काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारती व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नयाँ दिल्लीमा आयोजित नेपाल भारत बिजनेस फोरमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। विश्वभर लगानी गरिरहेका भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै प्रश्न गरे, ‘भारतीय लगानीकर्ताहरुले विश्वभर लगानी गरिरहेका छन्, तपाईँको दैलाको अर्को छिमेक नेपालमा किन नजाने?’ नेपालमा भारतीय लगानीकर्ताहरुले…
काठमाडौं : पोर्न स्टार बन्ने भन्दै चर्चामा आएकी मोडल/हिरोइन अर्चना पनेरु फेरि विवादमा आएकी छिन्। पनेरूले केही समय अगाडि फेसबुकमा बिहे गरेको फोटो पोस्ट गरेकी थिइन्। प्रहरीले पनेरुले बेहुला भनेर चिनाएको विदेशी नागरिकलाई पक्राउ गरेपछि उनी फेरि चर्चामा छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बधुवार बेलुका बलम्बुस्थित एक घरबाट अमेरिकन नागरिक उल्फ प्राइसलाई पक्राउ गरेको हो। प्राइस बस्ने घरबाट प्रहरीले २ सय…
काठमाडौँः कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बोलाइएको छ। संयोजन समितिमा दुबै दलका अध्यक्षसहितका शीर्ष नेता छन्। कार्यदलले बुझाएका मुख्य तीन विवादमा सहमतिको जिम्मेवारी शीर्ष नेताले पाएसँगै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड…
भक्तपुरः दुई दिन परेको अविरल वर्षाका कारण बुधबार साँझ सूर्यविनायक नगरपालिका–१० चित्तापोल खुलाल गाउँमा घर भत्किँदा पाँचजना घाइते भएका छन्। स्थानीयवासी विदुर थापाको इँटा माटोले बनेको कच्ची घर भत्किँदा सोही घरमा बस्ने पाँचजना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनामा ५० वर्षीया पशुपति थापा, २१ वर्षीया शारदा थापा, १८ वर्षीय उमेश थापा, २१ वर्षीय रोशन थापा र २०…
गौशालाः महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं २ बरदाहामा एक महिलाको विभत्स तरिकाले हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मटिहानी नगरपालिका–२ बरदाहाकी २५ वर्षीया पुनमदेवी दास तत्माको विभत्स हत्या भएको हो। सोमबार बिहानदेखि घरबाट हराइरहेकी पुनमको मटिहानी नगरपालिका–४ स्थित मटिहानी जनकपुर सडकखण्डको पूर्वतिर सडक छेउको खाल्डोमा हत्या गरी जुटको बोरामा बेरेर फालिएको अवस्थामा बुधबार बिहान…
काठमाडौँः अदालतबाट हुने मुद्दाको फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतले विशेष अभियान नै सञ्चालन गरे पनि फैसला कार्यान्वयनमा अपेक्षित सलफता पाउन सकेन। आर्थिक वर्ष २०७३/०७४ को राष्ट्रपति समक्ष पेश गरेको सर्वोच्चको वार्षिक प्रतिवेदन अनुसार कैद असुलीमा अघिल्लो वर्षको तुलनामा उल्लेख सफलता छैन। जरिवाना असुलीमा भने सामान्य सुधार भएको छ। फैसला कार्यान्वयनको विशेष अभियान नै चलाए पनि अपेक्षित सफलता हात नपरेको हो।…
काठमाडौँः जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित पूर्ण लामाको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका पूर्ण लामा, अर्जुन आचार्य, दावा शेर्पा, फुर्वा शेर्पा, चेना शेर्पा, वीरबहादुर तामाङ, कृष्णा तामाङ, दौलत सिंह लामा, विक्रम लामा र निशान लामा रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ६…
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधवार भएको क्वाटरफाइनल पहिलो लेग खेलमा स्पानिस क्लब बार्सिलोना र इंगलिस क्लब लिभरपुल विजयी भएका छन्। दुई आत्मघाती गोलको सहयोग पाएको बार्सिलोनाले इटालियन क्लब रोमालाई ४-१ ले पराजित गर्दा लिभरपुलले इंगल्याण्डै म्यानचेष्टर सिटीमाथि ३-० रवाफिलो जित हात पारेको छ। घरेलु मैदान नोउ क्याम्पमा ड्यानिएल डे रोसीको आत्माघाती गोलमार्फत बार्सिलोनाले ३८औँ मिनेटमा अग्रता लिएको थियो। ५५औँ मिनेटमा…
करमेल नामको लोखर्केको अगाडिका दुवै खुट्टा पासोमा परी गुम्यो। जंगली जनावरका लागि टर्कीको ब्याटम्यन सहरमा राखिएको पासोमा ती भाले लोखर्के फसेका थिए। घाइते लोखर्केको नराम्रारी चोट लागेका दुबै खुट्टालाई सर्जरी गरी हटाइयो। पूर्ण रुमा निको भएपनि करमेल दुईवटा खुट्टामा मात्र पनि दौडने प्रयास जारी राखे। यसरी दौडने प्रयास गरेका लोखर्केलाई इस्तानबुल एडिन विश्वविद्यालयका जनावर प्रेमी वैज्ञानिकहरूले राहत दिएका छन्। विश्वविद्यालयका अर्थोपेडिस्टहरुले…
काठमाडौः दिल्लीबाट काठमाडौं आउने नाममा अवैध सामान तस्करीकै लागि प्रयोग भएको अर्को टुरिष्ट बस प्रहरीले नियन्त्रणमा लिएको छ। बुधवार राति काठमाडौंको नागढुङगाबाट ना ६ ख ६३०२ बस नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेले जानकारी दिए। बस भित्र के-के अवैध सामाग्री छ भन्ने परिसरले पत्रकार सम्मेलन गरि खोल्ने तयारी गरेको एसएसपी पोखरेले बताए। गत मंगलवार मात्र प्रहरीले दिल्लीबाट…
काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ पीएचडीको उपाधि पाउने भएका छन्। प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट पीएचडीको उपाधि पाउने छन्। भ्रमणका क्रममा २५ गते आइतबार विश्वाविद्यालयमा हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई ‘डाक्टर’ मानार्थ उपाधि दिइने विश्वविद्यालयले जनाएको छ। यसअघि प्रधानमन्त्री ओलीले भ्रमण बारे नेपालको संसदमा जानकारी गराउँदा उक्त…
काठमाडौं : नेपाली महिला ह्याण्डबल टोलीले विदेशी भूमिमा हालसम्मकै ऐतिहासिक सफलता प्राप्त गरेको छ। मित्रराष्ट्र भारतमा संचालित पाँचौ महिला दक्षिण एशियाली ह्याण्डबल प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हात पारेको हो। यो जित अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो समेत हो। भारतको लखनउमा २०१८ मार्च ३१ बाट अप्रिल ४ सम्म भएको प्रतियोगितामा नेपालले बंगालादेश, भुटान र अफगानिस्तानलाई पराजित गरेको थियो। फाइनलमा भने…
चामे : जलवायु परिवर्तनलाई मध्यनजर गर्दै मनाङमा चार हजार मिटर भन्दा माथि पालिने चौँरी दुई हजार मिटर उचाईमा झारिएको छ। मनाङ नासोङ–४ ओडारगाउँका सुरेश थकालीले करीब दुई हजार मिटर उचाइमा शुरु गरेको चौँरीपालन हो। चार हजार मिटरभन्दा माथि पालिने चौँरी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै सबैभन्दा कम उचाइमा पाल्न शुरु गरिएको छ। फोटो : नवीन लामिछाने/रासस, मनाङ
काठमाडौंः प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै पार्टी एकताको तयारी गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रबिचको विवादको गाँठो आज पनि फुक्न सकेन। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताका लागि विवादका विषयहरूमा सहमति जुट्न सकेन्। बैठकले पार्टी एकता संयोजन समितिको अर्को बैठक प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किएपछि बस्ने सहमति गरेको छ। ‘प्रधानमन्त्रीको भारत भ्रमण पछि एकता संयोजन समितिको…
काठमाडौं: सभामुख कृष्णबहादुर महराले कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटे। पत्नी वियोगको पीडामा रहेका हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर महराले समवेदना व्यक्त गरेका हुन्। विहीबार बिहान श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुखले श्रेष्ठ पत्नी स्वर्गीय यशोदा सुवेदी श्रेष्ठलाई श्रद्धाञ्जली समेत दिए। 'नजिकको प्रियजन गुमाउनु जीवनकै सबैभन्दा दुखद क्षण हो तर यो नियमलाई कसैले टार्न सक्दैन', महराले भने,'परिवारको सम्पूर्णले धैर्यतापूर्वक सहन सकुन्।' उनले आत्मबल…
काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्सले धनगढी प्रिमियर लिग (डीपीएल)मा लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार टिम चौराह धनगढीलाई पराजित गरेको छ। लो स्कोरिङ खेलमा विराटनगरले चौराहलाई १८ रनले पराजित गर्यो। पहिलो खेलमा महेन्द्रनगर युनाइटेडसँग हारेको विराटनगरलाई लगातार दोस्रो जित दिलाउन पवन सराफले अलराउण्ड प्रदर्शन गरे। ब्याटिङमा ४१ रन बनाएका उनले बलिङमा ४ विकेट लिए। दुई खेल…
बलिउड अभिनेता सलमान खान कालो हरिण शिकार मुद्दामा २० वर्षपछि दोषी ठहर भएका छन्। कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खानसहित सैफ अली खान, सोनाली बेन्द्रे, तब्बू तथा नीलिमा कोठारीविरुद्ध मुद्धा दर्ता भएको थियो। जोधपुर अदालतले सलमानलाई दोषी ठहर्यायो भने अन्यलाई निर्दोष रहेको फेसला सुनायो। सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’ को सुटिङको क्रममा उक्त घटना…
काठमाडौं: गायक टेकन दाहालको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। 'तिमीबाट' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक टेकेन दहालको स्वर छ भने गीतमा शब्द तथा संगीत कमल खत्रीले दिएका हुन्। गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल सचिन अधिकारीको अभिनय रहेको छ। विकास सुवेदीले निर्देशन गरेका भिडियोले प्रेमकथा प्रस्तुत गर्छ। भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने…
काठमाडौं: सरकार यातायात सिन्डिकेटविरुद्ध कडा रूपमा प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसलाई समर्थन गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले लेखेका छन्, 'यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज छ। काठमाडौ-धुलिखेलपछि अब `राज्य´ विस्तारित हुनुपर्छ राज्यभरि।' शर्माले लोकतन्त्र र प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा राज्य या…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण जानुपूर्व पूर्वप्रधानमन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाए। बालुवाटारमा राखिएको छलफलमा सहभागी नभएका नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक रूपमा १० बुँदे सुझाव दिएका छन्। भट्टराईले बिहीबार सार्वजनिकरुपमा प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै सुझाव दिएका हुन्। उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको सफलताको शुभेच्छा व्यक्त गर्दै अगाडि भनेका छन्, ‘नेपाल–भारत सम्बन्धबारे भारतीय…