PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • पलको बर्थडे, 'शत्रु गते'को सेलिब्रेसन

    पलको बर्थडे, 'शत्रु गते'को सेलिब्रेसन

    काठमाडौं: विहीबार अभिनेता पल शाहको जन्मदिन थियो। उनको जन्मदिनको उपलक्ष्यमा दुई केक काटियो। प्रदर्शनको तयारीमा रहेको  फिल्म ’शत्रु गते’ युनिटले आयोजना गरेको जन्मोत्सवमा गीत ’रुपै मोहनी’को एक करोड हिट्स पनि सेलिब्रेट गरेको हो।  गत डिसेम्बर २९ मा युट्युब मार्फत सार्वजनिक गरिएको गीतलाई फेब्रुअरी २२ सम्ममा एक करोड भन्दा बढी पटक दर्शकले हेरेका हुन्। नेपाली फिल्मका गीतहरुमा एक करोड हिट्स सामान्य…

    विस्तृतमा पढ्नुस्

  • भ्रूणहत्या विरुद्धको गीत ‘डन्ट किल मी’ रिलिज

    भ्रूणहत्या विरुद्धको गीत ‘डन्ट किल मी’ रिलिज

    काठमाडौं: देशमा विद्यमान भ्रुणहत्या अर्थात गर्भपतन विरुद्धको गीत रिलिज भएको छ। गीत भिडियोसहित सार्वजनिक भएको हो। १३ वर्षीया किशोरी गायिका प्रेगिशा पौडेलको स्वर रहेको ‘नमार मलाई, नफाल मलाई’ गीत कार्यक्रम आयोजना गरी विमोचन गरियो। सार्वजनिक म्युजिक भिडियोमा कुमारी अवस्थामै गर्भवती भएकी एउटी किशोरीको गर्भमा रहेको शिशुको बाँच्ने इच्छा व्यक्त गरिएको छ। भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन्। भिडियो सार्वजनिक कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • सलून उद्घाटनमा रिबन काट्न पुगे प्रियंका र आयुष्मान

    सलून उद्घाटनमा रिबन काट्न पुगे प्रियंका र आयुष्मान

    काठमाडौं: शुक्रबार अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी सलून उद्घाटन गर्न पुगे। डेढ दशक अघिदेखि नेपालमा सञ्चालित हबिब्स हेयर एण्ड ब्युटि सलूनले दोस्रो शाखा उद्घाटनमा यी दुई कलाकारले रिबन काटेका हुन्।  ललितपुरको जावलाखेलमा ‘हबिब्स बेरिना सलोन फर हिम एण्ड हर’को सुरुवात भएको हो। भारतमा मुख्य कार्यालय भएको हबिब्सको देशबाहिरका ३१ शहरमा शाखाहरु रहेका छन्।  रिबन काटेर सलून उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • कमब्याकमा रानी मुखर्जी स्कूल टिचर

    कमब्याकमा रानी मुखर्जी स्कूल टिचर

    हिच्कीमार्फत रानी मुखर्जीको बलिउड कमब्याक गर्दैछिन्। सिद्धार्थ मल्होत्रा निर्देशित फिल्मको पहिलो गीत रिलिज भयो। जसमा रानी मुखर्जीको फिचरिङ छ र उनी स्कूल टिचरको भूमिकामा देखिएकी छिन्। 'ओए हिच्की' बोलको गीत इन्टर्नेट रिलिज भएको हो। गीतमा जयदिप शाहनीको शब्द, जस्लिन रोयलको संगीत र हर्षदिप कौरको स्वर रहेको छ। सन् २०१४ मा सार्वजनिक फिल्म 'मर्दानी'पछि उनी अभिनय ब्रेकमा थिइन्। हिच्कीबाट उनले पुन:…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्घातको रिपोर्ट बुझाउन म्याद थप्यो कांग्रेसले

    अन्तर्घातको रिपोर्ट बुझाउन म्याद थप्यो कांग्रेसले

    काठमाडौं: नेपाली कांग्रेसले स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभामा भोगेको हारको कारणसहित प्रतिवेदन बुझाउन म्याद थप गरेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजक रमेश रिजालको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। माघ ५ गते सम्पन्न केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले एक महिनाभित्र हारको रिपोर्ट बुझाउन निर्देशन दिएका थिए। एकमहिना बितिसक्दा पनि सबै ठाउँबाट…

    विस्तृतमा पढ्नुस्

  • दोश्रो सातामा 'कान्छी', मोफसलका दर्शकसँग फिल्म हेर्न पुगिन् श्वेता

    दोश्रो सातामा 'कान्छी', मोफसलका दर्शकसँग फिल्म हेर्न पुगिन् श्वेता

    काठमाडौं: फिल्म 'कान्छी' प्रदर्शनको दोश्रो सातामा छ। काठमाडौंका विभिन्न हलहरुमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गरेकी अभिनेत्री तथा निर्मात्री श्वेता अड्का यतिबेला मोफसल यात्रामा छिन्। उनी दर्शक प्रतिक्रिया लिन र धन्यवाद व्यक्त गर्न उपत्यका बाहिरका हलहरु पुगेकी हुन्। श्वेता खड्कासँगै अभिनेता विनोद न्यौपाने र कलाकार दीलिप पन्त हेटौंडा, चितवन र बुटवलको यात्रामा निस्किएका हुन्। 'हामी खुसी साट्न मोफसल निस्किएका हौं', श्वेताले…

    विस्तृतमा पढ्नुस्

  • एकता भत्काउन जस्तोसुकै षड्यन्त्रको खतरा : प्रचण्ड

    एकता भत्काउन जस्तोसुकै षड्यन्त्रको खतरा : प्रचण्ड

    काठमाडौं : वाम एकतालाई भत्काउन खोज्नेहरुले जस्तोसुकै षड्यन्त्र गर्न सक्ने खतरा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। रामराजा रेग्मीको “नेपालको इतिहास, एक माक्र्सवादी दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले एकतालाई अनिष्ट भयो भनेर तर्सेका दक्षिणपन्थी शक्तिहरुले वामपन्थीभित्रकै समूहलाई उपयोग गरेर एकता भत्काउन जुनसुकै सीमासम्म जान सक्ने बताए। पार्टी एकता गर्ने पहल शुरु भएपछि विभिन्न कोणबाट विचार…

    विस्तृतमा पढ्नुस्

  • गाउँगाउँमा सिंहदरबार हैन, सिंहदरबारको भ्रष्टाचार चाहिँ गाउँगाउँ पुगिरहेको छ: बाबुराम

    गाउँगाउँमा सिंहदरबार हैन, सिंहदरबारको भ्रष्टाचार चाहिँ गाउँगाउँ पुगिरहेको छ: बाबुराम

    लुम्बिनी: नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन्। पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकको तेस्रो दिन शुक्रबार समूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै संयोजक डा.भट्टराईले उक्त भनाई राखेका हुन्। 'हामीले संघर्ष गरेर ल्याएको संघीयताको कार्यान्वयनबाट सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्नुपर्ने हो,' भट्टराईले भने, 'तर अधिकारभन्दा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुगिरहेको छ।' पूर्वप्रधानमन्त्री समेत रहेका…

    विस्तृतमा पढ्नुस्

  • महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनलमा मध्यमाञ्चल र पूर्वाञ्चल तथा एपीएफ र सुदूरपश्चिम भिड्ने

    महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनलमा मध्यमाञ्चल र पूर्वाञ्चल तथा एपीएफ र सुदूरपश्चिम भिड्ने

    धनगढी : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। शुक्रवार भएको समूह चरणको अन्तिम खेलपछि सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेसँगै अन्तिम चारको समिकरण बनेको हो। शुक्रवारको पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलाई ९८ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल पुग्ने चौथो टोली बनेको हो। जितपछि पूर्वाञ्चल समूह बी को उपविजेता बन्यो। यसअघि नै समूह बी बाट एपीएफ…

    विस्तृतमा पढ्नुस्

  • बास्केटबल लिग  : कीर्तिपुरको लगातार तेस्रो जित

    बास्केटबल लिग  : कीर्तिपुरको लगातार तेस्रो जित

    काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा एएनके कीर्तिपुर बास्केटबल टिमले लगातार तेस्रो जित हासिल गरेको छ। शुक्रवार भएको एक मात्र खेलमा कीर्तिपुरले जेभियर इन्टरनेशनल कलेजलाई ६४-५७ अंकले हरायो। जेभियरको भने यो लगातार दोस्रो हार हो। कीर्तिपुरको घरेलु कोर्टमा भएको खेलमा दुवै टोलीले समान २ क्वाटरमा अग्रता बनाएपनि घरेलु टोलीले जित हात पार्‍यो। पहिलो क्वाटरमा १७-११ को अग्रता बनाएको…

    विस्तृतमा पढ्नुस्

  • बस दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    बस दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

    दमौलीः तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गर्भवती महिला गम्भीर घाइते भएकी छन्। दुर्घटनामा परी मृत्यु हुनेमा कास्कीको भरतपोखरी–९ का ३८ वर्षीय कुलबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय, वेलचौतराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी उनले दिए। सोही दुर्घटनामा…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

    बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

    कपिलवस्तुः जिल्लाको दोहनीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।  कपिलवस्तु नगरपालिका-८, तौलिहवा-भैरहवा सडकखण्डअन्तर्गत दोहनीमा तौलिहवा आउँदै गरेको लु १ ख ३७३४ नंको बसले विपरीत दिशाबाट आइरहेको युपी ५५ यु ३५६४ नंको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।  उनको शवपरीक्षणका लागि…

    विस्तृतमा पढ्नुस्

  • कसले खुवाउँछ सांसद्लाई शपथ? ज्येष्ठ सदस्यका भेटिए दुईथरी जन्ममिति

    कसले खुवाउँछ सांसद्लाई शपथ? ज्येष्ठ सदस्यका भेटिए दुईथरी जन्ममिति

    काठमाडौँः प्रतिनिधिसभा सदस्यको शपथको समय संघीय संसद् सचिवालयले तय गरिसकेको छ। यस्तै, निर्वाचन आयोगले पठाएको विवरण अनुसार सचिवालयले ज्येष्ठ सदस्यको पनि टुंगो लगाएको छ। सभामुख चयन नभएसम्मका लागि ज्येष्ठ सदस्यले नै संसदको काम कारबाही सञ्चालन गर्नेछन्। प्रतिनिधिसभा सदस्यहरुलाई ज्येष्ठ सदस्य महिन्द्र राय यादवले शपथ गराउने छन्। राष्ट्रियसभामा हरिचरण शिवाकोटी तथा तारादेवी भट्टमध्ये एकले शपथ गराउनेछन्। शिवाकोटी र भट्टको वर्षका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का मुख्यमन्त्री राउत आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

    प्रदेश २ का मुख्यमन्त्री राउत आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

    धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिने भएका छन्। प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन्। संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसद्को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राउतले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • बर्खास्त पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलार्इ अर्को झड्काः पार्टीको अध्यक्षका लागि समेत अयोग्य

    बर्खास्त पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलार्इ अर्को झड्काः पार्टीको अध्यक्षका लागि समेत अयोग्य

    इस्लामाबादः पाकिस्तानको सर्वोच्च अदालतले यहाँका पूर्व प्रधानमन्त्री नवाज सरिफलार्इ पार्टीको नेतृत्वका लागि समेत अयोग्य ठहर गरेको छ। गतवर्ष पदबाट बर्खास्त गरिएका उनलार्इ अदालतले अर्को बुधबार अर्को झड्का दिएको हो।  योसँग सत्तारूढ दल मुस्लिम लिग-नवाजको अध्यक्ष पदका लागि पनि उनी अयोग्य ठहर भएका छन्।  अदालतले पार्टीको अध्यक्षको हैसितयतले लिएका निर्णयहरूलार्इ समेत अमान्य घोषित गरेको छ। गत वर्ष जुलार्इमा पाना लिक्स मामिलामा…

    विस्तृतमा पढ्नुस्

  • पेरूमा बस दुर्घटना हुँदा ४४ को मृत्यु

    पेरूमा बस दुर्घटना हुँदा ४४ को मृत्यु

    लीमाः पेरूको अरेक्विपामा बुधबार भएको बस दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २४ जना घाइते भएका छन्।  अरेक्विपाको क्षेत्रीय सरकारको नागरिक रक्षा विभागले मृतकको संख्या ४४ पुगेको पुष्टि गरेको र्इएफर्इ न्यूज एजेन्सीले जनाएको छ।  पान-अमेरिकन राजमार्गमा दुर्घटना भएको थियो। बस सडकबाट २०० मिटर तल अोकोना नदीमा खसेको थियो।  दुर्घटना प्रति पेरूका राष्ट्रपति पेड्रो पाब्लो कूजिन्स्कीले दुःख व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु

    भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु

    चितवन: नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको भरतपुर-२९ स्थित घुमाउनेमा विहान ३ः५० बजे भारतीय ट्रक बीअार ३२ बीएन ३१०९ नं. ट्रक सडकबाट ५० मिटर तल खसेको हो।  दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएका छन्। उनीहरूको उपचारका लागि भरतपुर ल्याइएको छ।   मृतकहरूको पहिचान खुल्न सकेको छैन्।  सुनौलीबाट काठमाडौँ जाँदै गरेको ट्रक निर्माणधीन…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो, शाख्तर विजयी

    च्याम्पियन्स लिग : म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो, शाख्तर विजयी

    युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंगलिस क्लब म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकिएको छ। स्पानिस क्लब सेभियाको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको छ। यस्तै युक्रेनी क्लब शाख्तर डोनेस्कले एक गोलले पछि परेको स्थती उल्टाउँदै इटालियन क्लब रोमालाई २-१ ले पराजित गरेको छ। सेन्गिज उन्डरले ४१ औँ खमिनेटमा गोल गर्दै रोमालाई पहिले अग्रता दिलाएका थिए। तर घरेलु…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिड तेस्रो स्थानमा उक्लियो, बार्सिलोना भन्दा अझै १४ अंकले पछि

    ला लिगा : रियल मड्रिड तेस्रो स्थानमा उक्लियो, बार्सिलोना भन्दा अझै १४ अंकले पछि

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिडले लेगानेसमाथि पुनरागमन जित हासिल गरेको छ। खेलको छैटौँ मनेटमै पछि परेको रियलले पुनरागमन गर्द लेगानेसलाई ३-१ ले पराजित गरेको हो। खेलको छैटौँ मनेटमै उनाई बुस्टेन्जाले गोल गर्लै घरेलु टोली लेगानेसलाई अग्रता दिलाएका थिए। तर त्यसको ५ मिनेटपछि नै लुकास भजक्वेजले रियलका लागि बराबरी गोल फर्काए। रियलका लागि कासेमिरोले २९औँ मिनेटमा गोल…

    विस्तृतमा पढ्नुस्

  • चार दिनमा रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा ३१४ सर्वसाधारण मारिए

    चार दिनमा रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा ३१४ सर्वसाधारण मारिए

    आर्बिनः दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी ३१४ जना सर्वसाधारण मारिएका छन्।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार ७२ जना बालबालिकाको मृत्यु भएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले यस घटनालार्इ सात बर्ष देखि सिरियामा जारी द्वन्द्वको क्रममा भएको रक्तपातपूर्ण कारबाहीको संज्ञा दिएको छ। सैन्य अाक्रमणमा परी एक हजार ७००…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell