वल्लभ, लक्ष्मण शेष, अभिनेता सरोज खनाल, प्रा.डा.घनश्याम परिश्रमी, गायक उदय सोताङ, गीतकार करुण थापा लगायतको आतिथ्यमा गजल एल्बम लोकार्पण भएको हो। उक्त एल्बम प्रस्तुत गजल गृह नेपाल गरेको हो। सार्वजनिक गजल एल्बम ‘तिमी साथ भएपछि’मा दशवटा गजलहरु समावेश गरिएका छन्। एल्बमका गजलहरुमा…
काठमाडौँः सरकारले गृहसचिव परिवर्तन गरेको छ। गृहसचिव मोहनकृष्ण सापकोटाको स्थानमा प्रेमकुमार राईलाई ल्याइएको गृह मन्त्रालय स्रोतले जानकारी दियो। राई प्रधानमन्त्री कार्यालयको सचिवमा कार्यरत थिए। मन्त्रिपरिषदको बिहीबारको बैठकले एकै पटक ३० सचिवको सरुवा गरेको भए पनि निर्णय सार्वजनिक गरिएको छैन।
काठमाडौँः कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक काम सम्हाल्नेगरी पोखरेललाई कार्यबाहक प्रधानमन्त्री तोकिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरलाई संविधान अनुसार कार्यबाहक प्रधानमन्त्री तोक्नुभएको हो। मन्त्रिपरिषदमा पोखरेल सबैभन्दा वरिष्ठ मन्त्री हुन्। प्रधानमन्त्री केपी ओली शुक्रबार तीन दिने राजकीय भ्रमणका क्रममा भारत प्रस्थान गरेका हुन्।
काठमाडौं: गत मंगलवार बरामद भएको ११ किलो रक्तचन्दनका मालिकलार्इ प्रहरीले पक्राउ गरेको छ। दिल्लीबाट अाएको ना ४ ख ४५१६ नम्बरको बसबाट प्रहरीले ११ केजी रक्तचन्दन बरामद गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार काठमाडौं बस्ने ४३ वर्षीय अमिर कुदिन मियाँलाई पक्राउ गरेको हो। त्यस्तै बसमा रहेको राजस्व छली ल्याएको कपडाधनि समेत पक्राउ गरेका छन्। प्रहरीले चावहिल बस्ने नेत्रबहादुर राना…
काठमाडौं: उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयन र समृद्धिका लागि सञ्चार जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। आदिवासी जनजाति पत्रकार संघ (फोनिज)को छैटौँ महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 'जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मिडिया प्रशस्त हुन्छन्। जहाँ मिडिया प्रशस्त हुन्छन् त्यहाँ लोकतन्त्र सुदृढ हुन्छ,' उनले भने, 'सम्पूर्ण पत्रकारहरू संविधान कार्यान्वयन र समृद्धिका लागि क्रियाशील हुने आशा राखेको छु।' यसैबिच कार्यक्रममा…
चौतारा: प्रथम चौतारा सागाचोकगढी मेयर कप फुटबल टुर्नामेन्टमा आज भएको पहिलो खेलमा नवलपुर युनाइटेड क्लब, सिन्धुपाल्चोकले खालिबारी युथ क्लब ललितुपरलाई ४-१ गोल ले पराजित गरेको छ। नवलपुरलाई जिताउन सुनिल तामाङले २ गोल, अनिश थापामगर ले १ गोल र प्रदिप मगर ले १ गोल गरे। तोप २१ को आयोजनामा रहेको उक्त टुर्नामेन्ट चैत २० गतेदेखि चौतारा टुडिखेलमा सन्चालन भइरहेको छ। खेलको…
काठमाडौं : कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक तथा सन्नी पटेलको 'लेट क्येमियो' मा काठमाडौं गोल्डेन्स विराटनगर किंग्सलाई पराजित गर्दै धनगढी प्रिमियर लिग (डीपीएल)को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। शुक्रवार भएको एक मात्र खेलमा विराटनगरलाई ५ विकेटले पराजित गर्ने क्रममा ज्ञानेन्द्रले कप्तानी इनिङ्स खेल्दै नटआउट ६८ रन बनाए भने सन्नी पटेलले नटआउट २५ रन जोडे। १६५ रनको लक्ष्य पछ्याउने क्रममा स्कोर…
काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले सरकार गठन भएको सय दिन भित्र सम्पन्न गर्ने गरी ३७ बुँदे क्रियाकलाप सार्वजनिक गरेका छन्। शुक्रवार युवा तथा खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री जतग बहादुर सुनार (विश्वकर्माले) मन्त्रीले उक्त कार्यक्रम बुँदागत रुपमा सार्वजनिक गरेको हो। जसमा खेलकुदका लागि भौतिक पूर्वाधारदेखि क्रिकेट संघको विवाद समाधान गर्नेसम्मको सूची समावेश छ। यस्तै युथ भिजन-२०१५ लगायत युवा…
काठमाडौं : गोगवुस्थित होटेलमा युवतीको शव भेटिएको छ। भुमेश्वरी होटेलको कोठा नम्बर २०३ मा युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी विश्वराज पोखरेलले जानकारी दिए। बिहीवार एक युवकसँग होटेल पुगेकी युवतीको शव फेला परेको हो। उनीसँगै होटेलमा गएका युवकको पहिचान भइसकेकाले खोजी भइरहेको एसएसपी पोखरेलले बताए।
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन्। अन्तर्राष्ट्रिय टेबल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकूदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताए। ‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकतावद्ध गर्नका…
कास्कीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। विद्यालय भवन निर्माण गर्दा गलत बिल फस्र्यौट गरिदिने भन्दै उनीहरूले १ लाख घुस लिएका थिए। पक्राउ पर्नेमा इञ्जिनियर प्रदीपकुमार बानियाँ र सब इञ्जिनियर छबिन्द्र विक्रम खाँड छन्। उनीहरू अख्तियारको नियन्त्रणमा छन्। उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय…
काठमाडौं : कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले कानुन बनेमा न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका छन्। सर्वोच्च अदालतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै जोशीले न्यायपरिषदमा न्यायाधीशहरुले सम्पत्ति विवरण बुझाउने गरेको जनाए। उनले कानुन बनाएर लागू गरेमा त्यसलाई सार्वजनिक गरिने बताएका हुन्। 'न्यायालयमा भ्रष्टाचार छ भनेर मन्त्रीले भनेको मैले पनि सुनेँ,' जोशीले भने, 'कसले कति बुझायो त्यो अनुसार बोल्नुभएको होला। उहाँहरु कानुन…