काठमाडौँः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारका तर्फबाट उपलव्ध गराइँदै आएका केही सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका छन्। २०७५ वैशाख १ गतेदेखि व्यक्तिगत सुरक्षा अधिकृत बाहेक अन्य सुरक्षाकर्मी फिर्ता गर्ने भट्टराईका जनसम्पर्क सल्लाहकार विश्वदीप पाण्डेले बताए। यसअघि भट्टराईले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाको नाममा भइरहेको जनशक्ति दुरुपयोग रोक्न र नियम पुनरावलोकन गर्न गृहमन्त्रीलाई भेटेर सुझाव दिएको पनि पाण्डेले बताए। उनले विशिष्ट…
पोखराः पोखरा बागलुङ राजमार्गअन्तर्गत हेम्मजाको तिव्वतीयन क्याम्प नजिक ट्रिपरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। हेम्जाबाट पोखरातर्फ आइरहेको ग १ क २३३४ नम्बरको ट्रिपरले मंगलबार साँझ ७ बजे विपरीत दिशाबाट आइरहेको ग १३ प ३६३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा हेम्जाका रोशन केसी र शंकर कुँवरको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा दुबै घाइते भएका थिए। केसीको गण्डकी…
काठमाडौं: एक उपसचिवले मंगलबार रुपन्देहीमा आत्महत्या गरेका छन्। प्रदेश नम्बर ५ अन्तर्गत उद्योग मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरी अर्याललाई मंगलबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीराम पाण्डेले जानकारी दिए। चितवन घर भएका ४७ वर्षीय अर्यालको कोठाबाट सुसाइड नोट प्रहरीले फेला पारेको छ। 'कसैको दोष छैन। म आफूखुशी आत्महत्या गर्दैछु। म एक डिप्रेसनको बिरामी हुँ।' आर्यालले…
बेइजिङः चीनको हैनान प्रान्तको बोअाअोमा हुने एसियाका लागि बोअाअाे मञ्च (बोअाअो फोरम फर एसिया)को उद्घाटन शत्रमा चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन्। विश्वका राजनीतिक तथा अार्थिक नेताहरूको उपस्थितिमा हुने सम्मेलनको उद्घाटन शत्रमा राष्ट्रपति सीले सम्बोधन गर्ने चिनियाँ विदेशमन्त्री वाङ यीले जनाएका छन्। फोरमको वार्षिक सम्मेलनमा राष्ट्रपति सीले यो तेस्रोपटक सम्बोधन गर्न लागेका हुन्। सम्बोधनका क्रममा उनले चीनको अर्थतन्त्र र बेल्ट…
काठमाडौँः करिब एक महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको युएस बंगला विमान कम्पनीले मृतकका कानुनी हकदार तथा संरक्षकलाई सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गरी विमान कम्पनीमा तर्फबाट यात्रुहरुको दाबी भुक्तानीका लागि आफ्नो तोकिएको प्रतिनिधिमार्फत सम्पर्कमा आउन मृतकका परिवार, कानुनी हकदार तथा संरक्षकलाई आग्रह गरेको हो। कम्पनीले नेपालस्थित प्रधान-घिमिरे एण्ड एशोसिएट्स प्रालिलाई दाबी भुक्तानीको व्यवस्था मिलाउने अख्तियारी…
बेइजिङः आफ्नी छोरीको पर्खाइमा २४ वर्षसम्म यो चिनियाँ जोडीले अनेक हन्डर खायो। २४ वर्ष अगाडि हराएकी वाङ मिङकिङ र लिउ डेनिन २४ वर्ष अगाडि हराएकी चार वर्षकी छोरी क्यूफेनको खोजीमा दैनिक भौतारि रहे। यसबिचमा पिता कहिले ट्याक्सी ड्राइभर बने कहिले के। तर छोरी फेला पार्ने आश भने मारेनन्। कुनै दिन छोरी आफ्नो प्यासेन्जर बनेर ट्याक्सी चढ्ने छिन् भन्ने उनको आशा…
काठमाडौं: प्रचारको लागि फिल्म 'हैरान' युनिटले दुई पोस्टर रिलिज गरेको छ। पोस्टरले फिल्मका कलाकारको लुक्स र कथा थिम बारे प्रस्ट्याउन खोजेको छ। मंगलबार पत्रकार शान्तिप्रिय, कलाकार सरोज खनाल र फिल्म टिमले संयुक्त रुपमा पोस्टर सार्वजनिक गरेका हुन्। कार्यक्रममा फिल्मका कलाकारहरु सरोज खनालसँगै सत्यराज आचार्य, गजित विष्ट, सागर लम्साल ’बले, निश्मा घिमिरे, निर्मल शर्मा, आरोही शर्मा, एन्जल राई, पुस्कर रेग्मी लगायत…
काठमाडौं: गायक मनोज राज सिवाकोटीको नयाँ गीत 'तिमी रमाइ नाच्नु' सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक गीतमा विनोद केसीको शब्द र गणेश चौधरीको संगीत रहेको छ। गीतको भिडियोलाइ गौरब गिरीले निर्देशन गरेका हुन्। भिडियोमा दिपक,सुशिला र भोजराजको फिचरिङ रहेको छ। शोभाकर पोखरेलले खिचेको उक्त भिडियोलाई बिजय तिखातारीले सम्पादन गरेका छन्।
काठमाडौंः पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताएका छन्। बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताएका हुन्। ‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ। हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा…
काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्सले डीपीएलमा पहिलो जित हात पार्दा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सले भने लगातार तेस्रो हार बेहोरेको छ। विदेशी खेलाडी बाबर हायतको अर्धशतक तथा बलरहरु शुभम कामत र रामनरेश गिरीको उत्कृष्ट प्रदर्शन मद्दतमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गरेको हो। धनगढीस्थित एसएसपी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर…
काठमाडौं: सोमवारदेखि उपत्यकालगायत देशका विभिन्न स्थानमा बर्षा भईरहेको छ। प्रि मनसुन समय सक्रिय भएकाले उपत्यका लगायत देशका पहाडी क्षेत्रमा बर्षा भएको मौसमविद् बरुण पौडेल बताउँछन्। सक्रिय भएको मौसमका कारण देशका धेरै ठाउँमा बुधवार पनि पानी परेको छ। मौसमविद् पौडेल भन्छन्, 'प्रिमनसुनका कारण भारी बर्षा हुने, चट्याङ पर्ने र असिना बर्षा हुने गर्दछन्।' भारतबाट न्युन चापीय रेखा नेपालतिर सरेको र पश्चिमी…
काठमाडौंः पुराना कम्युनिस्ट नेता जागृतप्रसाद भेटवालको निधन भएको छ। बुधवार दिउसो उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। नेता भेटवाल डेढ महिना अघिबाट नक्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था गम्भीर भएपछि वीर अस्पताल लगिएको थियो। उनी पञ्चायतकालमा २०४३ सालमा भएको निर्वाचनमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवारका रूपमा चितवनबाट विजयी भएका थिए। नेकपा एमालेकाे नेकपा (एमाले)लेखा आयोगका सदस्यसमेत रहेका उनी २०४८ र…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ भारत भ्रमणका क्रममा नयाँ सम्झौता भन्दा पनि पुराना सम्झौता कार्यान्वयनमा जोड दिन पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन्। भारत भ्रमण जाने तयारीमा रहेका प्रधानमन्त्री अोलीले सुझावका लागि पूर्वप्रधानमन्त्रीहरू तथा नेपाल भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्यहरूलार्इ बालुवाटारमा बोलाएका थिए। पूर्वप्रधानमन्त्रीहरुले पुरानो मानसिकता राखेर २१ औँ सताब्दीको सम्बन्ध विकास गर्न नसकिने भन्दै नयाँ सोचका साथ सम्बन्ध विस्तार गर्न…
काठमाडौंः नेकपा एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङलाई चयन गरेको छ। बुधबार बसेको संसदीय दलकको बैठकले एमाले संसदीय दलको उपनेतामा नेम्वाङलाई चयन गरेको हो। त्यस्तै नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतक खगराज अधिकारी चयन भएका छन्। बैठकले दलको सचेतकमा शान्ता चौधरीलाई चयन गर्ने निर्णय गरेको छ।
काठमाडौं: फिल्म ‘डमरुको डण्डीबियो’को ट्रेलर रिलिज भएको छ। ट्रेलरले नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियो र खेलाडीको जीवनमा आधारित थिम प्रस्ट्याउँछ। ‘फ्यामिली स्पोर्ट ड्रामा’लाई छेतेन गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ। प्रचार अस्तुको रुपमा टिमले लोपोन्मुख…
काठमाडौं : कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक तथा विदेशी खेलाडी सन्नी पटेल र सुबोध भाटीको उत्कृष्ट बलिङ मद्दतमा काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियरलिगमा लगातार तेस्रो जित हात पारेको छ। अपराजित रहदै ३ खेल झितेको काठमाडौं प्लेअफ नजिक पुगेको छ। अब बाँकी दुईमध्ये एक खेल मात्र जितपनि काठमाडौंको प्लेअफ यात्रा पक्का हुनेछ। अत्तरियाको भने ३ खेलमा यो दोस्रो हार हो। १३८ रनको लक्ष्य…
काठमाडौं: थाईल्यान्डका कुमार कार्कीको आत्मकथा ‘जीवन संघर्ष’ लोकार्पण भएको छ। संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यम पुस्तक सर्वजनिक गरिएको हो। नेपाली भाषी बर्मेली रहेका उनको यो पहिलो पुस्तक हो। पुस्तकमा उनले पितृभूमी भन्ने नेपालबाट बर्मासम्मको, बर्मादेखि थाईल्यान्ड र थाईल्यान्डबाट पुन: नेपालसम्मको जीवनकथा प्रस्तुत गरेका छन्। थाई नेपाली संघका अध्यक्ष रहेका कुमार कार्कीले कार्यक्रममा नेपाली भाषाप्रतिको प्रेम र सम्मानका कारण आत्मकथा नेपाली भाषामा…
काठमाडौं: सामाजिक कार्यमा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विदेशमा रहेका नेपालीहरुको समुहले नगद सहयोग गरेको छ।थाई नेपाली संघले धुर्मुस सुन्तलीलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो। थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीको आत्मकथा ‘जीवन सङ्घर्ष’ लोकार्पण कार्यक्रममा फाउन्डेसनका प्रतिनिधीले चेक बुझे। कार्यक्रममा फाउन्डेसनका संस्थापक रहेका सिताराम कट्टेल र कुञ्जना घिमिरे भने उपस्थित थिएनन्। भूकम्पपछि नेपाल आएर एकिकृत माझी बस्ती निर्माणमा सक्रिय…
काठमाडौं: नेकपा एमालेले वैशाख वैशाख ६ गते पोलिटब्युरो र ७ गतेका लागि केन्द्रीय कमिटीको बैठक डाकेको छ। एमाले र माओवादीबीच वैशाख ९ मा एकीकरण हुने भएकाले एकताको विषयलाई पार्टीमा अनुमोदन गराउन बैठक डाकेको बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी समितिले उक्त निर्णय गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए। बैठकले एमाले नेता जागृत भेटवालको निधनमा शोक प्रस्तावसमेत पारित…
काठमाडौं: बुद्ध एयरले सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण गरेको छ। बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिए। “जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अब सुर्खेत–काठमाडौँ सिधा हवाई सेवा शुरु हुन्छ”, कार्यालय प्रमुख पन्तले…