PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • मोन्टेग्रोस्थित अमेरिकी दुतावासमा विष्पोट

    मोन्टेग्रोस्थित अमेरिकी दुतावासमा विष्पोट

    पोडगोरिकाः मोन्टेनेग्रोमा रहेको अमेरिकी राजदुतावासमा विष्पोट भएको छ। राजधानी पेडगोरिका स्थित अमेरिकी दुतावासमा अात्मघाती हमलाकारीले ग्रिनेट विस्पोट गराएको बीबीसीले जनाएको छ। लगत्तै ती अात्मघाती हमलाकारीले अाँफैलार्इ विष्पोट गराएको समाचारमा उल्लेख छ।  विस्पोटमा कुनै मानविय क्षती भने भएको छैन्। यसअघि अमेरिकी दुतावासले अाफ्ना नागरिकलार्इ सतर्क रहन सूचना जारी गरेको थियो। सन् २००६ मा जनमत संग्रहबाट स्वतन्त्र राष्ट्रको मान्यता पाएको थियो। 

    विस्तृतमा पढ्नुस्

  • नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक, १८० देशमा १२२ अौँ स्थानमा

    नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक, १८० देशमा १२२ अौँ स्थानमा

    काठमाडौंः नेपाल भ्रष्टाचार हुने देशहरुको सूची ९ स्थान माथि उक्लिएको छ। गत वर्ष १३१ अौँ स्थानमा  १२२ औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपालले ३१ अंक प्राप्त गरेको छ।  पछिल्लो सूचकांकले नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक रहेको ट्रान्सफरेन्सी नेपालकी महासचिव पद्मिनी प्रधानांगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  २०१७ मा नेपालको सार्वजनिक क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक, १८० देशमा १२२ अौँ स्थानमा

    नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक, १८० देशमा १२२ अौँ स्थानमा

    काठमाडौंः नेपाल भ्रष्टाचार हुने देशहरुको सूची ९ स्थान माथि उक्लिएको छ। गत वर्ष १३१ अौँ स्थानमा  १२२ औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपालले ३१ अंक प्राप्त गरेको छ।  पछिल्लो सूचकांकले नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक रहेको ट्रान्सफरेन्सी नेपालकी महासचिव पद्मिनी प्रधानांगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  २०१७ मा नेपालको सार्वजनिक क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

    प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

    काठमाडौंः मन्त्रि परिषद् विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता जारी रहेको छ। बैठकलगत्तै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।  कूल दलले कुन कुन र कति मन्त्रालय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश पराजुलीविरुद्दको अवहेलना मुद्दा तीन हप्तापछि दरपिठ

    प्रधानन्यायाधीश पराजुलीविरुद्दको अवहेलना मुद्दा तीन हप्तापछि दरपिठ

    काठमाडौं: प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पेश भएको  अदालतको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालत प्रशासनले तीन हप्तापछि दरपिठ गरेको छ।  यसअघि सर्वोच्च अदालत प्रशासनले उक्त मुद्दा दर्ता र दरपिठ नगरी रोकिराखेको थियो। प्रधानन्यायाधीश विरुद्ध अवहेलना मुद्दा आएको यो पहिलोपटक हो। मनोजकुमार अधिकारीले डाक्टर केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्म काम गरेर प्रधानन्यायाधीशबाट अदालतको अवहेलना भएको भन्दै तीन हप्तादेखि सर्वोच्च अदालतमा निवेदन पेश…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटर दीपेन्द्रलाई ग्लोबल आईएमईको साथ, एक वर्षको लागि ४ लाखको प्रायोजन

    क्रिकेटर दीपेन्द्रलाई ग्लोबल आईएमईको साथ, एक वर्षको लागि ४ लाखको प्रायोजन

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यू-१९ का कप्तान दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले एक वर्षको लागि प्रायोजन गरेको छ। क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा दीपेन्द्र र बैंकबीच बिहीवार सम्झौता भएको हो। सम्झौता पत्रमा बैंकको तर्फबाट सिईओ जनक शर्मा पौडेल र खेलाडी दीपेन्द्र सिंह ऐरीले हस्ताक्षर गरे। एक वर्षको लागि भएको सम्झौता अनुसार बैंकले नगद…

    विस्तृतमा पढ्नुस्

  • सिराहाको लहानमा कुकर बम विस्फोट: गोइत समूहको पर्चा भेटियो

    सिराहाको लहानमा कुकर बम विस्फोट: गोइत समूहको पर्चा भेटियो

    काठमाडौं: सिराहामा बिहिबार दिउसो करिब साढे १ बजे प्रेसर कुकर बम विस्फोट भएको छ। लहान नगरपालिका १ स्थित लोकतन्त्र चोकबाट १ मिटर पश्चिममा रहेको  शुभ लाभ स्टोर नजिकै बम विस्फोट भएको हो। विस्फोटनमा परी लहानका ४५ बर्षीय अनिल अग्रवाल घाइते भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बताए। विस्फोट भएको स्थानमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश विरुद्ध माइती घर मण्डलामा प्रदर्शन हुने

    प्रधानन्यायाधीश विरुद्ध माइती घर मण्डलामा प्रदर्शन हुने

    काठमाडौंः सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्सले शनिवार प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध माइतीघर मण्डलामा पर्दशनी गर्ने भएको छ। प्रधान्यायाधीश पराजुली पदमा बस्न लायक नरहेको भन्दै राजिनामाको माग गर्दै एलाइन्सले पर्दशन गर्न लागेको हो।  प्रधानन्यायाधीश पराजुलीले नागरिक्ता र सर्टीफिकेटको बारेमा विवाद छ। डाक्टर गोविन्द केसीको तर्फबाट मुद्दा लडेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी प्रधान्याधीशले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशाशन कार्यलयमा…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारमा मन्त्रालय कति? भोलि छिनोफानो हुने!

    ओली सरकारमा मन्त्रालय कति? भोलि छिनोफानो हुने!

    काठमाडौं: एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केन्द्रमा कतिवटा मन्त्रालय राख्ने भन्ने विषयमा छलफल भएको छ। आज बालुवाटारमा सरकारमा संलग्न दुई दलका अध्यक्षबीच सरकारमा कति मन्त्रालय राख्ने भन्ने विषयमा छलफल भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए। ‘दुई अध्यक्षबीचको छलफलमा बढीमा १८ मन्त्रालयसहितको मन्त्रिपरिषद् विस्तार गर्ने प्रारम्भिक सहमति भएको छ,’ पाण्डेले भने।…

    विस्तृतमा पढ्नुस्

  • नाइजेरियाको कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

    नाइजेरियाको कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

    अबुजा: नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन्।  राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिएको सरकारका प्रवक्ताले जानकारी दिए।  रक्षामन्त्री मन्सुर डान अली, विदेशमन्त्री जोफ्रि ओेन्यामा र सूचना तथा संस्कृति मन्त्री मोहम्मदलाई राष्ट्रपतिले छानविनको जिम्मा दिएको हो। नाइजेरियाको योबे प्रदेश अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेलाई ९ लाख ६० हजारको प्रायोजन

    सन्दीप लामिछानेलाई ९ लाख ६० हजारको प्रायोजन

    काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सानिमा बैंकले थप दुई वर्षको लागि प्रायोजन सम्झौता नवीकरण गरेको छ। इन्डियन प्रिमियर लिग आइपीएलमा छनोट हुने पहिलो खेलाडी बनेका सन्दीपलाई सानिमा बैंकले बिहीबार सम्मान गर्दै दुई वर्षको लागि सम्झौता थप गरेको हो। सानिमा बैंकका सिईओ भुवन दाहालले दुई वर्षको लागि सम्झौता नविकरण गरेको र सम्झौता रकम यसअघिको भन्दा दोब्बर रहेको बताए। 'हामीले दुई…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन बोर्ड भ्रष्टाचार प्रकरण: काठमाडौं विशेष अदालतद्वारा सुवास निरौलासहित तीनजना दोषी ठहर

    पर्यटन बोर्ड भ्रष्टाचार प्रकरण: काठमाडौं विशेष अदालतद्वारा सुवास निरौलासहित तीनजना दोषी ठहर

    काठमाडौं: एउटै टिकट नम्बरबाट फरक फरक मितिमा यात्रा गरेको झुटो विवरण पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ।    अख्तियारले विभिन्न १० आरोप लगाउँदै निरौलासहित २३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। २० जनाले भने विशेष अदालतबाट सफाई पाएका छन्।    १० वटा आरोपमध्ये…

    विस्तृतमा पढ्नुस्

  • फिल्म‘हिरोज’ले गर्‍यो रिलिज टार्गेट तय

    फिल्म‘हिरोज’ले गर्‍यो रिलिज टार्गेट तय

    काठमाडौं: फिल्म‘हिरोज’ युनिटले रिलिज टार्गेट तय गरेको छ। अभिनेत्री पूर्णिमा लामा निर्मित फिल्म चैत २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। एनबि महर्जनको निर्देशनमा गरेको फिल्मले बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृति, अन्याय विरुद्धको कथा भन्‍छ। फिल्ममा करिश्मा मानन्धर, जयकिशन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् । शिब ढकाल र रामशरण…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचन फागुन २९ गते: यस्तो छ कार्यतालिका

    राष्ट्रपति निर्वाचन फागुन २९ गते: यस्तो छ कार्यतालिका

    काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति सार्वजनिक गरेको छ। आयोगले फागुन २९ गतेको लागि राष्ट्रपति निर्वाचनको मिति तोकेको छ।  प्रधानमन्त्री केपी शर्मा ओली र अन्य राजनितिक दलहरुको परामर्शमा मिति तय भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। २९ गते मंगलबार बिहान १० बजेदेखि  अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।  बिहिबार बसेको आयोगको बैठकले राष्ट्रपति तथा उपर्राष्ट्रपति निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • गायक नरेन लिम्बु अब फिल्म निर्देशक बन्दै

    गायक नरेन लिम्बु अब फिल्म निर्देशक बन्दै

    गायन हुँदै अभिनय क्षेत्रमा पनि डेब्यु गरेका नरेन लिम्बुले फिल्म निर्देशन गर्दैछन्। उनले फिल्म 'आस्था' निर्देशन गर्ने भएका हुन्। फिल्मले दिदी र भाइबिचको सम्बन्धको कथा भन्नेछ। यसै साताको सुरुवातबाट फिल्म छायांकनका लागि फ्लोरमा उत्रिएको छ। उक्त दिन नरेन लिम्बुको जन्मलदिन समेत रहेको थियो। नरेनले आफ्नो फिल्मको नाम सांगीतिक ब्यान्ड आस्थाबाट प्रेरित भएर राखेको जनाएका छन्। लिम्बु स्वयंमले फिल्मको लागि कथा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रालय भागबण्डा टुंगो लाग्यो: एमालेलाई प्रधानमन्त्रीसहित ११ माओवादीलाई ७

    मन्त्रालय भागबण्डा टुंगो लाग्यो: एमालेलाई प्रधानमन्त्रीसहित ११ माओवादीलाई ७

    काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ। आज दुई दलका अध्यक्षबीच भएको बैठकमा १८ मन्त्रालय बनाउने सहमति भएसँगै मन्त्रालयको टुंगो लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रालयको टुंगो लगाएका हुन्।  बैठकले दुई पार्टीलाई मन्त्रालयसमेत बाँडफाँट गरेको छ। एमालेलाई प्रधानमन्त्रीसहित ११ मन्त्रालय र माओवादीले ७ मन्त्रालय पाउने गरी मन्त्रालय…

    विस्तृतमा पढ्नुस्

  • जलजला परियारलाई 'ए मेरो हजुर २'को सहयोग, सलिनमान बानियाँले गरे हस्तान्तरण

    जलजला परियारलाई 'ए मेरो हजुर २'को सहयोग, सलिनमान बानियाँले गरे हस्तान्तरण

    काठमाडौं: गायिका जलजला परियारको उपचारका लागिल फिल्म 'ए मेरो हजुर २' युनिटले आर्थिक सहयोग गरेको छ। विहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर बानियाँले ७६ हजार रुपैयाँ परियारको परिवारलाई फिल्मकातर्फबाट नायक सलिनमान बानियाँ र निर्माता सुनिलकुमार थापाले हस्तान्तरण गरे। दुवै मृगौलामा समस्या देखिएपछि जलजला परियारको उपचारका लागि विभिन्न, संस्था र व्यक्तिले सहयोग प्रदान गर्ने क्रम जारी छ। 'ए मेरो हजुर २'को…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'नेप्टे'को पहिलो गीत, दिलरानी बनिन् छुल्ठिम गुरुङ

    फिल्म 'नेप्टे'को पहिलो गीत, दिलरानी बनिन् छुल्ठिम गुरुङ

    काठमाडौं: फिल्म 'नेप्टे'को पहिलो गीत सार्वजनिक भएको छ। 'दिलरानी' बोलको गीत भिडियोसहित इन्टरनेट रिलिज भएको हो। गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङको फिचरिङ रहेको छ। यमनाथ मैनालीको शब्दमा सन्तोष राजले संगीत दिएका हुन्। गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ । भिडियोलाई कविराज गहतराज कोरियोग्राफ गरेका हुन्। देव कुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा दयाहाङ्…

    विस्तृतमा पढ्नुस्

  • दैलेखमा जिप दुर्घटना: ४ को मृत्यु

    दैलेखमा जिप दुर्घटना: ४ को मृत्यु

    काठमाडौं: दैलेखको सदरमुकामबाट महाबु गाउँपालिकाको रनीवन जाँदै गरेको लु१ज ३५३२ नम्बरको जिप दुर्घटनामा परेको छ। दुर्घटनामा परी ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सरोज पौडेलले जानकारी दिए। घटनामा परी ३ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए।  दुर्घटनामा परी महाबु गाउँपालिकाका सरलकुमार शाही, निर्मला पाण्डे, कालिकोटकी निर्मला शाही र सुर्खेतका तिलक ढकालको…

    विस्तृतमा पढ्नुस्

  • त्रिशुलीमा ट्रक खस्दा तीन घाइते*

    त्रिशुलीमा ट्रक खस्दा तीन घाइते*

    धादिङ : हेटौँडाबाट सिमेन्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख १५९ नंको ट्रक त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएका छन्।   ट्रक गजुरी – २ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए।  घाइतेमध्ये एक जनालाई गजुरी अस्पताल र दुई जनालाई थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell